काठमाडौं, भदौ ३०- नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले नयाँ सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले लिने दाबी गरेका छन्। एमाले र माओवादी नेतृत्वका सरकारहरु शान्ति प्रक्रियामा टुंगोमा पुर्याउन असफल भएकाले सरकारको नेतृत्व काङ्ग्रेसले लिन आवश्यक भएको उनले बताए।
गिरिजाप्रसाद कोइरालाको निधनको छैटौँ महिनाको पुण्य तिथि एवम् कांग्रेस १२ औँ महाधिवेशनको अवसर पारेर गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ द्वारा प्रकाशन गरिएको 'उचाई' स्मृति विशेष अङ्कको आज यहाँ विमोचन गर्दै उनले एकीकृत नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको ठूलो भूमिका रहेको स्मरण गरे।
'नेपाली काङ्ग्रेसले सत्ताका लागि नभएर शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुङ्गोमा पुर्याउन प्रधानमन्त्रीको उम्मेदवारी दिएको हो।'
वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सभापति कोइरालाले राजनीतिक दलबीचको सहमतिबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पुरुषोत्तम बस्नेतले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन नेपाली काङ्ग्रेसले हरेक क्षेत्रबाट प्रयास गर्ने उल्लेख गरे। रासस