रैथाने पर्यटक
१४ कार्तिक २०६७
•
५ मिनेट पाठ
रैथाने पर्यटक
सहरका मान्छे ह्वाह्वार्ती गाउँ पस्दा पनि सधैँको दसैंमा झैं यसवर्ष पनि गाउँको केही गएन। कन्भर्स जुत्ता र चुज पेन्ट लगाउने मान्छे आउँछन्, जान्छन्। पहाड त उस्तै गजधम्म बसिरहन्छ। केही जग्गा बाँझो छ। अन्नबाली लगाएका जग्गामा पनि झारको खेती गरेजस्तो लाग्छ। घर रित्तो छ। गोठका किला रित्ता छन्। कमेरो, रातो र कालो माटोले घरका भित्ता पोतिए छन्। लाग्छ, गाउँका घरले पनि चोली फरिया फेरेछन्। पानी पुग्ने खोला किनारका खेतमा धानका बाला केही झुकेर आपसमा बात मारिरहेजस्ता छन्। गाउँको खबर यस्तै छ।

भैंसी नपाल्नुस्, घाँस काट्नु गाह्रो हुन्छ भन्दा आमा भन्नुहुन्छ - दुईटा गोठ छ, खाली गरेर मै आफैं बाँधिएर घाँस खाउँ? यो सबै नेपाली किसानको पीडा र प्रतिनिधि प्रश्न हो कि?

कुन गोरुको सिङ भाँचियो? आमाले सोध्नुभयो। मैले 'कालोमा सेतो टिक्टिक् परेको' भनेपछि आमाले 'ठिक्क पर्यो दर्पणेलाई' भन्नुभयो। गोरुको नाम दर्पणे रहेछ। दर्पणेको स्वभाव कस्तो रहेछ भने जुन गोरु देखे पनि जुध्न जाने। हारे त ठीकै छ, जिते हरुवालाई बायाकु खोलासम्मै लखेटिरहने (हाम्रा नेताजस्तै क्या)। गोठालो (म) पाँचदिने पर्यटक, दर्पणे महाको जुझाहार। क्या मिलेको? अहिले शान्ति प्रक्रिया, सरकार र संविधान निर्माणमा हलो अड्कियो भनिन्छ नि। हलो अडिकया हैन जोत्ने र जोतिने पो दर्पणे जस्ता भा'का हुन् कि?

उहीले हामी स्कुल जानलाई दुई घन्टा उकालो कुद्थ्यौं। एसएलसी पास गरेपछि क्याम्पस पढ्नलाई जिल्लामा जम्मा एउटा क्याम्पस थियो सदरमुकाममा। त्यहाँ पुग्न मेरो बाउको घरबाट एक दिन पैदल यात्रा गर्नुपर्थ्यो। म त्यही रिसको झोँकमा काठमाडौं छिरेकी हँु। ए पहाड! तिमीले मलाई के दियौ र तिमीलाई मैले पर्खने भन्ोजस्तै। अहिले म त्यही पहाडमा पर्यटक भइसकेँ।

खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, दोलखालगायतका पहाडी जिल्लामा ग्रामीण सडक विस्तार भइरह्ेको रहेछ। गाविसको रकमले गज्जब गरेछ। बीचबाट सडक खनिएको हरियो पहाड देख्दा सेतो पटुका बाँधेकी किरात बालाजस्तो लाग्यो। पहाडको माथिमाथि खनिएको सडकले माला लगाएको वा फेटा गुथेको मान्छेको झल्को आयो। कुनै सडक सर्प हिँडेजस्तै गुँडुल्किएका। सायद, अबको केही वर्षपछि पहाड विकटताको कारणले अभिशप्त रहने छैन। कच्ची सडक देख्दा पनि यति फुरुंग भएको मन पक्की भएपछि के होला?

थुम्कोबाट नियाल्दा धेरै डाँडामा पोथ्रापोथ्रीमात्र देखियो। बनमारा र सतिबयरले ढाकेको डाँडालाई वन भन्न मिलेन क्यारे। कतिपय ठाउँमा दाह्री जुँगा आकारमा बन देखियो, निधार र छाती सबै खाली। एकदुई ठाउमा मात्र सर्लक्क लामो कपाल छाडेकी महिलाजस्तो जंगलसहितको सुन्दर पहाड देख्न पाइयो।

काठमाडौं फर्किदा सिन्धुली-बनेपाको नयाँ बाटो हुँदै फर्किएँ। मध्य पहाडी लोकमार्ग भन्दा रैछन् यसलाई। पुरानो गाडी, लास्ट सिट र कच्ची बाटोले मेरो दाहिने आँखा दह्रोसँग दरफरियो। आँखा झिम्म गर्दा पनि दुख्छ। तपाईंसँग भेट हुदा दाहिने आँखा झिम्क्याएँ भने मलाई माफ गर्नु होला। दुख्न छाड्यो कि भनी समय समयमा म दाहिने आँखा झिम्क्याएर चेक गर्दैछु। खै अहिले सम्म त दुख्दैछ। दुख्न छाडुञ्जेल सम्ममा दाहिने आँखा झिम्क्याउने आदत पो बनिसक्छ कि? के थाहा? तर त्यतिबेला पनि मलाई कुनै गुनासो हुने छैन। पहाडी कच्ची सडकको चिनो सम्झेर मायाले अपनाउँनेछु। पहाडीबाला पो हुँ त!
अर्को समाचार
इलाममा रैथाने खाना प्रदर्शन गरिँदै
१० असार २०८१
•
१ मिनेट पाठ
इलाममा रैथाने खाना प्रदर्शन गरिँदै
प्रदर्शनीबारे जानकारी गराउँदै आयोजक तस्बिर: भीम/नागरिक
रैथाने खानाका माध्यमबाट पर्यटक ल्याउनका लागि इलाममा रैथाने खाद्य परिकार प्रदर्शनी आयोजना गरिने भएको छ। स्थानीय व्यवसायीकै सक्रियतामा यही असार ११ मा इलाम सदरमुकाममा यो प्रदर्शनी आयोजना गर्न लागिएको हो।

इलाम बजारको होटेल रेडरोजमा आयोजना गरिने प्रदर्शनीमा रैथाने खानाका १५ स्टल रहनेछन्। जिल्लाका विभिन्न क्षेत्रका व्यवसायीले स्टल राख्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

इलामस्थित होटेल व्यवसायी संघ र इलाम नगर पर्यटन प्रवर्द्धन समितिको आयोजनामा हुने प्रदर्शनीमा रैथाने खाना ढिँडो, गुन्द्रुक, मोही, टम्का मासु, नेवारी खाना, राई, लिम्बूलगायत विभिन्न जातजातिका सांस्कृतिक परिकार, भुटेको मकै लगायत रहने छन्।

होटेल व्यवसायी संघ अध्यक्ष देवी पौडेलले इलाम आउने पर्यटकलाई रैथाने खानामा लोभ्याउन र प्रचार गर्न प्रदर्शन आयोजना गरिएको बताए। ‘इलाम प्राकृतिक रूपमा सुन्दर छ, अझ यहाँको कला–संस्कृति र परम्परा पर्यटक पल्काउने काइदा हुन्,’ उनले भने, ‘तर, यहाँ आउने पर्यटकलाई रैथाने खानामा पल्काउन आवश्यक भएकाले प्रदर्शनी आयोजना गरिएको हो।’

प्रदर्शनीमा चार सयभन्दा धेरै आगन्तुक सहभागी हुने आशा आयोजकको छ। ‘अहिले पर्यटकको चाप अलि कम हुने सिजन हो तर प्रदर्शनीले पर्यटक लोभ्याउने आशा छ,’ होटेल व्यवसायी प्रकाश चापागाईंले भने, ‘इलामका होटलमा पाहुनालाई रैथाने खाना खुवाउनुपर्छ भन्नेबारे पनि प्रचार गर्न लागिएको हो।’ प्रदर्शनीमा आउनेले दर्जनौँ प्रकारका रैथाने खानाको स्वाद चाख्न पाउने आयोजकले जनाएको छ।

इलाम उद्योग वाणिज्य संघ र महिला उद्यमी संघ प्रदर्शनीका सहआयोजक छन् भने पर्यटन कार्यालय र इलाम नगरपालिका प्रवर्द्धकका रूपमा छन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस