बेलायतमा पनि फुट्यो कांग्रेस, देउवाद्वारा जनसम्पर्क समितिको कामको प्रशंसा
०७ मंसिर २०८३
•
३ मिनेट पाठ
बेलायतमा पनि फुट्यो कांग्रेस, देउवाद्वारा जनसम्पर्क समितिको कामको प्रशंसा
नेपाली कांग्रेसको आन्तरिक विभाजनको असर बेलायतस्थित पार्टीको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतमा पनि देखिएको छ। समितिको छैटौँ महाधिवेशनबाट युवराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएसँगै संस्था औपचारिक रूपमा विभाजित भएको हो।




नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आइतबार लन्डनको साउथ ह्यारोमा छैटौँ महाधिवेशन आयोजना गर्दै युवराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। यसअघि नेपाली कांग्रेसका सभापति गगन थापा पक्षले हितकाजी गुरुङलाई समितिको सभापति चयन गरेको थियो।

महाधिवेशनको सफलताको शुभकामना दिँदै नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति बेलायतले प्रवासमा पार्टीको विचार, आदर्श र सिद्धान्त स्थापित तथा विस्तार गर्न पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका छन्।

भर्चुअल सम्बोधन गर्दै देउवाले लोकतन्त्र, राष्ट्रियता, समाजवाद तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई प्रवासमा समेत विस्तार गर्न समितिले खेलेको भूमिकाको सराहना गरेका हुन्।

उनले बेलायतमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, एकता, सहयोग र सहकार्य अभिवृद्धि गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन तथा सामाजिक रूपान्तरणमा समितिले निर्वाह गर्दै आएको भूमिकाको समेत प्रशंसा गरे।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत र नेता किरण पौडेलले पनि महाधिवेशनको सफलताको शुभकामना सन्देश दिएका थिए। महाधिवेशनले युवराज गुरुङको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा विनोद कुमार योञ्जन, विशाल राई र सन्तोष सुवेदी चयन भएका छन्। त्यसैगरी महामन्त्रीमा तपेन्द्र कु. राई, सुजन बञ्जरा र निशान लिम्बु चयन भएका छन्। सहमहामन्त्रीमा सुधिर भण्डारी, वसन्त राई, दुर्गा लिम्बु, एलबीजेड गुरुङ र बाबुराजा राई चयन भएका छन् भने कोषाध्यक्षमा सुजित शाही निर्विरोध चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा दिवाराज राई, पारस कोइराला, हर्क लिम्बु, गणेश राई, दिव्यज्योति साहु, होमबहादुर पुन, सुदेश राई, ईश्वर गुरुङ, दीपक गुरुङ, भीम राई, सुभाष राई, नारायण लिम्बु, नन्दु स्याङ्वो र मिलन शाही चयन भएका छन्।

महाधिवेशनबाट युवराज गुरुङ, विनोदराज मोक्तान, विनोद कुमार योञ्जन, सुजित शाही, विशाल राई, निशान राई लिम्बु, ईश्वर गुरुङ, सन्तोष सुवेदी, लोकबहादुर गुरुङ, निर्मला सिग्देल, रोजिना गुरुङ, विनय अधिकारी, राजकुमार सुनुवार र पारस कोइराला महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

अधिवेशनमा प्रमुख निर्वाचन आयुक्त कमल कँडेलले नवनिर्वाचित कार्यसमितिको औपचारिक घोषणा गरेका थिए।

नयाँ नेतृत्व निर्विरोध चयन भएसँगै समितिका सदस्य तथा शुभेच्छुकहरूले नवनिर्वाचित सभापति युवराज गुरुङसहित सम्पूर्ण कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रममा एनआरएनए यूकेका प्रमुख संरक्षक डेविड गुरुङ, एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल तथा यति नेपाली एसोसिएसन यूकेका अध्यक्ष टंक भट्टराईलगायतले मन्तव्य राखेका थिए।

त्यसैगरी विशाल राई, निशान लिम्बू, राजकुमार सुनुवार, कमल कँडेल, केन्द्रीय प्रतिनिधि तस्बिर लामा तथा समितिका पूर्वअध्यक्षहरू विनोद मोक्तान र उमेश मोक्तानले पनि आ–आफ्ना धारणा राखेका थिए।

महाधिवेशनको विशेष कार्यक्रम समितिका प्रवक्ता पारस कोइरालाले सञ्चालन गरेका थिए।
अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
१६ घण्टा अघि
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस