उषा नेपाल, सिड्नी, भदौ १६- एनआरएन अस्ट्रेलियाको अगुवाइमा सिड्नीको डार्लिङ हार्वर तुम्मालोङ्ग पार्कमा नेपाल फेष्टिभल हुने भएको छ। सेप्टेम्बर २ आइतवार मध्यान्नबाट शुरु हुने यो फेस्टिबलमा नेपाली गीत संगीत, नृत्य खानाका स्टल, व्यसायिक प्रदर्शनी तथा नेपालको पर्यटन प्रवर्द्धन जस्ता कार्यक्रम गरिने भएको छ।
एनआरएन अस्ट्रेलियाका अध्यक्ष एवं नेपाल फेस्टिभल आयोजक समितिका संयोजक गणेश केसीलाई उदृत गर्दै एयूनेपालले जनाएअनुसार फेस्टिभलमा मुख्य अतिथिको रुपमा अस्ट्रेलियन बुहसांस्कृतिक मन्त्री, विपक्षी दलका नेताहरु, राज्य सरकारका मन्त्री, एमपी तथा सिनेटरहरु आउँदैछन्।
नेपाल सरकारको तर्फवाट शिक्षा मन्त्री दिनानथ शर्मा, उद्योग मन्त्री अनिल कुमार झा, एमाले नेता भिम रावल, नेपाल राष्ट्र बैकका गभर्नर युवराज खतिवडाका साथै एन आर एन को सातौं सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिहरुले समेत नेपाल फेस्टिभललाई सम्बोधन गर्ने कार्यक्रमा छ। नेपाली दुतावास क्यानवेरा, महावाणिज्यदुतको कार्यलय न्यू साउथ वेल्स, सिड्नीमा रहेका सामूदायिक संस्था तथा व्यवसायिक प्रतिष्ठनका साहयोग र सहकार्यमा यो महोत्सव हुन लागेको हो।
अस्ट्रेलियामा नेपाली समुदायको उपस्थितिलाई प्रदर्शन गर्ने मौका पनि हो यो सचिव महेन्द्र ओलीलइ उदृत गर्दै एयुनेपालले जनाएको छ। कम्तिमा २५ हजार नेपाली फेस्टिभलमा सहभागी हुने अपेक्षा गरिएको बताइएको छ। फेस्टिभललाई अझ आकर्षक बनाउन नेपाली सांगितिक क्षेत्रमा स्थापित समुह मुक्ति एण्ड रिभाईवलको प्रस्तुति रहने आयोजकले बताएका छन्। राती १० बजेसम्म चल्ने यो महोत्सवमा नेपाली मौलिकता र पहिचान झल्कने "नेपाल हाउस" लाई नमुनाका रुपमा पहिलोपटक राखिन लागिएको छ। नेपाल फेष्टिभल प्रत्येक दुई वर्षमा हुँदै आएको छ।