हारले सबै कमजोरी उदांगो पार्छ। उपाधि रक्षाको लक्ष्यसहित ब्राजिल पुगेको स्पेनले समूह चरणमा लगातार दुई खेल हारेपछि उसका सबै कमजोरी त्यसरी नै उदांगो भएको छ। छोटो पास, बल पोसेसन, विपक्षीलाई आजित पार्ने अनि मौका मिल्दा गोल गर्ने छवि बनाएको स्पेनको यसपल्ट सबै पाटोमा आलोचित भयो।नेदरल्यान्ड्स र चिलीसँगको प्रदर्शनबाट स्पेन साविक विजेता टोली हो भन्ने कतै देखिएन। मैदानमा एकदमै निरीह र कमजोर देखियो।
पहिलो खेलको अप्रत्यासित हारका कारण त्यसको असर चिलीविरुद्ध पनि प्रस्टै देख्न सकिन्थ्यो। हार–जित त खेलमा स्वाभाविक हुन्छ। तर नेदरल्यान्ड्सँगको हार एउटा खेलको हारमात्र थिएन, स्पेनिस फुटबलको धज्जी उडेको थियो। त्यसबाट पुरानै अवस्थामा फर्कने चुनौती र अवसर स्पेनसँग थियो। चिलीविरुद्ध स्पेन फेरि चुक्यो। हार बिर्साउने र अघिल्लो चरण जान जित्नैपर्ने बाध्यतासाथ स्पेन उत्रेको थियो। दुवैमा स्पेन असफल भयो। न त टोलीले स्वाभाविक खेल देखाउन सक्यो। स्पेन जस्तो टोलीको त्यो हालत होला भन्ने कसैले अनुमान गरेका थिएनन्। दक्षिण अमेरिकामा युरोपियन टोलीलाई खेल्न कठिन हुन्छ भन्ने फेरि एकपटक प्रमाणित भएको छ। पहिलो हारबाटै विछिप्त स्पेन बाहिर निस्कनै सकेन। त्यसको असर सुरुदेखि अन्तिमसम्म परिरह्यो। स्पेनले आफ्नो परम्परागत शैली टिकीटाका असफल भएपछि अर्को प्रयोग गर्दै गरेन। टिकी टाकाकै भरमा २००८ यता राज गरेको स्पेनले वैकल्पिक रणनीतिबारे सायदै सोचेन। चिलीसँग १–० ले पछि परेपछि गोल फर्काउन पर्याप्त समय थियो। तर अर्को कुनै उपाय अपनाएन, सुरुदेखि अन्तसम्म आफ्नै परम्परत शैली अपनाइरह्यो। दुवैमा त्यही शैली सबैभन्दा 'फ्लप' भयो। ठूला टोलीले दबाबमा पनि राम्रो खेल्न सक्छन् भन्ने मान्यता स्पेनको प्रदर्शनले कमजोर बनाइदिएको छ।
चिलीले दबाबमुक्त भएर खेल्यो। गर् वा मर्को अवस्थामा रहेको स्पेन जस्तो बलियो टोलीसँग चिलीले २० मिनेटमै अग्रता लिनु एकहदसम्म खेल नियन्त्रणमा राख्नु हो। चिलीले एकदमै सन्तुलित प्रदर्शनमात्र गरेन, स्पेनलाई बल होल्ड गर्न दिएन। जितमा सबै मिलेजस्तो देखिन्छ। हरेक प्रतियोगिताको पहिलो खेल महŒवपूर्ण हुन्छ भन्ने स्पेन र चिलीको अवस्था भन्न सकिन्छ। चिली पहिलो खेल जितेकाले कम दबाबमा थियो, स्पेनलाई जित्नैपर्ने दबाब थियो। त्यसले पनि केही न केही असर गर्यो। विश्वकै नाम चलेका दुई क्लब (बार्सिलोना, रियाल मड्रिड) का खेलाडीसम्मिलित स्पेनले सबैखाले दबाब झेलिसकेकाले त्यसको फाइदा विश्वकपमा उठाउन सक्नुपर्थ्यो, त्यो देखिएन। उल्टो युरोप त्यसमा पनि स्पेनमै खेल्ने चिलीका केही खेलाडीले स्पेनको बलियो र कमजोर पक्ष राम्ररी अध्ययन गरेको देखियो। चिली आफै पनि कति अघि बढ्छ अहिले भन्न सकिने अवस्था छैन। नेदरल्यान्ड्स र चिली दुवैले अन्तिम १६ खेलमा ब्राजिलसँग नपर्ने प्रयास गर्नेछन्। ब्राजिलबाहेक क्रोएसिया वा मेक्सिकोसँग पर्यो भने चिली अझै केही अघि बढ्न सक्छ।
सोही समूहको अर्को खेलमा हारेर पनि अस्ट्रेलियाले आफ्नो क्षमता प्रदर्शन गरेर गयो। विश्वकपअघि अस्ट्रेलियालाई सबैभन्दा कमजोर र स्पेनलाई हराए पनि नेदरल्यान्ड्सलाई सबैभन्दा बलियो मानिएको थियो। अस्ट्रेलियाले त्यो दुवैलाई गलत साविक गरिदियो। अस्ट्रेलियाले बिना डर खेल्यो। तर नेदरल्यान्ड्स दबिएर खेल्यो। स्पेनलाई जस्तो नेदरल्यान्ड्सले अस्ट्रेलियालाई दबाबमा राख्न सकेन, भलै उसले आफूलाई आवश्यक नतिजा निकाल्यो। पहिलो खेलमा स्पेनलाई हराएर अन्य सहभागी टोलीमाथि जुन 'थ्रेट' नेदरल्यान्ड्सले बनायो, दोस्रो खेलमा आएर त्यो पनि केही कमजोर भएको छ। नेदरल्यान्ड्सले अस्ट्रेलियालाई केही 'इजी' लिएजस्तो देखिन्थ्यो। तर कमजोर मानिएको टोलीले २–१ को अग्रता लिँदै टोलीमाथि दबाब थियो। अग्रता लिएको १०–१५ मिनेट अस्ट्रेलियाले 'होल्ड' गर्न सकेको भए सायद खेलेको नतिजा अर्कै आउन पनि सक्थ्यो। त्यसमा अस्ट्रेलिया चुक्यो।
त्यही दिन रोजर मिल्लासँग जोडेर हेरिने क्यामरुन क्रोएसियासँग निरीह भयो। अघिल्लो चरणको सम्भावना बलियो जीवित राख्न आवश्यक जित निकाल्ने ढंगले प्रस्तुत भएको क्रोएसियाले सुरुआतमै अग्रता लियो। पहिलो हाफको अन्त्यतिर क्यामरुनका एलेक्स सङले रातो कार्ड खानुले त्यसको फाइदा पनि क्रोएसियालाई नै पुग्यो। दोस्रो हाफमा मात्र टोलीले ३ गोल थप्यो।
(रञ्जितकार पूर्व राष्ट्रिय खेलाडी तथा फिफा रेफ्री हुन्)