काठमाडौं, भदौ १०- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानका विवादीत विषयमा दलहरूबीच सहमति जुटाएर संविधान सभा केही दिनको लागिमात्र भए पनि पुनःस्थापना गरेर राजनीतिक निकास खोज्नुपर्ने बताए।
हाम्रो मित्र युवा समूह क्षेत्रपाटीले ३० औं विपी स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजना गरेको वृक्षरोपण समापन कार्यक्रममा वरिष्ठ नेता देउवाले संविधान जारी गरेर मात्र चुनावमा जानुपर्ने धारणा राखे।
'विवादित विषयमा सहमति जुटाएर केही दिनको लागिमात्र भए पनि संविधान सभा पुनःस्थापना गरौं, प्रमुख दलहरू सहमतिका लागि केन्द्रीत होऔं,' नेता देउवाले भने। निर्वाचन गर्न अन्तरिम संविधानको संशोधन गर्नु पर्ने हुँदा त्यसको लागि पनि संविधानसभाको पुनःस्थापना अनिवार्य भएका नेता देउवाले दोहोर्याए।
उनले दलहरूबीच सहमतिको विकल्प नभएको भन्दै सहमतिको सरकार कांग्रेसको नेतृत्वमा बन्नुपर्नेमा जोड दिए। रासस