समानान्तर
२८ असार २०६६
•
९ मिनेट पाठ
समानान्तर
मूलतः जनतालाई 'जन्तु' ठान्ने मानसिकताले यसरी सताउने काम भएको हो

लन्डनबाट बैंकक आइपुग्दा लागेको थकाइ र निद्राले गलेको ज्यानमा काठमाडौं उत्रनेबित्तिकै कुन्नि कताबाट फुर्ति पलायो । विमानस्थलको भद्रगोलमा पनि पटक्कै रिस उठेन । अध्यागमनमा पालो पर्खँदा पनि दिक्क लागेन । स्वाइन फ्लुको परीक्षण पनि रमाइलै लाग्यो । अरू त अरू झिटीगुन्टा आइपुग्न निकै बेर उभिँदा थकाइ लागे पनि रिस उठेन । दिक्क लागेन । मनले हिथ्रोमा निकै छिटो सामान आइपुगेको सम्झेको त थियो तर हाम्रो विमानस्थल सानो छ भनेर चित्त बुझ्यो ।

विमानस्थलबाट बाहिरिने बित्तिकैदेखि भने हन्डर सुरु भइहाल्यो । चक्रपथमा ठाउँ ठाउँमा बन्द र आन्दोलन रहेछ । ट्याक्सी चालकले विमानस्थलबाट सामाखुसीसम्म ६ सय नपाए नलाने भने । भित्री बाटोबाट जानुपर्ने र जहाँसम्म सकिन्छ त्यहाँ पुर्‍याइदिने सर्त पनि ट्याक्सी चालकले राखे । उनका सर्त मान्नुको विकल्प थिएन । ट्याक्सी गुड्न लागेपछि बेलायतको यातायात प्रणाली सम्झेँ । लन्डनको भूमिगत रेलको मर्मत सुधार (इन्जिनियरिङ वर्कस्) भइरहेको रहेछ । धेरै पहिले नै कुन बाटो कुन दिन कति बेला बन्द हुने हो भनेर सूचना दिइएको थियो । तैपनि, उपभोक्तालाई मर्का नपरोस् भनेर मर्मतका लागि बाटो बन्द भएका दिन गन्तव्यमा पुर्‍याइदिने बसको बन्दोबस्तको गरिएको थियो । हाम्रो भने एउटैमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सहरभित्र पस्न गल्लीभित्रबाट लुकेर जानुपर्ने अवस्था । दिक्क लाग्यो । धन्न बाटामा ओर्लन परेन ।

त्यसपछि त झन् बिच्छुकै लागेजस्तो भयो । भोलिपल्ट सामाखुसीबाट माइक्रो बसमा कोचिएर गएको केशरमहलबाट प्रहरीले नै अगाडि जान दिएन । पैसा लैनचौर नपुग्दै उठाइसकेका ड्राइभर र उनका सहयोगी सुन्धारा जाने यात्रुलाई रुखो स्वरमा छिटो ओर्लन आदेश दिन थाले । तिनमा यात्रुलाई गन्तव्यमा पुर्‍याउनुपर्ने दायित्वबोध पटक्कै देखिएन ।

ट्याक्सीमा जाने प्रयास गर्दा उल्टै क्षेत्रपाटी पुगियो । त्यहाँबाट बसन्तपुर निस्कने बाटोमा छिचल्नै नसकिने ट्राफिक जाम थियो । उछिनापाछिनको चक्करमा सबै फसेका थिए । मिले पनि नमिले पनि अरूलाई उछिनी हाल्न खोज्ने मोटरसाइकल चालकले एकातिर बाटो पूरै ढाकेका थिए भने साना र मझ्यौला मोटर चालक पनि के कम? टसमस नगरी हर्न मात्रै बजाएर बसेका थिए । हिँड्ने ठाउा नै थिएन । अनि फेरि बेलायतको सम्झना भयो । पैदल यात्रुको सुविधालाई विशेष ख्याल राखिएको छ । त्यसैगरी साइकल चढ्नेलाई पनि प्रोत्साहन गरिएको रहेछ । मिलेसम्म साइकल चलाउने छुट्टै बाटो बनाइएको छ । म केही दिन इस्टबर्नको ह्याम्पडेन पार्क भन्ने सानो गाउँमा आफन्तसँग बसेको थिएा । त्यहाँ र लन्डन महानगर दुबै ठाउँमा समान रूपमा साइकल र पैदल यात्रुको सुविधाको ख्याल राखिएको देखेा । यहाँ भने पैदल हिंड्नेलाई साइकल चढ्नेले र उसलाई मोटरसाइकल चलाउनेले हेप्छ । मोटर हाँक्नेको त कुरै भएन । वर्षा लाग्यो अब कसले कुन बेला सडकको हिलो छ्यापेर दगुर्छ भनेर थर्कमान हुनुपर्छ । जेब्राबाट बाटो काट्दा पनि ज्यान जोगाउन धौ धौ हुन्छ ।

सार्वजनिक सबारी चालकमा यात्रुको सुविधामा ध्यान दिने अभ्यास नै छैन । बाटामा बूढाबुढी, मोटो मान्छे वा अपांगता हुनेले चढ्न खोजे भने पहिले त सितिमिति मोटर नै रोक्तैनन्, रोकिहाले पनि चढ्न दिँदैनन् । बेलायतको रेल र बसमा अपांगता हुनेका लागि विशेष व्यवस्था गरिएको हुँदो रहेछ । त्यहाँ अशक्त कसैले पनि सार्वजनिक यातायातमा आत्तिनु पर्ने वा आफूलाई निरिह ठान्नु पर्ने अवस्था छैन । त्यसमाथि पाकाहरूलाई त भाडा पनि नलाग्ने रहेछ । रगमार्क इन्टरनेसनलका सदस्य डेभिड ओउल साइकल चढ्दा रहेछन् २० किलोमिटरसम्म पनि । भन्दैथिए - बस वा रेलमा आएको भए सजिलो हुन्थ्यो, भाडा पनि लाग्दैन तर सकुन्जेल त साइकल नै चढ्ने हो । हाम्रोमा भने माइक्रोवालाले बूढाबुढीलाई सकेसम्म नचढाउन खोज्छन् । पैसा नलिने त कुरै भएन ।

भोलिपल्ट घर फर्कन लाग्दा सुन्धारामा सामाखुसी जाने माइक्रो बस रोक्दै नरोकी जान थाले । प्रहरीले नै लखेटी रहेका थिए । बल्ल एउटाले माइक्रो रोकिएजस्तो गर्‍यो र चढ्न भ्याएँ । राष्ट्रपति रामवरण यादव संसद्मा सम्बोधन सकेर फर्कने बेला हुन लागेकाले सडक खाली गराउन माइक्रो बसलाई लखेटिएको रहेछ । राष्ट्रपतिको सम्बोधन म घर पुग्दा बल्ल सकिएको थियो । अर्थात्, प्रहरीले चाहिनेभन्दा धेरै पहिलेदेखि र जताततै बाटो छेकेका रहेछन् । राष्ट्रपतिलाई बानेश्वरबाट अनामनगर डिल्लीबजार, कमलपोखरी, बालुवाटार हुँदै महाराजगन्ज लगेको भए सार्वजनिक यातायातमा खासै प्रभाव पर्ने थिएन । हुनत, त्यो पनि गर्नु आवश्यक थिएन ।

अगाडि एउटा साइरनयुक्त प्रहरी भ्यान हिँडाएर पनि विशिष्ठ व्यक्तिको आवागमन सहज बनाउन सकिन्छ । विदेशमा त त्यसरी विशिष्ठ व्यक्तिलाई हिँडाएको देखिएको छ । बाटो रोक्दा पनि अत्यन्त कम समयका लागि रोकिन्छ । मूलतः जनतालाई 'जन्तु' ठान्ने मानसिकताले यसरी सताउने काम भएको हो ।

बाटो थुनेर आवागमन सुरक्षित हुन्छ भन्ने सुरक्षाकर्मीको सोच गलत हो । हुनत, यो सुरक्षा अधिकारीहरूमा भरिएको सामन्ती संस्कारको अभिव्यक्ति हो तर राष्ट्रपति, प्रधानमन्त्री हुनेहरूले आफ्ना कारण जनताले पाएको सास्तीका बारेमा सोच्नु चाहिा पर्ने हो । मुलुकबाट राजतन्त्र त फालियो तर सामन्ती संस्कार, सोच, अभ्यास र व्यवहार भने जस्ताको तस्तै रÞयो । यथार्थमा जनतालाई हेप्ने सामन्ती प्रवृत्ति नै यसको कारक हो ।

जनताको मुक्तिका नाममा राजनीतिमा ६ दशक बिताएका गिरिजाप्रसाद कोइरालादेखि भैसी चराएर आएको हुँ भनेर जनताको नजिक हुन खोज्ने रामवरण यादवले राजसी ठाँट कायमै राखे । आफूलाई मुक्ति नायक ठान्ने पुष्पकमल दाहाल पनि उनीहरूभन्दा बेलै भएनन् । सामान्य व्यक्तिका लहरमा उभिन खोजेको देखाउने माधवकुमार नेपालले पनि त्यही परम्परा धाने । आफूलाई कुनै हानि नपुग्ने तर धेरै जनाले सास्ती भोग्न नपर्ने विषयमा पनि संवेदनशील हुन नसक्नेहरूले साँच्चै नै जनताको हितमा के गर्लान् र?
अर्को समाचार
एमाले काठमाडौंमा समानान्तर अधिवेशन हुने
२३ पौष २०६६
•
५ मिनेट पाठ
एमाले काठमाडौंमा समानान्तर अधिवेशन हुने
काठमाडौं, पुष २३ (नागरिक)- सत्तारूढ दल एमालेको काठमाडौं जिल्ला संगठन कमिटीको समानान्तर अधिवेशन हुने भएको छ। गत साउनदेखी समानान्तर रूपमा संचालन हुँदै आएका कमिटीहरूले विवाद नमिलेपछि समानान्तर रूपमा नै अधिवेशन गर्न लागेका हुन्।गोविन्दकृष्ण अधिकारी संयोजक रहेको संस्थापन पक्षधर कमिटीले माघ १५ र १६ गते काठमाण्डौं जिल्ला संगठन कमिटीको अधिवेशन गर्ने भएको छ।

विहीवार पत्रकार सम्मेलन गरी संयोजक अधिकारीले यो जानकारी दिएका हुन्। पार्टी स्थायी कमिटी सदस्य केपी शर्मा ओली पक्षधर रामेश्वर फुँयाल संयोजक रहेको कमिटीले चाहिं माघ २२ र २३ गतेका लागि अधिवेशन तोकिसकेको छ।
अधिकारीले काठमाण्डौ जिल्ला कमिटीमा पार्टी निर्णयको अवज्ञा गर्नुका साथै नीति, निर्णय र नेतृत्वको वदख्वाई गर्ने, आत्मकेन्द्रीत भई अलग ढंगले भेला गर्ने, समानान्तर संगठन संचालन गर्ने जस्ता गम्भीर अराजकता देखापरेको बताए। उनले समानान्तर जिल्ला कमिटी निर्माणमा पार्टीका उच्च नेताहरू नै संलग्न रहेको पनि स्वीकार गरे।

'समानान्तर जिल्ला कमिटी संचालनमा पार्टीका उच्च नेताहरू देखा पर्न नहुने हो' उनले भने, 'समानान्तर कमिटी संचालन गर्नु पार्टीको निर्णय अवज्ञा गर्नु हो।' पत्रकार सम्मेलनमा उपत्यका समन्वय कमिटीका सहसंयोजक योगेश भट्टराईले चाहिं काठमाण्डौं जिल्लामा मात्र नभएर आठौं महाधिवेशनपछि एमालेमा नै समस्या रहेको बताए।

अधिकारीले समानान्तर जिल्ला कमिटी संचालन गरेका फुँयाललाई स्पष्टीकरण सोध्ने, आत्मालोचना गर्न लगाएको र नसिहत दिएको पनि दावी गरे। यता फुँयालले चाहिं अधिकारी नेतृत्वको कमिटी 'टिके' भएको बताउदै आफनो नेतृत्वको कमिटी नै निर्वाचित र आधिकारिक भएको दावी गरेका छन्।

संस्थापन पक्षले आठौ महाधिवेशनले पारित विधानले निर्देशित गरेअनुसार केन्द्रीय कमिटीको दोस्रो वैठकको निर्णयअनुसार आफुले अधिवेशन गर्न लागेको बताएको छ। केन्द्रीय कमिटीको दोस्रो वैठकले जिल्ला कमिटीहरूलाई जिल्ला संगठन कमिटीमा रूपान्तरण गरी ६ महिनाभित्र अधिवेशन गर्नुपर्ने निर्णय गरेको थियो।

उपत्यका समन्वय कमिटीले साउन २५ गते काठमाण्डौं जिल्ला कमिटीलाई भंग गरी अधिकारीको संयोजकत्वमा संगठन कमिटी बनाएको थियो। तर, तत्कालिन जिल्ला कमिटीका सचिव फुँयालले निर्वाचित जिल्ला कमिटी भंग गर्ने अधिकार उपत्यका समन्वय कमिटीलाई नभएको भन्दै चुनौती दिएका हुन्। त्यति मात्र होइन, संस्थापन पक्षको निर्णयलाई स्थायी कमिटी सदस्य ओलीले समेत चुनौती दिदै आएका कारण त्यतिखेरदेखी नै काठमाण्डौ जिल्लामा दुई समानान्तर कमिटी रहदै आएका छन्।

एमाले स्थायी कमिटीले भाद्र १९ गते उपत्यका समन्वय कमिटीले गरेको निर्णयलाई नै सही ठहर्‍याएको थियो। त्यसैअनुरूप सचिवालय सचिव युवराज ज्ञवालीले फुँयाललाई उपत्यका समन्वय कमिटीको निर्णय मान्न निर्देशन दिएका थिए। तर, त्यसपछि विवाद बढदै गएपछि स्थायी कमिटीमा दुवै संगठनका समानान्तर कार्यक्रम रोकी एउटै बनाउने सहमति भएको थियो। पार्टीभित्र देखापरेको जारी विवाद साम्य गर्न पोलिटब्युरो वैठक भइरहेको वेला अहिले फेरी एमाले काठमाडौं जिल्ला कमिटीको विवाद बल्झिएको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस