नेतृत्व फेर्दा पार्टी डुब्छ : दाहाल
०५ माघ २०७०
•
४ मिनेट पाठ
नेतृत्व फेर्दा पार्टी डुब्छ : दाहाल
विराटनगर- नेतृत्व हस्तान्तरण गर्नैपर्ने दबाब खेपिरहेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै अवस्थामा पार्टी नेतृत्व नफेरिने स्पष्ट पारेका छन्। अप्ठेरो परेका बेला नेतृत्वले पार्टी जोगाउनुपर्ने जनाउँदै उनले हस्तान्तरण गरेर पार्टी डुबाउन नचाहेको बताए।




इलामको लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न जाने क्रममा अध्यक्ष दाहालले आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘अप्ठेरो अवस्थामा नेतृत्वले थप बढी जिम्मेवारी लिएर र अझ बढी आत्मसमीक्षा गरेर अघि बढ्नुपछ।’ उनले पार्टी बुर्जुवाको जस्तो तथाकथित नैतिकताको पछि नलाग्ने स्पष्ट पारे। ‘अहिलेकै अवस्थामा नेतृत्व यताउता हुने सम्भावना छैन,’ उनले भने, ‘नेतृत्व हस्तान्तरणको सवाल बढी मिडियाबाजी भएको मात्र हो।’
एकीकृत माओवादीको जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने पूर्व उपाध्यक्ष बाबुराम भट्टराईसहित अधिकांश नेताले अध्यक्ष दाहाल र उनको नेतृत्व क्षमतामा चर्को आलोचना गरेका छन्। ‘कम्युनिस्ट आन्दोलन समग्र युद्ध हो, एउटा मोर्चा (निर्वाचन) हार्दैमा सबै सकियो भन्ने सोच्नु ठीक होइन,’ उनले भने, ‘निर्वाचन एउटा लडाइँ हो, एउटा लडाइँ हार्दैमा युद्ध हारेको मानिँदैन।' 
नेताद्वय भट्टराई र नारायणकाजी श्रेष्ठले 'स्टालिन' हुन खोजेको भनेर लगाएको आरोप पनि अध्यक्ष दाहालले खण्डन गरे। ‘उहाँहरूले के भन्न खोज्नुभएको हो, मैले बुझिसकेको छैन,’ उनले भने, ‘स्टालिनको बाटोमा हाम्रो पार्टी छैन।’ ०५७ सालमा आफैंले लेखेर पारित गरेको एजेन्डा 'प्रचण्डपथ' भट्टराई र मोहन वैद्यले त्यतिबेलै स्वीकार गरेको उनको भनाइ थियो। ‘अहिले के भएर अर्कै भन्नुभएको हो, मैले बुझिनँ,' उनले भने। 
पार्टी बैठकमा नेतृत्व हस्तान्तरणसम्बन्धी विषय उठेको स्वीकार गर्दै उनले भने, ‘यो छलफल र बहसको विषय बनेको छ, तर यसले पार्टीमा समस्या आउँदैन।’
जति पनि ध्रुवीकरण र एकता आफ्नै नेतृत्वमा भएको दाबी गर्दै उनले त्यसलाई विचारको श्रंृखला स्वरूप स्थापना गर्नुपर्ने बताए। 'अहिले निर्वाचनबारे गम्भीर छलफल भइरहेको छ,' दाहालले भने, 'यसले पार्टीलाई एक ढिक्का बनाउँछ।' 
माओवादी अध्यक्ष दाहालले पनि संविधानसभा नयाँ भएकाले राष्ट्रपति– उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताए। एमाओवादीको प्राथमिकतामा अहिले राष्ट्रपति, उपराष्ट्रपति, सरकार केही नभएको उनको भनाइ थियो। 'हाम्रो प्राथमिकतामा यी तीन चिज छैनन्,' दाहालले भने, 'प्रमुख चाहना संविधान बनोस् भन्ने हो, त्यसका लागि प्रमुख दल एमाले–कांग्रेसले सहमति गर्नुपर्छ।’
अर्को समाचार
नेतृत्व फेर्दा पार्टी डुब्छ : दाहाल
०५ माघ २०७०
•
१ मिनेट पाठ
नेतृत्व फेर्दा पार्टी डुब्छ :  दाहाल
विराटनगर -  एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कमजोर अवस्थामा पार्टीको नेतृत्व फेर्दा पार्टी डुब्ने खतरा रहेको बताएका छन्। उनले अप्ठ्यारो परेको बेला नेतृत्वलाई बलियो र मजबुत बनाउनुको सट्टा फेर्ने कुरा गर्नु पार्टी डुबाउनु रहेको बताए।‘नेतृत्व हस्तान्तरण हुँदैन,’ विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीहरुसित कुरा गर्दै दाहालले भने,‘अप्ठ्यारोको बेलामा नेतृत्व हस्तान्तर गर्नु पार्टीलाई डुबाउनु हो।’ उनले पार्टी कमजोर भएको जिम्मेवारी सबैले आ–आफ्नो भागको लिनुपर्ने बताए। ‘अहिलेकै अवस्थामा नेतृत्व यताउता हुने कुरा छैन,’ उनले भने,‘नेतृत्व हस्तान्तरणको कुरा बढी मिडियाबाजी भएको हो।’
पार्टीका नेता वर्षमान पुन, गोपाल किराँती र छोरा प्रकाशसहित विराटनगर आएका माओवादी अध्यक्ष दाहाल इलामको लारुम्बा हिँडेका छन्। दाहालको त्यहाँको कार्यक्रम गोप्य राखिएको छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस