प्रमुख राजनीतिक दलका नेताले लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसात् गर्नुको साटो संविधान निर्माणलाई समेत ‘जुँगाको लडाइँ’ र सत्ताको ‘झिँगे दाउ' बनाएकाले अहिलेको संकट उत्पन्न भएको हो।दोस्रो निर्वाचनपूर्व नै सबै प्रमुख दलले संविधान सभाले काम थालेको वर्ष दिनभित्र संविधान पारित गर्ने वाचा गरेका थिए। त्यही वाचामा विश्वास गरेर नेपाली जनताले संविधान सभाको दोस्रो निर्वाचनमा अपूर्व उत्साह देखाएका हुन्। संविधान सभा गठन भइसकेपछि पनि प्रमुख दलका शीर्ष नेताले अनेकौँपटक ‘माघ ८ गते संविधान जारी हुन्छ ’ भनेकै थिए। तर, अहिलेसम्म संविधानको मस्यौदा पनि तयार भएको छैन। मूलतः संविधान सभाको राजनीतिक—संवैधानिक संवाद तथा सहमति समितिले सहमतिको प्रयासका नाममा समय खेर फालिदियो। सहमति त हुनसकेन नै एनेकपा (माओवादी)का नेता बाबुराम भट्टराई सभापति भएको समितिले काम थाल्दा भन्दा पनि अहिले दलहरूबीच दूरी बढेको देखिएको छ। यसैबाट स्पष्ट हुन्छ ‘अन्तर्वस्तुको विवाद' त संविधान सभालाई विफल बनाउने निहुँमात्रै हो।
बितेको एक वर्षमा निकैपटक नेताहरूले सहमतिको नजिक पुगेको दाबी पनि गरेका थिए। अहिले पनि केही विषयमा सहमति भएको र बाँकी विषयमा ‘सहमतिको नजिकै पुगेको’ दाबी नेताहरूले गरिरहेका छन्। तर, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने केही समय यता आन्दोलनको धम्की बढी नैे दिन थालेका छन्। उनैको पछिपछि केही मधेसी र जनजाति दलका नेता पनि विग्रह र विद्वेषको आगो ओकल्न लागेका छन्। यिनीहरू सबै ‘सार्वभौम जनताले चुनेको संविधान सभाले लोकतान्त्रिक विधि र प्रक्रिया अपनाएर संविधान बनाउन पाउँदैन’ भन्दैछन्। यस्तो दुराग्रह सम्भवतः कुनै पनि लोकतन्त्रवादीका लागि स्वीकार्य हुँदैन। यसैले यतिन्जेल संविधान निर्माण प्रक्रियाबाट व्यवहारतः पन्छाइएका संविधान सभाका सदस्यले समेत दुई तिहाइभन्दा बढीको समर्थन जुटाएर माघ ८ मै संविधान पारित गर्न दबाब दिएको हुनुपर्छ। संविधान सभाकै दुई तिहाइ सदस्यको हस्ताक्षरलाई उपेक्षा गर्नु नैतिक र वैधानिक दुवै दृष्टिमा अनुचित हुनेछ। यसैले माघ ८ गते संविधान निर्माणका दिशामा निर्णायक फड्को त मार्नैपर्छ।
संविधान निर्माणको सहयात्री हुन चाहने हो भने एनेकपा (माओवादी) र मधेस केन्द्रित दलहरूसँग अझै पनि समय छ। त्यसका लागि तिनले आआफ्ना अडान त्याग्नु पनि पर्दैन। एमाओवादीले जातीय राज्यका पक्षमा र मधेसी दलहरूले ‘सिंगो मधेस एउटै प्रदेश'को आफ्नो अडान संविधान सभाभित्रै अभिलिखित गराउन सक्छन्। संविधान निर्माणको जस लिन उनीहरूले लोकतान्त्रिक विधि र प्रक्रियामात्रै स्वीकार गरे पुग्छ। अहिले आआफ्नो सैद्धान्तिक अडान कायमै राखेर संविधान निर्माणमा सहभागी हुने हो भने आगामी निर्वाचनमा उनीहरू जनतासामु त्यही विषय लिएर जानसक्छन्। जनसमर्थन हासिल गरेर संविधान संशोधन पनि गर्न सक्छन्। तर, संविधान निर्माण प्रक्रियाको बहिष्कार गरेमा वा त्यसमा बाधा पारेमा भने यस्तो अवसर गुम्नेछ। संविधान सभा बहिष्कार गर्दा वा सञ्चालन हुन नदिँदा सम्पूर्ण नेपाली जनताको अपमान पनि हुन्छ। त्यस अवस्थामा संविधान जारी भए पनि विपक्षीले जस पाउने छैनन् भने संविधान बन्न नसके सबै दोष उनीहरूमाथि नै लाग्नेछ। अहिले सडकमा आन्दोलन हैन संविधान सभामा सकारात्मक र सक्रिय सहभागिता आवश्यक एवं उचित देखिन्छ। जनताले चुनेको संसद् कायम रहेका बेला यसै पनि सडक आन्दोलन सफल हुँदैन। एमाओवादी नेतृत्वको मोर्चाले लोकतान्त्रिक विधिको सम्मान गरेर संविधान निर्माण प्रक्रियामा संलग्न हुनु नै बुद्धिमानी र राष्ट्रको हितमा हुने देखिन्छ।