सोलुखुम्बु-सोलुखुम्बुको मेरापिक आरोहण गरि फर्कने क्रममा एक फ्रान्सेली पर्यटकको मृत्यु भएको छ। बाटोमा चिप्लिएर भिरबाट करिब ५ सय मिटर तल खस्दा अरोहीको मृत्यु भएको हो।
मेरापिकको आरोहण गरि फर्कने क्रममा जुभिङको ठूलोखर्कमा फ्रान्सेली नागरिक म्याट हिसु लेगालको निधन भएको हो। ३० वर्षीय लेगालको शव बुझ्न प्रहरी घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ। उनको शुक्रबार करिब ११ बजे निधन भएको तर शनिबार बिहान मात्रै घटनाबारे प्रहरीलाई जानकारी आएको जनाइएको छ।