जुँगाको लडाइँ
२१ वैशाख २०६७
•
१० मिनेट पाठ
जुँगाको लडाइँ
शान्ति, संविधान र राष्ट्रिय सरकारका लागि माओवादीव्दारा संरचित आन्दोलन सोमवारसम्म गान्धीवादी पाराको थियो - सम्पूर्ण शाकाहारी।
प्रदर्शनमा सीठी र हो-हल्ला दुबै थिएनन् र नाराहरु पनि नरम थिए। तर, मंगलवारको प्रदर्शन अघिल्ला दिनहरुको तुलनामा अलिकति उत्तेजक र अलिकति बढी नै सक्रिय देखियो। शहरका मूल वाटाहरुमा प्रदर्शनगर्दै हिंडेका प्रदर्शनकारीहरुले वजाएको सीठीका आवाजहरु मात्रै चर्का थिएनन, नाराहरु पनि चर्का थिए। माधवजी पुतलामा प्रतिविम्वित हुनुहुन्थ्यो भने सुजाता कोइराला नारामा। दिदीको नाममा लागेको फोहोर र अश्लिल नारा सुनेर सुनसरीका एकजना युवक रोमान्चित हुंदै आफनो साथीसंग भन्दैथिए, बल्ल लाग्यो दिदीको नाममा नारा। यस्तै नाराले त हो नि पोलिटिक्समा हाइट वढाउने!

मंगलवारको प्रदर्शन सामान्य मानिसको मनमा हुनु नपर्ने केही भइ पो हाल्छ किरु भन्ने आशंका जन्माउन पर्याप्त थियो। जे हुने हो छिटो छिनोफानो होस भन्ने चाहना वोकेका हतारिएको पींढिका हजारौं तन्नेरी प्रदर्शनकारी संयमित नै देखिए पनि उनीहरुको यो संयम अरु दुई तीन दिन कायम रहने लक्षण भने निकै क्षीण देखियो। सप्ताहान्तसम्म पनि राजनीतिक समस्याको निर्गम नभेटिने हो भने आन्दोलन आइसल्याण्डको ज्वालामुखी हुन वेर लाग्दैन। तर, माओवादी नेताहरुले मनको कुनै पनि कुनामा तत्काल सहमतिको सम्भावना देख्नु भएझै लाग्दैन। उहाँहरु जेठ १४ गतेसम्म आन्दोलन निरन्तरराख्ने मुडमा देखिनुहुन्छ। कम वोल्ने र विचार गरेर वोल्ने नेताका रुपमा नाम कमाउनु भएका कृष्णवहादुर महराको सोमवारको गौशाला भाषणले यसैको पुष्टि गरेको छ।

कति लामो समय धान्न सक्ला काठमाडौले आन्दोलनलाईरु व्यापार व्यवसायका नेताहरु राजनीतिक नेतृत्वका वीच सहमति जुटाउन सक्रिय रहे पनि खुद्रा व्यवसायीहरु राजनीतिक सहमति दाल चामलभन्दा धेरै गुना महंगो रहेको वताउन थालेका छन। डिल्लीवजारका एकजना खाद्यान्न व्यापारीका अनुसार उनको गोदाम रित्तिइ सकेको छ। अर्का एकजना व्यापारीले पसलको साँचो थन्क्याई दिएका छन। पसलमा जे थियो त्यो हिजो दुइ घण्टामा नै सकियो। तारे माम शर्णः!

सबैले वुझेका छन समस्याको तह र सतह दुवैमा प्रचण्ड हुनुहुन्छ। प्रचण्ड प्रधानमन्त्री नभएसम्म आन्दोलन रोकिदैन होला। प्रचण्ड प्रधानमन्त्री हुने भए प्रधानमन्त्री माधव कुमार नेपालले कुर्सी छोडनुहुन्न होला। धेरैले वुझेका छन सही र ठीक केही पनि हुन सकेको छैन। वास्तवमा समस्या प्रचण्ड र माधवको जुंगामै अडकिएको छ।
लामो समयसम्म नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव रहनु भएका माधवकुमार नेपालको नाइटो माओवादी पार्टीका अध्यक्ष प्रचण्डको नाइटोसँग जोडिएको थियो होला। होइन भने, दुइ दुइवटा निर्वाचन क्षेत्रवाट पराजित भएपछि अनायास नै राष्ट्रिय राजनीतिवाट आफनो भूमिका समाप्त भएको अवसादमा टोल्हाइ रहनु भएका माधवजीलाई प्रचण्डजीले नै लोकतान्त्रिक र वैधानिक मर्यादाहरुलाई ताकमा राखेर संविधान सभामा भित्य्राउनुको कुनै अर्को तुक थिएन।

 

त्यतिवेला प्रचण्डलाई लागेको थियो होला माधवजीलाई संविधान सभामा भित्र्याएपछि शासनको मेरुदण्ड बलियो वनाएर एकीकृत कम्युनिष्ट पार्टीको सपना साकार पार्न सजिलो हुनेछ। संविधानपनि समयमा नै वन्ने छ र नेपाली कम्युनिष्टको सुकीर्ति फैलिने छ। तर, वामदेव गौतमको जुंगा वाहेक अरु कुनै अमूल्य वस्तु उहाँको हात परेन। वरु यतिवेला, माधवजीका सिपहसालारहरु लोकतन्त्र र दलीय पध्दतिको नयाँ व्याख्या र परिभाषा प्रस्तुतगर्दै एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड वाहेक अर्को कुनैपनि नेता प्रधानमन्त्री हुनेभए सहमति हुन सक्ने कुरामा सहमत भएको खवर मात्रै आयो।

अर्थात कि, नेपालको नवजात लोकतन्त्रमा चुनावमा सवभन्दा ठूलो दलका रुपमा स्थापित पार्टीलाई आफनो नेता आफै चुन्ने आत्मनिर्णयको अधिकारसम्म नदिने हावा पानी सुहाउँदो नयाँ परिपाटी वसाल्न खोजियो। सवै दलको सहमति पाएको व्यक्तिलाई मात्र दलको नेता चुन्न सक्ने दलील अवरोधका रुपमा ठड्याइयो प्रचण्ड पथमा।
माओवादीलाई सुधारेर लोकतान्त्रिक प्रक्रियामा ल्याउन दत्तचित्त देखिएका छन् गठवन्धनमा रहेका पुराना र संसदवादी दलहरु। प्रचण्डको मानमर्दन नगरेसम्म देशमा स्थापित गणतन्त्र र लोकतन्त्रको भविष्य खतरामा रहने उपसंहार निकालेका छन उनीहरुले। युध्द र शान्तिका दुवै समयमा आफनो दललाई सफल नेतृत्व दिने नेतालाई नै हताहत तुल्याएपछि माओवादी पार्टीको शेखी झर्न कति नै निमेष लाग्दछ ररु त्यसपछि त माओवादीहरु लोकतान्त्रिक प्रक्रियामा आइ हाल्छन र लोकतन्त्र पनि सुरक्षित भइ हाल्छ।

क्या मज्जाको राजनीति
अब कुन मोडमा पुग्ला राजनीतिरु सामान्य मानिसले आफनो जीवनको भन्दा पनि वढी चिन्ता लिन थालेको छ राजनीतिको। किनभने यतिवेला नेपाली राजनीतिको मूल आधार वल हुन थालेको छ। सरकार कतिवेला प्रतिपक्षले चूकगर्ला र वल प्रयोगगर्न पाइएला भनेर पर्खी रहेको देखिन्छ। प्रतिपक्ष कतिवेला सरकारले आक्रमण गर्ला र आफनो नैतिक विजयलाई वास्तविक विजयमा वदल्न पाइएला भन्ने ताकमा देखिएको छ।

राजनीति सामान्य मानिसले थेग्न सक्ने विषय होइन। तर, दुर्भाग्य कि राजनीतिलाई सँधै सामान्य कदकांटीका मानिसले नै हांक्ने गरेका छन। युगमा जन्मिने एक दुई मानिसले मात्र समाजलाई गति दिएका हुन्छन। अहिलेको नेपाली राजनीति असहमतिको भन्दा पनि गतिहीनताको शिकार भएको छ। माओवादी दायाँवायाँ कतै नहेरी आफनै गतिमा दौडी रहेको छ। बाँकी दलहरु उसलाई घेर्ने असफल प्रयत्नमा आफनै घेरोमा घुमी रहेका छन।

प्रधानमन्त्री माधवकुमार नेपाल देशलाई अन्योल र अस्तव्यस्त अवस्थामा छाडेर राजिनामा दिन तयार हुनुहुन्न। उहाँलाई नेपाली जनताको समर्थन नभए पनि देश विदेशका नेताहरुको समर्थन प्राप्त छ। अर्कोतिर, प्रतिपक्ष पनि देशलाई चरम अव्यवस्था र दिशाहीन स्थितिमा पुर्‍याउने सरकार नफालेसम्म आन्दोलन रोक्न तैयार छैन। उसलाई पनि मित्रशक्तिहरुको व्यापक समर्थन जुट्दैछ।

संविधान सभाको चुनावपछि अहिलेसम्मको राजनीति शान्ति, संविधान र सुव्यवस्थासंग जोडिनै पाएको छैन। यो प्रचण्ड र माधवका जुंगाहरुमा नै अल्झिएको छ। दुर्भाग्य कि, राजनीति कचल्टिन थालेको छ। सहमति वा मूठभेडको कुनै निर्णायक मोडमा पुग्ने संकेत पाउनै सकिएको छैन।
अर्को समाचार
नेताहरूको ‘जुँगाको लडाइँ’ भयो : ज्ञानेन्द्र शाही
२० जेष्ठ २०८३
•
१ मिनेट पाठ
नेताहरूको ‘जुँगाको लडाइँ’ भयो : ज्ञानेन्द्र शाही
प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राजनीतिक दलभित्र देखिएको आन्तरिक विवादलाई एकताबद्ध हुन आग्रह गरेका छन्।     

सामाजिक सञ्जालमार्फत उनले नेताहरूबीचको व्यक्तिगत अहंकार, पदको प्रतिस्पर्धा र आपसी आरोप–प्रत्यारोपका कारण उनीहरुको डिएनए मिलेको बताएका छन्। 

उनले लेखेका छन्,  ‘तिमीहरूको डिएनएमै मिलेर जाने भन्ने रहेनछ। तिमीहरूको जुँगाको लडाइँ देखेर हामी युवाहरू वाक्क भइसकेका छौं। कार्यकर्ताहरू एकअर्काको पक्ष–विपक्षमा लागेर लडिरहेका छन्। अलिकति पनि लाज लाग्दैन।’ 

शाहीले आरोप लगाएर विभाजित हुने नभई एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै एक पक्षले लगातार चुनावी हारपछि पनि नेतृत्व नछोड्न खोजेको र अर्को पक्षले चुनाव नै नलडी नेतृत्व प्राप्त गर्न चाहेको बताएका छन्।  

उनले पदमा टाँसिएर बस्नु मात्र उपयुक्त नहुने भन्दै नेताहरूले विज्ञप्ति निकाल्ने, भेला आयोजना गर्ने र विभाजनका संकेत दिने गतिविधिले संगठन, कार्यकर्ताको मनोबल तथा युवाहरूको भरोसा कमजोर  हुने बताएका छन्।   
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस