म कसरी दमाई ?
२६ चैत्र २०७५
•
१७ मिनेट पाठ
म कसरी दमाई ?
सन् १९६५ मा भारत सरकारले डा. भीमराव अम्बेडकर जयन्तीमा दिँदै आएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको कडा विरोध गर्दै राजनीतिमा प्रवेश गरेका बहुजन नायक कांशीराम (सन् १९३४–२००६) ले १९८४ मा बहुजन समाज पार्टी स्थापना गरे। उनले भनेका छन्, ‘एउटा कुकुरलाई ढुंगोले हान्नुस्, त्यो कुकुर डरले भाग्छ तर माहुरीको गोलोमा ढुंगो हान्नुस् त तिनीहरूले तपाईँलाई कसरी आक्रमण गर्नेछन् ? किनभने कुकुर एक्लै हुनाले डराउँछ तर माहुरीको झुन्ड हुन्छ र शत्रुविरुद्ध आक्रमण गर्छन्।’




बहुजन समाज पार्टी (बसपा) ले भारतको उत्तर प्रदेशमा बहुमत प्राप्त ग-यो भने यसकी नेत्री मायावती (बहनजी) चारपटक मुख्यमन्त्री भइसकेकी छन्। कांशीरामले नै सन् १९७१ मा अखिल भारतीय पिछडा तथा अल्पसंख्यक समुदाय कर्मचारी महासंघ (बामसेफ) स्थापना गरे। यस संस्थाले हाल देशभर ‘बहुजन समुदाय’को मुक्ति अभियान सञ्चालन गरिरहेको छ। सन् २०१४ को भारतीय आम चुनावमा बसपा तेस्रो शक्ति (कुल खसेको मतका आधारमा) बन्न सफल भएको थियो भने नजिकै आउँदै गरेको चुनावमा देशकै प्रमुख शक्तिमध्ये एक बन्ने आकलन भइरहेको छ। र, मायावतीलाई भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ।

हिन्दू वर्णाश्रम व्यवस्थामा जात– जन्मका आधारमा निर्धारण हुन्छ, कर्म (काम)का आधारमा होइन ।

‘बहुजन हिताय, बहुजन सुखाय’ मूलमन्त्रका प्रणेता कांशीरामले सन् ९० को दशकमा ‘चम्चा युग’ पुस्तक लेखेका थिए। उनले त्यो बेला गरेको भारतीय दलित÷बहुजन समाजको चित्रण नेपालको अहिलेको अवस्थासँग मिल्दोजुल्दो छ। हाम्रो देशमा युगाँैदेखि विद्यमान जटिल समस्याहरूका सम्बन्धमा समेत गहन बौद्धिक बहस, छलफल र विमर्श खासै भएको पाइँदैन। भए पनि समस्याको गहिराइ, तथ्य र यथार्थ खोज्नभन्दा मनगढन्ते, बोक्रे, भ्रामक र बौद्धिक विलास गरेर आफूलाई विद्वान् कहलाउन कुतर्क गर्न मात्रै अग्रसर देखिन्छन्। यस्तो बौद्धिक स्खलनका कारण ‘बौद्धिक नपुंसकताको खतरा’ बढेर गएको छ। मूलतः राष्ट्रको सामाजिक–सांस्कृतिक, आर्थिक र राजनीतिक परिवर्तन एवं सामेली लोकतन्त्रको भविष्य र दिशाबारे गहन बहस हुन आवश्यक छ।

को बौद्धिक/अबौद्धिक ?

बौद्धिक को हो, अबौद्धिक को हुन् ? कतिपयको सामान्य बुझाइमा उच्च शिक्षा हासिल गरेका व्यक्तिचाहिँ बौद्धिक हुन्। तर औपचारिक शिक्षा मात्रै बौद्धिकताको मापक हो त ? करिब एक दशकअघि सार्वजनिक इनार छोएको निहुँमा ललितपुर बुङ्मतीकी नानीमाया नेपालीलाई कुट्ने र सामाजिक बहिष्कार गर्ने जमातमा प्राध्यापक, शिक्षक, पत्रकार र कम्युनिस्ट कार्यकर्ता धेरै थिए। उच्च शिक्षा प्राप्त गरेका, सहरिया, सम्पन्न व्यक्तिबाट जातीय विभेद, छुवाछूत, महिला हिंसा कम हुन्छ भन्नु गलत र भ्रमपूर्ण बुझाइ हो। कर्णाली प्रदेश र सुदूरपश्चिमका जिल्लाहरूमा व्याप्त छाउपडी कुप्रथाविरुद्ध कुन शिक्षित व्यक्तिले आवाज उठाएको छ ? अथवा त्यसविरुद्ध विद्रोह गरेको छ ? भर्खरै अझ डरलाग्दो तथ्य के बाहिर आएको छ भने बेलायत, अमेरिका र अस्ट्रेलियालगायत विकसित देशमा बसोबास गर्ने कथित उच्च जातका ९० प्रतिशत नेपालीले दलित समुदायका मानिसलाई जातकै कारण कोठा भाडामा दिँदैनन्। हाम्रो राजधानी काठमाडौँलगायतका सहरमा हुने जातीय विभेद र कोठा भाडाका दर्दनाक कहानी त भन्नै परेन। अम्बेडकरले उहिले नै भनेका थिए– ‘विज्ञान, प्रविधि र स्वतन्त्रताका कारण वर्णाश्रम व्यवस्थावादी (मनुवादी)हरू विश्वभर पुग्नेछन् र युरोप, अमेरिका र अस्ट्रेलियाजस्ता मुलुकसम्म जातीय विभेद विस्तार हुनेछ।’

बौद्धिक को हो, को होइन भन्ने विषयको स्पष्ट परिभाषा विश्वभर नै पाइँदैन। तर अध्ययन, खोज र लगनशीलताका साथ राष्ट्र र समाजमा व्याप्त विसंगति, रूढिवाद, असमानता, असभ्यता, अशिक्षा तथा गरिबीजस्ता समस्या समाधानका निम्ति अनेक कोणबाट उपायहरू प्रस्तुत गर्ने जो कोही बौद्धिकमा गनिन सक्छ। विडम्बना, हाम्रो देशका बौद्धिक भनिएकाहरू भने यति धेरै विभाजित एवं भ्रमित छन् उनीहरूका कतिपय तर्कले झनै राष्ट्र÷सम्बन्धित वर्ग–समुदाय नै दिग्भ्रमित हुने अवस्था आउने गर्छ। बौद्धिक वर्गका सल्लाह, सुझाव, तर्क र समाधानका उपायहरूले त समाज र राष्ट्र त्यति नसके कम्तीमा सम्बन्धित वर्ग–समुदायका मूलभूत समस्या समाधानका लागि मार्गनिर्देशन गर्नुपर्ने हो तर त्यस्तो भइरहेको छैन। विभिन्न माध्यमद्वारा दैनिक पस्किने बौद्धिक खुराकबाट समाजलाई अघि बढ्ने मार्ग पहिचान गराउन नसक्दा नागरिकमा निराशा बढेर गएको छ। इतिहास वा विगतका घटनाहरूलाई सुन्दर ढंगले व्याख्या गर्ने तर अबको बाटो के भन्ने सन्दर्भमा चुइँक्क नबोल्नेहरू कसरी बौद्धिक हुन सक्छन् ? विगत त तीता÷मीठा जे–जस्ता भए पनि  भइसक्यो, गइसक्यो, त्यो अब फर्किन सम्भव छैन। त्यस्ता घटनाबाट पाठ सिक्दै गल्ती, कमजोरी नदोहो¥याउने काम गर्नु पो बुद्धिमत्तापूर्ण हो त ! विद्वान्हरू त दूरद्रष्टा पो हुनुपर्छ।

हाम्रै विगतलाई हेरौँ न, दरबार(राजा)का सल्लाहकार, सहयोगी, कर्मचारी आफ्नो जिम्मेवारीबाहेक अन्य कुरा आफूखुसी कहीँ–कतै बोल्दैनथे। दरबारले सोधेको विषयमा सल्लाह दिनेबाहेक कैयौँ महत्वपूर्ण कुरा गोप्य नै राखिन्थे। ठीक लागे राजाले कार्यान्वयन गर्थे र बोल्थे। तर हाम्रा प्रधानमन्त्रीका सल्लाहकार, सहयोगी आफैँ कार्यकारी भए जसरी धारणा राख्दै हिँड्छन्। गाली–गलौज, विचार प्रस्तुत गर्नु तिनको काम, कर्तव्यभित्र पर्छ र !

अन्य क्षेत्रमा जस्तै मानव–मानवबीच विद्यमान विभेद, असमानता, छुवाछूतविरुद्ध पनि हाम्रा बौद्धिक बहस व्यापक बनाउन जरुरी छ । अन्यथा समृद्ध नेपाल निर्माण गर्ने हाम्रो सपना सपनामै सीमित हुनेछ ।

जातमा गौरव गर्ने कि नगर्ने ?

केही दिनअघि चर्चित गायिका एवं राष्ट्रिय सभाकी सांसद् कोमल वलीले एक टेलिभिजन कार्यक्रममा दलित समुदायलाई अपमानित हुने शब्द प्रयोग गरिन्। त्यस सम्बन्धमा, पहिलो कुरा त उनीजस्तो गरिमामय पदमा आसिन व्यक्तिले विचार गरेर बोल्नुपर्ने हो, त्यो गल्ती भयो। दोस्रो, त्यो कार्यक्रम सञ्चालक र टेलिभिजनले पनि त्यस्ता शब्द हटाएर मात्रै कार्यक्रम प्रसारण गर्नुपथ्र्यो। यहाँ विचारणीय कुरो चाहीँ के छ भने दुवै सदनमा दलित सांसद्हरूले यो विषयमा कुनै प्रश्न उठाएनन्। सत्तारुढ नेकपाका दलित सांसदले यो सन्दर्भमा बोल्दा अप्ठ्यारो पर्ला तर कांग्रेसका सांसदले त आवाज उठाउन सक्थे नि ! यसले दलित सांसदहरूको अवस्था, गुलामीपन, योग्यता र क्षमतामाथि प्रश्न उठाएको छ। फिल्म, टेलिफिल्म, विज्ञापन, समाचार र पाठ्पुस्तकहरूमा समेत जातीय विभेद र घृणाजन्य सामग्री प्रसारण एवं प्रकाशन भइरहेका छन्। तर त्यसलाई रोक्ने प्रयास भने कोही–कसैबाट हुन सकिरहेको छैन।

मेरा आमाबुबाको नागरिकतामा नाम पछाडि जातमा दमिनी÷दमाईँ लेखिएको छ। तर यहाँ मेरो प्रश्न छ– म कसरी दमार्इँ भएँ ? दमाहा (पञ्चे÷नौमती बाजामध्ये एक) बजाउने जात भएकाले दमार्इँ जात रहन गयो तर म त यो बाजा बजाउने व्यवसाय÷पेसा त गर्दिनँ। छोराछोरी कहिलेकाहीँ पैसा आइएमई गर्न जाँदा या बुबाआमा वृद्धभत्ता बुझ्न जाँदा आफ्नै जात उच्चारण गरेर बोलाउँदा आफैँलाई लाज लाग्ने अवस्थाबाट समेत मुक्त गर्न सकेन यो लोकतन्त्र र गणतन्त्रले। सर्वसाधारण जनताले परिवर्तनको प्रत्याभूति गर्न पाउने कहिले हो ? कुरा मात्रै ठूला गरेर समानता आउँदैन।

बुबा या आमाको नामबाट रोजेर सन्तानले नागरिकता पाउनुपर्ने, विदेशी बुहारी या ज्वाइँको सन्दर्भमा के हुने भन्ने सवालमा संसद्को विषयगत समितिमा व्यापक छलफल भयो र हुँदै छन्। यस विषयमा घनीभूत बहस हुँदै गर्दा अर्को त्यत्तिकै महत्वपूर्ण सन्दर्भ हो– व्यक्तिले थर परिवर्तन या उपनाम लेख्न पाउनुपर्छ भन्ने प्रसंग। जस्तैः मैले मेखराज परियारको सट्टा मेखराज अधिकारी या प्रतीक, उदय इत्यादि लेख्न पाउनुपर्छ। यस्तो दलित समुदायले मात्रै होइन अन्यले समेत लेख्न पाउनुपर्छ। त्यस्तो व्यवस्थाले समाजमा समानता स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ। स्मरण रहोस्, यस स्तम्भकारले थर परिवर्तनको अधिकार सम्बन्धमा निकै अघिदेखि लेख्दै र बोल्दै आइरहेको छ। दलितका कतिपय जात या थरको अर्थ एवं आशय घृणित एवं गलत छन्। ‘म मेरो जात या थरप्रति गौरव गर्छु’ भन्ने कतिपयको बुझाइ सरासर गलत छ। दमाई मात्रै होइन, अन्य पनि थुप्रै जात या थर त्यस्ता छन् जुन ठाउँ, पेसा, काम, जिम्मेवारी आदिको सूचकका रूपमा राखिएका छन्। यसकारण यस्ता जात या थर हामीले गौरवसाथ बोक्नैपर्छ भन्ने छैन।

बौद्धिक बहसको उठान

भाषा, साहित्य, गीत–संगीत, उखान, टुक्का, सिनेमा, विचार गोष्ठी आदिमा बहस, छलफल, चर्चा गरी राष्ट्रलाई सभ्य बनाउन सकिन्छ। बालबालिकाले अक्षर सिक्न सुरु गरेदेखि उच्च शिक्षा हासिल गर्दासम्म जात, भाषा, धर्म, परम्पराका विभेदलाई प्रोत्साहन गर्ने पाठ्यसामग्री पढ्छन्। त्यति मात्रै कहाँ हो र ! शिक्षक÷शिक्षिका र साथीसंगीबाट दलित विद्यार्थी जातीय भेदभाव भोग्न बाध्य हुन्छन्। अनि सर्वसाधारणले समानताको व्यवहार कसरी सिक्न सक्छन् ? राजनीतिक दलहरूले जातीय विभेदविरुद्ध अभियान चलाए चाँडै मुक्ति प्राप्त हुन्थ्यो।

हिजोआज सिनेमा, टेलिफिल्म, विज्ञापनहरूमा धूमपान, मद्यपान गरिएका दृश्य राखिएमा तल स्क्रिनमा यस्ता चिज स्वास्थ्यका लागि हानिकारक छन् भनेर  लेखिन्छ। यसैगरी राष्ट्रको संविधान, ऐन–कानुनले अपराध घोषणा गरेको जातीय भेदभाव र छुवाछूत झल्काउने दृश्य त्यस्ता माध्यममा सकभर नराख्ने, राखिहाले तल क्याप्सनमा जात–जातिका नाममा विभेद र छुवाछूत गर्नु दण्डनीय कार्य हो भन्ने  सूचना राख्ने व्यवस्था गरिनु जरुरी छ। साथै  पाठ्यपुस्तकहरूमा रहेका जातीय, धार्मिक, क्षेत्रीय, लैंगिक भेदभावयुक्त सामग्री हटाउन र सच्याउन आवश्यक छ। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दास दिदीबहिनीलाई बालुवाटारस्थित आफ्नो सरकारी निवासमै बोलाएर वेद वाचन गर्न लगाएको समाचार ‘भाइरल’ भयो। यसै प्रसंगमा एक विद्वान्ले शास्त्रअनुसार अब ती सुन्दास दिदीबहिनी दलित रहेनन्, ब्राह्मण भए भनी घोषणा गरे जुन अत्यन्तै भ्रामक हो। किनभने भारत वर्षमा ३ हजार ३५ सय वर्षदेखि चल्दै आएको जातीय वर्णाश्रम व्यवस्थामा अहिलेसम्म ज्ञान र सीपका आधारमा कुनै शूद्र(दलितं)लाई क्षत्री या ब्राह्मण घोषणा गरेको र ब्राह्मणलाई शूद्र घोषणा गरिएको उदाहरण छैन।

ती मित्रलाई नै सोध्न चाहन्छु– यदि वेद वाचन गरेर ती सुन्दास चेली दलितबाट ब्राह्मण भएका हुन् भने तिनलाई परम्परागत बिहे गरेर लान तयार कोही ब्राह्मण युवा छ ? घोषणा गर्न सजिलो छ तर व्यवहारमा उतार्न कठिन छ। ज्ञात रहोस्– हिन्दू वर्णाश्रम व्यवस्थामा जात, जन्मका आधारमा निर्धारण हुन्छ, कर्म(काम)का आधारमा होइन। यसकारण अन्य क्षेत्रमा जस्तै मानव–मानवबीच विद्यमान विभेद, असमानता, छुवाछूतविरुद्ध पनि हाम्रा बौद्धिक बहस व्यापक बनाउनु आवश्यक भइसकेको छ। अन्यथा सुन्दर, शान्त, सभ्य, विकसित र समृद्ध मुलुक निर्माण गर्ने हाम्रो सपना सपनामै सीमित हुनेछ।
अर्को समाचार
व्यासासनमा आचार्य दमाई: संस्कृतिमा ‘मधुर क्रान्ति’
२६ साउन २०८१
•
३ मिनेट पाठ
व्यासासनमा आचार्य दमाई: संस्कृतिमा ‘मधुर क्रान्ति’
‘आयो दमाई रमाईरमाई, बस्यो सियो समाई’ बोलको गीत कुनै बेला चर्चित थियो। अहिले समय फेरिएको छ। अब दमाई जातिका मानिस लुगा मात्र सिउँछन् भन्ने रहेन। समाजका हरेक क्षेत्रमा उनीहरू अगाडि बढेका छन्। त्यसको पछिल्लो उदाहरण बनेका छन्, आचार्य कृष्ण दमाई। एक महिनादेखि पशुपतिनाथको मन्दिरमा आयोजना भइरहेको कोटि होममा आचार्य कृष्ण दमाईले भागवत समाउँदै व्यासासनमा बसेर कथा वाचन गरेका छन्।




दमाईले छोएको कपडा चल्ने पानी नचल्ने संस्कारमा हुर्केकाहरू पनि उनको प्रवचन सुनेर रमाए। ‘केही समयअघि रिलमा प्रकाश सपुत कृत ‘दमाई महाराज’को प्रवचन सुनेको थिएँ,’ आचार्य कृष्णको प्रवचनमा सहभागी नेत्र दाहाल भन्छन्, ‘आज साँच्चिकै दमाई महाराजबाट रियलमा प्रवचन सुन्न पाएँ।’

घरमा आएका दमाईलाई दुध–दही दिन नहुने भन्ने कुरा सानोमा आफूले सुनेको बताउने उनले अहिले दमाई महाराजको प्रवचनबाट लाभ लिन पाएको सुनाए। ‘आज हामीले उहाँबाट ज्ञानको नौनी उपहार पाएका छौं,’ दाहालले भने, ‘उहाँको प्रवचन सुन्न पाएर म निकै खुसी छु।’

उनी पहिलोपटक कोटि होम महायज्ञमा दलित समुदायका पण्डित व्यासासनमा पुगेका हुन्। उनलाई महायज्ञ स्थलमा निम्त्याएर स्वागत र सम्मान गरिएको थियो। उनलाई स्वयंसेवकले दुबोको माला लगाइदिएका थिए भने महायज्ञका आयोजक विजयकृष्ण मूर्तिले दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेका थिए। व्यासासनमा बसेसँगै आचार्य कृष्ण दमाई निकै खुसी देखिए। उनलाई व्यासासनमा राखेर थप सम्मान गरिएको थियो। उनले पशुपतिको चरणमा स्वर्गको महसुस भएको सुनाए।

‘एउटा शूद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्महरूमा मलाई समावेश गराउने आदरणीय गुरुहरूमा नमन गर्छु,’ उनले भने, ‘मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मैले त नेपालको राष्ट्रदेव पशुपति देवको चरणमा स्वर्ग प्राप्त गरेको छु।’

जन्मँदै कोही पनि ब्राह्मण नहुने भन्दै उनले जसले भागवत अध्ययन गर्छ, सत्कर्म गर्छ, त्यही ब्राह्मण हुने बताए। ‘सुरुमा संस्कृत अध्ययन गर्दा यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे,’ उनले भने, ‘मैले कर्मकाण्डका लागि भन्दा पनि विद्वताका लागि र सनातन धर्म र जन्मभूमिका लागि यो विषय अध्ययन गरेको हुँ।’

उनले धर्मले समाजलाई विभाजित गरेको नभएर एक बनाएको धारणा राखे। ‘धार्मिक रूपले विध्वंश मच्चाई एकअर्कामा विभाजित गरी सनातनलाई सिध्याउने षड्यन्त्र भएको छ,’ उनी भन्छन्, ‘तर हिन्दु सनातनले सहँदै आएको छ। अब हामी हिन्दुत्वका लागि, सनातनका लागि एकबद्ध रहनुपर्छ।’

उनको प्रवचन सुनेपछि सामाजिक सञ्जालमा निकै प्रतिक्रिया आएका छन्। धेरैले यसलाई सांस्कृतिक क्रान्तिका रूपमा लिएका छन्। ‘जातीय विभेद र असमानताविरुद्ध धेरै कुरा भए,’ सामाजिक सञ्जालमा अनुप थापा लेख्छन्, ‘तर आज पशुपति प्रांगणमा आचार्य दमाईको व्यासासनसँगै मधुर क्रान्ति भएको छ।’

को हुन् कृष्ण दमाई?

बैतडी घर भएका दमाईले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गरेका छन्। यसअघि उनले कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तरमध्यमा र शास्त्री उत्तीर्ण गरेका थिए। उनी दलित समुदायका पहिलो आचार्य हुन्। २०६४ मा स्थानीय बैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका कृष्ण सामाजिक रूपमा दलित समुदायमाथि हुने विभेद चिर्न संस्कृत अध्ययनमा जुटेका हुन्।

उनले नेपाल संस्कृत विश्वविद्यालय शारदा विद्यापीठमा तीन महिने भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि उत्तरमध्यमा (प्रवीणता प्रमाणपत्र तह) अध्ययन सुरु गरेका दमाईले संस्कृतबारे चाख लागेर र उक्त विषयमा जातीय रूपमा विभेद रहे/नरहेको थाहा पाउन संस्कृत अध्ययन थालेको सुनाउँछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस