प्रधानमन्त्री राजीनामा देऊ
०९ असार २०६७
•
७ मिनेट पाठ
प्रधानमन्त्री राजीनामा देऊ
संविधानसभाको म्याद थपिएपछि राजनीतिले गति लिने अपेक्षा थियो। प्रमुख राजनीतिक दलहरू संविधाननिर्माणमा जुट्ने अनुमान थियो। तर म्याद थपिएको एक महिना बित्नलाग्दा पनि प्रमुख राजनीतिक दलहरू जनअपेक्षाअनुसार गतिशील हुन सकेका छैनन्।
राजनीतिको प्रमुख खेलाडी एनेकपा (माओवादी) प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा विना कुरै नगर्ने स्थितिमा छ। नेपाली कांग्रेस आसन्न महाधिवेशन अघि सत्तामा नजाने रणनीति अख्तियार गर्दैछ। माधवकुमार नेपाल यही अन्योलग्रस्त राजनीतिक परिवेशबीच सत्तामा टाँसिइरहन खोज्दैछन्।

प्राविधिकरूपमा माधव नेपाललाई उनको आफ्नो दल नेपका (एमाले) र कांग्रेसलगायतका दलको समर्थन छ। तर राजनीतिक दृष्टिले भने यो सरकार 'काम चलाउ' मात्र भएको धेरै भइसक्यो। उनको आफ्नै पार्र्टीमा सरकारबाट हटनुपर्ने मागसहितका हस्ताक्षरहरू भएका छन्। कांग्रेस आफ्नै पार्टीभित्र नेतृत्वको विवादका कारणले राजीनामा माग्न नसकेको हो। प्रधानमन्त्री नेपालले बुझ्नसक्नुपर्‍यो, कांग्रेस विपक्षमा गइसक्यो।

 

आफ्नै पार्टीको सहयोग र सहयोगी पार्टीको समर्थन नरहेकेको राजनीतिक अवस्थामा सरकारमा बसिरहनु अराजकता बढाउन मद्दत गर्नु हो। काम चलाउ हैसियतको यस सरकारलाई प्रशासनिक संयन्त्रले समेत टेर्न छोडेको देखिँदैछ। प्रधानमन्त्री नेपाल तीन दिन यता काम नपाएर सचिवसँग भलाकुसारी गर्दैछन्। कर्मचारीका गन्थन, गुनासा सुन्ने र उनीहरूमाथि नै दोष थोपरेर आफ्नो बचाउ गर्ने उनको यो पछिल्लो दिनचर्याको अर्थ के? सायद माधव नेपाललाई पनि थाहा छैन।

अब पनि माधव नेपालले राजीनामा दिन धेरै हिसाबकिताब गर्न थाले भने त्यसले कसैको हित गर्दैनन्। प्रधानमन्त्री नेपालले आत्मसमीक्षा गर्नुपर्‍यो। आफू सत्तामा बसिरहनुको औचित्यको गहिरो विश्लेषण गर्नुपर्‍यो। मुलुकको राजनीतिक यथार्थलाई उपेक्षा गरेर समाधान निस्कँदैन। माओवादीको सहयोगविना संविधान बन्न सक्तैन भन्ने वास्तविकताबाट नेपाल पनि अनभिज्ञ छैनन्। विडम्बना, उनी माओवादीलाई गलाउन लागिपरेका छन्।

 

माओवादीलाई गलाउने उद्देश्य राखेर सत्तासीन भइरहन सकिन्छ तर त्यस्तो सत्ताको उपादेयता के होला? प्रधानमन्त्री माधव नेपालले आफैंलाई प्रश्न गर्दा उत्तर आउने छ। उनलाई आफ्नो पार्टीभित्रबाट भएको ' सहयोग' को राम्रै ज्ञान हुनुपर्छ । आफ्नो पार्टीका प्रतिपक्षी माओवादी नेताको हिमचिमबाट अनभिज्ञ पक्कै छैनन्। माओवादीले एमाले पार्टीलाई कमजोर बनाउने त होइन भन्ने चिन्ताले पनि उनलाई सताएको हुनुपर्छ। कांग्रेसभित्र माधव नेपाललाई बोक्नुको औचित्य छैन भन्दै कतिपय कांग्रेसी माओवादीसँग सुलहको प्रयास गरिरहेका छन्। यसको जानकारी पनि उनले पाएकै हुनुपर्छ। सुशील, शेरबहादुर देउवा र रामचन्द्र पौडेलका आआफ्ना राजनीतिक अभीष्टबीच कांग्रेसमा भित्रभित्रै माओवादीलाई सत्ता दिनुपर्ने मत राख्ने पनि उत्तिकै सक्रिय छन्।

मुलुकलाई लामो समयसम्म तीन ठूला दलको बन्दी बनाइराख्न मिल्दैन। त्यसका निम्ति सबैभन्दा पहिलो अग्रसरता माधव नेपालबाटै हुनुपर्छ। नेपालले राजीनामा दिएपछि राजनीतिक निकासको बाटो खुल्छ। त्यसो भए उनी जिम्मेवार राजनीतिज्ञ कहलिने छन्। राजनीतिकदलहरू नयाँ सरकारको लेखाजोखा गर्न थाल्नेछन्। राजीनामा माग र तीन बुँदे सहमतिको नाममा कचल्टिएको राजनीतिले नयाँ गति लिनेछ।

नेपालले राजीनामा दिएपछि राष्ट्रपतिले संविधानबमोजिक राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरूलाई आह्वान गर्नेछन्। त्यस्तो अवस्थामा माओवादीलाई अवसर दिनु कांग्रेस एमालेलगायतका दलको नैतिक जिम्मेवारी हो। संभवतः माओवादी पनि सहमतिको राजनीति त्यागेर बाहिर नजाला। माओवादी संविधानसभाको सबैभन्दा ठूलो दल हो तर सम्पूर्ण होइन। माओवादीले बहुमत जुटाएर आफ्नो नेतृत्वमा सरकार बनाउन कम्तीमा कांग्रेस वा एमाले दुईमध्ये एक र मधेशवादी प्रमुख दलहरूको समर्थन पाउनुपर्ने हुन्छ। त्यस्तो अवस्थामा माओवादीलाई सेना समायोजन, वाईसीएलको सैन्य संरचना भंग, सम्पत्ति फिर्तालगायतका विषयमा सहमत गराउन सकिने संभावना हुन्छ।

 

माओवादीले कांग्रेस, एमाले, मधेशवादी दलहरू जनअधिकार फोरम तराई मधेश लोकतान्त्रिक पार्टीलगायत साना पार्टीको समेत समर्थनको राष्ट्रिय सरकार बनाउने उदारता देखाउन सक्नुपर्छ। त्यसो भयो भने मात्र बाँकी ११ महिनाभित्र संविधान बन्ने बलियो आधार बन्छ। प्रधानमन्त्री नेपालको राजीनामा विरोधको राजनीतिमा सडक भौतारिएको माओवादीलाई जिम्मेवार बनाउने अवसर पनि हो।

 

माओवादी सहमतिको सरकार बनाउन अग्रसर नभए बहुमतीय सरकार बनाउने मौका कांग्रेस, एमाले र प्रमुख मधेशवादी दलले फेरि पनि पाउनेछन्। त्यसैले माधवकुमार नेपालको राजीनामा माओवादीलाई लोकतान्त्रिक दायित्वप्रति जिम्मेवार बनाउने वा उनीहरूको अर्को नियत भए त्यसलाई उदांगो बनाउने प्रयोजनमा पनि उत्तिकै सफलतापूर्वक प्रयोग हुनसक्छ।
अर्को समाचार
प्रधानमन्त्री तत्काल राजीनामा देऊ : उपाध्यक्ष वैद्य
३० फागुन २०६८
•
१ मिनेट पाठ
प्रधानमन्त्री तत्काल राजीनामा देऊ : उपाध्यक्ष वैद्य
काठमाडौ, फागुन ३० (नागरिक) एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्री बाबुराम भट्टराई बाधक रहेको भन्दै उनले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। सहमतिय सरकार गठन गर्न आवश्यक परे सरकारविरुद्ध सडक संघर्ष गर्ने उनले दिए।

रिपोर्टर्स क्लबको टोलीसँग आज छलफल गर्दै उनले सरकार देश र जनताको पक्षमा नभएको आरोप समेत लगाए। उनको भनाइ थियो- 'यो माओवादी नेतृत्वको सरकार हो कि होइन भन्नेमै शंका छ।'

उनले दर्जाकै कारण अब शान्ति प्रक्रिया नरोकिने उल्लेख गरे। शान्ति प्रक्रिया अन्तिम अवस्थामा पुगिसकेको भन्दै यस्तो बेलामा पार्टी नेतृत्वले दर्जामा अडान लिन्छ भन्नेमा आफूहरुलाई विश्वास नरहेको उनको भनाइ थियो।

उनले शान्ति प्रक्रियामा आफूहरुको स्पष्ट असहमति रहेको उल्लेख गर्दै समायोजनको नाममा जनमुक्ति सेनाको अपमान र निशस्त्रीकरण गर्ने काम भएको आरोप लगाए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस