नयाँ नेतृत्व आवश्यक
०६ भदौ २०६९
•
१४ मिनेट पाठ
नयाँ नेतृत्व आवश्यक
२०४६ देखि २०५९ सालसम्मको नेपालको राजनीतिक इतिहास विश्वकै लागि अनुकरणीय थियो भन्न सकिन्छ। यस दाबीको आधार राजनीतिक परिवर्तनका लागि आमजनताको सहभागिता हो।
२०४६ सालको राजनीतिक परिवर्तनको आधार त्यसपूर्वका अनवरत् लोकतान्त्रिक आन्दोलन हुन्। यस कालखण्डको राजनीतिक विश्लेषण गर्दा केही महत्वपूर्ण विशेषता भेटिन्छन्। यो कालखण्ड 'नेपाली राजनीतिमा युवा नेतृत्व विकासका दृष्टिकोणबाट स्वर्णयुग थियो।' तर, नयाँ पुस्ताका नेता हेर्दा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सहाना प्रधान, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधीलगायत् पुरानो पुस्ताले सहज र कर्मठ उत्तराधिकारी प्राप्त गर्न सक्ने र देशले लोकतन्त्र र सुशासनको राम्रो व्यवस्थापन गर्न सक्नेछ भन्ने आशा नेपाली जनतामा थियो, जसमा तुषारापात भएको छ अहिले। नेपाली राजनीतिको आदर्शता, इमानदारिता र प्रतिबद्धतामा किन यस्तो विचलन र विशृंखलता आयो? भन्ने कुरा विश्वविद्यालयका राजनीतिशास्त्रीले विश्लेषण गर्ने विषय हो। ती विश्वविद्यालयले गर्नुपर्ने अनुसन्धानको विषय हो। दुर्भाग्यवश विश्वविद्यालयमा यस्ता गतिविधि गर्ने बजेट छैन, सक्रियता पनि छैन। शायद आवश्यकता पनि महसुस भएको छैन।

देशको राजनीतिले अहिले पार्टी, गुट, सम्प्रदाय, लिङ्ग र भौगोलिक पहिचानका नाममा घात/प्रतिघातको दुर्दशा बेहोरिरहेको छ। विश्वविद्यालयहरु पनि स-साना नेपाल जस्तै छन्। त्यहाँभित्र पनि भ्रष्टाचार, अनियमितता, तोडफोड, निराशा, खुट्टा तनाई, घात र प्रतिघातका खेल छन्। त्यसैले लामो संघर्ष, आन्दोलनबाट तयार पारिएको नेतृत्व लगभग पूर्णरूपमा स्खलित हुँदा पनि देशका बौद्धिक ढुकुटी ठानिएका विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीलाई यसबारे चासो छैन। त्यहाँ त सम्बन्धन बिक्री गर्ने, चिकित्साशास्त्र, इन्जिनियरिङ्ग, नर्सिङ्गका कोटाबाट रकम असुल गर्ने, अनुगमनका नाममा निजी क्षेत्रका कलेजबाट घूस असुल गर्ने, विद्यार्थीका उत्तरपुस्तिकामा उत्कृष्ट प्राप्ताङ्क दिएर रकम लिने जस्ता खेल हुन्छन्। जब कुनै देशको बौद्धिकतामा नै धमिरो लाग्छ, राजनीतिका आदर्श स्खलित हुँदै जानु र लोकतन्त्र बाँदरको खेल हुन जानु स्वाभाविकै होला। त्यसैले भन्न सकिन्छ, ऊर्जायुक्त युवा नेतृत्व संरक्षण गर्न नसकेर नेपालको बौद्धिकताले सबैभन्दा ठूलो अपराध गरेको छ। विश्वविद्यालयका कथित प्राध्यापक राजनीतिक दलका नेतालाई पथभ्रष्ट बनाउन ठूलो हदसम्म जिम्मेवार छन्। नयाँ र ऊर्जाशील नेतृत्वको संरक्षण गर्ने अर्को महत्वपूर्ण भूमिका मिडियाको थियो। मिडियाले पनि योबीचमा विशेष चरित्र देखाएको छ। यो अत्यन्त सत्तालोभी छ। सत्तामा बस्नेलाई रिझाउन यो माहिर छ। यो सकारात्मक कुरालाई जगेर्ना गर्न नकारात्मक पक्षको टीकाटिप्पणी गर्दैन, बरु केही सकारात्मक पक्षमाथि असीमित प्रहार गर्दै त्यसको नै अस्तित्वविहीन अवस्था सृजना गर्छ। मिडियाले पनि युवा नेतृत्वको संरक्षण गर्न सकेन। सबै व्यवसाय नैतिकताको धरातलबाट स्खलित हुँदैछन्।

परिवर्तन दुई किसिमका हुन्छन्, केवल खास 'अवसरले प्रेरित भएको परिवर्तन' वा 'परिवर्तनका नियमहरूको विश्लेषण गर्दै आवश्यकता र चाहनाद्वारा निर्देशित योजनाबद्ध परिवर्तन।' २०४६ सालको आन्दोलन नेपाली जनताले लोकतन्त्र एवं मुक्तिका लागि लडेको लामो संघर्ष, आवश्यकता र नेपाली जनताको चाहनाअनुरूप भएको थियो। वास्तवमा यस्तो परिवर्तनको नेतृत्व गर्नेहरूलाई नै 'नायक' नेता भनिने हो किनभने उनीहरूमा व्यक्तिगत स्वार्थ हुँदैन। नेपाली 'युवा नेतृत्व यसैमा चुक्यो।' यसले बाहिर आफूलाई 'समाजसेवी, परिवर्तनकारी, संघर्षशील, निस्वार्थी' देखाउने प्रयास गर्योक। तर भित्रभित्र यो लोभी भयो। उसले सम्पत्ति कमाएको थिएन, त्यसैले राज्यबाट संस्थागतरूपमा कानुनद्वारा आफ्नो बसोबास, गासबास, छोराछोरीको कल्याण, आफ्नो व्यक्तिगत आवश्यकता पूरा गर्ने कुरालाई सम्बोधन गर्नुपर्ने थियो। तर आन्दोलनका युगमा उसले आफूलाई 'निस्वार्थ योगी' बनाएर प्रस्तुत गरेको थियो। जब खुल्ला राजनीतिमा ऊ पदार्पण गर्योि, उसले बदलिएको परिस्थितिमा राज्यबाट सहयोग लिँदै जनताका लागि सेवकको भूमिकामा आफूलाई रूपान्तरण गर्न सकेन। बरु ऊ हिजोको आन्दोलनमा आफ्नो त्यागलाई 'पुँजीकृत' गर्न थाल्यो। ऊ राज्यबाट देखाएर होइन, लुकेर सुविधा लिन उद्यत भयो। ऊ जनताको सेवक होइन, मालिक बन्ने प्रयासमा लाग्यो। त्यसपछि ऊ एकपछि अर्को घटनाको 'नायक' बन्न थाल्यो। सबैभन्दा पहिलो उसले 'पजेरो' संस्कृतिमा आफूलाई डुबायो। राज्यबाट पजेरो लिएर व्यापारीलाई बेच्यो। त्यतिले मात्रै पुगेन, व्यापारीलाई लाइसेन्स बेच्ने धन्दमा लाग्यो। पार्टीभित्र गुट बनाएर कुनै एक नेताको आशीर्वादमा ठेक्कापट्टामा भ्रष्टाचार गर्न थाल्यो। कर्मचारी नियुक्ति र बढुवामा दलाली गर्न थाल्यो। तिनीहरूका आँखामा ऊ अनैतिक बन्न थाल्यो। अर्थात् कुनै त्यस्ता घटना भएनन्, जसमा उसले नैतिकता नबेचेको होस्। जनताले उलाई चिने। ऊ जनताबाट टाढियो।

विदेशीहरूले गैरसरकारी संस्थाको उद्योग चलाए। नेताका परिवार यसमै लागे। विदेश यात्रा, रात्रिभोज, सभा र सेमिनार जीवनका अनिवार्य तत्व बन्न थाले। अनेक स्वार्थले नेपाल छिरेका यस्ता संस्थाका प्रतिनिधि बन्न थाले नेताहरू। उनीहरू सरकारी कार्यालयमा गैरसरकारी संस्थाका संरक्षक र प्रतिनिधि बन्न पुगे। राष्ट्रका गोप्यता विदेशीका हातमा पुग्ने माध्यम पनि बने यीमध्येका कतिपय नेता। पार्टीका निर्णय विदेशीका इशाराबाट हुन थाले। नेतृत्वको ओज समाप्त भयो। राजनीति गर्ने कार्यकर्ताका नेता हुन छाडे उनीहरू। उनीहरू त कथित 'विकासे र विदेशीका गफमा रम्न' थाले। 'टाइ लगाएर विदेशमा बस्ने नेपाली, विकासे कार्यकर्ता र विदेशी नागरिकसँगको उठ-बस नेताहरूको दिनचर्या बन्न पुग्यो।' भोका र गरिब जनता उनीहरुको सरोकार भएनन्। नेताहरू जनता, खुल्ला चौतारी र गाउँमा जनताका सभामा होइन, कोठाभित्र विदेशीसँग, होटलमा ककस र सरोकार समूहसँग जीवनयापन गर्न थाले। विदेशी प्रतिनिधिहरूसँग भेटघाट गर्नु, विदेशीका नेपाली प्रतिनिधिलाई सूचना दिने र रियल स्टेट र मनीलण्डरिङ्गमा थुनिएकालाई छुटाउन प्रहरीलाई फोन गर्नु उनीहरुको जीवनचर्या बन्न थाल्यो। राजदूतहरूलाई भनेर छोराछोरी र नातेदारलाई विदेश पठाउनु अर्को धन्दा बन्न थाल्यो। अनि जनताबाट अलग्गिनुबाहेक त के नै हुन्थ्यो र? नेताहरूको यस प्रवृत्तिले उनीहरूका छबि पनि सकियो। राम्रो काम गर्ने गैरसरकारी संस्था पनि सकिए। थुप्रै नेता इमानदार थिए तर उनीहरु राजनीतिबाट पलायन भए। केही राजनीतिमा रहे पनि राजनेता बन्ने भोक लागेन उनीहरुलाई। र, उनीहरु पनि ओझेलमा परे।

अहिले देशको राजनीति भताभुङ्ग अवस्थामा छ। दश वर्षे जनयुद्धका नेतालाई दरबारमा बसेको आरोप छ। सरकारले लडाकुलाई दिएको भत्तामा भ्रष्टाचारको छानविन आयोग गठन भएको छ। प्रधानमन्त्री आर्थिक अनुशासनको कुरा गर्नुहुन्थ्यो। अघिल्लो सरकारमा हुँदा उहाँले मितव्ययिताको नाममा कर्मचारीको स्वास्थ्य उपचारको भत्ता पनि कटौती गर्नुभयो। तर, अहिले उहाँ राज्यका ठूला मानिसलाई करोडको गाडी, घर, सुविधा बाँड्दै हुनुहुन्छ। दिने नै हो भने राजनीतिक पार्टी र उसका भातृसंगठनलाई चन्दा उठाउन रोकेर 'पार्टीलाई राज्यबाट पार्टी सञ्चालन' को बजेट दिए हुन्थ्यो। सुविधाका लोभी भएका कारणले पनि नेपालको नेतृत्व स्खलित भयो। इतिहासले उहाँहरूलाई सही मूल्यांकन गर्ने छैन।

यो देशको सम्पूर्ण आम्दानीको ४७ प्रतिशत १० प्रतिशत सभ्रान्त नेता, कर्मचारी, वकिल, डाक्टर, इन्जिनियर, सेना, प्रहरीजस्ताले खाने गरेका छन्। २० प्रतिशत एक छाकमात्र खाने गरिबको त केवल ५ प्रतिशत आम्दानीमा पहुँच छ। करिव दश हजार महिला प्रतिवर्ष सुत्केरी हुन नसकेर मर्छन्। आधुनिक अस्पताल त सभ्रान्त कर्मचारीका लागि बनाइएको छ। जुम्लामा अहिले पनि डायरियाले जनता मरिरहेका छन्। भूतपूर्व प्रधानमन्त्री, गृहमन्त्री, सभामुख, प्रधान न्यायाधीशहरू राज्यबाट आजीवन सुविधा फकाउँदै हुनुहुन्छ। राज्यको कोषबाट पढेका मानिस विदेशमा बसेर गैरआवासीय नेपाली बनेका छन्। हामी धनी देशलाई जनशक्ति उत्पादन गर्ने कारखाना भएका छौं। गाउँहरू रित्ता भइसकेका छन्। देशको युवा शक्ति हिँजो बेलायतले युद्धमा समाप्त पार्योए। आज अरबमा रगत बगाइरहेका छन्। देशको राष्ट्रिय स्वाभिमान मर्दैछ। के तपाईंहरू अब पनि राजनीतिमा मालिक बनिरहने हो र? शायद अब देशले नयाँ नेतृत्वको अभ्यास गर्ने समय आइसकेको छ। देशको स्वाभिमान शीरमा राखेर कि त नेतृत्व गर्नुपर्योा, होइन भने निकास दिने बेला आएको छ। के भन्छन् युवाहरू? एकपटक कलेजहरूमा गएर सोध्नुहोस्। देशलाई नेतृत्वविहीन नबनाउनुहोस्।
अर्को समाचार
नेता, नीति र नेतृत्व
०४ मंसिर २०७०
•
१३ मिनेट पाठ
नेता, नीति र नेतृत्व
साना/ठूला संघ/संस्था तथा संगठन मात्र होइन कि घरदेखि राष्ट्र सञ्चालनका लागि नेतृत्व (लिडरसिप) को आवश्यक पर्छ। घरको नेतृत्व घरमुलीले गर्छ भने संघ/संस्थाको नेतृत्व कार्यकारी प्रमुखले गर्छ। त्यसैगरी राष्ट्रको नेतृत्व राष्ट्र प्रमुख या सरकार प्रमुखले गर्छन। नेपालको अन्तरिम संविधान २०६३ मा गणतन्त्र नेपालको कार्यकारी अधिकार प्रधान मन्त्रीमा निहीत भएकाले राष्ट्रपति राष्ट्र प्रमुख भए तापनि नेपाल राष्ट्रको नेता भनेको प्रधान मन्त्री हो। नेपालमा गणतन्त्र स्थापना भएपछि नेपालको अन्तरिम संविधान २०६३ अनुसार ४ जना राजनीतिक व्यक्ति नेपालको कार्यकारी प्रमुख हुने औसर पाए– प्रचण्ड, माधव, झलनाथ तथा बाबुराम। यी सबै नेता सम्बन्धित पार्टीका प्रभावशाली व्यक्तित्व थिए। तर विडम्बना के भने कुनै पनि नेताले समयले माग गरेको र नेपाली नागरिकले आशा गरेको समर्थता देखाउन सकेनन्। कसैले पनि कुनै उल्लेखनीय कार्य गर्न सकेनन्। एकपछि अर्को उही कान चिरेको लोभी जोगी सावित भए।

नेता, नीति र नेतृत्वमात्र होइन, राजनीतिक दल र नेतृत्व नै असफल भए। दलहरुको यही निकम्मापना कारण नै सत्ता कर्मचारीलाई बुझाउने लज्जाजनक काम भयो। दलहरुले गरेको त्यो महागल्तीका कारण अहिले कर्मचारी हातमा पुगेको सत्ता फिर्ता गर्नका लागि यति धेरै खर्च र जोखिम उठाउनुपरेको छ। त्यसैले सुन्दर, शान्त र समृद्धशाली नेपालको आस गरेर बसेका तमाम नेपाली जनताका लागि सधै जुन जोगी आए पनि कानै चिरेका उखान चरितार्थ भइरहेको छ। नेपालमा सधै" एक समर्थवान् राजनेताको अभाव खड्किरहेको छ। यो देशमा हरहमेशा तोरी नेताहरूको नै बिगबिगी र हालीमुहाली ह"ुदै आएको छ। सानाठूला हरेक नेतालाई केवल कुर्सी चाहिएको छ। त्यसैले यो देश बारम्बार सत्ताको लुचाचुडीमा नै थिचिएको छ, मिचिएको छ, पिल्सिएको छ। विष वृक्ष रोपेर अमृतको सपना बाँड्नेहरुका कारण अहिले यो देश यस्तो निस्पष्ट अँध्यारो सुरुङभित्र जाकिएको छ, जहा"बाट बाहिर निस्किने कसैले कुनै स्पष्ट बाटो देखेका छैनन्। यो गर्छु र त्यो गर्छु भनेर जति हल्ला बोले पनि प्रायः सबै नेताहरू कुहिरोको काग जस्ता भएका छन्। त्यसैले देशलाई यो अँध्यारो सुरुङबाट बाहिर निकाल्न अब सजिलो छैन। यो देशमा तोरी नेता (सधै कुर्सीमाथि अर्जुनदृष्टि राख्ने नक्कली नेता) होइन कि 'राजनेता' नजन्मिएसम्म केही हुनेवाला छैन।

एक दृष्टिले नेता दुई प्रकारका हुन्छन्– राजनेता (स्टेट्समैन) र तोरी नेता (नक्कली नेता)। प्रज्ञापूर्ण, दूरदर्शी तथा व्यावहारिक राजनीतिज्ञ नै 'राजनेता' हुन्। धुर्त र ढोंगी राजनीतिज्ञ नै 'तोरी नेता' हुन्। त्यसैले त राजनेताले हमेसा दूरदर्शी समाधान खोज्छन्, तोरी नेताले सधै" कुर्सी खोज्छन्। राजनेताले सहयोग, विश्वास र रचनात्मकता उत्पन्न गर्छन्, तोरी नेताले भ्रान्ती, झैंझगडा र विवाद पैदा गर्छन्। राजनेताले सही मार्गदर्शन गर्छन्, तोरी नेताले गुमराह पार्छन्। राजनेताले सधै देश र जनताको सेवा गर्छन्, तोरी नेताले कथित चमत्कारको सपना बाँडेर देश र जनतालाई सधै आफ्नो सेवा गराउँछन्। अधिकांश तोरी नेता यति निच हुन्छन् कि सत्ता र आफ्नो निजी स्वार्थका लागि जतिसुकै तल गिर्न पनि पछि पर्दैनन्, पैसा र पावरका लागि देशको शिर नै झुकाउन पनि किञ्चित लाज मान्दैनन्। नेपालमा यही त भएको छ। कुरा समर्थ नेताको पनि हो। कुरा नेता, नीति र नेतृत्वको मनोविज्ञानको पनि हो। यसै कुरामा जोड दि"दै प्रसिद्ध मनोवैज्ञानिक प्रा. डा. डेनियल गोलमैन भन्दछन्– 'बुद्धिमत्ता समर्थता, त्यो अश्वशक्ति हो, जसले मानिसलाई सफलताको चुचुरोमा पुग्ने ऊर्जा दिन्छ। बुद्धिलब्धि (आई. क्यू.), ठूलाठूला शैक्षिक योग्यता तथा प्राविधिक विशेषताहरूभन्दा बढी महत्वपूर्ण हुन्छ, भावनात्मक बुद्धिमत्ता।'

कठिन, असहज तथा विषम परिस्थितिमा बुद्धिको भन्दा पनि भावनात्मक समर्थताको महत्वपूर्ण भूमिका रहन्छ, त्यसैले भावनात्मकरूपमा समर्थवान् मानिस जस्तोसुकै विषम परिस्थितिहरूमा पनि नआत्तिकन, नहड्बढाइकन समस्याको दूरदर्शी समाधान खोज्नेतिर लाग्छ तर विडम्बना के भने यस किसिमको बुद्धिमत्ता विश्वका थोरै मानिसमा देखिने गर्छ। त्यसैले पनि कतिपय ज्ञानका मस्तिष्क त्यसै हराएर जान्छन्। अतः कुनै पनि कार्यको सुसम्पादनका लागि भावनात्मक सक्षमताको आवश्यकता पर्दछ, जुन सक्षमता भावनात्मक बुद्धिमत्तामा निर्भर रहन्छ। आफ्नो क्षमता र अरुको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि होसहवास नछोड्ने, कठिनाइहरुमा अवसर खोज्न सक्ने, आफूलाई आफैंले उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाहरूको तालमेल गर्नसक्ने खुबी नै भावनात्मक समर्थता हो, जुन बुद्धिमत्ता दुई प्रमुख कुराहरूको संयोजनले बनेको छ, एउटा बौद्धिकता र अर्को भावनात्मकता।

स्यानुमनोवैज्ञानिकहरूको दाबी छ कि बौद्धिकता र भावनात्मकता जस्ता दुई सक्षमता मानिसको मस्तिष्कको छुट्टाछुट्टै भागस"ग सम्बन्धित रहन्छन्। तर दुःखको कुरा के भने सबै मस्तिष्कहरूमा यी दुवै सक्षमता सक्रिय भएको पाइदैन । यसका साथै खुसीको कुरा के भने यी सक्षमताहरूको केही हदसम्म भए पनि आफुमा विकास गर्न सकिन्छ। तर लाखौंमा एकाध मानिसले मात्र यस्ता सक्षमता आफूमा विकास गर्न लागिपरेको देखिन्छ। त्यसैले त राष्ट्रमा मात्र होइन कि हरेक संघ/संस्थामा समेत एक समर्थवान नेतृत्वको अभाव सधै" खड्किरहेको हुन्छ। एउटा वैज्ञानिक तथा मनोवैज्ञानिक सत्य के हो भने कुनै पनि संघ÷संस्थाको प्रगति र समृद्धि, संघ/संस्थासँग सम्बद्ध पदाधिकारीहरू (नेतृत्व)को आचारणमा सकारात्मक परिर्वतनबिना सम्भव हुँदैन। तर आचारण परिर्वतन भनेको ज्यादै कठिन कुरा हो । थुप्रै वैज्ञानिक अध्ययनले यसलाई पुष्टि पनि गरेको छ। जस्तो कि मुटुको बाइपास सर्जरी गरेका दशमध्ये एक जनाले मात्र स्वास्थ्यकर जीवनशैली अपनाएको पाइन्छ । तर बा"की ९ जनाले नया" जीवनशैली जीवन हो, यथास्थिति मृत्यु हो भन्ने कुरा जान्दाजान्दै पनि नया" जीवनशैली अपनाएको पाइदैन।

संघ÷संस्थामा पनि यही कुरा लागु हुन्छ। जस्तो कि हरेक नयाँ कार्यकारी प्रमुख संघ÷संस्थालाई नयाँ ढंगबाट नयाँ उचाइ दिने संकल्पका साथ संघ/संस्थामा प्रवेश गर्छ तर न त आफूलाई परिर्वतन गर्न सक्छ न त सहकर्मीलाई लक्षित उद्देश्य परिपूर्तिका दिशामा एक ढिक्का बनाई अगाडि लिएर जान सक्छ, यथास्थितिमा नै आफ्नो पदावधि गुजार्छ। यही कुरा राष्ट्रको नेतृत्वमा पनि लागु हुन्छ। दुई दशकयता स्नायुवैज्ञानिकहरूले मानव प्रकृति र आचारण परिर्वतनबारेमा नयाँ तथा धेरै सटिक तथ्य पत्ता लगाएका छन्। स्नायुविज्ञानका प्रविधिहरूले हिजोसम्म रहस्यमय रहेका स्नायुकोष र स्नायुरसायनबारे धेरै तथ्य उजागार गर्न सफल भएका छन्। स्नायुविज्ञानको क्षेत्रमा भएको यो प्रगति निश्चितरूपमा संगठनात्मक नेतृत्वका लागि ज्यादै नै खुसीको कुरा हो। त्यसैले देशका नेता, कम्पनीका कार्यकारी प्रमुख वा संघ÷संस्थाका प्रमुखले स्नायुविज्ञानको यो नवीन खोजलाई राम्रोस"ग बुझ्ने हो भने आफ्नो नेतृत्वलाई समर्थवान् बनाई राष्ट्र, कम्पनी तथा संघ/संस्थालाई रुपान्तरण गरी नयाँ उचाई दिन सक्छन्।

अन्त्यमा कुनै पनि संघ/संस्था होस् वा संगठन होस्, त्यसको नेता जति कुशल र समर्थवान् हुन्छ, नीति जति स्पष्ट र दूरदर्शी हुन्छ, त्यत्ति नै नेतृत्व सशक्त हुन्छ र नै सम्बन्धित संघ/संस्था तथा राष्ट्र प्रगतिपथमा अगाडि बढ्न सक्छ । अतः यसरी साना/ठूला संघ/संस्था हुन् वा राष्ट्र होस्, तिनीहरुको भविष्य नेता, नीति र नेतृत्वमा टिकेको हुन्छ। त्यसैले नयाँ नेपालको रट लगाउने नेताहरूले अन्तर्मनदेखि नै सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना गरेका हुन् यो कुरा बुझ्नुपर्छ। यसका लागि सबैभन्दा पहिला आ–आफ्नो वर्तमान चेतना स्तरबाट माथि उठ्नुपर्छ। त्यो किनभने महान् वैज्ञानिक अलबर्ट आइन्सटाइनले भनेझैं जुन चेतनाद्वारा समस्या पैदा भएको छ, त्यही चेतना स्तरमा कुनै पनि हालतमा समस्या समाधान हुन सक्दैन। अतः यसरी नेपाली राजनीतिले आफ्नो चेतना स्तरबाट माथि उठी आफुमा समर्थ नेतृत्वको विकास गरी सकारात्मक राजनीतिलाई अगाडि बढाउँदै समस्याहरुमा अवसर खोज्यो भने नेपालको भविष्य जाज्वल्यमान छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस