कोदोको पिठो बेचेर घरखर्च!
३० असार २०८३
•
४ मिनेट पाठ
कोदोको पिठो बेचेर घरखर्च!
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक फर्किने बेला जुम्लाको रैथाने कोदोको पिठो बोकेर घर फर्किन थालेका छन्।




स्वास्थ्यका लागि लाभदायी, अर्गानिक र स्वादिलो मानिने जुम्लाको कोदो अहिले पर्यटकको रोजाइसँगै किसानको नगद आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। गतअसार २१ गते रामेछापकी मेलिना कोइराला रारा भ्रमणपछि जुम्ला सदरमुकाम खलंगा पुगेर ३५ किलो कोदोको पिठो किनेर घर फर्किइन्।

उनका अनुसार अघिल्ला वर्ष दिदीबहिनी र बुबाआमाले जुम्लाबाट ल्याएको कोदोको पिठोबाट रोटी, सेलरोटी, हलुवा र अन्य परिकार बनाएर खाएका थिए। त्यसपछि आफैँ पनि जुम्ला आएर कोदोको पिठो लैजाने योजना बनाएकी हुन्। 'जुम्लाको कोदो अर्गानिक, स्वादिलो र स्वास्थ्यका लागि राम्रो रहेछ। त्यसैले यसपालि धेरै नै लिएर जाँदै छु,' उनले भनिन्।

उनीसँगै आएकी मालिका महर्जनले भने यो तेस्रो पटक जुम्लाबाट कोदोको पिठो किनेर लगेको बताइन्। 'हरेक वर्ष १५–२० किलो लैजान्छु। गुणस्तरीय भएकाले परिवारका सबैले मन पराउँछन्। यस्तो उत्पादनको खेती अझ विस्तार गर्न सके किसानले राम्रो आम्दानी गर्न सक्छन्,' उनले भनिन्।

सदरमुकाम खलंगास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको अर्ग्यानिक मिनी मार्केटमा दैनिकजसो कोदोको पिठो किन्ने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ। जुम्लाको पातारासी गाउँपालिका–५ लोर्पा गाउँकी काली बुढाले अधिकांश बारीमा कोदो खेती गर्छिन्।

केही दिनअघि मात्रै उनले एक क्विन्टल ५० किलो कोदोको पिठो बजारमा ल्याएर प्रतिकिलो १ सय रुपैयाँका दरले बिक्री गरिन्। एकैपटक १५ हजार रुपैयाँ हात पारेकी उनी भन्छिन्, 'पहिले कोदोको यति मूल्य हुन्छ भन्ने थाहा थिएन। अहिले यसको महत्व र बजार दुवै बढेको छ।'

उनका अनुसार हरेक वर्ष करिब साढे दुई क्विन्टलभन्दा बढी कोदो उत्पादन हुन्छ। केही घरायसी प्रयोजनका लागि राखेर बाँकी बिक्री गर्छिन्। गत वर्ष दुई क्विन्टल ५० किलो पिठो बेचेर २५ हजार रुपैयाँ आम्दानी भएको उनले सुनाइन्। यस वर्ष तीन क्विन्टलभन्दा बढी उत्पादन हुने अपेक्षा छ।

सोही गाउँकी अनुरुपा बुढाको परिवारको मुख्य आम्दानीको स्रोत पनि कोदो खेती नै हो। कोदोको पिठो बिक्रीबाट छोराछोरीको पढाइ, लत्ताकपडा, खाद्यान्न र दैनिक घरखर्च चलिरहेको छ। गत असारमा एक क्विन्टल ३० किलो पिठो बेचेर १३ हजार रुपैयाँ कमाएको उनले बताइन्।

अघिल्लो वर्ष ३० हजार रुपैयाँकोकाे काेदाेकाे पिठो बेचेको सुनाइन्। सात रोपनी जग्गामा नियमित कोदो खेती गर्दै आएकी अनुरुपाले यस वर्ष पाँच क्विन्टलसम्म उत्पादन हुने अनुमान गरेकी छन्। अर्की लाेर्पा गाउँकै काली बुढाका अनुसार घरमा आर्थिक अभाव पर्दा कोदोको पिठो पिसेर बजार पुर्याउने बानी नै परेको छ। 'सानोतिनो आर्थिक समस्या कोदो बेचेरै टार्छौं। पहिले घरमा खाने बाली मात्रै ठानेका थियौं, अहिले त बजारमा राम्रो माग रहेछ,' उनले भनिन्।

कोदो बिक्रीबाट वार्षिक ३० देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको अनुभव छ। यता चन्दननाथ अर्ग्यानिक मिनी मार्केटका राजु बोहोराका अनुसार यो वर्ष तीन ३० हजार रुपैयाँको पिठो बिक्री भएको भने १ लाख ६० हजार रुपैयाँको दाना बिक्री भइसकेको छ। मार्केटले किसानबाट प्रतिकिलो १ सय रुपैयाँमा खरिद गरेर १ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ। कोदोको दाना भने किसानबाट ८० रुपैयाँमा किनेर १ सय रुपैयाँमा बिक्री गरिन्छ।

'कर्णाली घुमेर जुम्ला पुग्ने धेरैजसो पर्यटकले थोरै भए पनि कोदोको पिठो किनेरै जान्छन्। अहिले त नेपालको कुनाकन्दरासम्म जुम्लाको कोदो पुग्न थालेको छ,' बोहोराले भने।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लामा कोदो खेतीको क्षेत्रफल भने बर्सेनि घट्दो क्रममा छ। जुम्लाको कोदोको उत्पादकत्व १.४१ प्रतिशत छ, आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ८ सय ४० हेक्टरमा खेती भएको कोदो २०७८/७९ र २०७९/८० मा तीन हजार ७ सय हेक्टरमा सीमित भयो। गत वर्ष दुई हजार ७ सय ३५ हेक्टरमा खेती हुँदा तीन हजार ८ सय २१ मेट्रिक टन उत्पादन भएको थियो।

चालु आर्थिक वर्षमा खेती क्षेत्र थप घटेर दुई हजार ७ सय ३३ हेक्टरमा झरेको छ। कर्णाली प्रदेशभर १४ हजार ५ सय ६३ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ। गत आर्थिक वर्ष १६ हजार ३ सय १० मेट्रिक टन उत्पादन भएको सरकारी तथ्यांक छ। कोदोको उत्पादकत्व १.१२ प्रतिशत छ।

नेपालभर भने दुई लाख २४ हजार ९ सय ३५ हेक्टरमा कोदो खेती भई तीन लाख सात हजार ३२ मेट्रिक टन उत्पादन भएको छ। कोदोको उत्पादकत्व १.३४ प्रतिशत छपोषणविद्का अनुसार कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्याङ्गानिज र भिटामिन–बी प्रशस्त मात्रामा पाइन्छ। तौल नियन्त्रण, मुटुसम्बन्धी रोगको जोखिम घटाउन र पाचन प्रणाली स्वस्थ राख्न पनि कोदोका परिकार लाभदायी मानिन्छन्।

पर्यटकको रोजाइ र बजारको माग बढ्दै गए पनि जुम्लाका आठवटै स्थानीय तहले रैथाने कोदो खेतीको संरक्षण र विस्तारमा पर्याप्त ध्यान नदिएको किसानको गुनासो छ। कुनै समय गाउँबस्तीभर फैलिएको कोदो खेती अहिले घट्दै गए पनि यसको बजार र मूल्य भने निरन्तर बढिरहेको छ।सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ।

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउन साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि हरेक वर्ष साउन १६ गते दिवस मनाउने निर्णय गरेको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३७ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस