काठमाडौँ, वैशाख २०- नेकपा एमाले स्थायी कमिटीको आजको बैठकले वर्तमान सरकारका प्रधानमन्त्रीलाई अविलम्व राजिनामा गरी राष्ट्रिय सहमतिको लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
बैठकले प्रमख पार्टीहरूबीच सहमतिको सरकार गठनबारे गत कात्तिक १५ गते भएको सातबुँदे सहमतिअनुसार अघि बढ्न जोड दिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।
यही वैशाख १८ गते जनकपुरको रामानन्दचोकमा शान्तिपूर्ण रुपमा धर्नामा आतङ्ककारी समूहले गराएको बम विष्फोटमा परी निधन भएकाहरूलाई सहिद घोषा गरी उनीहरूको परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको सम्पूर्ण उपचार खर्च बेहोर्न सरकारसँग बैठकले माग गरेको छ। रासस