जेठ १४ अघि के हुँदैन?
जेठ १४, २०६७ भित्रै नयाँ संविधान बन्नुपर्ने र शिविरमा रहेका माओवादी लडाकु नेपालको राष्ट्रिय सुरक्षा संयन्त्रमा समायोजन हुनुपर्ने हो। तर यी दुवै जेठ १४ अघि सम्पन्न हुने सम्भावना छैन। किन?
प्राविधिक रूपमा संविधान बन्न ११ वटा विषयगत समितिका प्रतिवेदन संविधानसभामा पेस भएपछि मस्यौदा संविधान लेख्न संवैधानिक समितिमा पठाउनुपर्छ। यो काम भएको छैन। मस्यौदा संविधान जनस्तरमा छलफल गरेपछि परिमार्जित अन्तिम मस्यौदा संविधानसभाले पारित गर्नुपर्ने हो। यी प्रक्रिया पूरा गर्न बाँकी रहेको दुई महिनाले पुग्दैन। मूलतः राजनीतिक कारणले संविधान लेख्ने प्रक्रिया अड्किएको छ। राजनीतिक बाधा अड्चन फुकाउन खडा गरिएको तीन ठूला दलको उच्चस्तरीय राजनीतिक संयन्त्र पनि अगाडि बढ्न सकेको छैन। संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाको देहावसानले संयन्त्रको अस्तित्व नै अन्यालमा परेको छ। राजनीतिक असहमतिको मूल सबाल शासकीय स्वरूप र राज्यको पुनर्संरचना हुन पुगेको छ। यस असहमतिमा नेपाली कांग्रेस र माओवादी रेखाको दुई विपरीत विन्दुमा अड्केर बसिरहेको छ। कांग्रेस बेलायती शैलीको संसदीय प्रणालीमा अडिग छ भने माओवादी अमेरिकी शैलीको राष्ट्रपतीय प्रणालीमा दृढ छ। नेपाली कांग्रेस ६ वटा भौगोलिक प्रदेश चाहन्छ भने माओवादी १४ वटा जातीय प्रदेश भएको राज्यको संरचना चाहन्छ। यी दुवै मुद्दामा नेकपा (एमाले)ले मध्यमार्गको सम्झौता विन्दु प्रस्ताव गर्न सकेको छैन। नेपाः राष्ट्रिय पार्टीले भने सामर्थ्यका आधारमा उत्तर-दक्षिण जोडिएका ५ प्रान्त र ती प्रान्तभित्र जातीय पहिचानसहितका १६ स्वशासित राज्यको प्रस्ताव गरिसकेको छ।
प्राविधिकरूपमा लडाकु समायोजन जटिल बनाइँदै लगिएको छ। प्रधान सेनापतिद्वारा लडाकुलाई सामूहिकरूपमा समावेश गर्न सकिंदैन र योग्यलाई व्यक्तिगत छनौटमा लिन सकिन्छ भन्नु र रक्षामन्त्रीले पनि दोहर्याई रहनु यस कार्यमा प्राविधिक अवरोध खडा गर्नु हो। प्रधानमन्त्री माधवकुमार नेपालले समावेश गर्ने लडाकुको संख्या तीन हजारमात्र भनेर संख्या तोक्नु र कांग्रेस नेताले जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न सकिंदैन भनिरहनु भने राजनीतिक अवरोध हो।
संविधान लेखन र सेना समायोजनमा विद्यमान यी प्राविधिक र राजनीतिक अवरोध दुई महिनाभित्र सुल्झन सत्तै्कैन। त्यसकारण २०६७ जेठ १४ अघि शान्ति प्रक्रिया र संविधान निर्माण सम्पन्न हुँदैन।
जेठ १४ पछि के हुन सक्छ त?
संविधान बन्न नसकेमा जेठ १४ पछि संवैधानिक रिक्तता उत्पन्न हुन्छ। त्यसपछि जे पनि हुन सक्छ। त्यो ‘जे पनि'भित्र संभावित परिदृश्यहरू निम्न प्रकारका हुन सक्छन्।
सबैभन्दा अप्रिय सम्भावना राष्ट्रिय सेनाबाट हुने ‘कू' हो। त्यो भऐ गृह युद्ध हुनेछ। कू भए गणतन्त्र पक्षधर दलहरू बन्देजमा पर्छन्। यसो हुन पूर्वराजा ज्ञानेन्द्र र सेनाबीच साँठगाँठ र षडयन्त्रको कार्ययोजना बनेको हुनुपर्छ। तर, यसको सम्भावना अत्यन्त न्यून छ।
अर्को अनुदार सम्भावना, सेनाको सहयोगमा राष्ट्रपतिले शासनसत्ताको बागडोर आफ्नो हातमा लिनु हो। त्यस अवस्थामा संविधानसभा भंग गरेर सैनिक शासन चलाउने र माधव नेपालको सरकारलाई नै निरन्तरता दिने वा अर्कै संकटकालीन सरकार नियुक्त गर्ने कार्य हुनसक्छ। त्यसपछि संविधान आयोग गठन गरेर संविधान ल्याउन सकिनेछ। यसले दलहरू र राष्ट्रपतिबीच द्वन्द्व सिर्जना गरी जनविद्रोहको वातावरण बनाउन सक्छ। भारतीय स्वार्थको प्रभुत्व भएमा यस्तो परिस्थिति आउन सक्छ। तर, यसको सम्भावना पनि कमै छ।
अर्को सम्भावना राष्ट्रपतिले संविधानसभाको म्याद ६ महिना थप्ने र वर्तमान सरकारलाई नै निरन्तरता दिने। त्यस अवस्थामा ६ महिनाभित्र संविधान बन्यो र सेना समायोजन भयो भने त्यसपछि देश अगाडि बढ्छ। यो भनेको उदार राष्ट्रपतीय शासन हो। सेना समायोजन र सरकार बनाउने अधिकार राष्ट्रपतिमा नीहित रहनेछ। संविधानसभाका सभासद्हरू जनताप्रति जिम्मेवारभन्दा पति राष्ट्रपतिले म्याद थामिदिएका प्राविधिकको भूमिकामा रहनेछन्। सरकार गिराउने र बनाउने खेल खेल्ने भूमिका पाउने छैनन्। सरकार पनि राष्ट्रपतिको निर्देशनमा दैनिक शासन चलाउने व्यवस्थापकको भूमिकामा सीमित हुनेछ। संविधान बन्यो र सेना समायोजन सजहरूपले भयो भने त्यसको श्रेय राष्ट्रपतिलाई जानेछ र रामवरण यादव इतिहासमा पहिलोमात्र हैन सफल राष्ट्रपतिका रूपमा दर्ज हुनेछन्। यस प्रक्रियामा असहयोगको भूमिका खेल्नेहरूको अस्तित्व खस्किँदै जानेछ। यसो हुने सम्भावना धेरै छ।
जेठ १४ सम्ममा के हुनुपर्छ?
उच्चस्तरीय राजनीतिक संयन्त्रलाई यथासक्य छिटो पुनर्गठन गर्नुपर्छ। शेरबहादुर देउवा, झलनाथ खनाल र पुष्पकमल दाहालबीच समझदारी कायम गरेर सेना समायोजन र राज्य पुनर्संरचनाबारे राजनीतिक सहमति निर्माण गर्न सहजीकरणको भूमिका खेल्न तत्काल सुरु गर्नुपर्छ। यसको लागि सेना समायोजनको लागि विशेष समिति र राज्य पुनर्संरचना आगोग पुनर्स्थापना गरी उनीहरूको प्राविधिक कार्यक्षेत्र तोकेर दिनुपर्छ। यी सबै कार्यको लागि राजनैतिक सहमतिको निर्देशक सिद्धान्त र मार्गचित्रको मस्यौदा उच्चस्तरीय संयन्त्रले तयार पार्नुपर्छ। माओवादीसहितको समर्थनमा माधवकुमार नेपालको प्रधानमन्त्रीत्वको सरकारको पुनर्गठन गर्नुपर्छ। नेपाललाई नै प्रधानमन्त्री कायम गरेर १५ जनाको मुख्यमुख्य दलहरू समावेश भएको सानो मन्त्रिपरिषद् गठन गरेर प्राविधिक व्यवस्थापन कार्यमा सीमित हुनुपर्छ। त्यस मन्त्रिपरिषद्मा माओवादी र कांग्रेसबाट उपप्रधानमन्त्रीहरू (माओवादीबाट रक्षामा रामबहादुर थापा बादल र परराष्ट्रमा विमलेन्द्र निधि) राख्दा राम्रो हुनेछ। तर, मन्त्रिपरिषद्ले सेना समायोजन र राज्य पुनर्संरचनाको राजनीतिक निर्णयमा बाधा पुर्याउनु हुँदैन।
जेठ १४ सम्ममा संविधानको राजनीतिक आधारहरूमा सहमति भएर निर्देशक सिद्धान्त पारित गरिनु पर्छ। त्यस्तै सेना समायोजनको पनि राजनीतिक सहमति र मार्गचित्र तय गरिनु पर्छ। अनि जेठ १४ पछि ६ महिना म्याद थपेर संविधानसभा र सरकारले काम तामेल गरी मंसीर २०६७ साल १५ गते नयाँ संविधान घोषणा गर्नुपर्छ। सहमति, सहकार्य र एकताको उपयुक्त बाटो यही हो।
लेखक नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष हुन्।