थर फेर्न चाहन्छु
०२ चैत्र २०७६
•
१४ मिनेट पाठ
थर फेर्न चाहन्छु
को हौं हामी ? यो प्रश्न दलित समुदायले सयौं वर्ष अघिदेखि सोधिरहेका छन्। यस प्रश्नको जवाफ जे–जसरी दिइयो, त्यो अब पनि सार्वजनिक रूपमा सगौरव व्यक्त गरिरहन लायक छैन। भाग्य, पुनर्जन्म, पाप कर्मको फल, अछूत योनीबाट जन्म हुनु, भगवान्को श्राप आदि इत्यादि। यस्तो ढाँट, छल र षड्यन्त्रपूर्ण जवाफले चित्त बुझ्ने अवस्था अब रहेन÷रहनु हुन्न।




बागलुङका सर्वजित कामीले २००६ सालमा राणा प्रधानमन्त्री मोहनशमशेर समक्ष खड्काथोकी थर भएका (कामी जाति)ले खड्का थर लेख्न र जनै लगाउन पाउनुपर्ने माग राखेर बिन्तीपत्र चढाए। प्रधानमन्त्री मोहनशमशेरले सर्वजितको माग सदर गरिदिए। तर स्थानीय प्रशासन, कर्मचारी र अन्य तल्ला निकायले त्यो निर्णय रुचाएनन् र कार्यान्वयन हुन दिएनन्। त्यति मात्रै होइन, लगत्तै ००७ सालको क्रान्ति सफल भई राणा शासन अन्त्य (प्रजातन्त्र पुनस्र्थापना) भएका कारण जनै भिर्ने र खड्का थर लेख्ने सर्वजितको सपना तुहियो।

त्यसपश्चात् उनी (नेपालका ब्राह्मणहरूको सुझाव बमोजिम) भौतारिँदै भारतको काशी पुगे। काशीका पण्डितले सर्वजितलाई जनै धारण गर्ने अधिकार त दिएनन्, तापनि कामी जातिको पेसा, कर्मका आधारमा विश्वकर्मा थर लेख्न सल्लाह दिएर फर्काए। हिन्दू धर्मशास्त्रका अनुसार हातहतियार, धातुका उपकरण, सामान, भाँडाकुँडा, औजारका निर्माता विश्वकर्मा थिए। ‘तिमीहरू विश्वकर्माका सन्तान हौ, अबदेखि विश्वकर्मा थर लेख्नू’ भन्ने भारतीय पण्डितहरूको सन्देश बोकेर सर्वजित नेपाल फर्किए। त्यसपश्चात् कामी जातिले विश्वकर्मा थर लेख्न थाले। यसरी विश्वकर्मा लेख्न थालिएको करिब ७ दशक भयो।

मनुस्मृतिलगायत धार्मिक ग्रन्थमा ‘शिल्प गर्ने विश्वकर्मा’ भन्ने उल्लेख गरिएको भए तापनि शास्त्रका ‘विश्वकर्मा’ एक मिथक मात्रै रहेको स्पष्ट छ। किनभने विश्वकर्मा हातहतियार, औजार, निर्माण सामग्री आदिका आविष्कारक भएका भए, उनले बनाएका, आविष्कार गरेका सामाग्री, औजार आदि के–के हुन् ? पश्चिमा वैज्ञानिकहरूद्वारा निर्मित मेसिन, गाडी, औजार, हतियार आदिलाई पनि विश्वकर्माकै नाममा पूजा गरिन्छ। यसको तात्पर्य र औचित्य के हो ?

मेरो नाम ‘मेखराज परियार’.....तर पख्नुस्, म दलितवाला दमाइं होइन, शिल्पी दमाइं  हुँ....। यस्तो भन्यो भने मलाई विभेद हुँदैन ?

अतः शास्त्रमा वर्णित कथित बाबा विश्वकर्मा नै काल्पनिक, मिथक, अस्पष्ट र भ्रमित पात्रका रूपमा रहेको अवस्थामा एक जातिले त्यसैलाई जात (थर) को वंश वा उत्तराधिकारी मान्नु किमार्थ उचित हुन सक्दैन। अर्काे कुरा, विश्वकर्मालाई सत्य मान्ने हो भने मनुलाई आदि मानव अर्थात् विश्वको प्रथम मान्छे (पुरुष÷महिला दुवै) मान्न करै लाग्छ। मनु र मनुले रचना गरेका तत्कालीन धार्मिक कानुन मनुस्मृतिलाई आजको युगमा पनि सत्य, यथार्थ र वैज्ञानिक मानी लागू गर्ने हो भने हामी फेरि कुन युगमा पुग्छौं, हेक्का राख्न जरुरी छ।

वर्ण–व्यवस्था र हामी

इसापूर्व १५००–१००० लाई रचनाकाल मानिएको, आर्यहरूद्वारा रचित ऋग्वेदमा ४ वर्णको व्याख्या छ। संसारकै प्राचीन ग्रन्थ मानिएको ऋग्वेदमा मुखबाट ब्राह्मण, पाखुराबाट क्षत्रीय, पेटबाट वैश्य र पाइतालाबाट शूद्रको जन्म(उत्पत्ति) भएको उल्लेख छ। जुन घोर आपत्तिजनक, असम्भव र कपोलकल्पित मान्यता हो। पछि जन्म इ.पू. २०० मानिएको प्रथम ब्राह्मण राजा मनुले मनुस्मृति रचना गरी वर्ण–व्यवस्थालाई अझ कठोरतापूर्वक लागू गरे। हिन्दूको पवित्रत ग्रन्थ मानिने भागवत गीतामा समेत ४ वर्णको व्याख्या र सार विस्तृत रूपमा उल्लेख गरेको पाइन्छ। हालको जात–व्यवस्थाको मूल स्रोत वर्ण–व्यवस्था नै हो।

विश्वका अन्य मुलुक र धर्म (हिन्दूबाहेक)मा पनि अपवित्रता, अछुतपना र विभेद रहेका प्रशस्त उदाहरण पाइन्छन्। हिन्दूभित्रका पनि ब्राह्मण, क्षत्री आदिमा अस्थायी अशुद्धता र अछुतपना हुन्छन्,  जस्तै ः मृत्यु–क्रियामा बसेको पुरुष, महिनावारी वा प्रसूति भएकी महिला आदि। तर ती अछुतपनाबाट छूत बनाउने र शुद्ध हुने अवधि, विधि र प्रक्रियाको व्यवस्था छन्। अन्य धर्म, संस्कारमा पनि अपवित्रताबाट पवित्र बन्ने, अशुद्धताबाट शुद्ध बन्ने, अछूत (अस्थायी)बाट छूत बन्ने अवधि, विधि र प्रक्रिया व्यवस्था गरिएका हुन्छन्। तर ब्राह्मण धर्म याने हिन्दूमा अछूत जन्मका आधारमा जीवनभर रहने व्यवस्था हो, जसको शुद्ध वा छूत हुने कुनै अवधि, विधि र प्रक्रिया नै छैन। शूद्र (अछूत) जन्मका आधारमा जीवनभरि मात्रै होइन, उसका सन्तान, दरसन्तान शूद्र नै रहिरहन्छन्। यस्तो कठोर व्यवस्था संसारका अन्य धर्ममा कहीं छैन।

नेपालसँग वर्ण–व्यवस्थाको के–कस्तो सम्बन्ध छ ? कतिपयको तर्क त हिन्दू धर्म र जातीय विभेद÷छुवाछूतबीच सम्बन्धै नरहेको भन्ने पनि छ। जो धर्मले कहाँ विभेद गरेको छ र भनी उल्टै प्रश्न गर्छन्। ज्ञातव्य छ, नेपाल राष्ट्र, कम्तीमा ४ बेग्ला–बेग्लै देश र त्यस्तै प्रकारका संस्कार, धर्म, मूल्य–मान्यता, परम्परा वा सभ्यता मिलेर बनेको हो। यहाँका पहाडे ब्राह्मण आफूलाई आर्य वा सबैभन्दा उच्चकोटिको हिन्दू अथवा ब्राह्मण भएको दाबी गर्छन्। तर त्यो कुरा सत्य नरहेको शास्त्रले नै प्रमाणित गरेका छन्। किनभने कुनै पनि हिन्दू धर्मग्रन्थ नेपाली (खस–आर्य) भाषामा छापिएका छैनन्।

काठमाडौं उपत्यकामा राजा जयस्थिति मल्ल (सन् १३६०–१३९५) द्वारा ब्राह्मण कीर्तिनाथ उपाध्याय र मैथिल ब्राह्मणहरू रघुनाथ झा, रामनाथ झा, दक्षिण भारतका श्रीनाथ भट्ट र महिनाथ भट्टलाई बोलाएर वर्ण–व्यवस्थाबमोजिम ४ वर्ण ६४ जातमा मानिसलाई विभक्त गराएका थिए। उनले वर्ण विभाजन मात्रै गरेनन्, छुवाछूत र विभेदको व्यवस्था पनि लागू गरे, तर त्यो उपत्यकाका नेवार समुदायमा मात्रै लागू गरिएको कतिपयको बुझाइ रहेको पाइन्छ।

पश्चिम नेपालमा पर्ने जुम्लाको सिञ्जामा खस राज्यको राजधानी थियो। त्यस भूमिमा खसले राज्य कब्जा गर्नुअघि त्यो हालका दलित समुदायको शासन रहेको अध्येता डिबी नेपाली आदिको अध्ययनबाट प्रमाणित भइसकेको छ। दमाईं जातिको प्राचीन बाजा भेरीको नामबाट भेरी नदी र कर्नालको नामबाट कर्णाली नदीको नाम राखिनु आदि कारणले पनि दलित समुदाय त्यस क्षेत्रका मूलवासी र शासक जाति रहेको प्रमाणित हुन्छ। सिञ्जामा १२औं शताब्दीआसपास खस शासकले वर्ण–व्यवस्था भिœयाएको र छुवाछूत, विभेद लादेको खुल्न आएका छन्।

गोर्खाली राजा पृथ्वीनारायण शाहले वर्ण–व्यवस्था चरम रूपमा लागू गरी कठोर एवं व्यापक बनाएको भनी प्रचार गरिने भए तापनि उनका पुर्खा राजा राम शाह (सन् १६०५–१६३६ )ले नै वर्ण–व्यवस्था लागू गरेका थिए। उनले नै गोरखा राज्यमा ४ वर्ण ३६ जात कायम गरी जातीय छुवाछूत र विभेद कडाइसाथ लागू गराएका थिए। सन् १७६१ मा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्ने क्रममा मकवानपुरका राजा दिग्बन्धन सेनलाई जिउदै जलाउँदै छाला काढेर निर्मम हत्या गरेका थिए। त्यति मात्रै कहाँ हो र ! आफ्नै जेठान दिग्बन्धन सेन मारेर पृथ्वी नारायणले सेनका सन्तानलाई जात पतीत गरी सार्कीमा झारिदिएका थिए।

राजनीतिक ‘क्लस्टर’ र हामी

धेरैको बुझाइ छ– दलित आर्य–खसकै एक अंश हो। अहिले नयाँ शब्दको पनि चर्चा छ– दलित होइन, शिल्पी। यथार्थचाहिँ के हो भने दलित समुदायको मूल अनार्य, अहिन्दू र मूलवासी समुदाय नै हो। त्यसो हुनाको कारणले नै उनीहरूलाई शूद्र घोषणा गरी अछूत बनाइएको र विभेद गरिएको हो। किनभने वर्ण–व्यवस्था आर्य (सवर्ण) र अनार्य (अवर्ण) बीचको राजनीतिक र सत्ता लडाइँ तथा हार–जितको उपज हो। दलितभित्र पनि जात, नश्ल, वंश र रगतमा भिन्नता छन्। जस्तै ः मधेसका दलित द्रविड हुन्। पहाडका सार्की मंगोलका नजिक छन्। दमाईं, कामी, गाइने आदिमा एकरूपता छैन, रगत र वंशको पृथकता भेटिन्छ। उदाहरणका लागि मेरा दाजुभाइ (खाती) खलकमा खसको जस्तै मस्टो पूजा, कुल देउता पूजा गर्ने र पुजारीले बलिदिएका बोकाको आलो रगत पिउने प्रचलन छ। मेरा जातका अन्यको प्रचलन फेरि फरक छन्। त्यसैले दलित समुदायको एक नश्ल वा वंश खुट्याउन असम्भव छ।

थरको सट्टा कामी, दमाइं नै लेख्ने कतिपय व्यक्तिले दलित शब्दको विरोध गरी शिल्पी प्रयोग गर्ने गरेको विडम्बना देखिन्छ। विभेद दलित शब्दका कारण भएको होइन। जस्तै ः मेरो नाम ‘मेखराज परियार’.....तर पख्नुस्, म दलितवाला दमाइं होइन, शिल्पी दमार्इं हुँ....। यस्तो भन्यो भने मलाई विभेद हुँदैन ? दलित शब्दको भन्दा दलित पहिचान बुझिने जात (थर) प्रयोगमा परिवर्तन जरुरी छ। जस्तै ः म मेखराज उदय। जात वा थर के हो  ? म मेरा पाठकसँग आफ्नो थर परिवर्तन गर्ने अनुमति चाहन्छु। दलित अन्य कुनै समुदायको पूरक समुदाय होइन, बरु आर्य–खस, आदिवासी जनजाति, मधेसीजस्तै दलित एउटा बेग्लै राजनीतिक ‘क्लस्टर’ हो। त्यही हाम्रो पहिचान र उपस्थिति हो।  
अर्को समाचार
प्रधानमन्त्री मन नपरे फेर्न पाइन्छः ओली
०८ साउन २०७६
•
१ मिनेट पाठ
प्रधानमन्त्री मन नपरे फेर्न पाइन्छः ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा प्रधानमन्त्री मन नपरे फेर्न पाइने बताएका छन्। निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनसँग बुधबार भएको भेटमा उनले लोकतन्त्रमा प्रधानमन्त्री फेर्न मिल्ने बताएका हुन्।




‘लोकतन्त्र भनेकै यही हो, अहिलेको समय आन्दोलनको समय होइन,’ उनले भने, ‘संस्कार, योगदानको समय हो।’

यसैबीच निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनले बाढी, पहिरो र डुबानपीडितको राहतका लागि १० लाख आर्थिक सहायता उपलब्ध गराएको छ।

युनियन र युनियनमा आबद्ध राष्ट्रियस्तरका कर्मचारी संघ, संगठनहरूको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिए।

यस अघि औद्योगिक घराना केडिया अर्गनाइजेसनले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् बाढी, पहिरो र डुबानपीडितका लागि १५ लाख आर्थिक सहायता उपलब्ध गराएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस