अघिल्ला शिक्षामन्त्री रामचन्द्र कुशवाहाको कुर्सी खोस्ने शिक्षक दरबन्दी मिलानको समस्या डेढ दशकदेखि शिक्षा मन्त्रालयका अधिकारीहरू टाउको दुखाइ र चुनौतीको विषय बनिरहेको छ। उनले राहत दरबन्दी वितरणमा अनियमितता गरेको एकपछि अर्को समितिहरूले पुष्टि गर्दै लगेका छन्। तर, त्यसरी दरबन्दी वितरणमा अनियमितता गर्ने उनी एक्ला शिक्षा मन्त्री भने होइनन्। विद्यार्थीका अनुपातमा शिक्षक नभएका विद्यालयलाई सहुलियत दरबन्दी दिन सुरू भएकै दिनदेखि अनियमितता पनि थालिएको हो। कुशवाहाले दरबन्दी धेरै भएकै जिल्लामा अरू थप दिए। यसैले उनलाई बढी विवादास्पद बनायो ।
नियमअनुसार हिमालमा ४०, पहाडमा ४५ र तराईमा ५० जना विद्यार्थी बराबर एक शिक्षक हुनुपर्छ। तर, शिक्षा विभागले विद्यार्थी शिक्षक अनुपातका २० भन्दा कम भएको जिल्लामा धेरै दरबन्दी दियो । शिक्षक विद्यार्थी अनुपात २० भन्दा कम भएको काठमाडांैमा एक हजार पाँच सय शिक्षक नियमबमोजिम हुनुपर्ने भन्दा बढी छन्। तर, त्यहीँ दरबन्दी थपिएको छ।
सरकारले करिब ६२ हजार अपुग दरबन्दी थप गर्न सहमति मागेपछि अर्थ मन्त्रालयले मिलान नगरेसम्म नयाँ दरबन्दी थप्न नमिल्ने भन्दै २०६१ सालमा सहुलियत शिक्षकको प्रावधान सुरु गर्न स्वीकृति दिएको थियो। तर, पाँच वषमा राहत कोटाका नाममा प्राविमा २२ हजार २ सय ११ निमाविमा ९ हजार ६ सय ४०, माविमा ६ हजार ९ सय ४० उच्च माविमा १ हजार ९ ५४ दरबन्दी बाँडिएको छ। यसले समस्या झन् जटिल बनाएको छ।
शिक्षा मन्त्रीमा राजनीतिक इच्छाशक्ति भए शिक्षक विद्यार्थी अनुपात मिलाएर जटिल समस्या समाधान गर्न सक्छन्। विगतमा मन्त्रीहरूले समस्या समाधानका लागि उपलब्ध अवसर सदुपयोग गर्ने आँट गरेनन्। विद्यार्थी शिक्षक अनुपात सालाखाला १ : ४४ अर्थात् ४४ जना विद्यार्थीका लागि एक शिक्षक भएपनि सहरी क्षेत्र र काठमाडौं लगायत तथा अरू जिल्लामा निकै भिन्नता छ। संख्यात्मक आधारमा सन्तुलित देखिएका जिल्लाको संख्या १७ वटा मात्रै छ। विद्यार्थी अनुपातमा निकै कम शिक्षक भएका जिल्लाको संख्या २७ वटा छ। तहगतरूपमा धेरै जिल्लामा एक शिक्षक बराबर ७० भन्दा बढी विद्यार्थी छन्। बाँकी दुई जिल्लामा मावि तहमा नै एक शिक्षकले ७० भन्दा बढी विद्यार्थी पढाइरहेका छन्।
राहत दरबन्दी यसै वर्षदेखि खारेजी गरेर सरकारले प्रतिविद्यार्थी विद्यालयलाई निश्चित् रकम उपलब्ध गराउने कार्यक्रम ल्याएको छ। सरकारी तथ्यांकअनुसार प्रथमिक तहमा १ लाख ८४ हजार ४ सय ५३, निम्न माध्यमिक तहमा २५ हजार ६ सय ५२ र माध्यमिक तहमा १६ हजार ९ सय ७० शिक्षक छन्। यस्तै प्राविमा करिब ४९ लाख, निमाविमा १६ लाख र माविमा ८ लाख विद्यार्थी छन्। यसरी हेर्दा विद्यार्थी शिक्षक अनुपात एक शिक्षक बराबर ४४ विद्यार्थी हुन आउँछ। यसरी हेर्दा दरबन्दी मिलान गर्ने हो भने सामान्यतया २४ हजार शिक्षकमात्रै अपुग हुन्छ।
दरबन्दी मिलानमा समस्या शिक्षक राजनीति पनि रहेको छ। उनीहरूले राजनीतिक शक्तिका आडमा असहयोग गर्ने गरेका छन्। शिक्षा ऐनमा भएको सामान्यतः शिक्षकको सरुवा हुने छैन भन्ने प्रावधानले उनीहरूलाई जसरी पनि घरपायकमा बस्ने बहाना दिएको छ। निजामती कर्मचारीको जहाँ पनि सरुवा हुनसक्छ भने सरकारी कोषबाट तलब खाने शिक्षकलाई किन सरुवा नगर्ने? शिक्षक विद्यार्थी अनुपात मिलाउन शिक्षक दरबन्दी मिलान गरेर शिक्षकको सरुवासमेत गर्ने हो भने यो समस्या समाधान हुने देखिन्छ।
चर्चा हुन थालेपछि मात्रै अनियमिता भयो भनेर शिक्षा मन्त्री हटाउन दबाब दिने दाताको व्यवहार पनि राम्रो मान्न सकिँदैन। दाताले सहयोग रोक्ने वा बढाउने धम्की वा प्रलोभन दिएर मन्त्रीसमेत हटाउन सक्छौँ भन्ने फुर्ति देखाएका छन्। त्यसको असर वर्तमान शिक्षा मन्त्रीको मानसिकतामा पर्नु हुदैन। दाता रिझाउनभन्दा न्यायपूर्ण रूपमा विद्यालय तहको दरबन्दी मिलान गर्न सके भने शुक्ला सफल शिक्षा मन्त्री ठानिने छन्। टालटुले प्रयासमा अलमलिए उनको नियति पनि कुशवाहाकै जस्तो हुनेछ।
dh.mydip@gmail.com