जुँगाको लडाइँ
२७ साउन २०६७
•
७ मिनेट पाठ
जुँगाको लडाइँ
कारण नयाँ देखिए (अथवा देखाइए) पनि झगडाको प्रकृति वा जरा भने उही हो। पद र प्रतिष्ठाले मानवीय गुण बिर्साउन सक्तैन बरु कमजोरीसमेत उजागर गर्छ भन्ने पछिल्लो उदाहरण हो -राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी)बीचको विवाद!




सिंगापुरमा हुन लागेको पहिलो युथ ओलम्पिक खेलको पूर्व सन्ध्यासम्म ‘सेफ दी मिसन' पठाउने सन्दर्भमा नेपाली खेलकुदमा यी दुई संगठनबीच चलेको जुहारी जारी छ। दक्षिण एसियाली खेल (साग), एसियाली र ओलम्पिकजस्ता वृहत् अन्तर्राष्ट्रिय खेलकुदका अवसरमा दुवै संस्थाबीच लगभग नबिराई हुँदै आएको झगडा अब नेपाली खेलकुदको पहिचान भइसकेको छ।

त्यसैले यस किसिमका अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजनका बेला खेलाडीले उपभोग गरिरहेको साधन र स्रोतको अवस्था, खानपान र तयारीसम्बन्धी चर्चाभन्दा राखेप र एनओसी विवाद प्रमुख समाचार बन्ने गर्छ। त्यसपछि यस किसिमका प्रतियोगितामा नेपाली टोलीको सहभागितामै आशंका उत्पन्न हुँदै जान्छ। फलस्वरूप नेपनली टिमको सफलताको सम्भावनासम्बन्धी उत्सुकतै सेलाउन थाल्छ।

यस विवादको बीउ गत जेठमा कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक बिष्टलाई एनओसीले युथ ओलम्पिकको सेफ दि मिसनका रूपमा सिंगापुर पठाएको बेला रोपिएको थियो। त्यतिबेला एनओसीको राखेप र तेक्वान्दो संघसँग विवाद थियो।

राखेपले आफू नेपाली खेलकुदको सर्वोच्च संस्था भएको नाताले कानुनअनुसार सेफ दी मिसन सदस्यसचिव वा निजले तोकेको व्यक्ति हुनुपर्ने तर्क गरेको थियो। एनओसी अध्यक्ष ध्रुबबहादुर प्रधानले भने राखेपले अनावश्यक हस्तक्षेप गरेको भन्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)अन्तर्गत हुने वृहत् प्रतियोगितामा आईओसीको नियम नमान्नेलाई एनओसीले सेफ दी मिसन मान्ने सम्भावना नरहेको आशयको प्रतिक्रिया दिएका थिए।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडिमात्र उजागर हुने यस किसिमका विवाद अरू बेला नदेखिनुको कारण राखेप र एनओसीबीचको शीतयुद्ध भुसको आगोमा रूपमा रहनु हो।
नेपाली खेलका एक पूर्वअधिकारीका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता पूर्व लगभग नियमित रूपमा देखिने यो विवाद वास्तवमा राखेप र एनओसीका पदाधिकारीको जुँगाको लडाइँको हो। तर त्यसको सोझो असर नेपाली खेल र खेलाडीमाथि परिरहेको छ।

नेपाली खेलकुदको प्रमुख संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) हो र यसको सदस्यसचिव नै नेपाली खेलकुदका प्रमुख कार्यकारी हुन्। तर देशभित्र त्यस्तै प्रभावशाली अर्को संस्था नेपाल ओलम्पिक कमिटी छ जो आफूलाई मूलतः अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)प्रति उत्तरदायी मान्छ। तर अन्तर्राष्ट्रिय ओलम्पिक चार्टरमा ओलम्पिक कमिटीको ‘मिसन' पूरा गर्न राष्ट्रिय ओलम्पिक कमिटीले सम्बन्धित देशको सरकार तथा गैरसरकारी संस्थाको सहयोग लिनुपर्छ भन्ने लेखिएको छ। उनीहरूले ओलम्पिक चार्टरसँग बाझिने किसिमको काम कार्यवाहीमा सँलग्न हुनुहुँदैन भन्ने पनि त्यसमा उल्लेख छ।

देशभित्र नेपाली खेलकुदको सर्वोच्च निकायका रूपमा आफ्नो अधिकार प्रयोग गरिरहेको राष्ट्रिय खेलकुद परिषदको स्थितिमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदा भने परिवर्तन हुन्छ। र त्यतिबेला उसले आफू अन्तर्गत मान्दै आएको एनओसी बढी सक्रिय हुन्छ।

अझ नेपालमा राजनीतिक नियुक्तिका आधारमा आउने राखेप प्रमुखले त्यस पदको फाइदा भरपूर उठाउन थाल्छन्। यस क्रममा व्यक्तगत वा राजनीतिक स्वार्थ बढी प्रभावी हुने गरेको गुनासो सुनिदै आएको छ।

एनओसीको तर्क मान्ने हो भने आइओसीअन्तर्गत हुने अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा राखेपको भूमिका सहभागी नेपाली टोलीको आर्थिक भार बेहोर्ने निकायभन्दा बढी हुँदैन। तर त्यसलाई नेपाली खेलकुदको सर्वोच्च निकाय र यसका प्रमुख कार्यकारीलाई पचाउन कठिन हुन्छ। देशभित्रकै अधिकार देशबाहिर पनि चलाउने चाहनाले अर्को महत्वाकांक्षालाई जन्म दिन्छ। त्यो महत्वाकांक्षा पूरा गर्न राजनीतिक पहँुचको प्रयोग हुन थालेपछि यस्ता विवाद उत्पन्न हुन्छन्। अनि, एनओसीले राखेपलाई ओलम्पिकविरोधी देख्न थाल्छ भने राखेपले एनओसीमाथि अन्तर्राष्ट्रिय प्रभावका बलमा देशभित्रको काइदा कानुन नमानेको आरोप लगाउन थाल्छ।

विगतमा यस किसिमका विवादका समाधान स्थायी हुन सकेका छैनन्। कारण त्यस किसिमका अस्थायी समाधानले विवादको मूल जरोलाई छुन पनि पाउँदैन। यस विवादलाई रोक्ने एउटा उपाय खेलकुदलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु हुनसक्छ। यसबाहेक राखेप र एनओसी प्रमुख एउटै हुने स्थिति भए पनि यस किसिमको विवाद नदेखिएला। तर त्यस्तो सम्भावना तत्काल कतै देखिँदैन।

प्रश्न यही र यत्ति हो- यी दुई संस्थाका पदाधिकारीबीचको जुँगाको लडाईको मार नेपाली खेलले कहिलेसम्म सहने?
अर्को समाचार
नेताहरूको ‘जुँगाको लडाइँ’ भयो : ज्ञानेन्द्र शाही
२० जेष्ठ २०८३
•
१ मिनेट पाठ
नेताहरूको ‘जुँगाको लडाइँ’ भयो : ज्ञानेन्द्र शाही
प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राजनीतिक दलभित्र देखिएको आन्तरिक विवादलाई एकताबद्ध हुन आग्रह गरेका छन्।     




सामाजिक सञ्जालमार्फत उनले नेताहरूबीचको व्यक्तिगत अहंकार, पदको प्रतिस्पर्धा र आपसी आरोप–प्रत्यारोपका कारण उनीहरुको डिएनए मिलेको बताएका छन्। 

उनले लेखेका छन्,  ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौं। कार्यकर्ताहरू एकअर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन।’ 

शाहीले आरोप लगाएर विभाजित हुने नभई एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै एक पक्षले लगातार चुनावी हारपछि पनि नेतृत्व नछोड्न खोजेको र अर्को पक्षले चुनाव नै नलडी नेतृत्व प्राप्त गर्न चाहेको बताएका छन्।  

उनले पदमा टाँसिएर बस्नु मात्र उपयुक्त नहुने भन्दै नेताहरूले विज्ञप्ति निकाल्ने, भेला आयोजना गर्ने र विभाजनका संकेत दिने गतिविधिले संगठन, कार्यकर्ताको मनोबल तथा युवाहरूको भरोसा कमजोर  हुने बताएका छन्।   
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस