त्यो चीन, यो नेपाल
१६ कार्तिक २०७४
•
२३ मिनेट पाठ
त्यो चीन, यो नेपाल
जनवादी गणतन्त्र चीनको १९ औँ पूर्ण बैठकले कम्युनिस्ट पार्टीको महासचिवमा राष्ट्रपति सी चिनफिङलाई चयन गरेपछि विश्वको राजनीतिमा ठूलो तरंग देखापरेको छ । चीनको कम्युनिस्ट पद्धतिमा महासचिव पद सबभन्दा शक्तिशाली हुने अहिलेको व्यवस्था छ । स्थापनाकालमा पार्टी अध्यक्ष सर्वेसर्वा हुने परम्परालाई तोडेर पछि महासचिव पदलाई प्रमुख बनाउने व्यवस्था भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवको नेतृत्व नै मुलुकको प्रमुख नेतृत्व रहने परम्परा स्थापित हुन आएको हो । जसअनुसार सी चिनफिङ २०१२ नोभेम्बर १५ मा चीनको केन्द्रीय तहको पूर्ण बैठकद्वारा महासचिवमा निर्वाचित भएका थिए भने पाँच वर्षपछि पुनः उनी उक्त पदमा चुनिएका छन् ।




नेपालको वर्तमान पार्टी नेतृत्वले चिनियाँ नेता सी चिनफिङले चलाएको भ्रष्टाचारविरुद्धको अभियानबाट सिक्नुपर्ने हो । तर...।

    स्वाभाविक हो चीनमा हुने राजनीतिक परिवर्तनले विश्व राजनीतिमा तरंग उत्पन्न हुनु । विश्वको सबभन्दा ठूलो जनसंख्या भएको र अर्थ व्यवस्थामा पनि पहिलो हुने बाटोमा अग्रसर भएको चीनको बढ्दो प्रभावले अमेरिका, बेलायतलगायतका विश्व अर्थतन्त्रमा आफ्नो सम्प्रभुता कायम गर्दै आएका पाश्चात्य मुलुकहरूसमेत भय र आशंकाको भुमरीमा परेपछि अबको विश्वको आर्थिक, राजनीतिक मानचित्रको स्वरूप कस्तो हुने हो भन्ने प्रश्न उठ्नु पनि त्यतिकै स्वाभाविक हो  । सीकै विगतको कार्यकालमा चीनको बजार अर्थतन्त्रले विश्वलाई छपक्कै ढाक्दा पाश्चात्य मुलुकहरूमा कम्पन आइसकेकै हो र तिनै सीले पुनः दास्रो पटकको कार्यकालको नेतृत्व लिँदा र उनीपछिको चिनियाँ नेतृत्वको उत्तराधिकारको निर्धारण नहुँदा उनको प्रबलतम चिनियाँ राजनीतिक पकडले विश्वलाई आश्चर्यचकित तुल्याएको छ र यसरी अबको पाँच वर्षपछिको चिनियाँ नेतृत्व पनि सीकै हातमा पुग्ने स्थिति देखापर्नुले सीको स्थान गणतन्त्र चीनका संस्थापक अध्यक्ष माओ चतुङपछि रहेको अनुभूति वर्तमान चीनले गरेको पाइन्छ । आधुनिक चीनको इतिहासको प्रमुख कालखण्डलाई विभाजन गर्ने हो भने यसलाई माओ चतुङ, तङ सियाओ फिङ र सी चिनफिङ गरी तीन कालमा विभाजन गरिएको पाइन्छ । इतिहासको प्रमुख कालखण्डमध्ये माओ चतुङको कालले चिनियाँ समाजवादको विकासका लागि पूर्वाधार तयार गरेको र तङ सियाओफिङको कालले चिनियाँ समाजवादको विकासलाई नयाँ युगमा प्रवेश गराएको अर्थमा व्याख्या गरिन्छ भने वर्तमान कालमा आएर सी चिनफिङलाई चिनियाँ विशेषतासहितको नयाँ समाजवादी युगको विकासका सूत्रधारका रूपमा स्वीकार गरेको पाइन्छ । उपर्युक्त तीनै कालमा चीनले  विकासको फड्को जसरी पार गर्दै आइरहेको छ । यसले विश्वको पुँजीवादी अर्थव्यवस्थालाई त चेतावनी दिएकै छ । त्यसबाहेक बाँकी तेस्रो विश्वलाई विकासको नमुनाको पाठसमेत पढाएको छ । एउटा प्राचीन सभ्यताको केन्द्र भईकन पनि सामान्तशाही उत्पीडन र चरम आर्थिक शोषणको चपेटामा शताब्दियाँैदेखि थिचिएको मुलुकले अविकसित, अल्पविकसित, अर्धविकसित अवस्थाहरू पार गर्दै आज विश्वको विकसित मुलुकको स्थानमा पुग्नुले हामीजस्ता पछाडि परेका विपन्न मुलुकहरूका निम्ति उदाहरणीय मार्गसमेत देखाएको छ ।

सी चिनफिङले चीनको विकासको मुलभूत तत्वका रूपमा चिनियाँ विशेषतासहितको समाजवादलाई लिने गरेको पाइन्छ । त्यो समाजवाद माओ चतुङको युगमा नौलो जनवादका रूपमा थियो । तङ सियाओफिङको नेतृत्वकालमा चीनको आधुनिकीकरणका सिद्धान्तका रूपमा व्याख्यायित भयो र अहिले सी चिनफिङको युगमा आएर नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादलाई निर्देशक सिद्धान्तका रूपमा लिइएको छ र यस सिद्धान्तले चिनियाँ विकासको लामो कालखण्डलाई प्रभावित तुल्याउने संकेत पनि दिएको छ । सम्भवतः सी चिनफिङको कालखण्डमा चीनको सम्पूर्ण भू–भागमा भौतिक विकासका पूर्वाधार निर्माण भइसक्ने अनुमान पनि यसबाट गर्न सकिन्छ ।

एसियाका दुई विशाल मुलुकका बीचमा रहेको नेपालले चीन र भारत दुवैले स्वाधीनता पाएकै अवधिको हाराहारीमा एकतन्त्र शासन व्यवस्थाबाट उन्मुक्ति पाएको हो । बितेका यी वर्षहरूमा चीन र भारतले आ–आफ्नै राजनैतिक पद्धतिबाट मुलुकलाई अघि बढाए र अहिले यी दुवै हाम्रा सन्निकट मित्रराष्ट्र विकासको दु्रत गतिमा छन् । तर पनि यी दुई मुलुकबाट हामीले विकास निर्माणको उचित मार्गमा लाग्ने पद्धतिको रेखासम्म पनि तयार गर्न सकेका छैनौँ । हामी अहिले पनि राजनीतिको ट्रायल एन्ड एररकै अवस्थामा छौँ र हाम्रो अर्थनीति अहिले पनि संकटकै स्थितिमा छ ।

कुनै पनि मुलुकको निर्माण गर्ने सोचाइ लिएको नेताले आफ्ना पुर्खाले निर्माण गरेका असल कामहरूबाट पछिका लागि सिक्छ र तिनलाई पूर्वाधारका रूपमा लिएर विकासको गतिलाई अगाडि बढाउँछ । चीनले लिएको विकास–निर्माणको सिद्धान्तमध्येको पहिलो निर्देशक सिद्धान्तका रूपमा यसलाई बुभ्mन सकिन्छ । सी चिनफिङले चीनको विकास निर्माणको शृंखलालाई माओ चतुङको चिनियाँ नौलो जनवारसँग जोडेर हेरेको कुरामा कुनै शंका छैन । जुन सिद्धान्त चीनको निर्माणका लागि उपयुक्त ठहरियो यो आधुनिक युगका लागिसमेत ठीक ठह¥याइयो । यसैले आधुनिक चीनको पूर्वाधारका सूत्रधार माओ चतुङ चिनियाँ निर्माणका प्रतीक बन्न पुगेका छन् । अहिले पनि यसै शृंखलाबद्ध विकासलाई चिनियाँ विशेषतासहितको समाजवाद भन्ने गरिएको छ । यसबाट कुनै पनि मुलुकको निमार्णमा त्यस मुलुकको विशेषता झल्किनुपर्छ र त्यसले नै मुलुकलाई विकास निर्माणमा अग्रगति दिन सक्छ भन्ने पाठ चिनियाँ निर्माणको इतिहासले देखाउँछ ।

नेपालको विकास निर्माणमा नेपाली विशेषता रहेको सूत्रबद्ध योजनाका रूपमा पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’लाई लिन सकिन्थ्यो । त्यो दिव्योपदेशलाई गुरु योजनाका रूपमा लिई पछिल्ला शासकहरूलाई नेपाललाई आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, वैदेशिक आदि नीतिगत सैद्धान्तिक आधारमा अगाडि बढाउने अनुकूल अवसर थियो तर राणाकालीन जहानियाँ शासनले त्यसलाई समयानुकूल अगाडि बढाउने कुरा त परै जाओस् नेपालको आर्थिक समृद्धिलाई आफ्नो परिवारिक इच्छा अनुकूल प्रयोग ग¥यो । एकतन्त्री राणाशासनपछि नेपालको लगभग एक दशक मुलुकमा राजनीतिक अस्थिरता रहनाले नेपालको योजनाबद्ध विकास पनि अलपत्र प¥यो  ।

नेपाललाई आफ्नै विशेषतासहितको व्यवस्थाद्वारा मुुलुकमा राजनीति र अर्थतन्त्रको विकास गर्ने प्रयत्न राजा महेन्द्रको शासनकालमा भएको हो । पञ्चायती व्यवस्थालाई देशको माटो सुहाउँदो व्यवस्थाका रूपमा स्थापित गर्ने कार्यले गति लिन नपाउँदै महेन्द्रको निधन हुँदा त्यो योजना पनि त्यसै तुहिएर गयो । तर उनकै शासनकालमा बनेको र राजा वीरेन्द्रको शासनकालमा आएर क्रियाशील रहेको नेपाललाई पाँच विकास क्षेत्रका आधारमा समृद्ध बनाउने योजनाले सकारात्मक गति लिन सक्दा नसक्दै पञ्चायतको अन्त्यसँगै पाँच विकास क्षेत्रको समानुपातिक विकास योजना पनि लथालिंग भयो । राजा वीरेन्द्रकै शासनकालमा नेपाललाई शान्तिक्षेत्र बनाउन अन्तर्राष्ट्रिय समुदायसामु पुग्ने तरखरमा रहेको प्रस्ताव पनि भारतको असहमतिका कारण तुहिएर गयो ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहदेखि राजा वीरेन्द्रसम्मको कार्यकालमा भएका ती योजना नेपाली विशेषतासहितको राष्ट्रनिर्माणसँग नै सम्बन्धित थिए । तर ती समयमा उठेका ती योजनाहरू कुनै आन्तरिक विग्रहका कारण त कुनै बाह्य हस्तक्षेप र दबाबका कारण असफल भए । तत्कालीन भारतीय समाजवादी नेता जयप्रकाश नारायण, राममनोहर लोहिया आदिबाट उत्प्रेरित रहेको बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको नारा नेपाली कांग्रेसको पछिल्लो पिँढीलाई ठगी खाने गफ मात्र बन्यो । अनि मदन भण्डारीको जनताको बहुदलीय जनवादको अजेन्डा एमालेको फोहोर फाल्ने कन्टेनरमा पुरियो । यसरी नेपाली विशेषता झल्किने  राष्ट्रिय अजेन्डाहरू केही बाँकी रहेनन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको नेपालको आन्तरिक द्वन्द्वको कारण नेपाललाई विश्वसामु चिनाउने नेपालको एकीकरण र समुन्नतिका कारक तत्वहरूमाथि नै आक्रमण गरियो । नेपालको अखण्डता, सम्प्रभुता, धर्म, संस्कृति आदि माथि नै प्रहार गर्ने प्रक्रिया त्यहीँदेखि सुरु भयो र अहिलेसम्म पनि त्यस प्रक्रियाले निरन्तरता पाइरहेकै छ । देशलाई संघीयताका नाममा टुक्र्याउने षड्यन्त्र अहिले पनि चलिरहेकै छ । यसले कतै राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई नै समाप्त पार्ने त होइन भन्ने त्रास मुलुकमा व्याप्त भएको छ ।

राष्ट्रपति सी चिनफिङको नेतृत्वले देशभित्र र बाहिरी विश्वमा रहेका विद्यार्थी, मजदुर, उद्योगपति, व्यापारी आदि सबै वर्गका चिनियाँहरूलाई चीन फर्किएर आफ्नो मुलुक बनाउन र बाहिर बसेर पनि चीनको विकासमा आफ्नो बुद्धि र पुँजी लगाउनका लागि आह्वान गर्ने नीति लिएको पाइन्छ । वास्तवमा नेता तङ सियाओफिङले चीनलाई आधुनिकीकरण गर्ने अभियानको थालनी गरेदेखि नै यस नीतिमाथि जोड दिँदै आएका हुन् राष्ट्रको ठूलो जनशक्ति बाह्य विश्वमा छरिएर रहेको अवस्थामा बाहिरका चिनियाँहरूलाई स्वदेशमा रोजगारी दिने र बाहिर अर्जित सीप, दक्षता र पुँजीलाई राष्ट्रमा लगानी गर्न गरेको आह्वानको प्रतिफलका कारण पनि आधुनिक चीनको अर्थव्यवस्था यस स्थितिमा आइपुगेको हो । हामीले चीनको आधुनिकीकरण र उन्नत अर्थव्यस्थाबाट सिकेर विश्वमा छरिएर बसेको नेपाली समुदायलाई आफ्नो मुलुकमा आई सेवा गर्न आह्वान गर्ने कुरामा कन्जुस्याइँ मात्र गरिरहेका छैनौँ बरू विदेशतिर पलायन हुने शिक्षित र शारीरिक दृष्टिले सक्षम युवाहरूलाई रोकी स्वदेशमा रोजगारीको उचित अवसर दिने योजनाको कुनै संकेतसम्म पनि दिन सकेका छैनौँ । देश–विदेशमा बसोवास गर्ने सम्पूर्ण चिनियाँहरूको साझा सपनालाई मूर्त रूप दिने सी चिनफिङको नेतृत्व र समग्र चीनको विकास एक–अर्काको परिपूरक बनेको अवस्थामा हाम्रो मुलुकका पार्टी नेताहरूले पटक पटक चीनको भ्रमण गरेर पनि त्यसबाट मुलुकको उन्नतिका निम्ति कुनै पाठ नसिक्नु लज्जास्पद विषय बनेको छ । सीले चिनियाँ सपना साकार पार्ने अभियानमा ‘युवा सपनालाई उचाइमा पु¥याऔँ’ भन्ने आह्वान गरिरहँदा हाम्रो देशका युवाहरूले विदेशमा रगत–पसिना खर्चेर कमाएको सानो आयको रेमिट्यान्सलाई राष्ट्रिय अर्थोपार्जनको मुख्य स्रोतका रूपमा लिनुले हाम्रो मुलुकको आर्थिक धरातलको मापन गर्छ । यहाँका अर्थप्रशासक, योजनाकार र अर्थमन्त्रीहरूको शिर यसले निहु¥याएको छ ।

नेपालको वर्तमान पार्टी नेतृत्व पंक्तिले चिनियाँ नेता सी चिनफिङले चीनमा चलाएको भ्रष्टाचारविरुद्धको अभियानबाट सिक्नुपर्ने हो । तर ठीक विपरीत प्रायः ठूला पार्टीसँगको भ्रष्टाचारीको सम्बन्ध गहिरिँदै गएको दुखद अवस्था नेपालले भोगिरहेको छ । करोडौँ, अर्बौँ आर्थिक कारोबारका भ्रष्टाचारका काण्ड उच्च राजनीतिक प्रशासनिक नियकाहरूबाटै भइरहेका छन् । भ्रष्ट प्रशासन यन्त्र र तस्कर डनहरूसँगको मिलोमतोमा राजनीतिक क्षेत्र माफियाको जालोमा बाँधिएको अवस्था पाच्य बन्दै गएको छ । भ्रष्टाचारविरुद्ध कठोर र निर्मम बन्न आह्वान गर्ने चीनका सर्वोच्च नेता सी चिनफिङको आदर्श नेतृत्व हाम्रो मुलुकको नेतृत्व प्रंक्तिका व्यक्तिहरूका निम्ति प्रेरणादायी बन्न सकेको पाइँदैन । चीन भ्रमणमा पुगेका नेपालका कथित राजनेताहरूले सी चिनफिङसँगको भेटघाट  र विचार आदानप्रदानबाट के सिकेर आउँछन् त्यसको सार्थकता नेपाली जनताका लागि नबुझिने पहेली बनेको छ ।

सांस्कृतिक दृष्टिले झन्डै १४ सय वर्ष पुरानो नेपाल–चीन सम्बन्धले चीनमा गणतन्त्रको स्थापना र नेपालमा २००७ सालको पविर्तनपछि नै राजनीतिक रूपमा नयाँ आयाम पाएको हो । चीनका संस्थापक नेताहरू माओ चतुङ, चाओ अनलाई आदिले नेपालप्रति देखाएको आदर्श मैत्रीभावले आजको चिनियाँ नेतृत्वकालसम्म पनि निरन्तरता पाइरहेको छ । नेपालले पनि संयुक्त राष्ट्रसंघमा चीनको सदस्यताका लागि गरेको समर्थन र एक चीन नीतिप्रति देखाएको सदाशयताले नेपाल–चीन सम्बन्धलाई सृदढ बनाउँदै आएको हाम्रो अनुभव छ ।  असंलग्न राष्ट्रहरूको वाङडुङ सम्मेलनले पारित गरेको पञ्चशीलको सिद्धान्तप्रति दुवै देश प्रतिबद्ध छन् । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको नीतिका कारण पनि दुई देशबीचको सम्बन्धमा कुनै विकार आउन नसकेको र नेपालका प्रत्येक राजनीतिक परिवर्तनहरूमा चीनको मित्रवत्  व्यवहारले नेपालको राजनीतिक आरोह–अवरोहहरूमा चीन तटस्थ शुभेच्छुक सहयोगीका रूपमा रहँदै आएको छ र चीन नेपाललाई आर्थिक सहयोग गर्ने राष्ट्रहरूको अग्रपंक्तिमा रहँदै आएको पनि छ ।

चीनसँग हाम्रो असल छिमेकीको मित्रता हुँदाहुँदै पनि हामीले विगतका वर्षहरूमा चीनले गरेको आर्थिक प्रगतिबाट केही सिक्न नसक्नु हाम्रा लागि दुर्भाग्य बनेको छ । अहिले नेपालको चीनसँगको सम्बन्ध आर्थिक लेनदेनका विषयमा मात्र केन्द्रित बन्न पुगेको छ । पञ्चायतकालका ३० वर्ष सम्मको शासन व्यवस्थामा चीनसँगको नेपालको सम्बन्ध पारस्परिक समझदारी र मित्रताका आधारमा चलेको थियो । यद्यपि कम्युनिस्ट व्यवस्था राजतन्त्रको विपरीतधर्मी व्यवस्थाका रूपमा विश्वमा चिनिँदै आएको हो । २०६३ मा नेपाल गणतन्त्रात्मक पद्धतिको स्थापनातिर प्रवेशको प्रक्रियामा छँदाको अवस्थामा यस मुलुकको चीनसँगको सम्बन्ध झन् बढी कसिलो बन्नुपर्ने हो र नेपालले आफ्नो यस निकटतम छिमेकीबाट धेरै कुरा सिक्नुपर्ने हो । तर नेपालका नेता र सत्तासीनहरूले पटकपटक गरेका चीन भ्रमणका प्रक्रियाहरू औपचरिकता निर्वाहको स्तरभन्दा बढी हुन सकेका छैनन् । नेपालको विकासका लागि यो दुर्भाग्य नै हो ।

विगतका वर्षहरूमा चीन पहिले गुमेका हङकङ, मकाओ आदिलाई मूल भूमिमा समाहित गर्ने प्रयत्नमा सफल हुँदै छ । तर भौगोलिक रूपमा सानो राष्ट्र नेपाल संघीयताको नाममा विखण्डनको दिशामा आगडि बढ्दै छ । चीन विश्वलाई नै दिने हैसियतमा पुगेको छ तर नेपाल झोली थापेर विश्वसामु अझै मगन्तेको अवस्थामा नै छ । मूलकभित्रको भ्रष्टाचारलाई निर्मूल गर्ने अभियानमा चिनियाँ नेतृत्व सक्रिय छ । तर नेपाल भ्रष्टाचार, तस्करी र गुण्डागर्दीको दलदलमा फस्ने प्रक्रियामा अगाडि बढ्दै छ । चीन आफ्नो प्राचीन राष्ट्रिय संस्कृति र सभ्यताको केन्द्रीयतामा पूर्वज नेताहरूलाई आदर्श मानेर मुलुक सञ्चालन गर्दैछ । तर हामी आफ्ना  प्राचीन संस्कृति, सभ्यता र हाम्रा पूर्वज राष्ट्रनेताहरूको योगदानलाई लत्याएर मुलुक चलाउने धन्दामा छौं । चीन विश्वमा छरिएको जनशक्तिलाई एक हुन आह्वान गर्दैछ । हामी देशमा भएको जनशक्तिलाई पनि विदेशतिर धकेल्दै छौँ ।
अर्को समाचार
'एक चीन नीतिमा नेपाल दृढ'
२४ कार्तिक २०७३
•
५ मिनेट पाठ
'एक चीन नीतिमा नेपाल दृढ'
काठमाडौं–परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल र नेपालका नेता एक चीन नीतिमा प्रतिबद्ध भएको बताएका छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार साँझ सञ्चारकर्मीसँग परराष्ट्रमन्त्री महतले भने, ‘एक चीन नीतिप्रति कुनै दुविधा छैन । हामीले यसमा पटकपटक प्रतिबद्धता व्यक्त गर्दै आएका छौं । न चीन सरकारलाई नेपालको एक चीन नीतिप्रति शंका छ ।’




महतले यस विषयमा नेपाल सरकारसँग चिनियाँ दूतावासले कुनै जवाफ नमागेको पनि बताए । उनले सरकार, सत्तारुढ दलका नेता र मन्त्री कोही पनि चीनविरोधी गतिविधिमा नलागेको दाबी गरे ।

यसैबीच, परराष्ट्रसचिव शंकरदास बैरागीले चिनियाँ दूतावासका अधिकारीलाई सोमबार मन्त्रालयमा बोलाएर नेपाल एक चीन नीतिप्रति अडिग रहेको स्पष्ट पारेका छन् । ‘हामीले दूतावासका अधिकारीलाई असन्तुष्ट भएको हो भनेर सोध्यौं,’ महतले भने, ‘होइन भन्ने जवाफ आएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय नहुँदै यहाँको सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको विषय, चीनको चर्को आलोचना गर्ने भारतीय गैरसरकारी संस्थाको कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता, भारत निर्वासित तिब्बती नेता सामेल कार्यक्रममा देउवाको उपस्थिति, नेपाल आर्ट काउन्सिलको कार्यक्रममा ताइवानको झन्डा राखिएको र गृहमन्त्री विमलेन्द्र निधिका गतिविधिप्रति आपत्ति जनाउँदै एक चीन नीतिसम्बन्धी धारणा मागेको थियो ।

नेपाल आर्ट काउन्सिलमा भएको कार्यक्रममा ताइवानी झन्डा राखिएको विषयमा चिनियाँ दूतावासले जानकारी गराएपछि हटाउन लगाएको मन्त्री महतले बताए । ‘आर्ट काउन्सिलको कार्यक्रममा ताइवानको झन्डा राखिएको विषयमा दूतावासबाट परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको थियो,’ उनले भने, ‘गृह मन्त्रालयमार्फत कार्यक्रमस्थल पुग्दा ती झन्डा हटाएको भेटियो । बिनाकारण मन्त्रीलाई विवादमा तान्ने काम भएको छ ।’

काउन्सिलमा भएको अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनमा ताइवानलाई स्वतन्त्र देशका रुपमा प्रस्तुत गर्दै उसको झन्डा राखिएको थियो । चिनियाँ अधिकारीले परराष्ट्र मन्त्रालयमा त्यो विषयमा आपत्ति जनाएपछि मन्त्री महतले प्रहरी महानिरीक्षकलाई फोन गरेर झन्डा हटाउन निर्देशन दिएका थिए ।

‘प्रहरी कार्यक्रमस्थल पुग्दा कार्यक्रम सकिइसकेको थियो,’ प्रहरीका एक अधिकारीले भने, ‘भोलिपल्ट कार्यक्रम हुँदा ताइवानको झन्डा राखिएको थिएन ।’ माओत्से तुङको नेतृत्वमा चीनमा भएको जनवादी क्रान्तिपछि पराजित कोमिन्ताङ पार्टीका सदस्यहरू ताइवानमा बस्दै आएका छन् । नेपालले ताइवानलाई चीनको अभिन्न अंग मान्दै आएको छ ।

मन्त्री महतले नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवा सहभागी भारतको गोवामा आयोजित एक कार्यक्रममा तिब्बतबाट निर्वासित नेताहरू नभएकोे बताए । सत्तारुढ भारतीय जनता पार्टी निकट ‘इन्डिया फाउन्डेसन’ ले आयोजना गरेको कार्यक्रममा देउवा प्रमुख वक्ता रहेका बेला  तिब्बतबाट निर्वासित नेता नभएको उनले प्रस्ट पारे । तिब्बतको निर्वासित सरकारका प्रधानमन्त्री लोप्सान साङे वक्ता रहेको सो कार्यक्रममा तिब्बतका धर्मगुरु दलाई लामाले भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेको बताइएको छ ।

‘शेरबहादुर देउवा एक चीन नीतिमा प्रतिबद्ध हुनुहुन्छ । उहाँले एउटै मञ्चमा निर्वासित तिब्बती नेतासँग अन्तक्र्रिया गर्नुभएको छैन,’ महतले भने, ‘यो नियोजित रुपमा प्रचार भएको छ ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस