समानान्तर
३१ जेष्ठ २०६६
•
१० मिनेट पाठ
समानान्तर
सधैं हेपिने हाम्रो नियति !




रगमार्कसम्बन्धी बैठकमा भाग लिन बेलायत जानुपर्ने भयो । नेपालीलाई खर्च जुटाउनभन्दा पनि प्रवेशाज्ञा (भिसा) पाउन बढी गाह्रो हुँदोरहेछ । जानेआउने र खानेबस्ने खर्च उतैबाट बेहोरिने भएपछि भिसा माग्ने फारम भरियो ।

काम विशेषले जाँदा भर्ने (बिजनेस भिसा) फारम निकै झन्झटिलो रहेछ । जेहोस्, फारम भरियो र गएको सोमबार बिहान बेलायती भिसासम्बन्धी कामकारबाहीको ठेक्का लिएको कम्पनीको ढोकामा लाम लागियो ।

अमेरिका, जापान, जर्मनी, चीनलगायतका केही मुलुक जाने मौका पाएको छु । भिसा लिँदा आफैं नै लाममा बस्न गएको पनि छु । तर यस पटकजस्तो अव्यवस्था र हेपाइको अनुभव पहिले कहिल्यै भएको थिएन । ढोकाबाहिर घुइाचो छ । बेलायत अहिले नेपाली विद्यार्थीको रोजा गन्तव्य बनेको रहेछ । भिसा अलि सजिलै दिइएको छ रे विद्यार्थीलाई । त्यसैले विद्यार्थी भिसा माग्नेहरू अघिल्लो रातीदेखि नै लाममा बसेका रहेछन् । अनि तिनैले विद्यार्थी र अरू गरेर २ वटा लाम बनाएछन् । पश्चिम फर्केको ढोका सामुको खाली ठाउँमा लागेको लाममा मिसिएँ । सोधपुछ गर्ने ठाउँ थिएन । बाहिर देखिने सुरक्षाकर्मीले केही बताउन नसक्ने । सूचना पाटी पनि अलि नदेखिने ठाउँमा रहेछ । मान्छेको घुइँचोले त्यहाँसम्म पुग्न पनि नसकिने अवस्था थियो । बिहान ९ : १५ मा पुग्दा नै अगाडि थुप्रै मानिस थिए । उनीहरू कोही सोधपुछ गर्न मात्र आएका रहेछन् । सामान्य प्रश्नको आधिकारिक उत्तर पाउन पनि घुइँचो बढाएर बसिरहनु पर्ने रहेछ ।

संयोग पनि कस्तो ∕ त्यही दिनदेखि लागू हुने गरी भिसा शुल्क बढाइएको रहेछ । विद्यार्थीका लागि त १८ हजारभन्दा बढी तिर्नुपर्ने भएछ । पैसा बढेको थाहा भयो तर कसरी तिर्ने कसैले बताएन । स्ट्यान्डर्ड चार्टर बैंकमा पैसा तिरेर भौचर ल्याइएको थियो । त्यसले नपुग्ने भयो । अर्को भौचर बनाउनुपर्छ भनियो । भिसा हेर्ने कम्पनीको अफिस छ नारायणहिटी दरबारको पूर्वढोका सामुन्ने । त्यस बैंकको शाखा लाजिम्पाटमा पनि छ । तर भिसाको पैसाचाहिँ नयाँ वानेश्वरमा मात्रै बुझाउन पाइने व्यवस्था रहेछ । बैंकलाई त सजिलो होला तर जनतालाई भने थप असजिलो भयो । त्यहीँ पनि भित्र बैंकको काउन्टर राखेको रहेछ । त्यहाँबाट सेवा दिएबापत बैंकले थप पैसा लिने रहेछ । तर बाहिर त्यो सबै स्पष्ट बताइदिने कोही थिएन । अनि हामीले पठायौं साथीलाई वानेश्वर अर्को भौचर भर्न ।

मूल ढोकाबाहिर मान्छेको चापसँगै घामको राप पनि बढ्न थाल्यो । मध्य जेठको टन्टलापुर घाम त्यति बेरसम्म खप्न नपरेको लामै समय भएको थियो । तीर्खा लाग्यो । पानी खान लाम छाडेरै जानुपर्छ । त्यही बेला भित्र जान पाइयो भने पालो उम्कन्छ । पिसाब लागेको छ । वरपर न शौचालय छ न यसो बनबुट्यान नै । एकैपटक लाचारी, फजिती र सास्ती खप्नुपर्‍यो । करिब पौने ३ घन्टा त्यसरी सास्ती भोगेपछि बल्ल मूल ढोकाबाट भित्र छिर्ने मौका पाइयो । भित्र छिर्नेबित्तिकै ३ गिलास पानी खाएा । शौचालय गएँ । अनिमात्र सोधपुछमा लागेँ ।

सूचनाको अभावमा समस्या झन् थपिएछ । बैंकमा उही दिन पैसा तिरेको भौचर मान्य नहुने नियम रहेछ । भित्र छिरेपछि थाहा भयो । मोबाइल बन्द गरिएको थियो । साथमा पैसा सकिएको थियो । बाहिर गए त्यो दिन फारम बुझाउन भ्याइने थिएन । अनि भिसाको निर्णय भएर पासपोर्ट फर्कनका लागि करिब २ साता लाग्छ भनिरहेका थिए । उता बैठक सुरु हुन १२ दिनमात्र बाँकी छ । के गर्ने के नगर्ने? तै भित्रका कर्मचारी सहयोगी नै रहेछन् । सोधेका प्रश्नको राम्ररी नै उत्तर दिए । समस्या सबै बताएपछि बाहिरपटि्ट निस्केर फोन गर्न दिए । पैसाको व्यवस्था भयो ।

भिसाको आवेदन लिने मुलुकले तस्बिर पनि आआफ्नै आकार प्रकारका खोज्छन् । अध्यागमनसम्बन्धी अन्तर्राष्ट्रिय निकायले एकरूपता दिए पनि संसारभरका जनताले दुःख त पाउने थिएनन् नि । मैले पहिले खिचाएको तस्बीर एउटामा चस्मा लगाएकाले हुँदैन भनियो र अर्को सर्ट सेतो भएकाले हुँदैन भनियो । यद्यपि, इन्टरनेटमा दिइएको सूचनामा 'एक्सेप्टेबल' लेखिएको थियो । त्यहाँ त्यो तर्क गरेर समय फाल्नुभन्दा भनेको मान्नु नै ठीक लाग्यो । धन्न, त्यहीँ पैसा तिरेर तस्बिर खिच्ने व्यवस्था रहेछ । केही कागज फोटो कपी गर्न भनियो । त्यसको पनि व्यवस्था रहेछ । अनि बैंकको पनि काउन्टर रहेछ । अर्को तस्बिर खिचाएर, अर्कै भौचर भरेर लाममा लागेको ३ घन्टामा बल्लतल्ल भिसाको फारम बुझाइयो । पटक्कै ढाँटेको छैन यसैले भिसा पाउने आश अत्यन्त कम छ । मेरो सास्ती, लाचारी र फजितीको कथा यही हो ।

गुन सम्झने हो भने त नेपालीलाई बेलायतमा भिसा नै नचाहिनु पर्ने हो । त्यो बैगुनी मुलुकले गोर्खा सिपाहीलाई त नलडी हक दिएन भने अरू के आशा गर्नु ? अनि भिसा दिने कामचाहिँ दिल्ली सार्नुको औचित्य पनि देखिादैन । नेपालबाट उठेको भिसा शुल्कले नै अड्डा चलाउन पैसा त पुग्छ होला । बेलायत जाने र जानसक्ने नेपालीको संख्या वर्षेनि थपिएकै छ । त किन बन्द गरियो नेपालमा भिसा दिने काम? बन्दै गर्ने हो भने दूतावास पनि बन्द गरे हुन्छ । साँच्चै भन्ने हो भने नेपालस्थित दूतावासका भिसा र सहायतासम्बन्धी शाखाबाहेक नेपालीलाई अरू के काम ? बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) र भिसा शाखाबाहेक अरूको काम छैन । खर्च त दूतावासै बन्द गरे झन् धेरै घट्ला नि ।

बैंकले पनि पैसा दोहन गर्नुका साथै सेवा पनि दिए हुन्थ्यो । लाजिम्पाटबाट समेत यो कारोबार गरिदिए मात्रै धेरै पनि सुविधा हुन्थ्यो । बैंकले पैसा लिएको भौचरलाई उही दिन मान्यता नदिनुको तर्क के हो? अहिले पोस्टिङ गर्नैलाई दिनभर लगाउनु त पर्दैन ।

यी सबैमा जनताका सुविधा हैन सरकारी वा संस्थाको नाफा र सजिलोलाई प्राथमिकता दिने सामन्ती सोच निर्णायक भएको छ । ढोकाबाहिरै सूचना दिए धेरैलाई सजिलो हुन्छ । सबैलाई नम्बर भएको टोकन दिए पनि पालो कहिले आउने भनेर आत्तिन पर्दैन । बैंकले ठग्ने मात्रै दाउ नगरे पनि धेरै होलो हुन्थ्यो ।

तर अहँ यो सबै हुँदैन । किनभने नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीले नेपाली जनता हेपिए भनेर कहिल्यै कुनै मुलुकका राजदूतलाई भनेको सुनिएको छैन । उनीहरूका आँखामा जनता भनेका हेपिनैका लागि जन्मिएका जो हुन् । अनि मैले भोगेको हेपाइ, सास्ती र फजिती पनि निरन्तर रहने निश्चित छ ।
अर्को समाचार
एमाले काठमाडौंमा समानान्तर अधिवेशन हुने
२३ पौष २०६६
•
५ मिनेट पाठ
एमाले काठमाडौंमा समानान्तर अधिवेशन हुने
काठमाडौं, पुष २३ (नागरिक)- सत्तारूढ दल एमालेको काठमाडौं जिल्ला संगठन कमिटीको समानान्तर अधिवेशन हुने भएको छ। गत साउनदेखी समानान्तर रूपमा संचालन हुँदै आएका कमिटीहरूले विवाद नमिलेपछि समानान्तर रूपमा नै अधिवेशन गर्न लागेका हुन्।गोविन्दकृष्ण अधिकारी संयोजक रहेको संस्थापन पक्षधर कमिटीले माघ १५ र १६ गते काठमाण्डौं जिल्ला संगठन कमिटीको अधिवेशन गर्ने भएको छ।




विहीवार पत्रकार सम्मेलन गरी संयोजक अधिकारीले यो जानकारी दिएका हुन्। पार्टी स्थायी कमिटी सदस्य केपी शर्मा ओली पक्षधर रामेश्वर फुँयाल संयोजक रहेको कमिटीले चाहिं माघ २२ र २३ गतेका लागि अधिवेशन तोकिसकेको छ।
अधिकारीले काठमाण्डौ जिल्ला कमिटीमा पार्टी निर्णयको अवज्ञा गर्नुका साथै नीति, निर्णय र नेतृत्वको वदख्वाई गर्ने, आत्मकेन्द्रीत भई अलग ढंगले भेला गर्ने, समानान्तर संगठन संचालन गर्ने जस्ता गम्भीर अराजकता देखापरेको बताए। उनले समानान्तर जिल्ला कमिटी निर्माणमा पार्टीका उच्च नेताहरू नै संलग्न रहेको पनि स्वीकार गरे।

'समानान्तर जिल्ला कमिटी संचालनमा पार्टीका उच्च नेताहरू देखा पर्न नहुने हो' उनले भने, 'समानान्तर कमिटी संचालन गर्नु पार्टीको निर्णय अवज्ञा गर्नु हो।' पत्रकार सम्मेलनमा उपत्यका समन्वय कमिटीका सहसंयोजक योगेश भट्टराईले चाहिं काठमाण्डौं जिल्लामा मात्र नभएर आठौं महाधिवेशनपछि एमालेमा नै समस्या रहेको बताए।

अधिकारीले समानान्तर जिल्ला कमिटी संचालन गरेका फुँयाललाई स्पष्टीकरण सोध्ने, आत्मालोचना गर्न लगाएको र नसिहत दिएको पनि दावी गरे। यता फुँयालले चाहिं अधिकारी नेतृत्वको कमिटी 'टिके' भएको बताउदै आफनो नेतृत्वको कमिटी नै निर्वाचित र आधिकारिक भएको दावी गरेका छन्।

संस्थापन पक्षले आठौ महाधिवेशनले पारित विधानले निर्देशित गरेअनुसार केन्द्रीय कमिटीको दोस्रो वैठकको निर्णयअनुसार आफुले अधिवेशन गर्न लागेको बताएको छ। केन्द्रीय कमिटीको दोस्रो वैठकले जिल्ला कमिटीहरूलाई जिल्ला संगठन कमिटीमा रूपान्तरण गरी ६ महिनाभित्र अधिवेशन गर्नुपर्ने निर्णय गरेको थियो।

उपत्यका समन्वय कमिटीले साउन २५ गते काठमाण्डौं जिल्ला कमिटीलाई भंग गरी अधिकारीको संयोजकत्वमा संगठन कमिटी बनाएको थियो। तर, तत्कालिन जिल्ला कमिटीका सचिव फुँयालले निर्वाचित जिल्ला कमिटी भंग गर्ने अधिकार उपत्यका समन्वय कमिटीलाई नभएको भन्दै चुनौती दिएका हुन्। त्यति मात्र होइन, संस्थापन पक्षको निर्णयलाई स्थायी कमिटी सदस्य ओलीले समेत चुनौती दिदै आएका कारण त्यतिखेरदेखी नै काठमाण्डौ जिल्लामा दुई समानान्तर कमिटी रहदै आएका छन्।

एमाले स्थायी कमिटीले भाद्र १९ गते उपत्यका समन्वय कमिटीले गरेको निर्णयलाई नै सही ठहर्‍याएको थियो। त्यसैअनुरूप सचिवालय सचिव युवराज ज्ञवालीले फुँयाललाई उपत्यका समन्वय कमिटीको निर्णय मान्न निर्देशन दिएका थिए। तर, त्यसपछि विवाद बढदै गएपछि स्थायी कमिटीमा दुवै संगठनका समानान्तर कार्यक्रम रोकी एउटै बनाउने सहमति भएको थियो। पार्टीभित्र देखापरेको जारी विवाद साम्य गर्न पोलिटब्युरो वैठक भइरहेको वेला अहिले फेरी एमाले काठमाडौं जिल्ला कमिटीको विवाद बल्झिएको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस