उपयुक्त निकास
१८ असार २०६९
•
१४ मिनेट पाठ
उपयुक्त निकास
संविधान सभाको विफलता बीजारोपण यसको निर्वाचनमै भएको थियो। संविधान सभाको निर्वाचनमा आ-आफ्नो दलको बहुमत आउनेमा प्रमुख दलका नेता विश्वस्त थिए। त्यसैले सत्ता हात आएपछि सबै निर्णय आफ्नो अनुकूल गर्ने रणनीति अपनाएर निर्वाचनमा गइएको थियो।
निर्वाचनपछिको परिणाममा चिन्ता गरिएकै थिएन। संविधान सभाबाट संविधान बनाउने मनसाय पनि सायद थिएन। नत्र, संविधानमा समावेश गरिने राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली, संघीयताको आधार र संरचना प्रणाली जस्ता महत्वपूर्ण विषयमा निर्वाचनमा जानुभन्दा पहिले निष्कर्षमा पुग्नुपर्थ्याे। संविधानका मूलभूत विषयमा सहमति हुन नसकेकाले नै अहिलेको समस्या आएको हो। संविधान सभाको सबैभन्दा मुख्य कमजोरी कार्यशैली नै त्रुटिपूर्ण हुनु हो। समय हुँदासम्म केही नगर्ने र बेला सकिन लाग्दा सभासद्लाई संविधानको मस्यौदा पढ्न पनि नदिई संविधान पारित गराउन खोज्नु गलत नै थियो। अन्तरिम संविधानमा किटान गरिएको दुई वर्षको अवधिभित्र संविधान निर्माण गर्नुपर्थ्यो। त्यो पनि गरिएन।
सार्वभौम भनिएको संविधान सभालाई व्यवहारमा नेताहरूको सहमति अनुमोदन गर्ने ‘रबर छाप' निकायमा परिवर्तन गर्ने कार्यशैली, मानसिकता र अभ्यास अप्रजातान्त्रिक थियो। त्यो त अधिनायकवादी सोच भयो। संविधान सभाजस्तो प्रजातान्त्रिक संस्थामा यस्तो अप्रजातान्त्रिक अभ्यास लाद्ने प्रयास गर्नु पनि संविधान सभाको असफलताको कारण हो। पार्टीले निर्णय गरेर संसद् वा सरकारले मान्ने पद्धति नेपाली कांग्रेसले किन स्वीकार गर्योन? त्यो कांग्रेसको पद्धति थिएन र प्रजातान्त्रिक पनि होइन। संविधानको मस्यौदा गर्दै त्यसलाई संविधान सभामा प्रस्तुत गराई पारित गर्दै लानुपर्थ्यो। संविधान सभाबाट निर्णय हुनै नसकेका विषयलाई जनमत संग्रहमा लाने व्यवस्था गरिएको भए लोकतान्त्रिक पद्धतिसम्मत हुन्थ्यो। सहमतिमा निर्णय गर्ने भनेर विवादलाई प्रक्रियामै प्रवेश नगराई थाती राखियो। अर्कातिर, सहमति आफ्नै पक्षमा हुनुपर्ने भनेर अडान राखियो। फलस्वरूप, संविधान बनेन भनेर संविधान सभाको अभ्यास नै विफल भयो। संविधान सभाको असफलताका कारण यसले अवलम्बन गरेका प्रक्रिया र पद्धति थिए भन्ने यसैबाट पुष्टि हुन्छ। अन्तिम अवस्थामा संविधान सभालाई व्यवस्थापिका संसद्मा रूपान्तरित गर्ने कोसिस भएको थियो। त्यसो गरिएको भए देशका लागि दुर्भाग्यपूर्ण हुने थियो। राजनीतिक वृत्तमा चर्चा भएअनुसार ‘रूपान्तरित व्यवस्थापिका' शीर्षकमा संविधानको एउटा धारामा ‘संविधान निर्माण भई अर्को निर्वाचन नहुँदासम्म रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल कायम रहनेछ' भनेर लेख्ने तयारी भएको थियो। अर्थात्, संविधान पनि नबन्ने र निर्वाचन पनि नभई आजीवन कार्यकाल राख्ने प्रयास गरिएको थियो। धन्न, त्यो असफल भयो। त्यसो गरिएको भए ६०१ जनाको भारी नेपाली जनताले दसौं वर्षसम्म बोकिरहनुपर्थ्यो। अहिले एक दिनका लागि संविधान सभा ब्युँताउन खोजिएको पनि त्यसैका लागि त हैन?
हिजोआज, अहिलेसम्मका उपलब्धिको रक्षा गर्ने चर्चा पनि सुनिन थालेको छ। अर्कातिर, संविधान सभाको अर्को निर्वाचन गर्ने घोषणा पनि गरिएको छ। असफल र बोझसिद्ध संविधान सभाको भारी नेपाली जनतालाई बोकाउनुभन्दा अबको निर्वाचन संविधान सभाको गर्ने कि संसद्को गर्ने भन्ने विषयमा जनमत संग्रहमा जानु उचित हुनेछ। जनमत संग्रहको निर्णय सबैले मान्नुपर्छ। आफैँले मृत्युवरण गरेको विफल संविधान सभाले गरेका अभ्यास र निर्णय अब असान्दर्भिक र निरर्थक भइसकेका छन्। अर्को निर्वाचित निकायलाई विफलताको भारी बोकाउने अधिकार कसैलाई छैन। कसैले प्रयास गर्दैमा अबको निर्वाचित निकायले त्यस्तो भारी बोक्ने पनि छैन। सार्वभौम निकायले अरूको निर्देशन मान्ने प्रश्नै हुँदैन। त्यसैले अब संविधान सभाको नमीठो अनुभव बिर्सेर वैकल्पिक प्रजातान्त्रिक उपाय अवलम्बन गर्नुपर्छ। असफल सिद्ध संविधान सभाको कति पछि लाग्ने?
यसै पनि संविधान सभाको निर्वाचन दुई पटक गर्ने प्रावधान नेपालको अन्तरिम संविधान, २०६३ मा छैन। संविधान संशोधन नगरी निर्वाचन हुन सत्तै्कन। संविधान सशोधन गर्ने निकाय देशमा छैन। नेपाली राजनीतिको विडम्बना, यस्तो जटिल अवस्थाबाट देशलाई समग्र निकास दिने उपाय खोज्नुको साटो राजनीतिक दलका शीर्ष नेताहरू भने सरकारमा बस्ने र हटाउने विषयमा पो सहमति खोजिरहेका छन्।
अब निकास समग्रतामा खोजिनुपर्छ। राष्ट्रपतिले बाधा अडकाउ फुकाउने संविधानको धारा प्रयोग गरी एक जनालाई हटाएर अर्कालाई प्रधानमन्त्री बनाउँदैमा राष्ट्रले निकास पाउँदैन। अब त प्रजातान्त्रिक प्रक्रिया र पद्धतिलाई कमभन्दा कम क्षति पुर्याैई निकास खोजिनुपर्छ। त्यसको एउटा उपाय निर्वाचित निकाय निर्माण गर्नु हो। जसरी हुन्छ सकेसम्म चाँडैे निर्वाचित निकाय निर्माण गरेर संविधान र सरकारको जिम्मा त्यसैलाई सुम्पनुपर्छ। त्यसो गर्दा प्रजातान्त्रिक प्रक्रिया र पद्धतिमा कम क्षति हुने मार्ग अवलम्बन गर्नुपर्छ। यसका लागि सहमति गर्नु सबैभन्दा राम्रो हुनेछ। अब यसैको प्रयत्न गर्नुपर्छ।
राजनीतिक दलका शीर्ष नेताको भर पर्दा धेरै क्षति भएको छ। जनतामा उनीहरूप्रति विश्वास समाप्त भइसकेको छ। तिनैका कारण संविधान सभा असफल भयो। यसैलाई मनन गरेर अगाडि बढ्नुपर्छ। अबको जिम्मेवारी राजनीतिक दलका शीर्ष नेताको मात्र होइन। देशले पुनः धोका पायो भने जनताले राष्ट्रपतिलाई पनि दोष दिनेछन्। त्यसैले प्रजातान्त्रिक मूल्य र मान्यतालाई कम क्षति पुर्यााएर जनप्रतिनिधि संस्था निर्वाचनबाट निर्माण गर्न राष्ट्रपति पनि अग्रसर हुनुपर्छ। विद्यमान संवैधानिक प्रावधान हेर्दा २४० निर्वाचन क्षेत्र रहने व्यवस्था देखिन्छ। अब त्यसैको निर्वाचन गर्ने बाटो अवलम्बन गर्नु उचित हुन्छ। यसरी निर्वाचित निकाय निर्माण गर्न संवैधानिक जटिलता उत्पन्न भएमा संविधान संशोधन गर्ने हैन, बरु त्यस्ता अवरोधलाई बाधा अड्काउ फुकाउने धारा प्रयोग गरेर निलम्बन गर्नुपर्छ। उदाहरणका लागि अहिले युवा मतदाताको उमेरको विषय उठेको छ। संविधान सभा भन्ने शब्द संविधानबाट हटाउनुपर्नेछ। संविधान सभामा समानुपातिक सूचीबाट ३२५ जना छानिने प्रावधान छ। संविधानका अन्य केही प्रावधान पनि नयाँ निर्वाचनमा बाधक हुन सक्छन्। राष्ट्रपतिले संविधान संशोधन होइन, निर्वाचनमा बाधा उत्पन्न गराउने धाराहरूलाई एक पटकका लागि निलम्बन गरी निर्वाचन ऐन अध्यादेशबाट ल्याएर यस्ता समस्या समाधान गर्नुपर्छ। यसो गर्दा निर्वाचनमा जाने सहज र विधिसम्मत मार्ग निस्कन्छ। केही अवरोध उत्पन्न भएमा यही उपाय अवलम्बन गरेर २४० जनाको निर्वाचित निकाय निर्माण गरी राजनीतिक निकास निकाल्नुपर्छ। त्यो नै उत्तम प्रजातान्त्रिक विकल्प हुन्छ।
प्रजातन्त्रमा विश्वास गर्नेहरूले प्रक्रिया र पद्धतिलाई पनि उत्तिकै महŒव दिन्छन्। हामीले पनि तिनको अवलम्बन गर्न सिक्नुपर्छ। संविधान निर्माणका सन्दर्भमा केही विषयमा चर्को विवाद भएको छ। त्यसको निराकरण गर्ने प्रक्रियामा पनि पहिल्यै सहमति हुनु जरुरी हुन्छ। अन्यथा पुनः पहिल्यैकै अवस्था उत्पन्न हुनेछ। उदाहरणका लागि अध्यक्षात्मक (राष्ट्रपतीय) प्रणाली कि संसदीय प्रणाली, धार्मिक स्वतन्त्रता कि धर्म निरपेक्षता, संघीयता कि विकेन्द्रीकरण, संघीयतामै पनि एकल जातीय कि बहुजातीय, दुई सदनात्मक संसद् (तल्लो सदनमा निर्वाचित र माथिल्लो सदन समानुपातिक र समावेशी ) कि एक सदनात्मक संसद्लाई नै समानुपातिक र समावेशी बनाउने जस्ता केही विषयमा जनमत संग्रहबाटै टुंगो लगाए संविधान निर्माण सम्भव हुनेछ। साथै, २४० जनप्रतिनिधिको निर्वाचन र यी विवादित विषयमा जनमत संग्रह एकै दिनमा गर्ने व्यवस्था गर्नुपर्छ।
अब रह्यो सहमतिको प्रश्न। यी सबै विषयमा सहमतिमा पुग्न राष्ट्रपतिले राजनीतिक दलका नेतालाई जनताले थाहा पाउने गरी समय तोकिदिनुपर्छ। तोकिएको समयभित्र पनि सहमति हुन सकेन भने देशलाई अनिर्णयको बन्दी बनाइराख्न हुँदैन। कसैलाई सरकारमा टिकाउन वा अर्को कसैलाई सत्तामा पुर्या उन देशलाई अनिर्णयको बन्दी बनाउने अधिकार कसैलाई पनि छैन। त्यसैले आवश्यक भएमा निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न तीन महिना समय दिई त्यतिन्जेलका लागि राष्ट्रपतिले नै दैनिक कामकाज चलाउनका लागिमात्र कार्यकारी अधिकार प्रयोग गर्नुपर्छ। तीन महिनाभित्र निर्वाचन सम्पन्न गराई निर्वाचित निकायलाई संविधान निर्माण गर्ने र सरकार बनाउने गरी देशको शासन सत्ताको जिम्मेवारी सुम्पनुपर्छ। इतिहासले दिएको जिम्मेवारीलाई नेपाली जनता र नेपालको हितमा प्रयोग गर्नु नै अहिलेको सर्वोत्तम प्रजातान्त्रिक अभ्यास हुनेछ। अबको राजनीतिक निकास पनि यहीमात्र जो देखिन्छ।
लेखक नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री हुन्।
अर्को समाचार
निकास अस्थायीः राष्ट्रपति
२१ वैशाख २०६६
•
७ मिनेट पाठ
निकास अस्थायीः राष्ट्रपति
राष्ट्रपतिको वक्तव्य पूर्ण पाठसहित
काठमाडौँ, वैशाख २१ (नागरिक)- राष्ट्रपति रामवरण यादवले सेनाको सङ्गठन र जनमानसमा देखिएको अन्योलको तत्काल समाधान गर्न आफूले कदम चालेको बताएका छन्।

सोमबार एक वक्तव्य प्रकाशित गर्दै राष्ट्रपतिले उपयुक्त निकास नआएसम्म सेनापतिको अवकाश एवम् नियुक्तिसम्बन्धी सबै प्रक्रियाहरु थाती राखी यथास्थिति कायम गर्न राष्ट्रिय हितमा भएको उल्लेख गरेका छन्।
राष्ट्राध्यक्ष तथा नेपाली सेनाको सर्वोच्च परमाधिपतिको हैसियतमा यस्तो निर्णय गरेको उनले बताएका छन्।

यसअघि आइतबार राति राष्ट्रपतिले प्रधानसेनापतिलाई पदमा बहाल रहन निर्देशनसहितको पत्र पठाएका थिए र त्यसको बोधार्थ प्रधानमन्त्रीलाई पठाएका थिए।




राष्ट्रपति यादवले दिएको वक्तव्यको पूर्ण विवरणः

१ संविधानसभाको निर्वाचनपश्चात संविधान निर्माणको अवधि छोटिँदै गएको र नेपाली सेना र क्यान्टोनेन्टमा रहेका लडाकूको व्यवस्थ्ाापनको लागि सम्मानीय प्रधानमन्त्रीको अध्यक्षतामा गठित समितिले आफ्नो कार्य पूर्णरुपमा प्रारम्भ गरी नसकेको अवस्थ्ामा शान्ति प्रकि्रया तार्किक निष्कर्षमा पुग्नु अगावै प्रधानसेनापतिको स्पष्टीकरणसम्बन्धी विषयलाई राजनीतिक दलहरुबीच आपसी सहमति कायम गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने विषयमा मैले बारम्बार जोड दिँदै आएको हुँ ।

२ समयमै संविधान निर्माण गरी शान्ति प्रक्रियालाई सुखद परिणतिमा पुर्याउने कार्यलाई उच्च प्राथमिकता दिई यस विषयमा सबै पक्षको सकारात्मक भूमिका रहनुपर्ने आवश्यकता तर्फ पनि मैले ध्यानाकर्षण गराएको छु । यसै सन्दर्भमा नेपाल सरकारद्वारा नेपाली सेनाका प्रधानसेनापतिलाई विभिन्न विषयमा स्पष्टीकरण सोधी तत् सम्बन्धी कारबाही अगाडि बढाइएको परिप्रेक्षमा सम्माननीय प्रधानमन्त्रीसँग पटकपटक भएका भेटघाटका अवसरमा शान्ति प्रकि्रया लडाकूहरुको व्यवस्थापन र राष्ट्रिय सरोकारका महत्वपूर्ण विषयहरुको सम्बन्धमा कुनै निष्कर्षमा पुग्नुअघि संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमति जुटाउन मैले सुझाव÷सल्लाह दिएको हुँ र सम्माननीय प्रधानमन्त्रीले मेरो सल्लाहलाई सकारात्मक रुपमा लिई सबैको सहमतिमा मात्र आफूले आवश्यक निर्णय लिने र सो निर्णय लिनुअघि पुनः मसँग छलफल गर्ने विचार व्यक्त गर्नुभएको प्रसङ्ग यहाँ स्मरण गर्दछु ।

३ मिति २०६६ वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापतिको स्पष्टीकरणसम्बन्धी विषयमा गरेको निर्णयको जानकारी गराइएको परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को सो निर्णयमा नेकपा एमालेलगायत सरकारमा सहभागी एकीकृत नेकपा माओवादी बाहेकका राजनीतिक दलका मन्त्रीहरुले असहमति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट अलग भइसकेको अवस्था नेपाली काङ्ग्रेस नेकपा एमाले समेत १८ राजनीतिक दलहरुले सरकारको सो निर्णय असंवैधानिक र आफ्ना लागि अमान्यसमेत भएकाले राष्ट्रपतिद्वारा सच्याइ पाउँ भनि अनुरोध गरेको तथा नेपालको अन्तरिम संविधान २०६३ ले राष्ट्रपतिलाई संविधानको संरक्षक र पालक तथा नेपाली सेनाको सर्वोच्च परमाधिपति तोकेको अवस्थालाई दृष्टिगत गरी प्रधानसेनापतिको अवकाश तथा नयाँ नियुक्ति सम्बन्धमा गरिएको मन्त्रिपरिषद्को निर्णयले संवैधानिक र प्रक्रियागत रुपमा समेत पूर्णता पाइनसकेको स्थितिमा सरकार र मन्त्रिपरिषद्का तत्सम्बन्धी निर्णयलाई संविधानको भावना मर्म र संवैधानिक व्यवस्था अनुकूल बनाउन प्रधानमन्त्रीलाई २०६६ वैशाख २० गते लेखी गएको हुँदा प्रधानसेनापतिको स्पष्टीकरणसम्बन्धी विषयबाट उत्पन्न परिस्थितिले सेनाको सङ्गठन र जनमानसमा देखिएको अन्योल र असहज परिस्थितिलाई तत्काल निकास दिन जरुरी परेकाले प्रधानसेनापतिले मसमक्ष दिएको निवेदन समेतको आधारमा राष्ट्राध्यक्ष तथा नेपाली सेनाको सर्वोच्च परमाधिपतिको हैसियतमा उपयुक्त निकास ननिस्किएसम्म सेनापतिको अवकाश एवम् नियुक्तिसम्बन्धी सबै प्रक्रियाहरु थाती राखी यथास्थिति कायम राख्नु राष्ट्रिय हितमा अपरिहार्य भएकाले निरन्तरता दिन उपयुक्त ठानेको हुँ ।

४ मुलुकमा सङ्क्रमणकालीन असहज परिस्थिति कायमै रहेको अवस्थालाई ह्दयङ्गम गरी सबै नेपाली दिदीबहिनी दाजुभाइहरुले धैर्य र संयम साथ यस्तो परिस्थितिको सामना गर्दै नेपाल सरकार र यसका अन्य अङ्ग तथा सुरक्षा निकायलगायत सबैलाई राष्ट्रिय एकता शान्ति सुरक्षा र अमनचैन कायम गर्न सहयोग पुर्याउन हार्दिक अनुरोध गर्दछु ।

५ मुलुकको विद्यमान असहज राजनीतिक परिस्थितिलाई संवैधानिक मान्यताको संरक्षण गर्दै शान्ति प्रक्रियाको सुखद् अवतरण तथा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण समयमै सम्पन्न गर्न सबै राजनीतिक दलहरुलाई सार्वभौम संविधानसभा÷व्यवस्थापिका-संसदमार्फत सहमति जुटाई निकास दिन सम्बद्ध सबैमा हार्दिक आह्वानसमेत गर्दछु ।

सबै नेपालीको जय होस्
धन्यवाद
मितिः २०६६ वैशाख २१ गते ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस