फ्रान्सेली बाटो
१५ जेष्ठ २०६९
•
१२ मिनेट पाठ
फ्रान्सेली बाटो
यी पंक्तिहरू लेख्दासम्म नयाँ संविधानमा मिश्रित शासकीय प्रणाली अवलम्बन गरिने निश्चित भएको छ। यसैले फ्रान्सेली संविधानमा के कस्ता अधिकार राष्ट्रप्रमुख र सरकार प्रमुखबीच बाँडफाँट गरिएका छन् भन्ने जानकारी सान्दर्भिकै हुनेछ। फ्रान्सको पाँचौ गणतन्त्रीय संविधानले राष्ट्रपतिलाई राज्यसत्ता, राज्यसंचालन र कार्यान्वयनमा मध्यस्थकर्ता तथा राष्ट्रिय स्वतन्त्रता, अखण्डता र अन्तर्राष्ट्रिय संन्धि पालनको सुनिश्चितकर्ता तोकेको छ।
राष्ट्रपति पाँच वर्षका लागि जनताबाट प्रत्यक्ष निर्वाचित हुने र सो पदमा लगातार दुई पटकभन्दा बढी रहन नपाउने व्यवस्था छ। राष्ट्रपति पदमा विजयी हुन मतदानमा खसेको संपूर्ण सदर मतको पूर्ण बहुमत प्राप्त गर्नुपर्छ। पहिलो मतदानमा कसैको पूर्ण बहुमत नआएमा पहिलो मतदानको १४ दिनभित्र बढी मत ल्याउने दुईजना उम्मेदवारबीच निर्वाचन गरिन्छ। राष्ट्रपति निर्वाचन सो पदको पदावधि समाप्त भएको मितिले २० देखि ३५ दिनभित्र गरीसक्नु पर्छ।
राष्ट्रपतिले प्रधानमन्त्रीको नियुक्ति गर्छन्। प्रधानमन्त्रीको सिफारिसमा अन्य मन्त्रीको नियुक्ति र बर्खासी गर्छन्। प्रधानमन्त्रीको राजीनामा स्वीकृति गर्छन् तर स्वेच्छाले हटाउन सत्तै्कनन्। राष्ट्रपतिले मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्छन्। यसैगरी संसद्ले पारित गरेको विधेकलाई उनले १५ दिनभित्र स्वीकृत गर्नुपर्छ तर सो अवधि पूरा हुनु अगावै पुनर्विचारका लागि उक्त विधेयक संसद्मा फिर्ता पठाउन सक्छन्। राष्ट्रपतिले संसदले पारित गरेको कुनै विधेयक, राज्यको सामाजिक तथा आर्थिक नीति, सन्धि र गैरसरकारी विधेयक सम्बन्धमा संसद्को अधिवेशन चलेको समयमा र सरकारको सिफारिसमा वा संसदको दुवै सदनले पारित संकल्प प्रस्तावअनुसार राष्ट्रिय जनमतसंग्रहको घोषणा गर्न सक्छन्। यसैगरी उनले प्रधानमन्त्री र संसद्का दुवै सदनका सभापतिको सिफारिसमा तल्लो
सदन (नेसनल एसेम्ब्ली) को विघटन गर्न सक्छन्। विघटन पश्चात् २० देखि ४० दिनभित्र संसदीय निर्वाचन गर्नुपर्छ। उनले अध्यादेश र मन्त्रिपरिषद्लाई आदेश जारी गर्न सक्छन्। राज्यका निजामती सैनिक उच्चपदमा नियुक्ति गर्छन् तर उनले यी नियुक्ति गर्ने अधिकार संसद्का सम्बन्धित विषयगत समितिको असहमतिमा प्रयोग गर्न सत्तै्कनन्। राष्ट्रपतिलाई राजदूत नियुक्त गर्ने र विदेशी राजदूतको आहोदाको प्रमाण ग्रहण गर्ने अधिकार छ। उनी सेनाका परमाधिपति हुन्छन् र उच्च राष्ट्रिय सुरक्षापरिषद् तथा यससँग सम्बन्धित समितिको बैठकको अध्यक्षता गर्छन्। राष्ट्रपतिले प्रधानमन्त्री, संसद्का दुवै सदनका सभापति र संवैधानिक परिषद्सँग परामर्श गरी संकटकालको धोषणा गर्न सक्छन् तर संकटकाल रहेको अवस्थामा संसद् विघटन गर्न सकिँदैन। यसैगरी उनलाई सजाय माफीको अधिकारका साथै संसद्का दुवै सदनलाई संयुक्त वा अलगअलग सम्बोधन गर्ने वा लिखित सन्देश पठाउनसक्ने अधिकार पनि हुन्छ।
यसबाहेक राज्यका नीति निर्धारण गर्ने र यसको कार्यान्वयन गर्ने जिम्मेवारी भने सरकारमा हुन्छ। सरकार संसद्प्रति उत्तरदायी रहन्छ। सरकार संचालन र राष्ट्रिय सुरक्षाको जिम्मेवारी प्रधानमन्त्रीमा रहन्छ। कानुनको कार्यान्वयन गर्ने, कानुनअन्तर्गतका नियम बनाउने र केही निजामती तथा सैनिक पदमा नियुक्त गर्ने अधिकार पनि प्रधानमन्त्रीको हुन्छ। उनले आफ्ना केही अधिकार मन्त्रीहरूमा प्रत्यायोजन गर्न र राष्ट्रपतिबाट पनि उनलाई केही अधिकार प्रत्यायोजन हुनसक्ने प्रावधान पनि संविधानमा छ। मन्त्री पदमा बहाल भएपछि संसद् सदस्यले सांसद पद गुमाउछन् र त्यस्ता पद कानुनबमोजिम पुनः पूर्ति गरिन्छ।
हाम्रो सन्दर्भमा संवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिले गठन गरेको कार्यदलले भावि संविधानका लागि मिश्रित प्रणालीअन्तर्गत राष्ट्रपति र प्रधानमन्त्री बीच अधिकारको बाडफाँट यस प्रकार गरेको छ।
राष्ट्रपतिका अधिकार :
राष्ट्रपति राष्ट्राध्यक्ष र राष्ट्रको प्रतीक हुने, नेपाली सेनाको सर्वोच्च कमान्डर रहने, संसद्को बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजकै सिफारिसमा मन्त्रिपरिषद् गठन हुने, प्रधानमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने, आर्थिक विधेयकबाहेक अन्य विधेयक एक पटकका लागि संसदमा फिर्ता पठाउनसक्ने, संसद्बाट पारित विधयेकलाई स्वीकृत गर्ने, संसद्का दुवै सदनलाई अलगअलग वा संयुक्तरूपमा सम्बोधन गर्ने वा लिखित सन्देश पठाउन सक्ने, राजदूत नियुक्ति र विदेशी राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने, मानपदवी प्रदान गर्ने, संवैधानिक निकायका प्रमुख र प्रदेशप्रमुख नियुक्त गर्ने र अन्तरप्रदेशीय सम्बन्धलाई समन्वय गर्न आवश्यक निर्देशन गर्नसक्ने कार्यदलको सिफारिसम उल्लेख छ।
प्रधानमन्त्रीका अधिकारः
प्रधानमन्त्रीका अधिकारमामन्त्रिपरिषद्को गठन गर्ने, मुुलुकको दैनिक प्रशासन सञ्चालन र सरकारी नीतिको तर्जुमा गर्ने, संसद्मा बजेट र विधेयक प्रस्तुत गर्ने, राष्ट्रिय विकास योजना निर्माण, कार्यान्वयन र अनुगमन गर्ने, शान्ति सुरक्षा र अमनचयन कायम गर्ने, महान्यायाधिवक्ताको नियुक्ति गर्ने भन्ने' कार्यदलको सिफारिसमा छ।
राष्ट्रपति र प्रधानमन्त्रीको संयुक्त अधिकार क्षेत्र :
परराष्ट्र सम्बन्ध सञ्चालन, संकटकाल र युद्धको घोषणा, अन्तर्राष्ट्रिय सन्धि र सीमासुरक्षा, अध्यादेश जारी, प्रधानन्यायाधीश, न्यायाधीश र सवैधानिक निकायका पदाधिकारीको नियुक्ति, केन्द्रीय संसद्को अधिवेशन आह्वान र अन्त्य र प्रदेशसभाको विघटन' यी राष्ट्रपति र प्रधानमन्त्रीका संयुक्त अधिकार क्षेत्र अन्तर्गत रहने कार्यदलको सिपा्करिसमा उल्लेख भएको छ।
राष्ट्रपतिप्रति प्रधानमन्त्रीको दायित्वः
मन्त्रिपरिषद्का निर्णय र संसद्मा पेस गर्ने विधेयक सम्बन्धमा जानकारी गराउने, देशको समसामयिक स्थिति र शान्तिसुरक्षा वारे, राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र वैदेशिक सम्बन्धबारे र राष्ट्रपतिले जानकारी माग गरेका अन्य विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने पनि उल्लेख छ।
निष्कर्षः
उक्त फ्रान्सेली संविधानका प्रावधानसंग नेपालमा प्रस्तावित प्रावधानको तुलना गर्ने हो भने फ्रान्सको भन्दा नेपालको संविधानमा राष्ट्रपतिलाई व्यापक अधिकार हुने देखिन्छ। फ्रान्समा राष्ट्रपतिलाई प्राप्त अधिकार संसद् र संसदीय समिति तथा संवैधानिक परिषद्को माध्यमबाट व्यापक नियन्त्रण गर्ने प्रावधान छन्। त्यहाँ संयुक्त अधिकार भनेर तोकिएको पाइँदैन र व्यवहारमा मिलीजुली काम गर्ने अभ्यास भने निकै विकास भएको छ। त्यहाँ दुई अधिकारीबीच शक्ति संघर्षका इतिहास लामै भए पनि संविधान संशोधनलगायतका प्रावधान, सहमति र सुझबुझबाट यो प्रणाली त्यहाँ सफल नै मानिन्छ। फ्रान्सकै प्रेरणाबाट फ्रान्सको लामो उपनिवेशबाट स्वतन्त्र भएको मुलुक अल्जेरियामा पनि यो प्रणाली सफल मानिएको छ। नेपालको सन्दर्भमा दुई शक्तिमा अधिकारको बाडफाँट गरी सकेसम्म सन्तुलित बनाउने प्रयास भएको देखिएको छ तर नियन्त्रण र सन्तुलनको कुनै रूपरेखा प्रस्तुत गरिएको देखिँदैन। मन्त्री पदमा नियुक्त भएपछि सांसद पद नरहने र सशक्त संवैधानिक परिषद्को व्यवस्था जस्ता फ्रान्सेली संविधानका विशेष प्रावधानबारे पनि विचार गर्नु आवश्यक देखिन्छ। संवैधानिक प्रावधानको अतिरिक्त राज्यका अंग र त्यसभित्रका संस्थागत प्रावधानबाट बढीभन्दा बढी यस प्रणालीलाई कसरी सन्तुलित र व्यवस्थित बनाउन सकिन्छ भन्ने संदर्भमा व्यापक अध्ययन र गृहकार्य आवश्यक छ। त्यसैगरी यो प्रणाली सुहाउँदो आचरण, व्यवहार र राजनीतिक संस्कार अवलम्बन र विकास गर्नु पनि अपरिहार्य देखिन्छ।
लेखक राज्यव्यवस्था समिति, व्यवस्थापिका संसद् सचिवालयका उपसचिव हुन्
 

 

 

 
अर्को समाचार
विवादबारे फ्रान्सेली कप्तानले बोल्ने
१० असार २०६७
•
१ मिनेट पाठ
विवादबारे फ्रान्सेली कप्तानले बोल्ने

समूह चरणबाट बाहिरिएको सन् १९९८ को विश्वविजेता फ्रान्सेली टोली समूह चरणबाट नै प्रतियोगिताबाट बाहिरिएको छ। चरम विवाद रहेको फ्रान्सेली टिममा के भयो?


फ्रान्सेली कप्तानबारेको समाचारका लागि क्लिक गर्नुस् टोलीमा के भएको सबै बताउने छु : फ्रान्सेली कप्तान

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस