सत्तारूढ दुई दलले मन्त्री फेर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब डेढ महिनाअघि पत्र लेखे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।
प्रधानमन्त्री ओली पटकपटक भन्दा एकैचोटी मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहन्छन्। यसैकारण लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले मन्त्री फेर्न लेखेको पत्र कार्यान्वयनमा उनले आलटाल गरिरहेका छन्। लोसपा र जसपाले मन्त्री फेर्न साउनमै प्रधानमन्त्रीलाई चिठी पठाएका थिए।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले साउन पहिलो साता प्रधानमन्त्री ओलीलाई भेटेरै पार्टीका मन्त्री फेर्नुपर्ने बेहोराको चिठी बुझाएका थिए। पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीलाई फिर्ता बोलाई उनका ठाउँमा सर्वेन्द्रनाथ शुक्लाई मन्त्री नियुक्त गर्न आग्रह गरिएको छ। चिठीमा पार्टी अध्यक्ष ठाकुरको हस्ताक्षर छ।
‘मन्त्री फेर्न पार्टीले प्रधानमन्त्रीलाई सिफारिस गरेको डेढ महिना हुन लागिसक्यो। प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठन गर्दा श्रममन्त्री पनि फेर्छौं भन्नुभएको छ,’ लोसपाका महासचिव मनीष मिश्रले भने, ‘प्रधानन्त्रीले पार्टीले गरेको सिफारिसलाई चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।’
लोसपा स्रोतका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावपछि पहिलो कार्यकाल भण्डारी र दोस्रो कार्याकाल शुक्ल सरकारमा जाने सहमति भएको थियो। तर भण्डारी दुईपटक मन्त्री भइसके। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि भण्डारी नै मन्त्री थिए। दुई पटक लगातार दोहोर्याएर भण्डारीलाई मन्त्रीमा सिफारिस गरेपछि शुक्ल ठाकुरसँग रुष्ट थिए। यसै विषयलाई लिएर उनले पार्टी नै फुटाउन खोजेका थिए। ठाकुरले सम्झाइबुझाइ गरेपछि पार्टी फुटाउने कामबाट शुक्ल पछि हटेका थिए। ‘शुक्ललाई जति सक्दो चाँडो मन्त्री गराउने बाध्यता ठाकुरलाई छ। त्यसैले प्रधानमन्त्रीलाई लेखेको चिठी कार्यान्वयन हुन नसक्दा ठाकुर चिन्तित भएका छन्,’ लोसपाा एक नेताले भने।
प्रतिनिधिसभामा लोसपाका चार सांसद छन्। यही भदौ ९ गते यो पार्टी फुटेको पाँच वर्ष पूरा भएको छ। पाँच वर्षसम्म पनि लोसपाले महाधिवेशन गर्न सकेको छैन। विशेष परिस्थिति सिर्जना भए ६ महिना म्याद थप गर्न संविधानले छुट दिएको छ। अहिले लोसपाले संविधानले दिएको उक्त छुटलाई उपयोग गरिरहेको छ। अबको ६ महिना भित्र महाधिवेशन गर्ने लोसपाका नेताहरूले जनाएका छन। लोसपा गठन भएको पाँच वर्षमै दुई पटक पार्टी फुटिसकेको छ। सुरुमा राजेन्द्र महतो पार्टीबाट अलग भएका थिए भने केही दिनअघि मात्र अनिल झा पार्टीबाट अलग भएका छन्।
जसपाले पनि खानेपानी मन्त्री प्रदीप यादवको ठाउँमा वीरेन्द्र महतो र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको ठाउँमा रञ्जु ठाकुरलाई मन्त्री बनाउन प्रधानमन्त्री ओलीलाई चिठी पठाएको छ। जसपा अध्यक्ष अशोक राईले पनि साउनमै प्रधानमन्त्रीलाई चिठी पठाएका थिए। ‘साउनमै मन्त्री फेर्न आग्रह गर्दै पार्टीले प्रधानमन्त्रीलाई चिठी पठाइएको हो। पार्टीको सिफारिस जति सक्दो चाँडो कार्यान्वयन हुने हाम्रो विश्वास छ,’ जसपाका सांसद महतोले भने।
पत्र कार्यान्वयन नभएपछि यी दुई पार्टीले मन्त्री फेर्न प्रधानमन्त्रीलाई ताकेता गरिरहेका छन्।