विश्वकै सबैभन्दा लोकप्रिय कृत्रिम बौद्धिकता (एआई) च्याटबट, च्याटजीपीटीको सेवा मंगलबार विश्वभर अवरुद्ध भएको छ। मोबाइल एप र वेब दुवै संस्करणमा देखिएको यो समस्याका कारण लाखौं प्रयोगकर्ताको दैनिक काम र अध्ययन प्रभावित भएको छ।
सेवा अवरुद्ध भएको रिपोर्ट गर्ने वेबसाइट ‘डाउनडिटेक्टर’ का अनुसार, वेबसाइटमा रिपोर्ट गर्नेमध्ये ८८ प्रतिशत प्रयोगकर्ताले च्याटजीपीटीको वेब संस्करणमा, ८ प्रतिशतले मोबाइल एपमा र ३ प्रतिशतले एपीआईमा समस्या आएको बताएका छन्।
यो समस्या सबै प्रयोगकर्तामा भने एकै किसिमले देखिएको छैन। परीक्षणका क्रममा सफारी ब्राउजरमा च्याटजीपीटी केही सुस्त भए पनि चलिरहेको थियो। तर गुगल क्रोममा भने यो पूर्ण रूपमा बन्द थियो र ‘केही प्राविधिक समस्या देखिएको छ’ भन्ने सन्देश देखाइरहेको थियो।
त्यसैगरी, एप्पलको आईओएस अपरेटिङ सिस्टममा एपले काम गरे पनि एन्ड्रोइड एपमा भने वेबमा जस्तै समस्या देखिएको थियो।
च्याटजीपीटीको सेवामा यस वर्ष पनि केही पटक यस्ता ठूला अवरोधहरू आइसकेका छन्।
यता, सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्विटर) मा पनि हजारौं प्रयोगकर्ताले सेवा अवरुद्ध भएको बारेमा लेखिरहेका छन्। धेरैले च्याटजीपीटी बन्द हुँदा आफ्नो अध्ययन र कार्यालयको काम रोकिएको भन्दै रमाइला टिप्पणीहरू गरिरहेका छन् र सेवा छिट्टै सुचारु हुने प्रतीक्षामा रहेको बताएका छन्।
अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ कम्पनीमा फर्किएपछि कर्मचारीले भव्य स्वागत गरेका छन्।
सोमबार क्यालिफोर्नियाको सान्ता क्लारास्थित कम्पनीको मुख्यालयमा कर्मचारीले ताली बजाउँदै उनको स्वागत गरेका हुन्।
स्वागतका क्रममा कर्मचारीले ‘हामी तपाईंलाई माया गर्छौं, जेन्सेन!’ भन्दै नारा लगाएका थिए। एक महिला कर्मचारी दौडिएर आएर उनलाई अँगालो हालेकी थिइन्। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
कर्मचारीलाई धन्यवाद दिँदै हुआङले भने, ‘दोस्रो मौका दिनुभएकोमा सबैलाई धन्यवाद। यसपटक म अझ राम्रो सीईओ बन्नेछु।’
उनले आफ्नो पहिलो कार्यदिन भएको भन्दै कम्प्युटरसमेत नभएको ठट्टा गरेका थिए। यसअघि सार्वजनिक अर्को भिडियोमा उनले आफूबाट गम्भीर गल्ती भएको स्वीकार गर्दै कर्मचारीसँग माफी मागेका थिए।
हुआङको पुनरागमनले सबै कर्मचारी भने खुसी छैनन्। केही कर्मचारीले उनको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। एक इन्जिनियरले उनको पुनरागमनलाई कम्पनीका लागि सबैभन्दा खराब परिणाम भएको टिप्पणी गरेका थिए।
हुआङको पुनर्नियुक्तिसँगै एनभिडियाको सेयर मूल्यमा पनि वृद्धि भएको छ। स्पेसएक्सका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल एक्समा ‘गल्ती सच्याइएको छ’ भन्दै उनको पुनरागमनको प्रशंसा गरेका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...