बाहुनवाद!
१४ भदौ २०६७
•
७ मिनेट पाठ
बाहुनवाद!
दलित तथा जनजाति जागरणपछि नेपालमा एउटा शब्द बहुचर्चित छ, बाहुनवाद। यो शब्द सुन्नेबित्तिकै सिंगै ब्राह्मण समुदाय आफ्नो अपमान भएको महसुस गर्छ। साँच्चै बाहुनवाद ब्राह्मण समुदायलाई अपमान गर्न बनेको शब्द हो त? कुरा त्यस्तो होइन।




हिन्दू धर्मको एउटा प्रमुख विशेषता वर्णाश्रम व्यवस्था हो। यसअनुसार ब्रह्मको मुखबाट जन्मेका बाह्मणले पूजापाठ र विद्या व्यवसाय, हातबाट जन्मेका क्षत्रीयले राजकाज र युद्ध, पेटबाट जन्मेका वैश्यले व्यापार र खुट्टाबाट जन्मेका शूद्रले यी तीनैको सेवा गर्नुपर्छ। शूद्रभन्दा ब्राह्मण, क्षेत्रीय, वैश्य के कारण श्रेष्ठ? यसको तर्कपूर्ण जबाफ कहीँ कतै दिँदैन।

हिन्दू धर्मको एउटा मूल मन्त्र हो- भाग्यम् फलति सर्वत्र, न च विद्या न च पौरुषम्। विद्या र पुरुषार्थ होइन भाग्य सर्वत्र फलदायी हुन्छ। यही भाग्यवादी अवधारणा अर्थात् भाग्यले गर्दा बाहुन भएर कोही जन्मन्छ र जन्मेकै कारण श्रेष्ठ मानिन्छ भन्ने मान्यता बाहुनवाद हो।

पुराण युगमा सारा ज्ञान र 'स्वर्ग'को साँचो ब्राह्मणको हातमा हुन्थ्यो। उसकै रायअनुसार राजा राज्य गर्थे। उसको अपमान भयो भने राजा आफन्तबाटै आलोचित हुन्थ्यो र 'परलोक' पनि गुमाउँथ्यो। रामायणको त्यो प्रसंग उल्लेख्य छ जहाँ दुर्वासा ऋषिका कारण राम, लक्ष्मणसहित सारा अयोध्याबासी सरयु नदीमा फाल हालेर आत्महत्या गर्छन्। हिन्दू धर्ममा बाहुनलाई दान नदिए अनेक पाप लाग्ने वर्णन छ। धर्मको नियमन बाहुनले गर्छ। धर्मग्रन्थअनुसार उसको कर्त्तव्य धार्मिक कर्मकाण्ड तथा धर्मसम्बन्धी विवाद सुल्झाउनु हो।

हिन्दू समाज कानुनले होइन, धर्मशास्त्रले चलेको हुन्छ। यसैले त्यहाँ बाहुन, क्षत्रीको अघोषित सर्वोच्चता छ। यस्तो समाजमा राज्यसत्ताभन्दा धेरै शक्तिशाली हुन्छ धर्मसत्ता। धर्मसत्ताले मानिसको मस्तिष्कमा डेरा जमाएको हुन्छ। राज्यसत्ताले बलपूर्वक मानिसलाई दास बनाउँछ। यसै कारण मानिस धर्मसत्ताको आलोचनालाई आफैँमाथि भएको आक्रमण सम्झन्छ। धर्मसत्ताको यति बलियो पकडको एउटै कारण हुन् पुरोहितजन जसले हजारौँ वर्षदेखि धर्मलाई समाजको प्राणका रूपमा व्याख्या गरेका छन्। धर्म नमान्दा अर्थात् ब्राह्मण सत्ता नस्वीकार्दा परिवार विघटन हुने, सामाजिक अपराध बढ्ने र मृत्युपछि पनि छुटकारा नमिल्ने डर धर्मशास्त्रले देखाएका छन्। यसले जनमानस कतिसम्म थरहरि छ भने उसलाई धर्म श्वास-प्रश्वासभन्दा पनि बढी जीवनको आधार हो भन्ने लाग्छ। राणाकालमा विद्रोहीमध्ये बाहुनलाई चारपाटा मुडेर देश निकाला गरिन्थ्यो। त्यही मुद्दामा मुछिएको अन्यलाई क्रूरतम मृत्युदण्ड दिइन्थ्यो। डोरबहादुर विष्टले आफ्नो किताब 'फ्याटालिज्म एन्ड डेभलपमेन्ट'मा नेपालको विकासमा बाहुनवादलाई सबैभन्दा ठूलो बाधक मानेका छन्।

पुराण युगका दुई प्रसंग उल्लेख्य छन्। अयोध्याका राजा रामले सम्पूर्ण वेद खारेर ऋषि बनिसकेका शम्बूकको बध तपस्यास्थलमै गरे। कारण, उनी शूद्र थिए। शुद्रले तपस्या गरेका कारण एक बाह्मण बालकको निधन भएको हल्ला फैलाइएको थियो। द्रोणाचार्यले एकलव्यलाई धनुर्विद्या दिन स्वीकार गरेनन्। तथापि उनैलाई गुरु थापेर एकलव्य कुरुकुलका राजकुमारहरूभन्दा निपुण भए। अनि द्रोणले उनीसँग बुढी औँला गुरुदक्षिणा माग्नुको कारण पनि शुद्रलाई श्रेष्ठ धनुर्वीर हुन नदिनु थियो। जन्मैले कसैलाई महान् र कसैलाई निकृष्ट बनाउने यही मध्ययुगीन प्रथाको मुख्य स्रोत बाहुनवाद हो।
बाहुनवाद बाहुन कुलमा जन्मेका सबै व्यक्तिले फैलाएका होइनन्। यो त्यो पुरोहित वर्ग हो जो धर्म र ईश्वरको नाममा समाजमा आफ्नो सर्वोच्चता कायम राख्न चाहन्छन्। यसकै विरोधस्वरूप संघीय राज्य निर्माणको माग भएको हो। बाहुनवादको अन्त्य अनिवार्य छ तर, त्यसमा लागिपर्ने जनजाति र दलितले सही बाटो नअँगाल्दा यो शब्द सुन्नेबित्तिकै सम्पूर्ण ब्राह्मण समुदाय रन्थनिने स्थिति छ। यसको अन्त्यका लागि समताप्रेमी ब्राह्मणकै पनि साथ लिनु जरुरी छ जसरी पुरुषवादी सत्ता परिवर्तनका लागि महिलालाई पुरुष स्वयंकै साथ अनिवार्य हुन्छ।

बाहुनवाद जातिवाद र भाग्यवादको स्रोत हो। तर, त्यसको विरोध गरी न्याय माग्न हिँड्नेहरू अशिष्ट र अभद्र हुनु हुँदैन। घृणा, विद्वेष, प्रतिशोध, युद्ध र हतियारद्वारा सत्ता परिवर्तन होला, समाज र संस्कृति परिवर्तन हुँदैन। बाहुनवादविरोधी आन्दोलनका नाममा बाहुन, क्षेत्रीलाई खेदो खन्ने काम भइरहेको छ। यो त बाहुन, क्षत्रीको ठाउँमा आफू पुग्ने अर्को खाले बाहुनवादी अभ्यास हो। हामीलाई चाहिएको वर्णाश्रम व्यवस्था र पुरोहितवादको समूल अन्त्य हो जसलाई कानुनी मान्यता नभए पनि समाजले जिउँदो राखेको छ। बाहुनवादले फैलाएको जातीय होचोअर्घेलीलाई नमस्कार गरेर हरेक क्षेत्रका प्रतिभाको खुला प्रतिस्पर्धा गर्न बेला भइसक्यो। हेरौँ, कोचाहिँ श्रेष्ठ ठहर्दोरहेछ!
अर्को समाचार
बाहुनवाद र अन्धजनजातिवाद
२० वैशाख २०६९
•
८ मिनेट पाठ
बाहुनवाद र अन्धजनजातिवाद
बाहुनवाद र अन्धजनजातीय प्रवृत्तिका कारण राज्य पुनर्संरचनाको सवाल जटिल हुँदैछ। राज्यको पुनर्संंरचना उच्चस्तरीय सुझाव आयोगले पारित गरेको ११ प्रदेशको सुझाव प्रतिवेदनलाई निकम्मा बनाउन बाहुनवादी चिन्तन हाबी भएको देखिन्छ। किनभने राजनीतिक निर्णयको मूल स्थानमा बाहुनको संख्या अत्यधिक छ।
नेपाली समाजमा हाल दुई खतरनाक प्रवृत्तिबीच संघर्ष भइरहेको छ। पहिलो लामो समयदेखि समाजमा प्रभाव जमाउन सफल र त्यसबाट फाइदा लिँदै आएको बाहुनवादी प्रवृत्ति र अर्को राजसंस्थाको पतनपछि विकसित संक्रमणकालीन परिस्थितिमा एकनश्लीय हैकमको मात्रै वकालत गर्ने अन्धजनजातीय प्रवृत्ति। यी दुई प्रवृत्तिबीच टकरावले गर्दा राज्यको पुनर्संंरचना र शक्तिको बा"डफा"टमा असर परिरहेको छ।




अढाई शताब्दीसम्म 'मनु' विचारधारामा निर्मित अमानवीय नीति वा व्यवस्थाद्वारा मुलुक सञ्चालन हुनु नेपाली समाजको निम्ति विडम्बना थियो। राणा शासनको पतन नहुन्जेलको कालखण्डमा अँगालिएको 'जातप्रथा' नै 'मनु विचारधारा'द्वारा निर्मित राजकीय कानुन थियो। त्यसलाई सन् १८५४ मा जंगबहादुर राणाले प्रचलनमा ल्याएका थिए। आदिवासी जनजातिको स्वतन्त्र राज्य अन्त्यपछि नेपालमा प्रयोगमा ल्याइएको प्रथम कानुनै त्यही थियो । त्यही मुलुकी ऐनको रुपमा परिचित छ।

राणा शासनविरुद्ध व्यापक राजनीतिक क्रान्ति भएपछि २००७ सालमा प्रजातन्त्र प्राप्ति भयो। तर, त्यही 'मनु विचारधारा'का प्रभाव शासक वर्गमा अर्को स्वरुपमा प्रकट भएको देखिन्छ जसको उदाहरण २०१७ सालको शाही 'कु' मान्न सकिन्छ। त्यो बेला निर्वाचित प्रतिनिधि मण्डललाई नियन्त्रणमा लिई राजा महेन्द्र शाहले सत्ता लिएका थिए। यसपछिका वर्षहरु पनि समाजको बहुल चरित्र र जनआकांक्षाभन्दा धार्मिक आडमा सामन्ती सत्ता टिकाएको देखिन्छ। राजसंस्थाको पतन नहुन्जेल धूर्तहरुको इशारामा मुलुकले लामो समयसम्म दुरावस्था भोग्नुपर्यो । त्यसमा 'मनु' विचारधाराको प्रभावमा बनाइएको जातप्रथाले काम गरेको थियो। कालान्तरमा त्यही जातप्रथा बाहुनवादको रुपमा विकसित भएको हो। त्यो नेपाली सामाजिक विकासको बाधक थियो। समाजमा जबर्जस्ती लादिएको निरंकुश र सामन्ती राज्यको सञ्चालनमा बाहुनवाद हाबी थियो। त्यो कति अमानवीय, अन्यायपूर्ण र विभेदपूर्ण थियो भन्ने राजसंस्थाको पतनपछि उठेका स्वतःस्फूर्त आक्रोशहरुले अभिव्यक्त गरिरहेको छ।

सारांशमा बाहुनवाद पेसा वा कार्यको आधारमा पाइने सामाजिक पदवी वा सम्मान हो। प्राचीन हिन्दू शास्त्रअनुसार ईश्वरद्वारा प्रदत्त मानवबीचको वर्गीकरण अर्थात् सृष्टि हो। लेखपढ गर्ने, धर्मग्रन्थ प्रवचन र राज सल्लाहकारका रुपमा ब्राह्मणलाई सृष्टिकर्ता ब्रह्माले मुखबाट जन्माएको विश्वास छ। त्यसैले ब्राह्मण समाजको सर्वश्रेष्ठ र उच्च श्रेणीका मानव वा जात हुन्। त्यसैगरी राजकाज सञ्चालन, युद्ध वा राज्यको सुरक्षानिम्ति ब्रह्माको पाखुराबाट जन्माइएका क्षेत्रीय हुन्। उनीहरु राज्यको दोस्रो तहका जाति हुन्। राज्यमा व्यापार/व्यवसाय र कर तिर्ने वैश्य र शासित वा सेवकका रुपमा शुद्रलाई ब्रह्माद्वारा क्रमशः तिघ्रा र पैतलाबाट जन्माएको हुन् भन्ने काल्पनिक र अव्यावहारिक व्यवस्थाको वकालत गर्ने 'वाद' नै 'मनुवाद' थियो। उल्लेखित जात र कर्म गर्न ईश्वरले धर्तीमा जन्म दिएको भन्ने अन्धविश्वासी कुराको आधारमै राज्य, शासक र शासित (जनता) भएका हुन् भन्ने गलत विश्वासमा आधारित धारणा नै बाहुनवाद हो। त्यसकै आडमा समाजमा चरम शोषण थियो।

अझै पनि बाहुनवादी चरित्र मानिसहरुले त्याग्न नसक्दा मुलुकले चाहेको परिवर्तन सम्भव नभएको हो। अर्कोतिर जनजातिहरुबाट आएको विचार पनि कम अतिवादी छैन। उनीहरुका अनुसार 'बाहुन/क्षेत्रीले बाहिरबाट आएर रैथाने आदिवासी जनजातिलाई भूमिहीन बनाए। त्यसैले उनीहरुलाई बहिष्कार गर्नुपर्छ। देशका सबैभन्दा प्राचीन जाति मंगोल नश्लका हुन्। शासन पनि मंगोलले नै गर्नुपर्छ। बाहुन/क्षेत्रीलाई लखेट्नुपर्छ' भन्ने किसिमको जनजातिबाट विचार पनि खतरनाक छ जसलाई अन्धजनजातीय प्रवृत्ति भन्न सकिन्छ। यसखाले विचारको नेतृत्व मंगोल नेसनल अर्गनाइजेसनले गरिरहेको छ। झट्ट सुन्दा र दुई सय ३८ वर्षसम्मको उत्पीडन सम्झँदा ठीक लाग्न सक्छ। तर, यस्तो खाले अतिवादी र अन्धजातिवादी विचार व्यावहारिक देखि"दैन। किनभने समाज विकासक्रमको प्रारम्भिक चरणमा एक समुदायले अर्को समुदायमाथि हमला गरी शासनाधिकार जमाउनु स्वाभाविक थियो। साथै स्थायी राज्यको विकास र चेतना नहुन्जेल यो क्रम जारी थियो। स्थायी राज्यको विकासपछि नै सामन्ती राज्य व्यवस्थाको उदय भएको पाइन्छ। नेपालमा पनि सामन्ती राज्यको उदयपछि मात्रै जाति-जनजातिबीच लडाइँ समाप्त भएको पाइन्छ। बरु, यसपछि राज्यको वैधानिक निकाय सेना, प्रहरी, न्यायालयमार्फत शासक वर्गले शासन गर्न थालेको हो। त्यसको चरम मारमा नेपालका आदिवासी जनजाति परे। यसो भन्दैमा विगतलाई सम्झेर अतिवादी सोचबाट समाधान खोज्नु मूर्खता हो। त्यस्तो विचार समयसापेक्ष छैन।

सुखद भविष्य निर्धारणनिम्ति इतिहासबाट शिक्षा लिनु आवश्यक छ। सबैबीच सहकार्य, सद्भाव र सहिष्णुता विकास हुनुपर्छ। त्यसका लागि दुवैखाले अतिवादी विचारको नियन्त्रण हुनुपर्छ। शासक वर्गले जनजातीय उत्पीडन बुझिदिनुपर्छ। जनजातिले तत्कालीन वस्तुस्थिति बुझ्न सक्नुपर्छ। एकअर्काले आपसका पीडा, दुःख र वेदना बुझ्ने कोसिस गरेनौँ भने समृद्धितिर नभई दुर्गतितिर धकेलिनुपर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस