दाहाल चीन जाँदै
१४ मंसिर २०७६
•
२ मिनेट पाठ
दाहाल चीन जाँदै
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल छिट्टै चीन जाने भएका छन्। नेपाल–चीन मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दाहालले आफू चाँडै ने चीन भ्रमणमा जान लागेको जानकारी दिए।




चिनियाँ कम्युनिस्ट पार्टीको चाहनाअनुसार आफू त्यहाँ जान लागेको दाहालले बताए। ‘चिनियाँ पक्षले मेरै नेतृत्वमा नेपाली टोली भ्रमणमा आओस् भन्ने चाहना राखेको छ,’ दाहालले भने, ‘त्यसका लागि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा आइसकेको छ।’

दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फरकफरक सन्दर्भमा आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै उनीसँग एक खालको सम्बन्ध बनिसकेको बताए। उनले चीनसँग आफ्नो जनस्तरको सम्बन्ध पनि बनिसकेको बताए।

उनले आफ्नो भ्रमणले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण क्रममा भएका सहमति कार्यान्वयनमा सघाउ पुग्ने विश्वास पनि व्यक्त गरे। चीनसँग नेपालको कुनै समस्या नभएको बताउँदै दाहालले एक चीन नीतिमा नेपाल अडिग रहेको दोहो-याए। उनले जुनसुकै पार्टी शक्तिमा आए पनि एक चीन नीतिमा दायाँ बायाँ नहुने बताए। चीनले पनि नेपाले नीतिमा यहाँका जुनसकै पार्टी सत्तामा पुगे पनि परिवर्तन नगर्ने दाबी गरे।
अर्को समाचार
एघार माओवादी सैन्य कमाण्डर चीन भ्रमणमा
०३ कार्तिक २०६७
•
४ मिनेट पाठ
एघार माओवादी सैन्य कमाण्डर चीन भ्रमणमा
दाहाल र महरा भोलि जाँदै-
भोजराज भाट, काठमाडौं, कात्तिक ४- एकीकृत नेकपा माओवादीका तीन डेपुटी कमाण्डर र चार डिभिजन कमाण्डरसहित एघार नेता चीनका विभिन्न सहरको नौ दिन लामो भ्रमण गरी आज फर्कँदै छन् भने अध्यक्ष पुष्पकमल दाहाल र विदेश विभाग प्रमुख कृष्णबहादुर महरा भोलि बेइजिङ जाँदैछन्।




दसैं फूर्सतको अवसर पारेर अस्थायी शिविरमा रहेका डिभिजन कमाण्डरहरूसमेत सुटुक्क चीन भ्रमणमा निस्किएका हुन्। चीन भ्रमणमा रहेकामा माओवादीका सैन्य इञ्चार्ज वर्षमान पुन, डेपुटी कमाण्डर जनार्दन शर्मा, जनसेना प्रवक्ता चन्द्रप्रकाश खनाल र ओन्सरी घर्तीमगर रहेका छन्। पुन र शर्मा सेना समायोजन विशेष समितिका र खनाल प्राविधिक समिति सदस्य हुन्। घर्तीमगर भने पुनकी पत्नी एवम् समानुपातिक सभासद् हुन्।

सिन्धुली दुधौलीस्थित दोस्रो डिभिजन कमाण्डर सुकबहादुर रोका, इलामको चुलाचुलीस्थित पहिलो डिभिजन कमाण्डर यमबहादुर अधिकारी, नवलपरासी झ्यालटुङडाँडास्थित चौथो डिभिजन कमाण्डर तेजबहादुर ओली, सुर्खेतको दशरथपुरस्थित छैटो डिभिजन कमाण्डर महेन्द्रबहादुर शाही भ्रमणमा छन्।

भ्रमणमा जनार्दनका स्वकीय सचिव बसन्तराज शर्मा, खगेन्द्र न्यौपाने, सिद्धिरत्न शाही र अर्का नाम नखुलेका दोभाषे पनि छन्। बसन्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन)द्वारा प्रमाणित माओवादी लडाकुका कम्पनी कमाण्डर हो।

असोज २८ गते फुलपातीको दिन बिहान १०ः२५ बजे माओवादी कमाण्डर चाईना एयर ४०८ विमानबाट काठमाडौं-ल्हासा हुँदै चीनको छेन्दु सहर पुगेका थिए। त्यहाँ एक रात बास बसेर भोलिपल्टै छेन्दुबाट बेइजिङ ओर्लिए।

माओवादी कमाण्डरले बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी र सैन्य क्षेत्रका उच्च नेतासँग दुई दिन छलफल गरेका थिए। उनीहरू बेइजिङबाट साङ्घाई गइ दुई दिन घुमफिर गरे। साङ्घाई पनि चिनियाँ अधिकारीसँग नेपालको राजनीतिक परिघटनाबारे छलफल भएको माओवादी हेडक्वार्टर निकट स्रोतको दाबी छ।

स्रोतका अनुसार, उनीहरू बुधबार राति साङ्घाईबाट नेपाल उडिसकेका छन्। नेपाली समय अनुसार बिहीबार बिहान ११ बजेतिर काठमाडौं फर्किनेछन्। माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महराले कमाण्डरको चीन भ्रमण विल्कुलै निजी भएको बताए। उनले संक्षिप्त प्रतिक्रिया दिए, 'त्यो उहाँहरूको निजी भ्रमण हो, मलाई त्यत्ति धेरै जानकारी छैन।'

कमाण्डरहरूको चीन भ्रमणबारे माओवादीका कार्यालय सचिव शक्तिबहादुर बस्नेतले पनि अनभिज्ञता व्यक्त गरे। 'उहाँहरू साङ्घाई एक्स्पो घुम्न गएको रे भन्ने सुनेको हुँ,' उनले नागरिकसित भने, 'विस्तृत कुरा फर्केर आएपछि थाह हुनेछ।'

कात्तिक ५ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल र महराको चीन भ्रमणको पूर्वसन्ध्यामा दर्जन कमाण्डरको भ्रमणलाई अर्थपूर्ण मानिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस