समस्या यता पो छ कि?
०४ वैशाख २०६७
•
१३ मिनेट पाठ
समस्या यता पो छ कि?
समानान्तर
नेपाल-भारत सम्बन्ध विलक्षण छ। सरकारी स्तरमा अधिकांश समय कटुतापूर्ण रहे पनि जनस्तरमा संसारको अरु कुनै मुलुकमा पाइने भन्दा बेग्लै छ।  नेपालमा पहिरो गए भारतको गाउँ डुब्छ। भारतमा बाटो थुनिए नेपालीको बजार सुक्छ। नेपालमा सडक दुर्घटना हुँदा भारतीय र भारतमा आतंककारी घटना हुँदा नेपाली पनि पर्ने जोखिम हुन्छ।  यति अन्तर्निभरता सायद अन्त कतै छैन। अर्थात्, यी दुई मुलुकका जनताको हित बाझिएको छैन, गाँसिएको छ। तैपनि, सरकारी कर्मचारी र कथित बुद्धिजीवीले यसलाई सहज हुन दिँदैनन्। कुनै न कुनै बहानामा विवाद बनाइराख्छन्। तैपनि, धेरैजसो समय नेपाल र भारतको सम्बन्ध कटुतापूर्ण रहने गरेको छ। स्पष्ट गर्छ भने समस्या सरकारी स्तरमा छ।
'मैले भनिदिएको थिएँ कि राजदूतले राजदूत भएर बस्नुपर्छ। मैले यो खुल्ला वक्तव्य दिएको थिएँ कि उसले आफूलाई हिन्दुस्थानको डिस्ट्रिक्ट बोर्डको चेयरमैनजस्तो ठान्नु हुदैन। सीपी एन सिन्हा अघि मुजफ्फरपुर डिस्ट्रिक्ट बोर्डको चेयरमैन थियो। यहाँ त्यही डिस्ट्रिक्ट बोर्डको चेयरमैनले गरेकोजस्तो गर्न पाउँदैन भनेर मैले वक्तव्य दिएको छु। उसले आफ्नो ठाउँ कहाँ हो, त्यो बुझ्नुपर्छ भनेको छु।'




बीपी कोइरालाको आत्मवृत्तान्तमा वर्णन गरिएको यो प्रसंग उनी गृह मन्त्री हुँदाको अर्थात् २००८ सालतिरको हो। बीपीको आत्मवृत्तान्तमा उनी प्रधानमन्त्री भएका बखतका एक जना भारतीय राजदूत भगवान सहायका प्रसंगमा पनि लेखेका छन् - 'पार्टी आठ बजेका लागि बोलाएकोमा ऊ जानी जानी रातको नौ बजे आयो। सुवर्णजीकहाँ पार्टी थियो जाडो। सायद डिसेम्बरको थियो। हामीहरु पर्खिरहेका थियौँ। अनि आएर के भन्छ भने, देर हो गयी इसलिए की ज्यादा आत्मीयता वाले पार्टी हमको बहुत मिल गए।' तर मलाई लाग्छ उसले जानीबुझी विलम्ब गरेको थियो।' भारतीय राजदूतहरुको व्यवहार अहिले पनि लगभग यस्तै छ।

नेपालमा लोकतन्त्रको स्थापनापछि सम्बन्ध सुध्रनुको साटो झन् बिग्रेको छ। दुवै मुलुकले धेरैजसो धम्की र घुर्की लगाउने गरेका छन्। धम्की वा घुर्कीले सम्बन्ध सहज हुँदैन। सम्बन्ध सहज गर्न त एक अर्काको भावना बुझ्नु र सम्मान गर्नुपर्छ। मुलुकहरुबीच संवाद र सम्पर्कको महत्व भएरै राजदूत राख्ने चलन चलेको हो। तर, नेपाल भारत सम्बन्ध बिगार्ने काम यिनै राजदूतहरुले गर्ने गरेका छन्। विशेषगरी, सन् १९९० पछि विमलप्रसादबाहेक अरु कुनै पनि भारतका राजदूतले नेपाली जनताको स्नेह पाएको देखिएन। नेपालमा भारतले उनीपछि सबैजसो राजदूत कूटनीतिक सेवाका कर्मचारीलाई बनाएको छ। यी कर्मचारीहरुको व्यवहार अधिकांश समय विवादास्पद रहेको छ। तिनको कूटनीतिक मर्यादाविपरीतको उत्ताउलो व्यवहारले नेपालमा सिंगै भारतको छवि बिगारेको छ।

नेपाली पत्रकारहरुसँगको कुराकानीमा भारतका तत्कालीन विदेश मन्त्री इन्दरकुमार गुजरालले भनेका थिए - भारतको विदेश मन्त्रालय राजनीतिक नेतृत्वले हाँक्दैन। कर्मचारीहरुले राजनीतिक नेतृत्वले चाहेअनुसार परिवर्तन हुन दिँदैनन्। हुन पनि भारतमा सरकार परिवर्तन हुँदा त्यसको खासै असर पारस्परिक सम्बन्धमा देखिने गरेको छैन। त्यहाँका कर्मचारी सोभ र व्यवहारका दृष्टिले अझै पनि बेलायती उपनिवेशका बाबुजस्तै छन्। साम्राज्यवादी कालको अकड र सोच अझै बाँकी छ। साउथ ब्लकमा बसेको बेलायती भूतले नेपालसँगको भारतीय सम्बन्धलाई प्रभावित बनाएको छ। कूटनीति र रकमी काइते व्यवहार कूटनीति होइन। केभी राजनदेखि राकेश सुदसम्मको व्यवहार कूटनीतिक हैन काइते देखिएको छ।

अहिलेको राहदानी छपाइ काण्ड पनि सरकारी स्तरबाट उब्जाइएको समस्या हो। नेपालको परराष्ट्र मन्त्रालयले बेलामा बोलपत्र आह्वान गरिसकेपछि भारतीय विदेश मन्त्रीले छाप्न नखोजेकै भए हुन्थ्यो। भारतलाई दिने निर्णय गर्दा नियम मिचिने थियो भने त्यही बताएको भए हुन्थ्यो। तर दुवै देशका अधिकारीहरुको बुद्धि नपुग्दा व्यर्थको शंका र विवाद थपियो। त्यसैका निहुँमा भएको भारतको विरोध अनि भारतीय राजदूतको अशोभनीय गतिविधि र अभिव्यक्तिले सम्बन्ध झन् बिगारेको छ।

राजदूत राकेश सुदले देखाएको प्रतिक्रिया कूटनीतिक मर्यादाविपरीत छ। उनले प्रधानमन्त्री माधवकुमार नेपाललाई हैन परराष्ट्र मन्त्रालयका सम्बन्धित फाँटका सहसचिवलाई भेटेर भारतको असन्तोष राख्नु पर्थ्यो। सुदले एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष प्रमुख विपक्षी नेता पुष्पकमल दाहाललाई भेटेर जे भने भन्ने समाचार आएको छ त्यो पनि मर्यादाअनुरुप छैन। कुनै पार्टी वा नेताले जे गर्छ वा भन्छ त्यो नेपालको आन्तरिक विषय हो। प्रधानमन्त्री नेपालले के भने त्यो सार्वजनिक भएको छैन तर सुदलाई दाहालले भनेको भनेर जे प्रचार भएको छ त्यो पनि मर्यादाअनुरुप छैन। दाहालले राहदानी छपाइलाई भारतको विरोध गर्ने निहुँ बनाएकै हुन् र त्यो गलतै थियो। तर, राजदूतलाई त्यसको स्पष्टीकरण दिइरहन उनलाई सुहाउँदैन। दाहाल जे भए पनि नेपालका पूर्व प्रधानमन्त्री हुन् र संसद्मा विपक्षी दलका नेता हुन्।

भारतमा अहिले नेपाल धर्म निरपेक्ष घोषित भएको आलोचना र टिप्पणी हुनसक्छ। भारतीय जनता पार्टीको कुनै नेताले भाषणमा नेपालको विरोध पनि गर्न सक्छ। त्यसो भयो भने नेपाली राजदूतले गएर घुर्की लगाउन वा धम्की दिन हुन्छ? विरोध गर्नै परे आधिकारिक निकाय र अधिकारी समक्ष गर्नुपर्छ। नेपालका राजदूतले दिल्लीमा प्रधानमन्त्रीलाई यसरी भेट्न पाउँछन्? विपक्षी दलकै नेताले पनि राजदूतलाई घरघरै भेट्न बोलाउँछ? उनीहरु कूटनीतिक मर्यादामा रहन्छन्। त्यसैले त्यहाँ यस्तो सस्तो विवाद पनि कमै हुन्छ।

दुवै देशको राजनीतिक नेतृत्वकै कमजोरीले कूटनीतिक सम्बन्धमा अनावश्यक तनाव सिर्जना हुने गरेको छ। भारतले नेपालमा बाबुहरुलाई राजदूत बनाएका बेला धेरै समस्या हुने गरेको छ। नेपालको त कुरै नगरे हुन्छ। बितेका २० वर्षमा चक्र बास्तोला, भेषबहादुर थापा, लोकराज बरालबाहेक सायद अरु भारतका सरकारी अधिकारी र वुद्धिजीवीले गम्भीरतापूर्वक लिने मान्छे राजदूतै भएनन्। दिल्लीस्थित राजदूत प्रभावकारी भए नेपालसँग दिल्लीले उहीमार्फत् कुराकानी गर्थ्यो। नेपालको पक्ष स्पष्टसँग राख्ने मौका हुन्थ्यो। दिल्लीमा रहने नेपाली राजदूत सक्षम भए धेरै गर्न सक्ने रहेछन्।

यदुनाथ खनालले भारतमा राजदूत छँदा सरकारी स्तरमा दबाब पार्न जनस्तरको सम्बन्ध बढाएको चर्चा गरेका छन्। भारतसँगको कूटनीतिक सम्बन्धलाई सन्तुलनमा राख्ने सम्भवतः यो सही उपाय पनि हो। भारतमा नेपाललाई माया गर्नेहरु पनि छन्। तिनको माया र समर्थनलाई आफ्ना पक्षमा प्रयोग गर्न सके केही सन्तुलन कायम हुने पनि थियो। तर, त्यसका लागि राजदूत हुनेमा क्षमता त चाहिन्छ।

यसैले, भारतीय नेताहरुसम्म पहुँच हुने वा भारतले कुरा सुन्ने नेपाली नेता छन् भने तिनले राजदूतहरुको व्यवहारको प्रश्न उठाउनु आवश्यक छ। नेपालमै पनि भारतमा राजदूत बनाउँदा उपयुक्त पात्रको चयन गर्न बढी गम्भीर हुनुपर्छ। भारतले पनि नेपाली जनता नै चिढिने गरेर सम्बन्ध बिगार्नुभन्दा सद्भावना बढाउन सक्ने राजनीतिक व्यक्तिलाई राजदूत बनाउनु उचित हुनेछ। नेपाली जनताको सद्भावको मूल्यमा बाबुहरुको हठ र दम्भ जोगाउने खोजियो भने भारतलाई पनि महंगो पर्नेछ। यथा, नेपालले पनि भारतसँगको मित्रतालाई कम महत्व दिनु ठूलो मूर्खता हुनेछ। नेपाल-भारत सम्बन्धमा विद्यमान समस्या समाधानको सबैभन्दा सही उपाय यही हो।

बीपीकै आत्मवृत्तान्तको अर्को उद्धरण अहिलेका लागि मार्गदर्शक बन्न सक्छ कि - 'गण्डक योजनासम्बन्धी सम्झौतामा त्यो भारतीय राजदूतको व्यवहारको खिलाफमा त्यो मेरो विरोधजस्तो थियो र म गइन त्यसको सही गर्ने समारोहमा। त्यसले म रिसाएको छु भन्ने थाहा पाएजस्तो लाग्छ मलाई। गण्डक र कोशी प्रोजेक्टको एउटा डाइरेक्टर थियो आईसीएस एक जना सिन्हा बिहारको एउटा प्रसिद्ध अफसर। त्यो दुईटै योजनाको संयुक्त चेयरमैनजस्तो थियो। त्यो आयो मकहाँ। आएर के भन्यो भने कोइराला साहब सुना कि आपको कुछ दुःख पहुँचा है और आपनो बहुत बुरा माना है। यदि ऐसी बात हैँ तो हमारे नेता जबाहरलालजीका कहना है कि बीपी कोइरालाकी मित्रता ज्यादा महत्व रखती है, बनिस्बत, गण्डक योजना का सम्झौता। कागजके टुकडेमे किए जानेवाले सम्झौते उतने महत्वपूर्ण नहीँ जितने महत्वपूर्ण हैँ प्रधानमन्त्री बीपी कोइराला के साथ कि मित्रता'। दुर्भाग्य, त्यस्ता नेता अहिले न उता छन्, न यता छन्
अर्को समाचार
युरोपेली वित्त संकट
११ जेष्ठ २०६९
•
१२ मिनेट पाठ
युरोपेली वित्त संकट
केही वर्ष यता युरोपेली वित्त संकट चर्चाको शिखरमा छ। विकासशील राष्ट्रहरूको ऋण समस्या दशकौं लामो भएपनि विकसित युरोपको ऋण समस्या धेरै लामो भने होइन। युरोपेली वित्त संकट सन् २००९ बाट सुरु भएको हो। यसका दीर्घकालीन प्रभाव कम गर्न सन् २०११ को मे महिनामा युरोपीय मुलुकका अर्थमन्त्रीले ७५० अर्ब युरोको उद्धार कोष खडा गरे। त्यसमा युरोपीय आर्थिक स्थायित्व सुविधाअन्तर्गत सदस्य राष्ट्रले अल्प र दीर्घकालीन ऋण लिनसक्ने प्रावधान राखियो। त्यसपछि २०११ को अक्टोबर र २०१२ को फेब्रअरीमा युरोपेली संघको नेतृत्वले यसका सदस्य राष्ट्रलाई वित्तीयरूपले संकटग्रस्त हुनबाट रोक्न निजी क्षेत्रले किनेका ५३.३ प्रतिशत ऋण पत्रहरू बैंकहरूले लिनसक्ने प्रावधान बनायो जसलाई युरोपेली बैंकहरूले ९ प्रतिशतसम्म पुँजीकृत गर्न सक्थे। यस अतिरिक्त युरोपीय आर्थिक स्थायित्व कोषलाई एक टि्रलियन युरो बनाइयो। यी सबै प्रयासहरू संकटग्रस्त ग्रीक अर्थतन्त्र र त्यही बाटोमा आएका अन्य मुलुकहरूलाई संकटबाट बाहिर निकाल्नेतर्फ लक्षित थिए।
युरोपेली संकट ग्रीकमा मात्र केन्द्रित छैन। ग्रीकको पछि पछि पोर्चुगल र आयरल्यान्ड पनि त्यही बाटोमा आइरहेका छन्। यी तीनवटा मुलुकले सम्पूर्ण युरोपको कुल गार्हस्थ उत्पादनको करिब ६ प्रतिशत ओगट्छन्। साइप्रस पनि बिस्तारै संकटमा पर्दैछ।




सन् २००९ बाट स्पष्टसँग प्रकट भए पनि युरोपेली आर्थिक संकटको कारण केलाउने हो भने करिब एक दशक अगाडिदेखि हेर्नुपर्ने हुन्छ। केही जानकारहरू युरोपेली संघको स्थापना कालमा अन्तर युरोपीय व्यापारलाई सही ढंगबाट सम्बोधन नगरिएकाले यी समस्या अहिले सतहमा आएका ठान्छन्। युरोपेली संघको निर्माणताका जर्मनीको अन्तर्राष्ट्रीय व्यापार अनुकूल थियो भने पोर्चुगल, स्पेन, इटाली, र आयरल्यान्डको अत्यन्त प्रतिकूल थियो। आन्तरिक मुद्राको सटही दर खस्कने स्थितिमा रहेका यी मुलुकलाई युरोपका सबल अर्थतन्त्रहरूसँग एउटै रूपबाट एकीकृत गरियो। अर्कोतिर खासगरी सन् २००२ देखि २००८ सम्म युरोपको सुस्त आर्थिक वृद्धि दरलाई हतारमा उकास्ने प्रयास स्वरूप बैंक कर्जालाई धेरै खुकुलो बनाइयो। रियल स्टेट क्षेत्रमा बढ्दो ऋण प्रवाहले केही मुलुकमा 'फोका' अर्थतन्त्रको विकास भयो र समस्या विस्तारै मुद्रा संकटतर्फ डोरियो। ग्रीस, आयरल्यान्ड र आइसल्यान्डका समस्याहरू उस्तै छन्। घटनाक्रमले सन् १९९७ को पूर्वी एसियाली मुलुकको आर्थिक संकटलाई सम्झाउँछ। फोकाका रूपमा विकसित क्षेत्र त ढिलोचाँडो फुट्छन् नै बाँकी क्षेत्र पनि त्यसपछि सही बाटोमा आफैं आउँछन् भन्न सकिँदैन। अर्कोतिर लगानी भएका क्षेत्रहरू टाट उल्टिए पनि सरकारले सुरक्षा प्रदान गरेको ऋण पत्रहरू हुनाले सार्वभौम वित्तमा बढोत्तरी मात्र हुने परिस्थिति रहन्छ। यही पृष्ठभूमिमा युरोपेली वित्त संकट फैलिएको छ। यसका अतिरिक्त कसैकसैले समस्यालाई युरोपेली सामाजिक सुरक्षामा बढेको सरकारी खर्चले पनि बल पुर्‍याएको धारणा राख्छन्। तथ्यहरूले यस धारणालाई सही पनि देखाएको छ। सन् २००७ मा सम्पूर्ण युरोपमा सरकारी बजेट घाटा सरकारी खर्चको ०.६ प्रतिशत रहेको मा वित्तीय संकटपछि करिब ७ प्रतिशत पुगेको देखिन्छ। यसै अवधिमा सरकारी ऋण कुल गार्हस्थ उत्पादनको ६६ प्रतिशत बाट बढेर ८४ प्रतिशत पुगेको छ।
युरोपेली संकटले सरोकारवाला र नीति निर्माणमा प्रत्यक्ष भूमिका खेल्ने संस्थाहरूको कार्य क्षेत्रको बारेमा पनि केही घतलाग्दा पक्षहरू उजागर गरेको छ। युरोपेली केन्द्रीय बैंकलाई मुद्रास्फीतिलाई नियन्त्रित गर्ने अधिकार दिइएको छ तर यसलाई रोजगारसम्बन्धी कुनै कार्यक्षेत्र तोकिएको छैन। यी दुई पक्षहरूलाई अमेरिकी केन्द्रीय बैंकले जस्तै एउटै छातामुनि राख्नुपर्ने सोचाइ विकसित भइरहेको छ। युरोपलाई आर्थिकरूपले एकीकृत गर्दा राजनीतिक पक्ष अनावश्यकरूपले प्रबल भई आर्थिक कार्यक्षेत्रलाई अस्वाभाविक ढंगले कित्ताकाट गरिएको महसुस हुनथालेको छ।
युरोपेली मुद्रा र यसको स्थायित्व
यी सबै समस्या हुँदाहुँदै पनि युरोपेली मुद्राले आफ्नो स्थायित्व कायमै गरिरहेको छ। तर अब यसको विश्वसनीयता कायम राख्न केही न केही गुमाउनुपर्ने बेला आएको धेरैको धारणा बन्दैगएको छ। हालका दिनमा ग्रीसलाई युरोपेली मुद्रा युरोबाट बाहिर राखी उसको आफ्नो मुद्रा ड्राच्मालाई सञ्चालनमा ल्याउने विचार विकसित हुँदैगएको देखिन्छ। किनभने युरोपेली वित्त संकटमा ग्रीसको समस्या सबैभन्दा चर्को छ। सन् २०११ मा यसको कुल गार्हस्थ उत्पादनमा झन्डै ९ प्रतिशतले ह्रास आयो भने सन् २०१० को तुलनामा कम्पनीहरू टाट पल्टने प्रवृत्ति २७ प्रतिशतले बढ्यो। त्यसैगरी युवा बेरोजगारी दर सन् २०१० को २२ प्रतिशतबाट बढेर २०११ मा ४८ प्रतिशत पुग्यो। हुन त गरिबीको प्रकृति विकासशील र विकसित राष्ट्रहरूमा फरक छ तर सामाजिक असुरक्षाको दृष्टिले ग्रीकमा २७ प्रतिशत जनता गरिबीको मारमा पर्ने सन्देह बढेर गएको छ।
यिनै पृष्ठभूमिमा ग्रीकलाई युरो मुद्राबाट बाहिर निकाल्दा आउने परिणामहरू के होलान् भन्नेमा धेरै प्रकारका अनुमान गरिएका छन्। पहिलो युरो मुद्राको विश्वसनीयताका लागि ग्रीकलाई बाहिर राख्नेबित्तिकै उसको सञ्चालनमा आउने मुद्रा ड्राच्मालाई अवमूल्यन हुन छोडिदिनु पर्छ। नत्र उसलाई बाहिर राख्नुको कुनै अर्थ हुँदैन। अध्ययनहरूले यस परिस्थितिमा ड्राच्माको झन्डै ६१ प्रतिशतले अवमूल्यन हुने र ग्रीकमा ४० देखि ५० प्रतिशतले मुद्रास्फीति हुने देखाएका छन्। त्यसैगरी कुल गार्हस्थ उत्पादन २० प्रतिशतले घट्ने र ऋण कुल गार्हस्थ उत्पादनको २०० प्रतिशत पुग्ने परिस्थिति देखिन्छ। यसले अन्ततोगत्वा मुलुक गृहयुद्धमा धकेलिने, सैनिक शासनको खतरा आउने र सम्पूर्ण युरोपको स्थिरतालाई खल्बल्याउने सन्देहले गर्दा हतारमा उसलाई युरो मुद्राबाट बाहिर राख्न हुँदैन भन्ने धारणा पनि उत्तिकै प्रबल छ। फेरि ग्रीकलाई युरो मुद्राबाट बाहिर राख्दैमा तत्कालका लागि युरोले स्थिरता त पाउँथ्यो होला तर ग्रीक युरोपेली संघमा रहँदासम्म त्यहाँको बेरोजगारी, मुद्रास्फीति, प्रतिकूल अन्तर्राष्ट्रिय व्यापारजस्ता समस्याहरू त फेरि युरोपेली संघको टाउको दुखाइको विषय बनी नै रहन्छन्। यिनै समस्याहरूको भुमरीमा फेरि युरोपेली संघ, अन्तर्राष्ट्रिय मुद्रा कोष र युरोपेली केन्द्रीय बैंकले यसै वर्षको फेब्रुअरी महिनामा १३० अर्ब युरोको दोस्रो चरणको संकट मोचन सहयोगको घोषणा गरे जसलाई ग्रीकले चरणबद्धरूपमा लिँदै जान सक्नेछ र ती सुविधाजन्य सहयोग १० देखि ३० वर्षसम्ममा चुक्ता गर्नु पर्नेछ। तर सहयोगको राशि बढाउँदै गएरमात्रै समस्या नियन्त्रणमा आउँछ भन्नेपनि निश्चित भने छैन। इतिहासलाई केलाएर हेर्ने हो भने मार्सल प्लानको समयमा अभूतपूर्व प्रगति गरेको पश्चिम युरोपमा कुल गार्हस्थ उत्पादनको २.१ प्रतिशतमात्र वैदेशिक सहयोग थियो भने आज ग्रीकमा वैदेशिक सहयोग गार्हस्थ उत्पादनको १७७ प्रतिशत पुगिसकेको छ। त्यसैले यसका आधारभूत समस्याहरूको समाधान नगरी आउने वैदेशिक सहयोगले समस्यालाई केही समय टालटुलमात्र गर्छन्।
तर ग्रीकलाई युरो मुद्राभित्रै एकीकृत गरेरै लैजाने प्रयासले अझै ठोस रूप भने लिइसकेको छैन। हालैको ग्रीक संसदीय निर्वाचन युरोपेली संघभित्र उसको उपस्थितिलाई कसरी लिने भन्ने विषयमा जनमत संग्रह जस्तै बन्न पुग्यो। समग्रमा ग्रीस युरोपेली संघबाट बाहिर जानसक्ने स्थिति भने बनेन। सबल क्षेत्रीय अर्थतन्त्रले नै उसलाई समस्याबाट बाहिर निकाल्नु पर्छ भन्नेमा जनमत ढल्किएको पाइयो।
ग्रीसको मात्र नभई समग्र युरोपले वर्तमान वित्तीय संकटको दीर्घकालीन समाधानको बाटो पहिल्याउन जरुरी भइसकेको छ। ग्रीस क्षेत्रीयरूपले सबैभन्दा संकटग्रस्त रहेपनि समग्र युरोपको वित्तीय स्थिति मन्द गतिमै सही ग्रीसकै बाटोतर्फ उन्मुख छ। ग्रीकपछि पोर्चुगल, आयरल्यान्ड, हंगेरी, इटाली, स्पेन, आइसल्यान्ड, बेल्जियमलगायतका मुलुक प्रकृतिका दृष्टिबाट दीर्घकालमा ग्रीसको बाटोमा आउनसक्ने जोखिम धेरै देखिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस