आफू सत्ताको कार्यकारी प्रमुख हुने बाटो हराएपछि विक्षिप्तझैं भएका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल सधैंझैं बोली फेर्दै संविधान सभा पुनर्स्थापनामा नै फर्केका छन्। चुनाव भए बाबुराम सरकार, होइन भने पुनर्स्थापना, पुनर्स्थापना भए कांग्रेसको नेतृत्वमा सरकार, चुनावै हुनुपरे राष्ट्रपतिसमेतको चुनावजस्ता विचित्रका विकल्पहरु प्रस्तुत गर्दै आएका छन्।
यी कुनै पनि कुरा संविधानसम्मत या सर्वोच्च न्यायालयको फैसलासम्मत छैनन्। पुष्पकमल दाहाल आफू कुन हैसियतले यी कुरा बोलिरहेका छन् भन्ने कुरा बुझ्छन् कि बुझ्दैनन्? यो पनि अब भन्न गाह्रो छ। ठूलो दलको नेता भनौं भने अब उनी ठूलो दल रहेनन्। एकपटक भएको प्रधानमन्त्री सदाकालका लागि नागरिकको नजरमा उपल्लो स्थानमा रहन्छ भन्ने स्थिति पनि यो होइन। नेपालले धेरै प्रधानमन्त्री भोगिसकेको छ। मुख्तियार भीमसेन थापादेखि लिएर बाबुराम भट्टराईसम्मको हैसियतको पहिचान भएको छ। उनका कार्यकर्ताको घरमा कसैले तस्बिर झुन्ड्यायो होला, त्यसै कारणले कोही व्यक्तिले मुलुकको नजरमा उच्च स्थानमा छु भन्ने भ्रम अब नपाले हुन्छ। मार्क्स, एन्जेल्स, लेनिन, स्तालिन, माओत्देजुंगपछि आफ्नो तस्बिर झुन्ड्याउने दाहाल अहिले पनि तिनै तस्बिरमुन्तिर बसेर भाषण गर्छन्। विश्व समुदायको धेरै ठूलो अंशले अब तीमध्ये धेरै तस्बिरलाई अस्वीकार गरिसकेको छ। पुष्पकमलको हैसियत पनि आउँदो निर्वाचनले ठेगान लगाउँछ।
उनलाई लाग्दो होला, संविधान सभाको पुनर्स्थापनापछि फुटेको पार्टी एक हुनका लागि एउटा दबाब सिर्जना हुन्छ, त्यो आवश्यक छैन, त्यसो नहुन पनि सक्छ। आफ्नो खुट्टामा उभिएर राजनीति गर्नु र कसैको वैशाखी टेकेर राजनीति गर्नुमा फरक के हुन्छ भन्ने कुरो अब उनले बुझिसकेको हुनुपर्छ। हिजोको संसद्मा पनि उनले सात आठ पटक निर्वाचन हार्नुपरेकै हो र झलनाथ खनाललाई समर्थन दिनुपरेकै हो। पुनर्स्थापित संसदमा पनि यस्तै तिकडमबाजी खेल खेलेर फेरि संविधानलाई बिलम्बित गरौंला भन्ने सोच उनले पालेका छन् भने त्यसमा कुनै नेपालीले आश्चर्य मान्नुपर्दैन।
झण्डै ६ महिना निर्लज्जतापूर्वक कामचलाउ भएर टाँसिइरहन सक्ने, जुकाजस्तो भएर मुलुकलाई चुसिरहन सक्ने बाबुरामको प्रधानमन्त्रीत्वकाल पनि मुलुकले भोग्यो। न संविधान संशोधनको कुनै कुरा छ, न निर्वाचनको कुनै तयारी छ। निर्वाचन वैशाख वा जेठमा हुन्छ, यस्ता कुनै पनि सैनिक तानाशाह र अधिनायकहरुले दिने वचन हुन्, जो कुनै पनि लोकतान्त्रिक समाजले पचाउन सक्दैन। काठमाडौंका स्वघोषित बौद्धिक जमात आन्दोलनको चर्चा चल्दा को आउँछ आन्दोलनमा भन्ने गर्छन्। उनीहरुलाई यो हेक्का छैन, दशैं मनाउनका लागि २५ लाख मान्छे काठमाडौंबाट बाहिरिए, जसमध्ये झण्डै २२ लाखले कालो बजारीमा सडक या हवाई यातायातको टिकट किन्नुपर्यो। जो यहाँ बसे, ती सबैले हरचिजको मूल्य वृद्धिको सामना गर्नुपर्यो। जो टीका थापेर दशैं मनाएर फर्केर आए, ती सबैले कालोबजारीको सामना गर्नुपर्यो। खाना खाने भात पसलेदेखि लिएर साना खाजा खुवाउने पसलेसमेतले यात्रुलाई ठग्नुसम्म ठगे। आम बिष्फोटका लागि यसभन्दा ठूलो कारण के हुनसक्छ? प्रहरीद्वारा संगठित एवं संरक्षित अपराधका घटना सञ्चार माध्यमद्वारा प्रेषित भए। यसको पहुँच कहाँसम्म छ भन्ने कुरो सरकारलाई हेक्का छ कि छैन? गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय यी सबै भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेका छन्। कामचलाउ प्रधानमन्त्री योजनामाथि योजना थप्दैछ। सहमतिका कुरा सुन्नेलाई पट्यार लागिसक्यो, भन्ने, बोल्ने सुगा हो कि मान्छे हो? त्यसो त अरुले बोल भनेपछि बोल्नुपर्ने पिँजडाभित्रको पक्षी बोली नै रहन्छ। मान्छेले भने एउटै कुरोको रटान सधैँ गर्दैन। त्यसै कारण झुक्किँदा पनि होलान् र हुन सक्छ बिहान एउटा, दिउसो एउटा र बेलुका एउटा कुरा गर्ने आदत परेको छ एनेकपा माओवादीका अध्यक्षलाई। ऐना अघिल्तिर पर्दा मान्छेजस्तो देखिने, ऐनाबाट हट्दा अरुले घोकाएका कुराहरु घोक्नुपर्ने बाध्यता।
अमेरिकामा निर्वाचन हुँदैछ। अन्तिम मतदानका लागि अब मात्र एक हप्ता बाँकी छ। त्यसअघि नै एकतिहाई मतदान भइसक्छ। धेरै विषयमा उम्मेदवारबीच छलफल हुन्छन् र त्यो मतदानलाई त्यो छलफलले प्रशस्त मात्रामा प्रभावित गर्छ। यहाँ नेताहरु हामी बसौं, विषयहरु टुंगो लगाउँ र संविधान जारी गरौं भन्छन्। कमसेकम पुष्पकमलको रटान त यही नै छ। पुष्पकमलले भन्दैमा विषयहरुको टुंगो लाग्नुपर्ने किन? उनले भनेका बाँकी कुरा अरुले मान्नुपर्ने किन? उनी देवदूत किन हुन चाहन्छन्? यो संविधान सभा दुईदेखि चार वर्ष लम्ब्याउन पनि उनकै हात, यो संविधान सभाको अकाल अवसान गराउने अग्रणी भूमिकामा पनि उनी नै रहे। अब उनले ब्युँताउँ भन्दैमा किन ब्युँताउने? संविधान सभा एक महिना, दुई महिनाका लागि ब्युँतियो भने पनि कहिल्यै नभएको उनको पार्टीको अधिवेशनमा आफ्नो वर्चश्व कायम राख्ने उनको उद्देश्यलाई पूरा गर्नका लागि कांग्रेस, एमाले वा अरु दलले साथ दिनुपर्ने कुनै कारण छ जस्तो यो पंक्तिकारलाई लाग्दैन। उनी चाहन्छन्, सरकारद्वारा संकलित धन, संचित शक्तिको प्रयोग, दुरुपयोग गर्दै यो अधिवेशनबाट आफूलाई अझै शक्तिशाली तुल्याउँ्क, जसमा कुनै दल सहयोगी बन्न चाहन्छ भने त्यसमा आपत्ति हुनुपर्ने कारण पनि कसैको छैन। तर त्यत्तिकै लागि संविधान सभा पुनर्स्थापना गर्न भने सकिँदैन र यसभन्दा ठूलो रुचि उनको छँदा पनि छैन। शक्ति र द्रव्य संचितिका लागि संविधान सभाको पुनर्स्थापना उनको अभिष्ट हो। संविधान बनाउने, लोकतन्त्रलाई सुदृढ गर्ने यी उनका एजेन्डा होइनन्।
धेरै मान्छेको स्वभाव हुन्छ, ती निरर्थक कुराहरुमा विद्रोह गर्छन्। यस्ता स्थापित कुरा जसलाई उनीहरु फेर्न भने सक्दैनन्। यसकारण फेर्न सक्दैनन् कि उनीहरु स्थापित मान्यता र आफूले गरेको विद्रोहबीच भेद नै बुझ्दैनन्। एउटा दार्शनिक पक्ष म त्यही स्थापित दार्शनिक मूल्यमै बस्नुपर्छ र त्यहीँबाट जे गर्नुपर्छ भन्ने कुरो नबुझिदिँदाका कारण एउटा विद्रोह सिर्जना गरौं भन्ने सोच पलाउँछ। तर विद्रोह केका लागि गर्दैैछु भन्ने कुरोको ज्ञानचाहिँ हुँदैन। प्रश्नै प्रश्नको घेरामा बसेको मान्छेले नयाँ कुराको खोजी पनि गर्न सक्दैन। उसको त्यो दार्शनिक आधारभूमिको अभावमा नयाँ उसमा इच्छाशक्तिको जन्म नै हुँदैन। जब इच्छाशक्ति हुँदैन, त्यसले केही परिवर्तन गर्नै सक्दैन। न उसको क्रियाशीलता, न उसको चारित्रिक गुण, न उसको जाँगर, जे परिवर्तित हुन सक्थ्यो र जे उसको छनोटभित्र थियो, ती ढोका पनि बन्द हुन्छन्। व्यक्ति छनोटविहीनताको अवस्थामा पुग्छ। यही नै सबैभन्दा दुर्भाग्यपूर्ण स्थिति व्यक्तिका लागि हुन्छ। र, ऊ कठोरभन्दा कठोर हुँदै जान्छ र उसका लागि सबै ढोका बन्द हुन पुग्छन्। ऊ चेतनाभन्दा पर विज्ञान देख्छ, चेतनाको स्वतन्त्र हुनुलाई स्वीकार्दैन। ऊ म जान्दछु त भन्छ तर मैले कसरी जाने भन्ने कुरोको खोजमा लाग्दैन। अस्तित्वलाई स्वीकार्छ, वेष्टीलाई स्वीकार्छ, समष्टि रुप वैज्ञानिकता खोज्छ। छोटकरीमा भन्नुपर्दा यही आधारभूत दार्शनिक अलमलमा परेको दल हो एकीकृत नेकपा माओवादी। योसित अब न कुनै वाद छ, न कुनै सिद्धान्त, न कुनै नेता, न कुनै संगठन। त्यसै कारण अब यो पार्टी फेरि चुनावमा जाने कुराबाट आफैं तर्सेको छ। अमेरिकामा भइरहेको निर्वाचनलाई यस दलका कोही कसैले यदि अनुगमन गरेको छ भने त्यसले उनीहरुलाई तर्साउने र झस्काउने मात्र गर्न सक्छ। यो कुनै प्रेरणाको स्रोत भने हुनै सक्दैन।
अहिलेसम्म नेपालको राजनीति लोकतन्त्रउन्मुख नै खोजिन्छ। भोलिको स्थिति भन्न गाह्रो छ। दक्षिण एसियाकै राजनीति अत्यन्तै धमिलिएको अवस्थामा छ। भ्रष्टाचारले नराम्रोसँग गाँजिसकेको अवस्था छ। अग्रणी स्थानमै भारत र चीन छन्। पाकिस्तान, बंगलादेश पनि त्यत्ति नै बदनाम छन्। रोग सरेर नेपाल भित्रिसकेको छ। त्यसमा पनि माओवादी र मधेस केन्द्रित दलहरु चुर्लुम्म यसमा डुबिसकेका छन्। तर आर्थिक, राजनीतिक, सामाजिक स्पष्ट एजेन्डा लिएर अगाडि बढ्न नसक्नुमा प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एक भएर अगाडि आउन नसक्ने राप्रपा र जनशक्ति पार्टी जसभित्र मधेस केन्द्रित दलहरु, अल्पसंख्यक दलित, उत्पीडित, शोषित सबैलाई प्रतिनिधित्व गर्ने क्षमता छ, यिनीहरुको कमजोरीलाई पनि बिर्सन हुँदैन। बलियो किसिमले अगाडि बढ्न सकेमा माओवादीजस्ता पार्टी केही दिन, केही क्षणका लागि आँधीहुरी सरह आउँछ र त्यसैगरी जान्छन् पनि। विश्व इतिहासले यही देखाएको छ र हामीकहाँ पनि त्यही देखिँदैछ।