सेप्टेम्बर ११ र नेपाल
२५ भदौ २०६९
•
९ मिनेट पाठ
सेप्टेम्बर ११ र नेपाल
कहिलेकाहीँ ठूला मुलुकमा हुने साना घटनाले पनि साना मुलुकलाई ठूलै प्रभाव पार्छन्। झन् ठूला मुलुकका ठूलै घटनाको प्रभावबाट साना मुलुक टाढा रहन सक्दैनन्। सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको टि्वन टावरमा भएको आक्रमण यसकै एउटा उदाहरण हो। यसले अमेरिकाको अन्तर्राष्ट्रिय नीतिमा मात्रै व्यापक परिवर्तन गरेन, विश्व शक्ति समीकरणमै ऐतिहासिक फेरबदल ल्याइदियो। शक्तिगृह मानिएका मुलुकमा मात्रै हैन, सामरिक वरियतामा नगण्य स्थान राख्ने नेपालजस्तो मुलुकमा पनि यसले गम्भीर प्रभाव पार्‍यो।




सन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्क र वासिङ्टनमा गरिएको जहाज बिष्फोट अमेरिकाको इतिहास नै हल्लाउने घटना थियो। यसले तीन हजारभन्दा धेरै मानिसको हताहती गरायो भने ६ हजारभन्दा धेरैलाई घाइते बनायो। विश्वमा दशकौँसम्म सामरिक प्रभुत्व जमाएको अमेरिकालाई यो घटना शोकको सागरमात्र हैन, चुनौतीको शंखघोष पनि बनेको थियो। त्यसैले उसले पश्चिमा सामरिक घटकहरूसँग मिलेर सोही वर्ष 'आतंकवादविरुद्धको युद्ध' नै छेड्यो।
एघार वर्षअघिको त्यो आततायी घटनालगत्तै नेपालमा पनि अन्तर्राष्ट्रिय सुरक्षा चासो निकै बढ्न थाल्यो। त्यसपछि अमेरिका, भारत र बेलायतका सुरक्षा अधिकारीको ह्वात्तै बढेको नेपाल भ्रमणले यहाँको गृहयुद्ध आन्तरिक मामिलामात्रै नरहेको संकेत दिएको थियो। विशेषतः अमेरिकाले 'आतंकवादविरूद्धको युद्ध' छेडेपछि राज्यविरुद्ध विप्लवमा लागेका समूहलाई हेर्ने पश्चिमी नजर बदलिएको थियो। तत्कालीन नेकपा (माओवादी) लार्ई अमेरिकी सरकारले आतंककारी समूहको दोस्रो तहको सूचीमा राखेपछि त झन् नेपाली माओवादीप्रतिको अमेरिकी दृष्टि घामझैँ छर्लङ्ग भयो।
तत्पश्चात् अमेरिकी सरकारले नेपाललाई 'आतंकवादविरुद्धको युद्ध' मा सहयोग पाउने ६ मुख्य मुलुकहरूको सूचीमा राख्यो। यसैअन्तर्गत सामरिक जासुसी, तालिम र पूर्वाधारमा नेपाल सरकारले अमेरिकाबाट करोडौँको सैन्य सहायता पायो। त्यसको विरोधमा माओवादीले अमेरिका, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो), अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व ब्याङ्क र विश्व व्यापार संगठनलाई प्रतिक्रियावादी शक्तिमा वर्गीकरण गरी छापामार गतिविधि गरे। सन् २००४ मा अमेरिकी सेन्टरअघि बम बिष्फोट गराइयो। त्यसपछि सुरक्षाको कारण देखाउँदै अमेरिकी पिस कर्प्सले नेपालमा आफ्नो काम रोक्यो भने अमेरिकी दूतावासले अत्यावश्यकबाहेक अन्य कर्मचारीको काम बन्द गरायो।
सेप्टेम्बर ११ अघि तत्कालीन नेकपा (माओवादी) को भारत, त्यहाँका नक्सलवादी र उग्रवामपन्थीहरूसँग राम्रै हिमचिम थियो। तिनले त्यहाँबाट तालिम तथा हतियार सहयोग पाएका तथ्य अहिले खुलेका छन्। नियमित बैठक, संगठन सुदृढीकरण तथा प्रकाशनसम्बन्धी काममा भारतीय भूमि प्रयोग गरेका तिनलाई यो घटनापछि भने यी सबै असहज भयो। भारतले अमेरिकी अभिरुचिसँगै मिलेर एसियामा आफ्नो प्रभाव जमाउँदै थियो। त्यसैले नयाँ दिल्लीले माओवादी नेताहरूलाई आफ्नो भूमिमा सहज वातावरण दिन इन्कार गर्‍यो। सशस्त्र बल थपेर सीमा सुरक्षामा कडाइ गरियो। अनि विद्रोहीलाई दबाउन भनी उसले तत्कालीन शाही नेपाली सेनालाई हेलिकप्टर र हतियार सहयोग गर्‍यो।
आफ्नो गृह-सुरक्षामा खतरा मानिएका तŒवहरूलाई विश्वबाटै निर्मूल पार्ने अभियानमा अमेरिका कम्मर कसेर लागेको थियो। यसै क्रममा सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेल आफंै काठमाडौँ उत्रेर यहाँको सेनालाई सैन्य सहयोग थप्ने प्रतिबद्धता जनाए। यस्तै भेट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले वासिङ्टनमा गरे। निजी भ्रमणका क्रममा उनले २०५९ वैशाख २४ गते अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुससँग भेटेका थिए। त्यसपछि अमेरिकी संसद्ले नेपाली सेनाका अधिकृतलाई तालिम दिन १ करोड २० लाख अमेरिकी डलर बजेट अनुमोदन गर्‍यो भने ५ हजार थान एम-१६ राइफल पनि दिने भयो। त्यसको अर्को वर्ष अमेरिकी सैन्य अधिकारीहरूले तत्कालीन शाही नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गरे। ठीक त्यही बेला सञ्चारमाध्यममार्फत् सरकारले बेल्जियमको एफएन हर्सल कम्पनीबाट ५५०० एम २४९ मिनिमी राइफल किन्न लागेको खुलासा भयो। यसरी गृहयुद्धलाई हतियारले नै दबाउने नीतिले नेपालले पनि विकास बजेटको धेरै हिस्सालाई सुरक्षातर्फ मोड्यो।
आतंकवादविरुद्ध भनिएको अमेरिकी नेतृत्वको युद्ध मूलतः अल कायदा समूहप्रति लक्षित थियो। तैपनि यसले विश्वभरका सशस्त्र समूहको विशेषतः अमेरिकी अभिरुचि विरोधी गतिविधिलाई पनि निमिट्यान्न पार्ने लक्ष्य राखेको थियो। एघार वर्षको खोजीपछि अल कायदाका नेता ओसामा विन लादेन अमेरिकी सेनाबाट पाकिस्तानमा मारिए। यसरी अमेरिकाविरोधी सशस्त्र गतिविधि निर्मूल पार्न सुरू गरिएको यो युद्ध अन्ततः अमेरिकी इतिहासकै सर्वाधिक लामो युद्ध साबित भयो। लादेनलाई खोजेर मारेरै छाड्नुको अर्थ अमेरिकाविरुद्ध लाग्ने जो कोहीलाई पनि उसले छाड्दैन भन्ने सन्देश दिनु पनि थियो।
यो घटनापछि राज्यविरुद्ध विप्लव मच्चाइरहेका विश्वभरका हतियारधारी संगठनहरू सेप्टेम्बर ११ पछि आफ्ना नीति परिवर्तन गर्न बाध्य थिए। नेपालमै पटक-पटक शान्ति प्रक्रिया धरापमा पर्दा एनेकपा (माओवादी) जंगल फर्कन हिच्किचाएको थियो। यसको कारण जनतामाझ अप्रिय भइने डरमात्र हैन, अन्तर्राष्ट्रिय शक्तिको नेपालमाथिको बढ्दो सुरक्षा चासो पनि थियो। सेप्टेम्बर ११ को दुर्घटना हुँदैनथ्यो भने शायद नेपालको राजनीतिक दिशा र शक्ति समीकरण अर्कै बाटोमा मोडिएको हुन सक्थ्यो। यसले विद्रोही र सरकारबीचको सामरिक ध्रुवीकरण बढाएको थियो भने नेपालको गृहयुद्धलाई अन्तर्राष्ट्रियकरण पनि गरेको थियो। परिदृश्य बदलिनुमा दरबार हत्याकाण्डमात्रै हैन, अन्तर्राष्ट्रिय सामरिक परिस्थिति पनि मूल कारक थियो।
लेखक द्वन्द्व अनुसन्धाता हुन्।
अर्को समाचार
मल्ल के सुन्दरको उपन्यास सेप्टेम्बर १७ विमोचित
०२ असोज २०७८
•
१ मिनेट पाठ
मल्ल के सुन्दरको उपन्यास सेप्टेम्बर १७ विमोचित
वरिष्ठ पत्रकार एवं मानवअधिकारकर्मी मल्ल के सुन्दरद्वारा लिखित नेपाल भाषाको उपन्यास ‘सेप्टेम्बर १७’ विमोचन गरिएको छ। नेपाल भाषा एकेदेमीबाट प्रकाशित उपन्यासको शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले विमोचन गरे। उनले उपन्यासमा मानिसमा हुने संवेदनाको उतारचढाव र व्यथालाई उपन्यासकारले उत्कृष्ट ढंगबाट प्रस्तुत गरेको बताए।




कार्यक्रममा लोकसाहित्यविद् मदनसेन बज्राचार्यले विमोचित पुस्तकबारे बोल्दै नेपाल भाषामा लेखिएको भए पनि उपन्यास अन्तर्राष्ट्रियस्तरको रहेको बताए। ‘यस उपन्यासमा आफ्नो पहिचान खोज्दै गरेका नेपाली मूलका एक अमेरिकी सैनिकको व्यथा दर्साइएको छ। तर यो व्यथा गैरआवासीय नेपालीको मात्र होइन, आफ्नो पहिचान छोडेर विदेशमा बस्नुपरेका विश्वका सबै नागरिकको हो। यो उपन्यासलाई अंग्रेजीमा अनुवाद गरी पहिचान गुमाएका मानिसको व्यथा विश्वसामु ल्याउनुपर्छ’, उनले भने।  

उपन्यासकार मल्लले उपन्यासमा पहिचानबिनाको मानिसको व्यथा कस्तो हुन्छ भन्ने दर्साएको बताउँदै मृत्यु बोध भइसकेका मानिसको दर्शन कस्तो हुन्छ भन्ने पनि देखाउन खोजेको सुनाए। ‘इराक युद्ध लडेका एक अमेरिकी सैनिक जोसँग पैसाको केही कमी छैन, सुविधा सम्पन्न छ तर उसको आफ्नो पहिचान छैन। आफ्नो पहिचान खोज्न उसले गरेको संघर्षको कथा उपन्यासमार्फत भनेको छु’, उनले भने।

मल्लको नेपाल भाषामा प्रकाशित यो पाँचौं उपन्यास हो। यसअघि नै नेपाल भाषामा उनका ‘नसना’, ‘व लँपु थ्व पलाः’, ‘द पोस्टर’ र ‘शंखधर साख्वाः’ उपन्यास प्रकाशित भइसकेका छन्। ‘व लँपु थ्व पलाः र ‘शंखधर साख्वा’ नेपाली भाषामा पनि प्रकाशित भइसकेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस