हालै म र मेरा एकजना सहृदयी मित्र उनको मोटरमा यात्रा गर्दै थियौँ। उनले नयाँ ड्राइभर भर्ना गरेका रहेछन्। नयाँ हुनाले मेरा मित्र ड्राइभरलाई धेरै कुरा सम्झाउँदै थिए।
‘हेर्नोस्, कृष्णबहादुर जी, तपाईं मलाई यो ‘हजुर, गरिबक्स्योस्,' नभन्नोस्। तपाईंको परिवारभित्र त्यसो भन्न मन लाग्छ भने ठीकै छ, तर हाम्राबीचमा त्यस्तो भाषा प्रयोग गर्नु ठीक हुँदैन।'
‘काँ हजुर...! हजुरलाई त मैले त्यसो नभनी हुँदै हुँदैन!'
‘यस्तो कुरा मसँग गर्दै नगर्नोस्। हामी सबै आआफ्नो श्रम गरेर बाँचेका छौँ। तपाईँ पनि मान्छे, म पनि मान्छे। हामीले एकअर्कालाई बराबर सम्मान गर्नुपर्छ। तपाईंले मलाई बढी सम्मान गर्नुपर्ने, मैले तपाईंलाई कम सम्मान गरे पनि हुने कुनै कारण छैन।' मेरा मित्रले त्यसो भनेपछि गाडीभित्र एकछिन मौन व्याप्त भयो र बिस्तार सुँक्कसुँक्क गरेको आवाज आयो। मैले छेउबाट कृष्णबहादुरतिर हेरेँ।
उनी त आँसु खसाल्दै रोइरहेका रहेछन्। ‘लौ... कृष्णबहादुर जी! किन रोएको तपाईँ? झन् मेरा साथीले त्यस्तो राम्रो कुरा गरेका त...,' मैले भनेँ। मेरा मित्र पनि के भएछ भनेर जिल्ल परे। अनि कृष्णबहादुरले आफ्नो कथा सुरू गरे :
‘मैले पैहिलेको सा'बको नराम्रो कुरा त गर्न हुन्न, तर मैले उहाँको सेवा गरेर १० बर्ष विताएँ। मैले १६ वर्ष काम गर्दा पनि कहिले शीर ठाडो गरेर सा'बसँग बोल्न सकिन, सँधै मनमा एक प्रकारको त्रास हुन्थ्यो। लामो, लामो यात्रामा पनि ‘मोटर यता लग र उता लग' भन्नेबाहेक उहाँहरूले मसँग कहिल्यै राम्ररी गफ गर्नु भएन। अलिकति तलमाथि भयो भने रिसाउनु हुन्थ्यो र गाली खाइहाल्न पर्थ्यो। जीवनमा धेरै जनाको सेवा गरियो हजुर, तर मलाई ‘कृष्ण बहादुर जी' भनेर कसैले बोलाएन। हजुरले ‘जी' भन्दा ‘ओहो...संसारमा आफ्नो ड्राइभरलाई पनि मान्छेले जी भन्दा रहेछन्, ड्राइभरलाई पनि तपाईं भन्दा रहेछन्, ड्राइभरसँग पनि मोटरमा गफ गर्दारहेछन्' भनेर मलाई त कस्तो, कस्तो लागिरहेको छ।
मनमा धेरै वर्षदेखि दबेको दुःख, खुसी भएर निस्किएको हो हजुर यो।" कृष्णबहादुरका कुरा सुनेर म र मेरा मित्र दुवैजना भावुक भयौँ। आखिर मेरा मित्रले कृष्णबहादुरलाई कुनै असाधारण गुन लगाएका थिएनन्, सम्मानपूर्वक व्यवहार गरेका मात्र थिए। तर त्यतिले पनि मान्छेको जीवनमा कति ठूलो फरक ल्याइदिँदो रहेछ। त्यसको केही समयपछि हामी एक ठाउँमा खाजा खान रोकियौँ। मेरा मित्रले कृष्णबहादुरलाई पनि हामीसँग एउटै टेबलमा बस्न भने। केही बेरपछि साहुनीले एउटा प्लेटमा फ्राइ गरेको अण्डा र साँधेको भट्मास राखिदिइन्। मेरा मित्रले तीनवटा चम्चा मागे र एउटा चम्चा कृष्ण बहादुरलाई दिए। त्यसपछि कृष्णबहादुरले अप्ठेरो मान्दै प्लेटबाट खाना झिकेर खान थाले। उज्यालो मुख पार्दै मुसुक्क हाँसे र भने, ‘सा'बहरूसँग एउटै प्लेटबाट झिकेर सँगै खाना खाने दिन पनि आउँदो रहेछ!'
‘ए! ...कृष्णबहादुर जी, काँ सा'ब भनिराखेको भन्या? हामी दुवैजना कारिन्दा हौँ। तपाईँ मेरो कारिन्दा, म अरू कसैको कारिन्दा। हामी सबै आआफ्नो श्रम र क्षमता बेचेर बाँच्ने भएपछि, सबैजना समान भएनौ? तपाईंले पनि मलाई 'जी' भनेर सम्बोधन गरे म धेरै खुसी हुनेथिएँ।' कृष्णबहादुर फेरि दिलैदेखि मुसुक्क हाँसे। मेरा मित्रले कृष्णबहादुरलाई संझाउँदै गर्दा, कृष्णबहादुरको जबाफले मलाई मनमनै केही महिनाअगाडिको अर्को एउटा घटनाको सम्झना भइरहेको थियो। त्यति बेला, माओवादीको शब्द सापट लिएर भन्ने हो भने, म एकजना पूर्णत ‘सामन्ती' नेपालीको कार्यालयमा पुगेको थिएँ। उनी गज्जब पढेलेखेका, धनी, प्रतिष्ठित परिवारका नामुद व्यापारी हुन्।
कुनै पद, पैसा या शक्ति भएको मानिसले उनलाई भेट्यो भने या कुनै ठूलाबढाको रात्रिभोजमा उनी भेटिए भने उनलाई सबैले कति शिष्ट, सभ्य, सौम्य, बोल्न र व्यवहार गर्न जान्ने भलादमी ठान्नेछन्। तर उनको कार्यालयमा उनले तलदेखि माथि कोठासम्म पुग्दा ड्राइभर, सुरक्षा गार्ड र पियनप्रति जस्तो व्यवहार देखाए, त्यसबाट माओवादी यो समाजलाई किन सँधै सामन्ती भन्छन् भन्ने स्पष्ट हुन्थ्यो।
ती महाशयलाई भेट्न म कार्यालयको परिसरभित्र पुग्दा उनी आफ्नो गाडीबाट उत्रिँदै थिए। गाडी रोकिन पाएको छैन, ड्राइभर हस्याङफस्याङ गर्दै बाहिर निस्किएर ‘मालिक'को पछाडिको ढोका खोल्न गए, मानौँ ती महाशय कुनै महाराजा हुन् वा मोटरको ढोका खोल्नै नसक्ने शारीरिकरूपमा अशक्त व्यक्ति। जब ती महाशय गाडीबाट ब्रिफकेस लिएर निस्किए, तिनले न त ड्राइभरको मुखमा हेरे न प्रवेशद्वारको छेउमा तनक्क तन्किएर सलाम ठोक्ने सुरक्षा गार्डको अनुहारमा हेरे। उनले ती सबैको सम्मानप्रति टाउको हल्लाएरसम्म प्रतिक्रिया जनाएनन्।
कपटी भद्रतापूर्ण, घोसे अनुहार लिएर उनी लमलम भित्र पसे। भित्र पस्ने बित्तिकै जब उनले मलाई खुला ढोकाभित्र उभिरहेको देखे, उनको अनुहार पूर्णतः परिवर्तन भयो। मलाई लाग्यो, संभवतः म पत्रकार र स्तंभकार हुनाले कुनै दिन काम लाग्न सक्छु भन्नेसोचे होलान्। ‘ओहो रवीन्द्र जी, यु आर अलरेडी हेयर (तपाईँ आइसक्नु भएछ), जाउँ, जाउँ माथि जाउँ।' हामी माथि उनको कार्यकक्षमा गयौँं। पछि, पछि उनको कोट बोकेर आएको पियनले कोठाभित्र ह्याँगरमा कोट राख्दा अलिकति मिलेनछ, महाशयले टीठ लाग्दो आवाजमा भनिहाले, ‘के गरेर राख्या त्यो, सिधा पारेर राख्न पनि आउँदैन? सिधा पार त्यसलाई।'
सर्सर्ति हेर्दा यो कुनै सम्झनैपर्ने घटना नलाग्न सक्छ। तर उनको अनुहार र आवाज दुवैमा ती तल्ला स्तरका कर्मचारीप्रतिको हेपाइ सहजै अनुभव गर्न सकिन्थ्यो। ती कर्मचारीलाई उनले कुनै दया गरेर, गुन लगाइदिएका थिएनन्। ती सबै आआफ्नो क्षमता अनुसारको श्रम गरेर जीवन गुजारा गरिहेका थिए, जसको उनीजस्ता पढेलेखेका, जानेबुझेका मानिसले सम्मान गर्नुपर्थ्यो। दया गरेर गुन नै लगाएको भए पनि मान्छेसँग मान्छेजस्तो व्यवहार गर्नुपर्छ। ती त आफ्नो श्रम बेचिरहेका थिए।
यस्तो समाजमा श्रम गरेर इमानदारीपूर्वक जीवन गुजारा गर्दै आधी जीन्दगी कटाइसक्ता पनि कसैबाट कहिल्यै समुचित व्यवहार नपाएका कृष्णबहादुरलाई मेरा मित्रले ‘जी' भनेर सम्बोधन गर्दा आँसु झर्नु अस्वाभाविक थिएन। कृष्णबहादुरका अरू भोगाइले हामीलाई अझ धेरै भावुक बनायो। १६ वर्ष काम गर्दा पनि भविष्यका लागि कुनै जोहो गर्न नसकेपछि अलि बढी पैसा पाए नयाँ जागिर खोज्ने जानकारी उनले आफ्ना पुराना ‘मालिक' लाई दिएका रहेछन्, जसले यहाँभन्दा बढी पैसा कसैले दिए गए हुन्छ भनेका रहेछन्। त्यत्तिकैमा उनले मेरा मित्रकहाँ जागिर पाएछन् र आफ्ना ‘मालिक' लाई दुई साताको सूचना दिएछन्।
पछि, कृष्ण बहादुरसँगको हिसाबकिताब फर्स्यौट गर्ने बेलामा, ती धनाढ्य मालिकले पर्याप्त समय अगावै सूचना नदिएको भनेर एक महिनाको तलब, छ हजार पाँचसय रूपैयाँ, काटी दिएछन्। कृष्णबहादुरले गुनासो गर्दै भने, ‘हजुर, मैले राम्रो काम नगरेका भए मलाई १० वर्षसम्म नराखेको भए पनि हुन्थ्यो। तर १० वर्ष दिन, रात नभनी सेवा गरेर अलि राम्रो काम पाउँदा छोडेर जाने बेलामा आठदश हजार रुपैयाँ थपेर, ‘ल जा अब राम्रोसँग काम गर्नु, हामीलाई नबिर्सनु' भन्नु त कहाँ हो कहाँ, उल्टो एक महिनाको सूचना नदिएको भनेर मेरो तलबै काटी दिए। मेरो लागि त पाँचसात हजार रुपैयाँ भनेको धेरै ठूलो हो। करोडौंको सम्पत्ति भएको मान्छेले म गरिबको त्यति पैसा काटेर कति नै धनी हुन्छु भन्ठानेको होला, मैले त बुझ्न सकेको छैन।"
‘तपाईंलाई दिएको करार पत्रमा जागिर छोड्न एक महिनाको सूचना दिनुपर्छ भनेको थियो होला नि त,' मेरा मित्रले भने। ‘न त कहिल्यै मलाई करार पत्र दिइयो, न त मुखैले एक महिनाको सूचना दिनुपर्छ भनियो, मैले कसरी थाहा पाउने, हजुर?' मेरा मित्रलाई साह्रै झाँेक चलेछ। ‘तपाईं जानोस् र त्यो काटेको पैसा दिनपर्छ भनेर दाबी गर्नोस्' भनेर सल्लाह दिए। तर कृष्णबहादुरले भद्रता देखाउँदै भने, ‘ठीकै छ हजुर, उहाँले त्यस्तो गरिबक्सियो भन्दैमा म पनि त्यस्तै गर्न चाहन्न। उहाँ पाँचसात हजार रूपैयाँले धनी बन्नु हुनेरहेछ, मेरो त चित्तमात्र दुखेको हो, म त्यति पैसा नभएर गरिब बन्दिन।'
कृष्णबहादुको कथाले यस देशका लाखौं श्रमिकको भोगाइको प्रतिनिधित्व गर्छ, जसलाई ‘मालिक'हरू मान्छे नै गन्दैनन्। तिनलाई ‘मालिक'हरू काम छोडेर यस्ले अन्त जान सक्तैन भन्ने ठानेर शोषण गर्छन्, तुच्छ र टर्रो भाषामा बोल्छन्। उनीहरूकै श्रम बेचेर सान गर्छन् तर तिनलाई जागिर दिएर ठूलो गुन लगाइदिएको छु भन्ठान्छन्। ती ‘मालिक'ले पढेका, जानेका, बुझेका र देखेका छन् तर ती कौडीकौडीको हिसाब गर्छन्।
आफ्ना कारिन्दालाई दास सम्झन्छन् अनि गोष्ठीहरूमा समानता र न्यायको भाषण गर्दै सरकारले आफूहरूको ख्याल गरेन भनेर गुनासो गर्छन्। जो मान्छेसँग मान्छेजस्तो व्यवहार गर्दैन, श्रमको सम्मान गर्दैन र गरिबको शोषण गर्छ त्यस्ता सबैलाई कृष्णबहादुरको आँसुबाट आत्मग्लानिको अनुभूति होस्। तैपनि आत्मग्लानि नहुनेहरूलाई भने उनको आँसुको श्राप नै लागोस्।