जेठ १४ पछि के हुन्छ?
१३ वैशाख २०६७
•
१६ मिनेट पाठ
जेठ १४ पछि के हुन्छ?
घोषित मिति २०६७ साल जेठ १४ गतेभित्र संविधान बन्दैन भन्ने त सबैलाई थाहा भयो। त्यसपछि के हुन्छ भन्ने चाहिँ कसैलाई पनि थाहा छैन।

राजनीतिक दलका नेता, कानुन व्यवसायी, प्राध्यापक, पत्रकार र नागरिक समाजका अगुवामात्र होइन सामान्य किसान, मजदुर सबैको जिज्ञासा छ - जेठ १४ पछि देशको राजनीतिले कुन बाटो लेला? के माओवादीले भनेजस्तै सडकबाट सत्ता कब्जा गरेर एक दलीय सर्वसत्तावाद कायम हुनसक्छ? या अन्य कतिपयले आशंका गरेजस्तै उग्र दक्षिणपन्थी ‘कु' हुन्छ? वा प्रधानमन्त्रीको दल नेकपा (एमाले)ले निर्णय गरेजस्तै संविधान संशोधन गरेर संविधान सभाको आयु बढाइन्छ? वा कांग्रेसका नेताले भनेजस्तै मुलुक ताजा जनादेशमा जान्छ? वा कतिपय संविधानविद वा वुद्धिजीवीले दिएको सल्लाहजस्तै संविधान सभालाई जेठ १४ गते स्वाभाविक मृत्युवरण गर्न दिएर राष्ट्रपतिले सहमतिको आधारमा विशेषज्ञको समूह गठन गरी संविधान लेखन गर्ने अनि ६ महिना वा एक वर्षभित्र निर्वाचन गराई नयाँ संसद्ले अनुमोदन गरेर संविधान जारी गर्ने? यीमध्ये कुन बाटोबाट मुलुकको राजनीति अघि बढ्ने हो? सबै अन्योलमा छन्।

निजी सेना भएको र संविधान सभामा सबभन्दा ठूलो दल एनेकपा (माओवादी)ले भनेजस्तै जनविद्रोहबाट सत्ता कब्जा संभव छ? माओवादी यति बेला जनविद्रोह गरी सत्ता कब्जा गर्न गंभीररूपमै लागेको देखिन्छ। ऊसँग १० वर्ष लडेको सेना छ, हजारौंको संख्यामा सैनिक प्रशिक्षण पाएका वाईसीएल कार्यकर्ता छन्, विद्यार्थी, मजदुर र अन्तिम युद्धका लागि भनेर ठाउँठाउँमा तालिम लिँदै पनि गरेको युवा जनशक्ति छ। उसको आन्तरिक मूल्यांकनमा माओवादीको सत्ता कब्जामा निजामती सेवा, प्रहरी र सशस्त्र प्रहरीले पनि साथ दिनेछ। अब रह्यो नेपाली सेना, जनता नै सडकमा उत्रेपछि सेनाले जनतामाथि गोली चलाउँदैन। जसरी १९१७ मा सहरी जनविद्रोहद्वारा रुसमा लेनिनले सत्ता कब्जा गरेका थिए २०१० मा नेपालमा त्यही दृष्टान्त दोहोरिनसक्छ। यही ठानेर माओवादी अघि बढेको हो भने उसले दुई महत्वपूर्ण पक्षलाई बेवास्ता गरेको देखिन्छ। एउटा, नेपालमा शान्ति स्थिरता र लोकतन्त्र संस्थागत भएको हेर्न चाहने प्रजातान्त्रिक विश्व, खुला अन्तर्राष्ट्रिय सिमाना र २१औं शताब्दीको सचेत नेपाली जनता तथा अर्को उसले सत्ता कब्जा गर्नुभन्दा पहिले अहिले बजारमा खासखुस गरिएको संभावित उग्र दक्षिणपन्थी ‘कु'।

 

माओवादी नेताका दिनहुँका धम्की सुन्दा र हेर्दा सेना र हतियारको भरमा उसले सत्ता कब्जा गर्न सक्ला, कम्बोडियामा पोलपोटलेजस्तै १० - १२ हजार प्रजातन्त्रवादी नेपालीको हत्या पनि गर्न सक्ला तर उसको सत्ता एक महिना पनि टिक्ने छैन। गएको संविधान सभाको चुनावलाई नै हेर्ने हो भने दुई तिहाइभन्दा बढी मत उसका विरुद्धमा खसेको छ। यसबीचमा जनताको नजरमा सबैभन्दा बढी साख माओवादीको गिरेको छ। यसका नेता पुष्पकमल दाहालको विहान एउटा र बेलुका अर्को कुरा गर्ने बानीले विश्वसनीयता स्खलित भएको छ। सत्ताबाट हट्नासाथ नागरिक सर्वोच्चताको नारा दिएर राष्ट्रपति र सेनाविरुद्धमा माओवादी खनियो। त्यसले पार नलागेपछि भारतले नेपाली भू भाग अतिक्रमण गर्‍यो भन्दै कालापानी, सुस्ता, महेशपुरजस्ता सीमा क्षेत्रमा सभा गर्ने र अशोक चक्र लेखिएको भारतीय बुटले नेपाली आमाको छाती कुल्चेको पास्टर छापेर भारतीय जनमानसलाई उत्तेजित पार्ने काम गर्‍यो। यसको यस हर्कतको सीमा क्षेत्रका भारतीय जनताबाट प्रतिकार हुन थालेपछि त्यसलाई फिर्ता लियो। त्यसपछिको एक सूत्रीय माग माओवादी सरकार रहेको छ।

 

लोकतन्त्र र वर्तमान संविधान मान्ने हो भने सरकार बनाउने र हटाउने निश्चित् विधि र प्रक्रिया छन्। त्यता नगएर असंवैधानिक रूपमा सडकबाट सत्ता कब्जा गर्ने र सडकबाटै संविधान घोषणा गर्ने धम्की माओवादीले दिइरहेछ। माओवादी सत्ता कब्जाको अर्को बलियो तगारो भारतीय माओवादी र भारत सरकारबीच हाल चर्केको द्वन्द्व पनि हो। भारतीय प्रधानमन्त्री मनमोहन सि.हले भारतको सबभन्दा ठूलो समस्या माओवादीको आतंककारी गतिविधि हो भनेका छन्। हालै छत्तीसगढ राज्यमा ७३ जना प्रहरी माओवादीबाट मारिएपछि नैतिक जिम्मेवारी लिएर राजीनामा दिने गृहमन्त्री पी. चिदम्बरमलाई कम्युनिस्टहरूप्रति अनुदार मानिने भारतीय जनता पार्टी मात्र होइन, आफूलाई कम्युनिस्ट नै भन्ने माकपा समेतले राजीनामा फिर्ता लिन गरेको आग्रहले त्यहाँ उग्रवादविरुद्ध एकमत भएको देखिएको छ। भारतीय र नेपाली माओवादीबीच सैद्धान्तिकमात्र होइन कार्यगत एकता पनि रहेको चिदाम्वरंमको भनाइ र माओवादीविरुद्ध भारतमा देखिएको अभूतपूर्व ऐक्यबद्धताले पनि नेपालका माओवादीले सत्ता कब्जा गर्न र त्यसलाई टिकाइ राख्न संभव देखिँदैन। माओवादीले त्यस्तो दुस्साहस गरेमा मुलुक जातीय वा गृहयुद्धमा फस्छ। त्यसले अन्ततोगत्वा वाह्य हस्तक्षेप निम्त्याउँछ।

 

जेठ १४ पछि के हुन्छ र के गर्ने भन्नेसबैको चिन्ता र चासोको विषय हो। संकट निकासका लागि एमालेले प्रस्तुत गरेको प्रस्तावलाई "हलो अड्काएर गोरु चुढ्ने माओवादीले तुहाइदिएको छ। प्रधानमन्त्रीले राजीनामा नगरी संविधान संशोधन हुन नदिने निर्णय गरेर माओवादीले यो सरकार रहेसम्म संविधान संशोधन असंभव पारेको छ। एमालेभित्रै प्रधानमन्त्रीविरुद्ध रहेको समूहसंगको सहमतिमा माओवादीले संविधान संशोधनमा राजीनामालाई पूर्वसर्तका रूपमा अघि सारेको हो भन्ने कथनलाई होइनै भन्न सकिने अवस्था छैन। कारण, सहमतिको सरकार बनाउन प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनी एमाले सभासद्द्वारा दस्तखत सुरु भएपछि एक सातासम्म चलेको संसदीय दलको बैठकको निर्णयले पनि माओवादी उत्साहित भएको हुन सक्छ। सत्ताधारी दलबाटै सहमतिका लागि सबै विकल्प खुला राख्ने निर्णय भएपछि प्रतिपक्ष उत्साहित हुनु स्वाभाविकै हो।

 

एमालेभित्रको झलनाथ-वामदेव समूहले प्रधानमन्त्रीलाई राजीनामा दिन दबाब दिइ रहेको छ। संविधान संशोधन गर्न कम्तीमा दुईतिहाइ मत आवश्यक हुन्छ। माओवादी सहमत नभई दुईतिहाइ पुग्दैन र संविधान संशोधन नगरी संविधान सभाको म्याद थप्न सकिन्न। अर्थात्, माओवादीको समर्थन नभई संविधान सभाको म्याद थपिँदैन।
दोस्रो ठूलो दल नेपाली कांग्रेसले कुनै स्पष्ट धारणा बनाउन सकेको छैन। संसदीय दलका अधिकांश सदस्य संविधान सभाको कार्यकाल बढाउने पक्षमा छन्। संविधान सभाको चुनावमा हारेकाको बाहुल्य रहेको केन्द्रीय कार्य समिति त्यसको पक्षमा छैन। त्यसकारण कांग्रेसले संस्थागत निर्णय गर्न नसकेको हो। संविधान सभाको म्याद बढाउन माओवादी तयार हुँदैन भने ताजा जनादेश लिन चुनावमा जानुपर्छ भन्ने कांग्रेसका नेताहरूकोकथन बाहिर आएको छ। यो गंभीर छलफलपछि निकालिएको निष्कर्ष नभई प्रतिक्रियामा आएको भनाइ जस्तो देखिएको छ। गाउँमा कांग्रेसजन ‘कांग्रेस भएर हामीले बाच्न पाउनु पर्‍यो' भनी नेतृत्वसंग याचना गरिरहेका छन्। माओवादीले कब्जा गरेको घरजग्गा फिर्ता भएको छैन।

 

वाईसीएलको आतंक यथावत छ। न्यूनतम शान्ति सुरक्षाको प्रत्याभूति नभएका बेलामा नयाँ जनादेशको कुरा गर्नु बेमौसमी राग अलाप्नु मात्रै हो। जनताका लागि यो कर्णप्रिय हुन सक्तैन। संविधान सभाको चुनाव हुनुभन्दा पहिले ‘हामी हार्ने चुनावमा भाग लिदैनौ' भन्दै माओवादी सरकारबाट हटेपछि के के गर्दा तिमीहरू चुनाव जित्छौ लौ गर भन्दै कांग्रेस र एमालेले चाँदीको किस्तीमा राखेर चढाएकाले ६ महिनापछि चुनाव भयो। माओवादीले साम, दाम, दण्ड, भेदका सबै अस्त्र प्रयोग गरेर चुनाव जित्यो। कांग्रेसका नेताको यस भनाइबाट यति बेला पनि सबभन्दा बढी माओवादी खुशी भएका छन्। अहिले चुनाव हुने हो भने ब्यारेकमा रहेका लडाकु, वाईसीएल., हतियारधारी शक्ति प्रयोग गरेर उसले दुईतिहाइ मत ल्याएर चुनाव जित्नेछ। अनि चाहेजस्तो संविधान बनाउने छ। जनअनुमोदित शक्ति भएपछि अन्तर्राष्ट्रिय शक्तिले पनि मान्यता दिन वाध्य हुनुपर्नेछ। माओवादीका लागि यसभन्दा राम्रो अवसर अर्को हुनै सक्दैन। कांग्रेसका नेताले भनेको मानेर माओवादी चुनावमा जान मान्यो भने के कांग्रेसको संगठन त्यसका लागि तयार छ त? कांग्रेसका लागि सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो। आन्तरिक व्यवस्थापन गर्न नसकेर पटकपटक पार्टीको महाधिवेशन सार्ने नेताको ताजा जनादेश लिने भनाइ कांग्रेसका तल्लो तहका कार्यकर्ताका लागि मात्र नभएर यसका शुभचिन्तकका लागि समेत त्रू्कर उपहास भएको छ। यतिबेला कांग्रेस चुनावमा जानु आत्महत्या गर्नु हो।

माओवादी जनविद्रोहद्वारा सरकारलाई घुँडा टेकाएर सत्ता कब्जा गर्ने तयारीमा लागेको देखिन्छ। हालै मध्यएसियाको किर्गिजस्थानमा भएको जनविद्रोहद्वारा सत्ता कब्जाको घटनाबाट पनि माओवादीको दुस्साहस बढेको हुनसक्छ। सर्वसाधारण जनता भने पुनः हिंसात्मक घटना हुनसक्ने आशंकाले भयग्रस्त छन्। माओवादीको यत्रो तयारीविरुद्ध राज्यले जनतालाई आश्वस्त पार्न के गरिरहेको छ? माओवादी सत्ता कब्जा गर्न सडकमा निस्कँदा त्यसविरुद्ध प्रधानमन्त्रीको पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेर राज्यका निकायको मनोबल बढाउनुको सट्टा राजीनामा गर्न दबाब दिने सम्भावना बढी छ। माधव-केपीविरोधी गु्ट यस्तो मौकाको प्रतीक्षामा देखिन्छ। सकारको अर्को प्रमुख घटक नेपाली कांग्रेस माओवादीसँग लोकतान्त्रिक संविधान बनाउनेदेखि कब्जा गरिएको घरजग्गा फिर्ता, माओवादी नागरिक पार्टी हुनुपर्ने जस्ता गंभीर मतभेद भए पनि लामो समयदेखि अनिर्णयको बन्दी छ। माओवादीको असंवैधानिक र अलोकतान्त्रिक दुस्साहसको मुकाविला गर्न कांग्रेससँंग कुनै योजना र चिन्ता देखिँदैन।

माओवादीले देशका विभिन्न ठाउँमा सत्ता कब्जा गर्न दिँदैरहेको तालिम र त्यसका नेताका कथनबाट उद्योग व्यवसायीदेखि सर्वसाधारण जनता अब के हुने हो? भन्दै भयग्रस्त देखिएका छन्। तर जिम्मेवार नेतामा भने त्यस्तो चिन्ता र त्यसलाई रोक्ने कार्य योजना भएको देखिएको छैन। माओवादीले गरेको तयारी स्पष्ट र खुलारूपमा १२ बुँदे समझदारी, विस्तृत शान्ति संझौता र उसले सात दलसँग अहिलेसम्म गरेका सबै सहमति र संझौताको उल्लंघन हो। यो राजनीतिक दुस्साहस रोक्न कांग्रेस, एमाले र संविधान सभामा रहेका लोकतन्त्रमा विश्वास गर्ने दलहरूले संयुक्त बैठक गरेर माओवादीलाई तिनको गतिविधि असंवैधानिक र गैरकानुनी भएको स्पष्ट बताउनु पर्छ। राज्य बेवारिस हुन सक्तैन। माओवादीले आफ्नो हठ छोडेन भने राज्यले त्यसको प्रतिरोधको कार्य योजना बनाउनु आवश्यक हुन्छ। न नेपाल किर्गिजस्थान हो, न त सन् २०१० को नेपाल १९१७ को रुस नै हो।
अर्को समाचार
जेठ ७ सम्म सुनकोशी नदीमा बेलिब्रिज
३१ वैशाख २०७१
•
३ मिनेट पाठ
जेठ ७ सम्म सुनकोशी नदीमा बेलिब्रिज
ओखलढुंगा– ओखलढुंगाको हर्कपुर र उदयपुरको घुर्मी जोड्न सुनकोशी नदीमा हालिएको बेलिब्रिज जेठ ७ सम्म यथावत राखिने भएको छ । वैशाख १६ को सर्वदलीय बैठकले जेठ १ गते बेलिब्रिज निकाल्ने भने पनि नदीमा पानीको बहाव नबढेकाले जेठ ७ सम्म यथावत राख्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा बुधबार बसेको सर्वदलीय बैठकले मौसम अहिलेकै अवस्थामा रहे जेठ ८ बाट मात्रै बेलिब्रिज निकाल्ने निर्णय गरेको छ ।
यसबीच मौसम परिवर्तन भई वर्षा सुरु भए आकस्मिक रूपमा कुनै पनि बेला निकाल्ने निर्णय भएको ओखलढुंगाका निमिक्त प्रमुुख जिल्ला अधिकारी प्रमोदकुमार चौधरीले बताए । ‘पानी परेर बगाउला कि भन्ने डर हो, तर खडेरी नै छ, त्यसैले अझै एक साता सञ्चालन गर्ने निर्णय गरियो,’ चौधरीले नागरिकसँग भने, ‘मौसम परिवर्तन भए आजै पनि निकाल्न सकिन्छ ।’
बेलिब्रिज निकालेपछि सिधा यातायात बन्द हुने र सास्ती बेहोर्नुपर्ने भन्दै खोटाङ र सोलुखुम्बुका सरोकारवालाले मौसम परिवर्तन नभएसम्म ननिकाल्न आग्रह गरेका कारण एक साता थपिएको हर्कपुर सडक आयोजनाले जनाएको छ । आयोजनाले लामो समयदेखि निर्माणाधीन पक्की पुल समयमा नसकिएपछि हिउँदलाई लक्ष्य गरी हरेक वर्ष बेलिब्रिज राख्ने गरेको छ ।
बेलिब्रिज जडान गर्न र निकाल्न राज्यकोषबाट बर्सेनि करिब एक करोड रुपैयाँ हाराहारी खर्च हुने गरेको छ । बेलिब्रिज झिक्ने निर्णयसँगै ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा आगामी मंसिरसम्म खाद्यान्न र निर्माण सामग्री ढुवानीमा समस्या हुने उद्योग वाणिज्य संघ ओखलढुंगाका उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठले बताए ।
विगतमा ६ महिना निरन्तर बेलिब्रिज सञ्चालन हुने गरेको भए पनि जडान नसकिँदै भाँचिएपछि अर्को ल्याएर गत माघ ८ देखि सञ्चालनमा ल्याइएको थियो । बेलिब्रिज निकालेपछि ओखलढुंगा, सोलुखुम्बु र खोटाङका बासिन्दाले आवतजावत र सामान ढुवानीमा समस्या झेल्नुपर्नेछ । यस क्षेत्रबाट राजधानी र तराईका जिल्लासम्मको सिधा यातायात पनि प्रभावित हुनेछ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस