‘ निष्पक्ष निर्वाचन गर्न चुनौती’
१७ जेष्ठ २०७५
•
१२ मिनेट पाठ
‘ निष्पक्ष निर्वाचन गर्न चुनौती’
निर्वाचन आयोग केन्द्रीय कार्यालयले बुधबार सदरमुकाममा आयोजना गरेको छलफलका सहभागी । तस्बिर ः भीम/नागरिक
इलाम - निर्वाचन आयोगले बनाउने निर्वाचन कानुनको मस्यौदा सरकारले हुबहु पारित गर्न नसक्दा देशमा निर्वाचन स्वच्छ बनाउन चुनौती रहेको पाइएको छ । निर्वाचनका बेला आयोग र सरकारबीच ‘जुँगाको लडाइँ’ हुने गरेकाले स्वच्छ र भयरहित निर्वाचनमा असर पुगेको देखिएको हो।

निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले आयोगले तयार गरेको कानुनी मस्यौदा सरकारले पास नै नगर्ने गरेको बताएका छन् । निर्वाचन आयोग केन्द्रीय कार्यालयले बुधबार सदरमुकाममा आयोजना गरेको छलफलका सहभागी आयोगका पदाधिकारीले कुनै न कुनै रूपमा दल र तिनीहरूले बनाएका सरकारले आफ्नो कानुनी ‘स्पेस’ खोज्ने भएकाले निर्वाचनलाई विश्वसनीय बनाउन चुनौती बनेको गुनासोसमेत गरे । आयोग पदाधिकारीले निर्वाचनको सम्पूर्ण अधिकार आयोगलाई नदिएसम्म प्रभावकारी रूपमा निर्वाचन सम्पन्न गर्न बाधा–अवरोध आइरहने पनि बताए ।

निर्वाचन आयुक्त इला शर्माले आयोगले बनाएको मस्यौदा सरकारले परिवर्तन गरिदिने गरेको बताइन् । आयोगलाई सरकारले शक्तिको पछि कुदाउने प्रयास गर्ने गरेको तर आयोग तटस्थ रहने गरेको पनि उनले दाबी गरिन् ।

निर्वाचनका बेला विभिन्न दल र समूहले आयोगलाई गुमराहमा राखेर अघि बढ्ने प्रयाससमेत गर्छन्,’ उनले भनिन्, ‘निर्वाचन सम्पन्न गराउनु चाहिँ आयोगको मात्रै जिम्मेवारी हो भन्ने भ्रमबाट हामी मुक्त हुन सकेका छैनौं ।’ उनले निर्वाचनका बेला आयोगलाई सबैले रचनात्मक सहयोग गर्दा मात्रै प्रतिफल राम्रो आउने बताइन् ।‘आयोगले देश–विदेशका निर्वाचन कानुन अध्ययन गरेर हाम्रो देशमा उपयुक्त हुनेखालको व्यवस्था मस्यौदामा राख्छ र सरकारलाई पेस गर्छ,’ उनले भनिन्, ‘तर, सरकारमा पुगेपछि त्यो मस्यौदा सधैं परिवर्तन भइहाल्छ, अनि अर्कै व्यवस्था गरिदिन्छन् ।’ उनले निर्वाचनको मिति ज्यादै छोटो अवधि राखेर तोकिने गरेकाले निर्वाचन व्यवस्थापन जटिल बनेको बताइन् । ‘सरकारले निर्वाचन आयोगसँग सल्लाह गरेर चुनावको मिति तोक्छ तर अहिलेसम्म सरकारले कहिले ८३ र कहिले ९० दिनको मात्रै अवधि राखेको छ, त्यो पर्याप्त समय होइन,’ उनले भनिन्, ‘कम्तीमा १ सय २० दिन भएन भने निर्वाचनको तयारी नै पुग्दैन।’

आयोगका कर्मचारी तथा निर्वाचन कानुन मस्यौदाका तयारकर्तामध्येका एक अरुण झाले निर्वाचनको मिति तोकिएपछि आयोग ज्यादै सक्रिय हुनेगरेको बताए । ‘निर्वाचनका बेला निर्वाचन आयोग नै देशको सरकार हो,’ उनले भने, ‘निश्चित अवधिका लागि सरकारसमेतलाई आयोगले नियमन गर्ने अभ्यास संसारभर छ । तर, हाम्रो देशमा सरकारले म ठूलो भन्छ, आयोग अधिकारसम्पन्न हुन्छ ।’ उनले एकले अर्कालाई आफूमातहत सोच्ने जुहारीले निर्वाचनका काम गर्न जटिलता उत्पन्न हुने गरेको बताए ।

स्थानीय तह निर्वाचनका बेला सरकारले आयोगसँग विभिन्न कामका लागि करिब २ हजार र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका बेला करिब १ हजार ८ सय सहमति मागेको उनले बताए । ‘आचारसंहिता अनुकूलका काममा सहमति माग्नै पर्दैन,’ उनले भने,‘सहमति मागिएका यत्रो संख्याका निवेदन चाहिँ आचारसंहिताअनुकूल कामका लागि थिए होला त ?’ उनले आचारसंहिताको पालनामा मतदातादेखि उच्च ओहोदाका व्यक्तिसमेत अनुशासित नभएको बताए।

निर्वाचनको मिति तोक्नेसहित निर्वाचनका बेला गरिने सबै कामको व्यवस्थापन आयोगलाई दिनुपर्ने र अन्य सबै पक्षले सहयोग गर्नसके मात्रै देशमा सहज रूपले निर्वाचन सम्पन्न हुने उनले बताए । ‘हाम्रो कानुनी र संवैधानिक व्यवस्थामा जिल्ला समन्वय समिति चुनावको मिति कसले तोक्ने भन्ने स्पष्ट नहुँदा अस्ति निकै अन्योल भयो,’ उनले भने, ‘सरकारले तोक्ने कि आयोगले भन्ने द्विविधा थियो, आयोगले मिति तोक्न अनुरोध गर्दा सरकारले नटेरिदिएर आयोगले निर्वाचन गराउन निर्देशन जारी गर्नुपर्ने अवस्था आयो ।’ उनले सरकार र राजनीतिक दलका अगुवाले कानुन बनाउँदा कतै न कतै आफूलाई सहज हुनेखालको व्यवस्था उल्लेख गर्ने गरेको अनुभव भएको पनि बताए ।

निर्वाचन कानुन र निर्वाचनका बेला जारी गरिने आचारसंहिता पालना गर्न दल र उम्मेदवारले आनाकानी गरेको पनि आयोगले जनाएको छ । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भाग लिने १ हजार ९ सय ४४ उम्मेदवारमध्ये ८ सय ७२ ले अहिलेसम्म खर्च विवरण आयोगमा बुझाएका छैनन् । प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका ३ हजार २ सय ३८ जनामध्ये १ हजार ५ सय ४३ जनाले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन्।

समानुपातिकमा प्रदेशसभा निर्वाचनतर्फ प्रदेश १ मा भाग लिएका २७ मध्ये ४, प्रदेश २ मा २९ मध्ये १०, प्रदेश ३ मा ३१ मध्ये ७ र प्रदेश ४ मा २० मध्ये २ दलले अहिलेसम्म खर्च विवरण पेश नगरेको आयोगको तथ्यांक छ । त्यस्तै, प्रदेश ५ मा २७ मध्ये ७, प्रदेश ६ मा १८ मध्ये ३ तथा प्रदेश ७ मा २० मध्ये ४ दलले खर्चको विवरण नबुझाएको आयोगले जनाएको छ । ‘निश्चित समयमा खर्च विवरण नबुझाउने दल र उम्मेदवारले तोकिएको जरिमानासमेत बुझाउनुपर्ने र नभए कालोसूचीमा समेत पर्ने व्यवस्था छ,’ झाले भने ।

निर्वाचन आयोग केन्द्रीय कार्यालयले सदरमुकाममा बुधबार आयोजना गरेको छलफलमा सहभागी जिल्लाका सरोकारवालाले चाहिँ हरेक निर्वाचनका बेला आयोगले लागू गर्ने आचारसंहिता कर्मकाण्डी मात्रै हुने गरेको बताए । आचारसंहिता लागू गर्ने तर उल्लंघन गर्नेलाई कारबाही चाहिँ नगर्ने प्रवृत्तिले स्वच्छ निर्वाचन चाहनेलाई निरास बनाएको उनीहरूले गुनासो गरे।

राजनीतिक दल, नागरिक समाज तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिले आचारसंहितालाई ऐन वा कानुनकै रूप दिनसमेत माग गरे । उनीहरूले पालना नै नगरिने फितलो आचारसंहिता बनाउनुभन्दा ऐन–कानुन नै बनाएर लागू गर्दा चुनावका बेला हुने नकारात्मक क्रियाकलाप घटेर जाने जनाएका थिए । सहभागीले निर्वाचन स्वच्छ बनाएमात्रै नागरिकको मताधिकार सदुपयोग हुने जनाए ।

जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले निर्वाचनमा लाग्ने सरकारी खर्च बढेको बताए । उनले निर्वाचनलाई सस्तो र सुलभ तरिकाले सञ्चालन नगरे राज्यको मोटो ढुकुटी दुरुपयोग हुनसक्ने औंल्याए । ‘मतदाता शिक्षा नपुगेको, आचारसंहिता उल्लंघन भएको, मतदाताको नाम दोहोरिएकोजस्ता समस्याको गुनासो धेरै आउने गरेको छ,’ उनले भने, ुनिर्वाचन स्वच्छ बनाएर नागरिकको मतदानको अधिकार रक्षा गर्न सबैले समन्वय र सहकार्य गर्नुपर्छ ।’

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जिल्ला प्रशासनमा पनि मतदाता परिचयपत्र बनाउने डेस्क राख्न आयोगलाई आग्रह गरे ।

उनले नागरिकता बनाएकै ठाउँमा मतदाता नामावली संकलन गर्दा धेरै मतदाताको पहुँचसमेत पुग्ने जनाए । प्रशासन कार्यालयले गाउँ–गाउँमा पुर्याउने शिविरहरूमा पनि मतदाता नामावलीका लागि नागरिकले गाउँमै सेवा माग गरेको उनले सुनाए । ‘चुनावका बेला काठमाडौंबाट शूक्ष्म अनुगमनकर्ता जिल्लामा खटाइन्छ, उनीहरूले जिल्लाको वस्तुस्थिति कति बुझेको हुन्छ र अनुगमन प्रभावकारी बन्छ ?’ उनले भने, ‘स्थानीयस्तरमा जानेबुझेको व्यक्तिलाई अनुगमनमा खटाउँदा अझ राम्रो हुन्छ ।’ उनले निर्वाचनमा हुने खर्चको शीर्षक घटाउने व्यवस्था गर्न पनि आग्रह गरे ।

कार्यक्रममा सहभागी स्थानीयले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीको व्यवस्था ज्यादै फितलो भएको बताए । अग्रज पत्रकार धर्म गौतमले निर्वाचन आयोगले चुनाव खर्च दिने व्यवस्था गर्न लागेको भन्दै त्यो व्यवस्था नराख्नु उचित हुने बताए । राजनीतिक दलका प्रतिनिधिले गम्भीर अपराधमा मुछिएको व्यक्तिलाई चुनावमा उम्मेदवार नै हुन नदिने व्यवस्थासमेत गर्न आयोगलाई सुझाव दिए ।
अर्को समाचार
निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन
०९ फागुन २०८२
•
३ मिनेट पाठ
निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गरी तयारीका साथ काम गर्न निर्देशन दिएकी छन्।

निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन दिएको बैठकपछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी गराए।

प्रधानमन्त्री कार्कीसहित आज बिहान मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलमा आयोजित प्रदेशस्तरीय एकीकृत सुरक्षा बैठकमा समग्र प्रदेशको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिए।

जिल्लास्थित सुरक्षा समितिले जिल्लाको चुनौतीका अवस्था पहिचान गरेर त्यसैअनुरूपको सुरक्षा रणनीति बनाएर अघि बढ्न प्रधानमन्त्रीबाट निर्देशन भएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिए।

जिल्लागत रूपमा मतदानस्थललाई चुनौती पहिचान गरी तिनलाई वर्गीकरण गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको एकीकृत सुरक्षा योजनाअनुरूप अघि बढ्न निर्देशन दिएको प्रमुख सचिव काप्रीले बताए।

प्रदेशका १२ वटै जिल्लामा तयारी, प्रदेशमा गठन भएको निर्वाचन कमान्ड सेलसँग संवाद गरेर निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न १२ वटै जिल्लामा जिल्ला सुरक्षा समितिले योजना बनाएका विषयमा प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको प्रमुख सचिव काप्रीले जानकारी गराए।

बैठकमा नेपाली सेनाका पृतनापति हिम्मतबहादुर विष्ट, नेपाल प्रहरीका प्रदेश प्रमुख, प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षकलगायत बैठकमा सहभागी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका थिए।

यस्तै प्रदेश सरकारका प्रमुख सचिव काप्रीले समग्र प्रदेशको तयारीका अवस्थामा जानकारी गराइएको बताए।

जिल्लागत रूपमा अतिसंवेदनशील, संवेदनशील र सामान्य निर्वाचन मतदान केन्द्र पहिचान गरेर आवश्यक तयारी गरिएको जानकारी गराए। जिल्लास्थित सरकारी निकायले त्यस्ता चुनौती पहिचान गरेर समाधानका लागि आवश्यक संवाद र छलफल गरेर काम गर्ने विषयमा जानकारी गराइएको थियो।

प्रधानमन्त्रीको निर्देशनबाट निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न थप हौसला मिलेको र प्रतिबद्धताका साथ निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न लाग्ने प्रमुख सचिव काप्रीले बताए।

एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट संकलित सूचना गरेर आवश्यक रणनीति तय गरिने विषयमा बैठकमा छलफल भएको जानकारी दिए।

प्रदेश सरकारले पनि यो निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने जिम्मेवारी रहेकाले प्रदेश सरकारका जिल्लास्थित निकायहरू, स्थानीय तहबाट सहयोग लिएर निर्वाचन तयारीको काम भइरहेको जानकारी गराए।

प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये मुख्य रूपमा तराईका जिल्लामा खुला सिमाना प्रमुख साझा चुनौतीका रूपमा रहेका विषयमा छलफल भएको बताए।

यस प्रदेशमा पश्चिम नवलपरासीदेखि बर्दियासम्ममा ४१४ किलोमिटर खुला सिमाना छ। प्रदेशमा एउटा हिमाली जिल्ला रुकुमपूर्व सञ्चारमा सूचना सङ्कलन, पहुँचजस्ता विषय, जनसाङ्ख्यिक विविधताका हिसाबले धार्मिक, जातीय र भौगोलिकताजस्ता विषयमा समस्या आउन सक्ने सम्भावनालाई पहिचान गरेर तयारी गरिने बताए।

प्रधानमन्त्रीसमक्ष यस्ता विषयमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जानकारी गराएको बताए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस