नेतृत्व हस्तान्तरण
२८ असार २०६७
•
६ मिनेट पाठ
नेतृत्व हस्तान्तरण
प्रधानमन्त्री पदका लागि सुरु भएको लिगलिगे दौडमा अधिकांश अनुहार पुरानै छन्। यो दुई दशक यिनकै वरिपरि घुमेको थियो। समय र व्यवस्थासँगै पात्र परिवर्तन नभएकाले नेपाली राजनीतिमा नयाँ अनुहार देख्न र भोग्न धेरै कुर्नुपर्ने लक्षण छ।
नेतृत्व हस्तान्तरणमा नेपाल, भारत र अमेरिकाको उदाहरण हेरौँ। नेपालमा २०१६ सालमा बीपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री भए। त्यसको ५० वर्षपछि अहिले उनीभन्दा ३९ वर्ष कान्छा माधवकुमार नेपाल प्रधानमन्त्री छन्। २०१६ सालमा भारतमा नेहरू प्रधानमन्त्री थिए। अहिले त्यहाँका प्रधानमन्त्री मनमोहन सिंह नेहरूभन्दा ४३ वर्ष कान्छा छन्। त्यस्तै २०१६ सालका अमेरिकी राष्ट्रपति आइजनहावर र अहिलेका बाराक ओबामाको उमेरमा ७१ वर्ष फरक छ। यसले नयाँ पुस्ता राजनीतिक नेतृत्वमा आउन नचाहेको वा नपाएको हो भन्ने स्पष्ट हुन्छ।




नेतृत्व हस्तान्तरणमा टोनी ब्लेयरको उदाहरण अनुकरणीय छ। उनी बेलायतमा दुई पटक प्रधानमन्त्री बने। तर सन् २००७ मा आफ्नो दोस्रो कार्यकालकै क्रममा उनले गोर्डन ब्राउनलाई नेतृत्व सुम्पे। नयाँले नेतृत्व पाएकैले टि्रनिडाड एण्ड टोबागो, कोस्टारिका, फिनल्याण्ड र अस्ट्रेलियामा यसै वर्ष महिलाले सत्ता सम्हालेका छन्। तर हामीकहाँ यस्तो गतिशीलता अपेक्षामात्रै बन्छ, नतिजा बन्दैन।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल भूमिगत छँदै क्रान्तिपछि सत्तामा नगई 'स्टेटम्यानसिप'मा बस्ने भन्ने गर्थे। तर काठमाडौँ ओर्लिएपछि उनको नेतृत्व हस्तान्तरणको वाचा ओइलायो। दाहाललाई गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति बनाउन संविधान सभाको चुनावताका भित्ताभित्तामा नारा पोतिए। अहिले उनै दाहाल दोस्रो पटक प्रधानमन्त्री बन्न मरिहत्ते गरिरहेका छन्।

कम्युनिस्ट नेता फिदेल क्यास्त्रो पनि सन् १९५९ देखि १९७६ सम्म क्युबाका प्रधानमन्त्री थिए। त्यसपछि उनी क्युबा राज्य परिषद्को अध्यक्ष रहे। सन् २००८ मा मात्रै उनले सो पद आफ्नै भाइ राउल क्यास्त्रोलाई हस्तान्तरण गरे। तर क्यास्त्रो ४५ वर्षदेखि अझै पनि क्युबन कम्युनिस्ट पार्टीका प्रथम सचिव छन्। दाहालको प्रवृत्ति यस्तै रहने हो भने उनी र ८२ वर्षको उमेरसम्म पद नछोड्ने क्यास्त्रोबीच भिन्नता रहने छैन।

हाम्रो समाजमा विद्यार्थी राजनीतिबाट दलको नेतृत्वमा छिटै आउन गाह्रो छ। धेरै दलले विद्यार्थी राजनीतिबाट आएका नेतालाई युवा संघ र संगठनको पद भिराएर 'रिजर्भायर' मा राख्छन्। यसरी नयाँ पुस्तालाई दलकै शिर्ष नेतृत्वमा आउन अनेक तगारा आइपर्छन्। जनदबाबले गर्दा कुनै स्थान पाए पनि तिनले छिट्टै निर्णायक भूमिका खेल्न सक्दैनन्। नेपाली काँग्रेस र नेकपा (एमाले) भित्र यो संस्कृतिको प्रहार खेपेका धेरै युवा नेता छन्।

नेतृत्व गर्न अग्रपंक्तिमै रहनु आवश्यक छैन। जस्तै एउटा गोठालो जहिल्यै पनि बस्तुभाउको पछि हिँडिरहेको हुन्छ। तर उसले पछाडिबाटै तिनलाई गन्तव्यतर्फ डोर्‍याइरहन्छ। अब दलका नेताले बुझ्नुपर्ने समय आएको छ, बालुवाटार नेपाली राजनीतिको प्रयोगशाला होइन। यति जान्दाजान्दै पनि राजनीतिमा प्रत्येक पटक नयाँ रासायनिक मिश्रणको परीक्षण गर्नु र समीकरण जाँच्नु त्यसलाई विफल तुल्याउन उद्यत हुनु हो।

दक्षिण अफ्रिकाले संक्रमणकालमा नेल्सन मण्डेलाजस्तो दूरदर्शी र समन्वयकारी नेता पायो। त्यसैले उसले समयमै संविधान पनि पायो र परिवर्तनको ढोका उघार्न सक्यो। तर हाम्रो मुलुकमा भने नेता धेरै जन्मिए, राजनेता जन्मिएनन्। अब बन्ने प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो चुनौती यही हुनेछ। उनी कुनै दलको नेता नबनी राजनेता बन्न सके भने अहिलेका धेरै विवाद निष्कर्षमा पुग्छन्। तर पर क्षितिजसम्मै हेर्दा त्यस्तो नेतृत्वको कुनै लक्षण देखिन्न। त्यसैले पनि नेपालमा राजनेता हुनसक्ने नेतृत्व प्रस्फुटनका लागि तीव्र गतिमा नेतृत्व हस्तान्तरण हुनु आवश्यक छ। सोच्नेले सोचिदिए भने देशैले जित्नेछ। होइन भने हामी सबैले हार्नेछौँ।
अर्को समाचार
युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार छु : नेपाल
२३ जेष्ठ २०७१
•
२ मिनेट पाठ
युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार छु : नेपाल
इटहरी– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। अरु पुराना नेताले पनि नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न तयार हुनुपर्ने उनको धारणा छ।
पुरानो पुस्ताले युवा पुस्तालाई जिम्मेवारी दिएर अघि बढाउने हो भने म तयार छु,' शुक्रबार इटहरीमा आयोजित पूर्वाञ्चलस्तरीय खेलकुद भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भने। नयाँ नेतृत्वका लागि सहमतिको प्रयास सम्भव नभए, त्यसको निर्णय गर्ने जिम्मा कार्यकर्ताकै भएको उनले बताए।

नेतृत्व छान्दा पछि नपछुताउने गरी निर्णय गर्नुहोला,' उनले भने, 'पछि बिग्रिएपछि त सखाप हुन्छ।' पैसा देखेपछि लोभिने र कुर्सीमा पुगेपछि अहँकार सोच राख्ने व्यक्तिसँग सचेत हुनुपर्ने उनको शिक्षा थियो।

अब एमालेलाई नेतृत्व दिने व्यक्ति सदाचारी, स्वच्छ आचरण भएको, इमान्दार, निष्ठावान्, गतिशील र नयाँ चिन्तन भएको व्यक्ति हुनुपर्छ,' उनले भने।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न नेता माधव नेपाल तयार भएजसरी नै केपी ओली र वामदेव गौतम पनि तयार हुनुपर्ने बताए। अर्का एमाले केन्द्रीय सदस्य जगनाथ खतिवडाले केपी ओली र वामदेव गौतमको गठबन्धनलाई अप्राकृतिक अवसरवादी भन्दै आलोचना गरे।

ओली पक्षबाट स्वास्थ्यलाई सेन्टिमेन्टल ब्लाकमेल गरेर भोट माग्ने काम भइरहेको छ, अध्यक्ष जितेको ६ महिनापछि ओलीले वामदेव गौतमलाई कार्यवाहक दिने गुप्त सहमति गलत छ,' उनले भने। खेलकुद महासंघले कार्यक्रम आयोजना गरे पनि नेपालपक्षीय नेता तथा कार्यकर्ताको मात्र जमघट थियो। ओली पक्षका सुनसरी जिल्ला कार्यवाहक अध्यक्ष द्वारिकलाल चौधरी मञ्चमै बसेनन्।



रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस