त्रिपोली – लिबियाको राजधानी त्रिपोलीमा रहेको फ्रान्सेली राजदूतावासमा मंगलबार भएको बम आक्रमणमा दूतावासका दुई सुरक्षाकर्मी घाइते भएका छन्। मंगलबार बिहानै फ्रान्सेली दूतावासमा आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। दूतावासमा अज्ञात व्यक्तिले कारबम आक्रमण गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।बम राखिएको कार कुदाएर दूतावासमा ठोक्काइएको थियो। सो विस्फोटबाट दूतवासमा भने ठूलो क्षति पुगेको छ। सो बम विस्फोटका कारण त्यस वरपरका भवनहरुमा पनि क्षति पुगेको बताइएको छ। दूतावासको पर्खालमा ठोक्काइएको बमका छर्रा लागेर दूतावासको भवन भत्किएको छ। सो दूतावासको भित्रि परिसरमा राखएका सम्पत्तिमा पनि क्षति पुगेको समाचारमा जनाइएको छ।
दूतावासको भवनका साथै भवन वरिपरी राखिएका सवारीसाधन पनि ध्वस्त भएको त्रिपोलीमा रहेका एएफपी समाचार समितिका प्रतिनिधिहरूले बताएका छन्। उक्त बम हमलाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन। यस विषयमा दूतावासले अनुसन्धान थालेको जनाएको छ।
विदेश मन्त्रीद्वारा निन्दा
यसैबीच लिबियाका विदेश मन्त्रीले सो बम हमलाको कडा शब्दमा निन्दा गर्नुभएको छ। विदेश मन्त्री अब्देल अजिजले सो आक्रमण आतङ्कवादीहरुले गराएको बताउनुभएको छ।
लिबिया र फ्रान्सका बीचमा मित्रतापूर्ण सम्बन्ध रही आएको र यसअघि सन् २०११ मा लिबियामा भएको आन्दोलनमा पनि फ्रान्सले सहयोग गरेकोले उक्त आन्दोलनका विरोधीहरुबाट यो हमला भएको उहाँले बताउनुभएको छ। उहाँले सो हमलामा संलग्नहरुको खोजीगरी दोषीलाई कडा भन्दाकडा कारबाही गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।