संविधान सभा निर्वाचनमा लोकतन्त्र र राष्ट्रियताका पक्षधर शक्तिहरुबीच एकता हुन सकेमात्र मुलुकले उपयुक्त निकास पाउने छ। लोकतान्त्रिक शक्तिहरुबीच एकताको अभावमा पहिलो संविधान सभाको निर्वाचन परिणाम अप्रत्याशित हुन पुग्यो। त्यही कारणले संविधान सभाको अवधि दोब्बर थप गर्दा पनि संविधान बन्न सकेन।राजनीतिक संक्रमण लम्मियो र अर्को संविधान सभाको निर्वाचन गराउनका लागि प्रधान न्यायाधीशको अध्यक्षतामा गैरराजनीतिक सरकार बनाउनु पर्यो। अहिलेसम्म पनि घोषित मितिमा निर्वाचन हुने कि नहुने दुविधामा मुलुक रहनुपर्ने वाध्यता पनि त्यही कारणले उत्पन्न भएको हो। तर, नेपालका राजनीतिक नेताहरुमा भने यस्तो सुझबुझ देखिने गरेको छैन। उनीहरु दल विशेष र अझ त्यसमा पनि आआफ्नो गुटको स्वार्थभन्दा माथि उठ्नै सकेका छैनन्। यस्तो निराशाजनक अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग चुनावी तालमेल हुनसक्ने विचार प्रकट गरेका छन्। अध्यक्ष थापाको यस अभिव्यक्तिमा खारिएका पाका नेताको सुझबुझ र बुद्धिमत्ता प्रकट भएको छ।
हुनत, एनेकपा (माओवादी) र मधेसी दलहरु पनि चुनावी तालमेलको प्रयासमा लागेको देखिएको छ। नेकपा–माओवादीले चुनावमा भाग लिएका अवस्थामा दुवै माओवादी मिलेर जाने सम्भावना पनि उत्तिकै प्रबल छ। मधेसी दलहरुबीच पनि मोर्चाबन्दीको प्रयास भइरहेको देखिन्छ। यद्यपि, मधेसी दलहरुमा जुट्नेभन्दा फुट्ने संस्कार नै बढिरहेको छ। परन्तु, साम्प्रदायिक र अलोकतान्त्रिक गठबन्धनबाट मुलुकले लोकतान्त्रिक संविधान पाउन सत्तै्कन। त्यतिमात्र हैन, मुलुकमा अलोकतान्त्रिक साम्प्रदायिक शक्ति बलियो भयो भने राष्ट्रियता पनि जोखिममा पर्छ। अगिल्लो संविधान सभा निर्वाचनपछि देशमा राष्ट्रियता कमजोर भएको छ भने राज्यका लोकतान्त्रिक संयन्त्र र अवयवहरू पनि प्रभावहीन हुन पुगेका छन्। दोस्रो जनआन्दोलनपछि कांग्रेस र एमालेका बीचमा देखिएको कटुता र प्रतिस्पर्धा अहिले पनि दोहोर्याउन खोजिएको देखिन्छ। यस्तो मूर्खता अगिल्लैपटक आत्मघाती सिद्ध भइसकेको यथार्थ नेताहरुले बुझ्नु जरुरी छ।लोकतान्त्रिक शक्ति कमजोर भएकै कारण मुलुक यस्तो अवस्थामा पुगेको हो भन्ने निष्कर्षमा सहमत हुने राजनीतिक नेताहरु एकताका लागि भने अग्रसर नहुनु चाहिँ अत्यन्त दुःखद र लाजमर्दो अवस्था हो। कांग्रेस, एमाले र राप्रपाका बीचमा कम्तीमा मानव अधिकार, राष्ट्रिय अखण्डता र लोकतन्त्रका विषयमा मतभेद छैन। माओवादी र मधेसी दलहरुका प्राथमिकतामा यी विषय परेको देखिँदैन। यसैले पनि राप्रपा, एमाले र कांग्रेसबीच कुनै न कुनै प्रकारको चुनावी तालमेल राजनीतिक दृष्टिबाट उचित र आवश्यक देखिन्छ।
अगिल्लो संविधान सभामा राजतन्त्र अन्त्य गर्ने निर्णयमा कांग्रेस र एमालेसँगै राप्रपा पनि सहमत भएको थियो। संघीयताका विषयमा पनि राप्रपाले अर्को अडान राखेको छैन। त्यसैले अब राप्रपालाई पञ्चहरुको पार्टी भनिरहनुको अर्थ छैैन। राजतन्त्र कायम रहनुपर्छ भन्ने मान्यता भएकाहरु राप्रपा (नेपाल) नामक पार्टीमा संगठित पनि भइसकेका छन्। अब राप्रपालाई पर्गेलेर राजाको कित्तामा घचेट्दा चरम दक्षिणपन्थी वा उग्रवामपन्थी अतिवादीलाई मात्र फाइदा हुने हो। यसैगरी, लोकतन्त्र र राष्ट्रियताका पक्षधर शक्तिको मत छरिएका अवस्थामा राप्रपालाई मात्र हैन कांग्रेस र एमालेलाई पनि हानि हुनेछ। अझ, जुन पार्टी जति ठूलो छ उसैलाई धेरै हानि हुन्छ। यसैले राप्रपा अध्यक्ष थापाको प्रस्तावलाई कांग्रेस र एमालेका नेताहरुले 'बेलाको बोली' ठानेर सुनून् र मनन गरून्। आगामी संविधान सभाले मुलुकलाई संकटबाट पारलगाओस् भन्ने चाहने हो लोकतान्त्रिक शक्तिहरुबीच चुनावी तालमेलको प्रयास हुनैपर्छ। अन्यथा, इतिहासमा कांग्रेस र एमालेका नेता समयको पदचाप सुन्न र बेलाको बोली बुझ्न नसक्ने मूर्ख सिद्ध हुनेछन्।