विश्वमणि पोखरेल, काठमाडौं, भदौ २८- पूर्वी नेपालमा बाहुनवाद विरोधी छवि बनाएका एकीकृत माओवादी पोलिटब्युरो गोपाल किराँतीले अध्यक्ष पुष्पकमल दाहाललाई गत वैशाखमा सोधे, 'लेनिनले हामी शासक जाति हौं, हामीलाई गणराज्य चाहिँदैन, अरु जातिलाई मात्र दिनुपर्छ भनेको भए के हुन्थ्यो?'
अर्का पोलिटब्युरो हरिबोल गजुरेलसँगै बसेका दाहाल एकछिन घोरिए। जवाफ नआउँदै किराँतीले फर्काए, 'रूसीहरूले उनलाई ढुंगा हानीहानी मार्ने थिए।'
झन्डै एक तिहाइ जनसंख्या ओगटेका बाहुनक्षेत्रीको बेग्लै मोर्चा बन्नुपर्छ र माओवादीका अन्य जातीय मोर्चाजस्तै छुट्टै गणराज्य हुनुपर्छ भन्ने तर्क पुष्टि गर्न लेनिनको उदाहरण दिएको अनुभव सुनाउँदै किराँतीले नागरिकसँग भने, 'अध्यक्ष यसबारे गम्भीर भएको पाएको छु।'
रुसीहरू शासक जाति भएको भन्दै तिनको सत्ताविरुद्ध क्रान्ति गरेका लेनिनले क्रान्तिपछि उनीहरूलाई नै महŒवपूर्ण भूमिकासहित बेग्लै गणराज्य दिएको इतिहास सम्झाउँदै किराँतीले दाहाललाई सुझाए, 'यहाँ तपाईंको स्थिति पनि त्यस्तै हुन्छ।'
किराँतीका अनुसार झन्डै आधा घण्टाको छलफलपछि दाहालले जवाफ दिए, 'तपाईको अवधारणामा दम छ, अघि बढाउनुहोस्।'
वैशाख २० गते भएको यो छलफलपछि किराँतीले खस मोर्चाबारे पार्टीमा अवधारणापत्र पेस गरेका छन्। खसको बेग्लै मोर्चा बन्नुपर्ने र संघीय नेपालको नक्सामा चुरेमाथिका भेरी, कर्णाली, सेती र महाकाली खस गणराज्य हुनुपर्ने उनको प्रस्ताव माओवादी स्थायी कमिटीमा तीन महिनादेखि विचाराधीन छ। 'संघीयता र गणतन्त्रको एक पहरेदार : खस राष्ट्रिय मोर्चा' शीर्षकमा प्रस्तुत अवधारणापत्रमा उनले लेनिनले रूसी शासक जातिलाई साथ लिएर सोभियत संघ बनाएझैं माओवादीले पनि खसको साथ लिन अपिल छ।
अवधारणापत्रमा छ, 'खस मोर्चाको स्थापनाले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक नेपालमा सबै जातिको मोर्चा, स्वायत्तता र जनताको संघीय गणतन्त्र हुनेछ।'
अवधारणा सफल हुनेमा आशावादी रहेका किराँतीले आगामी केन्द्रीय समितिले यस विषयमा छलफल गर्ने विश्वास व्यक्त गरे। 'ढिला भइसक्यो,' किरातीले भने, 'यथाशीघ्र खस मोर्चा गठन भएन भने भयानक दुर्घटना हुने देख्दैछु।'
किराँतीका अनुसार रूसमा शासक जाति ४३ प्रतिशत थिए भने नेपालमा ३० प्रतिशत छन्। 'नेपाल पनि रुसजस्तै जातीय विविधता भएको अल्पसंख्यकको देश हो,' उनले भने, 'लेनिनले जस्तै यहाँ पनि माओवादीले जातीय सन्तुलन मिलाएर जानुपर्छ।' किराँतीले खसलाई बेलैमा नसमेटे प्रतिक्रान्ति हुनसक्ने खतरा औंल्याए।
अर्का पोलिटब्युरो सदस्य लेखराज भट्टले पनि खस मोर्चा गठन गर्न पार्टीमा औपचारिक माग प्रस्तुत गरेका छन्। भट्टले दुई महिनाअघि बुझाएको खस मोर्चा प्रस्ताव पनि विचाराधीन छ। 'पार्टीका अन्य जातीय मोर्चाझैं खस मोर्चा र बेग्लै संघीय गणराज्य हुनुपर्छ भन्ने मेरो आग्रह हो,' भट्टले भने, 'आगामी केन्द्रीय समितिमा छलफल हुनुपर्ने हो।'
किराँती र भट्टले पेस गरेका अवधारणा एउटै सोच र प्रयासबाट आएका होइनन्। लामो समयदेखि अहिलेका महाकाली, सेती अञ्चलका हिमालदेखि तराईसम्म एउटै गणराज्य हुनुपर्छ भन्दै आएका भट्टको प्रस्ताव किराँतीको भन्दा आधारभूत रुपमै भिन्न छ। किराँतीले खसलाई शासक जात भन्दै मोर्चाको नाम 'खस राष्ट्रिय मोर्चा' प्रस्ताव गरेका छन्। भट्टको प्रस्तावमा 'खस राष्ट्रिय मुक्ति मोर्चा' उल्लेख छ। भट्टले माओवादीका अन्य मोर्चाजस्तै खसको पनि 'मुक्ति' मोर्चा हुनुपर्ने बताए। किराँतीले भने खसलाई कसैबाट मुक्ति पाउन आवश्यक नभएको दाबी गर्दै जातीय पहिचानमात्र चाहिने बताए।
'पश्चिम नेपालको सामाजिक, आर्थिक धरातल बुझेरमात्र गणराज्य बनाउनुपर्छ,' भट्टले भने, 'खसलाई शासक जाति भनेर समग्रमा भन्न मिल्दैन, गण्डकी प्रदेश र पूर्वका केही खस शासक थिए, सबै खस शासक होइनन्।'
किराँतीले चुरे उत्तरको भेरीपश्चिम महाकालीसम्मको पहाडी क्षेत्रमध्ये डोल्पा, मुगु, हुम्लालाई जडान स्वायत्त क्षेत्र भनेर अलग्गै राख्नुपर्ने धारणा राखे। भट्टले प्रस्ताव गरेको खस प्रदेशको नक्सामा भने रुकुमपश्चिम महाकालीसम्मको पहाडी र माओवादीले छुट्याएको थरुहट भित्रका कैलाली र कञ्चनपुर पनि परेका छन्।
'ऐतिहासिकतालाई आधार मान्दा अहिलेका कैलाली, कञ्चनपुरदेखि सेती, महाकाली र रुकुमका केही भाग सबै खस क्षेत्र हुन्,' भट्टले भने, 'इतिहासमा जडान कहिँकतै देखिँदैन।'
किराँती र भट्टको अवधारणामा कसकसलाई खस भन्ने विवाद पनि छ। किराँतीले बाहुन, क्षेत्री, ठकुरी, सन्यासी गरी ३२ प्रतिशत जनसंख्यालाई खस भनेका छन् भने भट्टले सबै दलितलाई पनि राखेर खसको जनसंख्या करिब ४२ प्रतिशत भएको दाबी गरेका छन्।
'सबै दलित आर्यन हुन्,' भट्टले भने, 'त्यसैले सबै आर्यनलाई खस भनिएको हो।' किराँतीले भने दलितलाई आर्यन भने पनि वर्गीय आधारमा उनीहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै दलित मुक्ति मोर्चाको बेग्लै व्यवस्था औचित्यपूर्ण भएको दाबी गरे।
माओवादी केन्द्रीय सदस्य भक्तबहादुर शाह र कालीबहादुर मल्लले एक वर्षअघि नै केन्द्रीय समितिमा खस गणराज्यको माग ल्याएका थिए।
अवधारणा उठान
खम्बुवान र किराँत मुक्ति मोर्चाजस्ता जातीय संगठनको अगुवाइ गर्दा खस मोर्चाको अवधारणा ल्याएको दाबी गर्ने किराँती २०६० सालमा माओवादी प्रवेश गरेका हुन्। माओवादीले जातीय संघ घोषणा गरेपछि पार्टीका कतिपय खस नेताकार्यकर्ता विभिन्न संगठनमा संलग्न भएको सम्झँदै किराँतीले भने, 'हामीलाई उत्पीडित जातिमाथिको शोषण अन्त्य गर्नेमात्र भनियो, लेनिनले शासक जातिको सहयोग लिएको भनिएन।' अर्को पाटो थाहा पाउनु आफ्ना लागि 'युरेका' जस्तै भएको उनले बताए। किराँतीले अघि सारेको खस मोर्चा अहिले भइरहेका अन्य जातीय मोर्चालाई बल पुर्याउने र जातीय आधारमा बनेका संघलाई समर्थन गर्ने खालको छ। माओवादी पार्टीका कतिपय खस नेताहरूको अन्तर्मनको चाहना मुखरित गरेको उल्लेख गर्दै किराँतीले भने, 'मैले लेनिनवादी विचारबाट निकालेको खस मोर्चा अवधारणाप्रति खुलेर समर्थन नभए पनि पार्टीमा यो अवधारणा कमजोर छैन।'
भट्टले भने माओवादीमा जातीय राजनीति हाबी हुँदै गएको अवस्थामा आफूले खस मोर्चा अवधारणा ल्याएको बताए। 'हामीकहाँ खुलेर बहस गर्दा जातिविरोधी भनेर प्रचार गरिन्छ,' उनले भने, 'हामी नै पार्टीको केन्द्र वर्गीय मुद्दा ओझेलमा पारेर जातीय मुद्दामा अल्भि्कएका छौं।'
जातीय मोर्चा र संघ हुने हो भने खसहरूको पनि बेग्लै हुनुपर्छ भन्ने भट्टको मान्यताले उनी जातिवादी संघको विरोधमा उभिएको देखाउँछ। पार्टीले अख्तियार गरेको जातिवादी संघीयताबारे खुलेर विरोध नगरे पनि भट्टले भने, 'समग्रमा पुनर्विचार आवश्यक छ।'
माओवादी नेताहरूका अनुसार पार्टीमा जातीय संघीयताको औचित्यबारे प्रश्नहरू बाक्लिँदै गएका छन्। खस मोर्चा र गणराज्यको मुद्दा अघि बढ्ला त भन्ने प्रश्नमा भट्टले भने, 'संविधान साच्चिकै निर्माण हुने हो भने आउँदो केन्द्रीय समितिमा मोर्चाको मुद्दा उठ्नैपर्छ।'
माओवादी स्थायी कमिटी सदस्य तथा संविधानसभा राज्यको पुर्नसंरचना र राज्यशक्तिको बाँडफाँड समितिका सभापति लोकेन्द्र बिष्ट खस मोर्चाको अवधारणामा सकारात्मक छन्। उनले भने, 'यस्तो मोर्चा जातीय सन्तुलन मिलाउन सहयोगी हुनसक्छ।' खस मोर्चालाई पहिचानका लागि मात्र हो भनेर बुझ्दा राम्रो हुने बिष्टको धारणा छ।
विगतमा केही जातिवादी नेताको दबाबमा जातीय संघहरू घोषणा भएको तीतो सुनाउँदै एक माओवादी नेताले भने, 'अहिले पनि पार्टीको दशक पुरानो जातीय नीतिको फेर समातेर खस मोर्चाबिरुद्ध जाइलाग्ने खतरा छन्।' २०५१ सालको पहिलो सम्मेलनबाट पास भएको जातिय नीतिमा उत्पीडित जातिबारेमात्र उल्लेख भएको भन्दै मोहन वैद्य पक्ष खस मोर्चाको विरोधमा उत्रने सम्भावना देखाउँछन् ती नेता। उनले भने 'वैद्य समूहमा जातिवादी नेताको बाहुल्य छ।' स्थायी समिति सदस्य देव गुरूङले भने खस मोर्चाबारे अहिलेसम्म पार्टीमा कुनै छलफल नभएको दाबी गरे। उनले भने, 'खस मोर्चाबारे मलाई केही थाहा छैन, थाहा हुनेलाई सोध्नुस्।'