सबैभन्दा धनी भगवान् कुन होलान्? धेरैले भगवान् मान्ने मुलुक भारत र नेपाल हुन्। औँलामा गन्न सकिने अर्बपति भएको नेपालका पशुपतिनाथभन्दा विश्वकै धनीहरूमा गनिएका अम्बानी बन्धु बस्ने भारतका भगवान् धनी होलान्!
केहीअघिमात्र भारतको सिरडीवाला साइबाबाका लागि ३ सय २० किलो सुनको सिंहासन बनाइएको खबर आएको थियो। भारतकै बडोदरास्थित स्वामिनारायण भगवान्लाई ३ करोड २० लाख नेपाली रुपैयाँ बराबरको झुला बनाइएको छ। त्यसमा भारतीय रुपैयाँका साथै अमेरिकी डलर, जापानी येन, बेलायती पाउन्ड पनि प्रयोग गरिएको छ। एउटा भारतीय टेलिभिजन च्यानलका अनुसार अहिले मन्दिरमा स्वामिनारायणको दर्शन गर्नेभन्दा नोटको झुलामा रहेका भगवान्को तस्बिर खिच्ने जिज्ञासुको हुल ठूलो हुन्छ।
यस्ता उदाहरण नेपालमा पनि पाउन सकिन्थ्यो होला तर यसका लागि मन्दिरमा चढाइने दक्षिणाको हर हिसाब भारतमा जस्तै हुन जरुरी छ। केही समयअघि पशुपति मन्दिरमा दर्शन गर्न गएका एक परिचितको अनुभव पनि यस्तै थियो। उनी पूजाका लागि सबैभन्दा आडि उभिएका थिए तर निकै बेरसम्म पनि भित्रका पुजारीको ध्यान उनीतर्फ गएन छ। उता उनीपछि उभिएका भने पूजा गर्दै जाँदै थालेछन्। लगभग १० मिनटपछि उनले थाहा पाएछन्, पछिल्तिरका दर्शनार्थीमध्ये कसैका हातमा साँच सय त कसैको हातमा हजारका नोट रहेछ। 'अनि मैले आफ्नो भेटीको पाँच सयको नोटलाई देखिनेगरी समाते, त्यसपछि मेरो काम (पूजा) भयो।' उनको अनुभव मलाई रमाइलो लाग्यो। 'आखिर तपाईले भगवान्लाई समेत घुस दिनु भयो हैन?' मेरो ठट्टामा उनले हाँस्दै जबाफ दिएका थिए - हो, तर जसलाई दिएको हो उसको भागमा कति पर्यो कुन्नि!
सिरडीवाला साइबाबाले निकै साधारण जीवन बिताएका थिए। एउटा खण्डहरजस्तो स्थानमा जमिनमा सुत्ने गरेका उनी जीवनभर सामान्य सेतो कपडाको कुर्ता र लुंगीजस्तै अधोवश्त्रमा रहन्थे। त्यस्तै कपडाको झोला बोकेर भीक्षा मागेर खाने गर्थे। उनले आफ्नो आगमन मानव कल्याणका लागि भएको बताउने गरेको उनका कथाबाट थाहा हुन्छ।
जीवनकाल भर एउटा इँटालाई सिरान राखेर सुत्ने गरेका भन्ने साइबाबाको मूर्ती भने अहिले सुनको सिंहासनमा छ। साइबाबाले आफ्नो जीवनकालमै चाहेको भए पूर्ण भौतिक सुख सुविधाको उपभोग गर्न सक्थे। तर सन्तका लागि भौतिक सुख सुविधाको कुनै अर्थ र महत्व हुँदैन। त्यसैले उनीहरू साधारण मानवभन्दा धेरै माथि हुन्छन्।
आखिर अध्यात्म र भौतिकवादको मेल गराउन मानिसहरूले ईश्वरबाटै सुरु गरेका छन्। सानैबाट ईश्वर सर्वशक्तिमान र सर्वव्यापी भएको सिकाइएको छ। उनीबाट केही लुक्दैन र यो ब्रह्मान्ड पनि ईश्वरले रचना गरेको हो। तर यी सबै हेर्दा ब्रम्हाण्डको मालिक ईश्वरलाई मान्छेले कति तल झारेछन्जस्तो लाग्छ।
केही पहिले बंगलामुखीदेवीको दर्शन गर्दा पनि त्यस्तै अनुभव भएको थियो। बिहीबारको दिन भएकोले दर्शनार्थीको लामो लाम थियो। एक जना महिला जसोतसो लाम मिचेर भित्र छिर्न सफल भइन्। पूजा गरेर फर्कँदा उनको अनुहारमा असीम सन्तुष्टिको भाव थियो। फर्कँदा उनले आफ्नो बहादुरी गर्वसाथ आफन्तलाई सुनाउँदै थिइन्। मेरो सामु उभिएका एक जनाले भनिहाले- हैन भगवान्लाई नै झुक्याउनसक्ने मान्छे किन दर्शन गर्न आउनु? उनी भन्दै थिए - सर्वशक्तिमान र सर्वव्यापी ईश्वरलाई लाम मिचेर दर्शन गरेको पनि त थाहा हुनुपर्ने हो। त्यस्ताको पूजा माताले स्वीकार गर्लिन् त? गरिन् भने त माताभन्दा ती महिला नै शक्तिशाली भइन्। त्यति शक्तिशालीले पूजा किन गर्नु पर्यो? उनका भनाइ सामान्य भए पनि सोच्दै जाँदा मलाई निकै गम्भीर लागेको थियो।
गत वर्षको जेठमा भारतकै कर्नाटक राज्यको पर्यटन तथा नागरिक उड्डयन मन्त्री जनार्दन रेड्डीले तिरुपती बालाजी मन्दिरमा ७२ करोड रुपैयाँ मूल्यको मुकुट चढाएको समाचार आएको थियो। ३३ किलो चाँदी र ७० हजार हिराका बीचमा पुखराज जडित त्यस मुकुटलाई मन्त्रीले सृष्टिका मालिक भगवान्लाई चढाएका थिए।
गच्छेअनुसार दान दक्षिणा गर्नु नराम्रो होइन तर त्यो दानकै भरमा ईश्वरको दर्शन सुलभ अथवा दुर्लभ हुनु चाहिँ अलि अनौठै हो। साच्चै ईश्वरले दक्षिणाअनुसारको आराधना स्वीकार गर्छन् होला त? उनका दृष्टिमा सक्नेको हजार रुपैया सामु नसक्नेको एक रुपैयाको कुनै मूल्य नहोला त?