संशोधन प्रस्ताव र निर्वाचन
२८ माघ २०७३
•
१० मिनेट पाठ
संशोधन प्रस्ताव र निर्वाचन
संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। सो प्रस्तावको विषयमा मधेसकेन्द्रित दलको पूरा  समर्थन छैन। आदिवासी जनजातिको पनि छैन। एमाले त त्यसको विपक्षमा कडा प्रतिवाद गर्दैछ। ५ नं. प्रदेशमा त्यसको विरोधमा जनसागर उर्लिएको छ। यो प्रस्ताव कसको स्वार्थसिद्धिका लागि र कसको दीर्घकालीन उद्देश्य पूर्तिका लागि ल्याइएको हो? यो प्रश्न गम्भीर छ । र, रहस्यपूर्ण र षड्यन्त्रपूर्ण ढंगले अरु कसैको इशारामा अखण्ड नेपाललाई खण्डित गर्ने उद्देश्यले दर्ता गरिएको संशोधन प्रस्ताव पारित गर्ने संवैधानिक अधिकार वर्तमान व्यवस्थापिका–संसद्को छैन। सीमाङ्कन हेरफेर प्रदेश सभाको दुई तिहाईले गर्ने संवैधानिक व्यवस्था हुँदाहुँदै मध्यरातमा चोर बाटोबाट दर्ता गरिएको संशोधन प्रस्ताव अहिले सरकारलाई काँचो पिँडालुझैं निल्नु न थुक्नु भएको छ। २०७४ माघमा तीनोटै तहको निर्वाचन नहुने हो भने देशमा ठूलो संवैधानिक संकट पैदा हुनेवाला छ। त्यसका लागि आवश्यक ऐन पारित गरेर तत्काल चुनावको तयारीका लागि निर्वाचन आयोगलाई मार्ग प्रशस्त गर्नुपर्नेमा मधेसकेन्द्रित दललाई चित्त बुझाउने बहानामा बिनातुकको स्वयं उनैलाई समेत चित्त नबुझेको संशोधन प्रस्ताव संसद् सचिवालयमा प्रस्तुत गरेर सरकारले निर्वाचनमा हलो अड्काउने काम गरेको छ। प्रस्ताव थाती राखेर तत्काल चुनावको मिति घोषणा गर्नु आवश्यक छ।

रहस्यपूर्ण र षड्यन्त्रपूर्ण ढंगले अरु कसैको इशारामा अखण्ड नेपाललाई खण्डित गर्ने उद्देश्यले दर्ता गरिएको संशोधन प्रस्ताव पारित गर्ने संवैधानिक अधिकार वर्तमान व्यवस्थापिका-संसद्को छैन।

जहाँतक सीमाङ्कन र नामाङ्कनको प्रश्न छ,  जनतालाई सजिलो पार्नका लागि हुनुपर्छ, असजिलो पार्नका लागि हैन। संघीयता जनतालाई सजिलो पार्नका लागि हुनुपर्छ। संघीयताको नाममा भूगोललाई टुक्रा टुक्रा पारेर जनआक्रोश बढाउने काम गर्न हुन्न। पहाडमा बस्ने नेपाली तराई मधेसमा बस्ने मधेसी, ‘गोरा जाति नेपाली, काला जाति विदेशी’ जस्तो संकीर्ण सोच राखेर राष्ट्रिय एकता कायम हुन सक्दैन।‘ मेची महाकाली मुस्ताङ र मर्चवारका जनता सबै नेपाली हुन् र छाला कालो/गोरो जे भए पनि तिनको शरीरमा रातो नेपाली रगत बग्छ। सबैको एउटै मुटुको धड्कन छ। हिमाल, पहाड तराई मधेस सबैको समान अधिकार छ।’ संविधानमा त्यो व्यवस्था हुनुपर्छ। खस–आर्य, तिब्बती भोट बर्मेली र मधेसी मैदानमा बस्ने आर्यमूल तीन क्लस्टरका  जनता सबै नेपाली नै हुन्। गोरखा, रोल्पा र गौर नेपालको संगम हो। यी तीनोटै समुदायको समष्टि नै नेपालको सच्चा राष्ट्रियता हो। हिमाल, पहाड र तराई मधेसका देशभक्त राष्ट्रभक्त सबै नेपालीले आफ्नो देशको विकासमा होस्टेमा हैंसे गर्दै एकजुट भएर प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि एक ढिक्का भएर अगाडि बढ्नुपर्छ।

हिमाल नेपालको मुकुट हो। पहाड नेपालको शिर हो। हिमाल, पहाड र तराई मधेस नेपालको सिंगो शरीर हो। नेपालका नदीनाला शरीरका नसा हुन्। तिनमा बग्ने पानी नेपालीको रगत र पसिना हो। त्यही रगत पसिनाको सिँचन गरेर तराई मधेसको धर्ती हराभरा हुन्छ। त्यहाँ उब्जेको अन्नबालीले हिमाल, पहाड पुष्ट हुन्छ। यसरी ‘हिमाल पहाड र तराई मधेसको आर्थिक, सामाजिक, सांस्कृतिक तथा भावनात्मक अविच्छिन्न सम्बन्ध छ। यस्तो संवेदनशील विषयमा प्रदेशसभाको जनमत नलिई माथिबाट अरु कुनै परचक्रीको स्वार्थका लागि सीमाङ्कन र नामाङ्कन लाद्न खोज्नु लोकतन्त्र हुनै सक्दैन, अधिनायकतन्त्र हो।’

हिजोका शासकले गरेका धेरै काम नराम्रा थिए तर कतिपय राम्रा पनि थिए। पृथ्वीनारायण शाहले बाइसे चौबीसे राज्य मिलाएर नेपाल राज्य निर्माण गर्ने थालनी गरे, त्यो राम्रो काम थियो। तर त्या केन्द्रीकृत र एकात्मक सामन्ती अधिनायकवादी शासन सत्ता थियो। त्यो नराम्रो थियो। राम्रो कुरा ग्रहण गर्ने र नराम्रो कुरा छाडेर राम्रो काम गर्नु बुद्धिमानी हुन्छ। राजा महेन्द्रको शासनकालमा नेपालको भूगोलको रेखाङ्कन र नामाङ्कन नराम्रो भन्न मिल्दैन। उत्तर दक्षिण सीमाङ्कन नदी हिमाल, जनक र बुद्ध जन्मेको, लुम्बिनीको नाममा जुन सीमाङ्कन र नामाङ्कन गरिएको थियो त्यसमा कसैको विवाद थिएन। नदीको आसपासमा बस्ने सबै जाति, क्षेत्र र लिंगका जनताको प्रतिनिधित्व नदीले गरेको थियो। धवलागिरी र सगरमाथा, जनक र बुद्ध सबैका लागि शिरोधार्य थिए। आज संघीयताको नाममा जातीय राज्य बनाउन खोज्दा भद्रगोल भएको छ। राजा महेन्द्रले गरेको धेरै काम नराम्रा थिए। उनले प्रजातन्त्रको गला निमोठे, पञ्चायती निरंकुशतन्त्र ल्याए। त्यसलाई टिकाउन नेपाली भूमि कालापानीमा भारतीय सेना राख्ने अनुमति दिए। १९१६–१७ मा भएको असमान सन्धिको सन्धितन्त्रको आदानप्रदान उनकै पालामा भएको थियो।

राजा महेन्द्रको यो काम ज्यादै नराम्रो थियो। नेपाली कांग्रेसले राणा शासनको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि विदेशबाट हतियार झिकाएर मुक्ति सेना गठन गरी सशस्त्र संघर्षको नेतृत्व गर्‍यो, त्यो महान् क्रान्तिकारी काम थियो। तर उसले आफ्नो कार्यकालमा देशलाई अहित हुने कतिपय काम गर्‍यो। परिणामस्वरूप सत्र सालमा प्रतिगमन भयो। तीस वर्षपछि एमाले नयाँ शक्तिका रूपमा देखा पर्‍यो। कांग्रेस कम्युनिस्टको संयुक्त आन्दोलनले २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना गर्‍यो। तर प्रजातन्त्र दलतन्त्रमा,  दलतन्त्र नेतातन्त्रमा नेतातन्त्र व्यक्तितन्त्रमा सहवरण हुँदै गयो र माघ १९ को त्रासदी मुलुकले भोग्नुपर्‍यो। विगतका राम्रा कामको स्वागत, नराम्रा कामको बहिष्कार गर्दै आगतलाई अङ्कमाल गर्नु वाञ्छनीय हुन्छ।

यतिबेला देशमा गणतन्त्र आएको छ। गणतन्त्रात्मक संविधान जारी भएको छ। तर संविधानको कार्यान्वयन नभएर मुलुक संक्रमणकालीन अवस्थामा छ। संविधानमा मौलिक हकका जे/जति कुरा लेखिएका छन् तिनको पूर्तिका लागि आर्थिक समृद्धि आवश्यक हुन्छ। त्यसका लागि संविधान कार्यान्वयन भई आर्थिक क्रान्तिको दिशातिर लाग्नु आवश्यक छ। कामकुरो एकातिर कुम्लो बोकी उतातिर भनेझैं दल र दलका नेता कुर्सी, सत्ता र दलीय स्वार्थमा लागेर राष्ट्रिय अहं प्रश्नमा गम्भीर देखिँदैनन्। संविधान कार्यान्वयनको पहिलो सर्त निर्वाचन हो। त्यसमार्फत् गरिने आर्थिक क्रान्ति हो। हिमाल, पहाड, तराई, मधेसको नेपाल सिंगो शरीर हो भने यसको रक्षा गर्नु पहिलो कर्तव्य हो। आन्तरिक राष्ट्रियताको जगमा नै बाह्य राष्ट्रियता खडा हुन्छ। त्यसकारण सबै कुरा थाती राखेर आग्रह/पूर्वाग्रहबाट माथि उठेर निर्वाचनमा जानुबाहेक अर्को विकल्प छैन। तर संविधान संशोधन प्रस्ताव किन र कसका लागि?
अर्को समाचार
एक निर्वाचन क्षेत्र एक उम्मेदवार : निर्वाचन आयोग प्रस्ताव
१० साउन २०६९
•
४ मिनेट पाठ
एक निर्वाचन क्षेत्र एक उम्मेदवार : निर्वाचन आयोग प्रस्ताव
काठमाडौं, साउन १० - निर्वाचन आयोगले निर्वाचनका लागि एक उम्मेदवारले एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेद्‍वारी दिन पाउने प्रस्ताव गरेको छ। संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्न बनेको प्रस्तावित ऐनमा सो प्रस्ताव गरिएको हो। प्रस्तावित ऐन संशोधनका लागि आयोगले सरकारलाई बुझाइसकेको छ।

आयोगका सहसचिव मधु रेग्मीले दिएको जानकारीअनुसार आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्ने क्रममा सो प्रावधान राखेको हो। यसअघि एक उम्मेदवारले एकभन्दा बढी निर्वाचन क्षेत्रमा पनि उम्मेदवारी दिनसक्ने प्रावधान रहिआएको छ।

आयोगले संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ लाई संशोधन गर्नेक्रममा उम्मेदवारको अयोग्यताको थप व्यवस्था, उम्मेदवारले मनोनयनपत्रसाथ सम्पत्ति विवरण र अदालती कारबाहीसम्बन्धी विवरण पेस गर्नुपर्ने व्यवस्था, निर्वाचन खर्च व्यवस्था आदिको पनि प्रस्ताव गरेको छ।

त्यसैगरी प्राप्त आर्थिक सहयोग र खर्चको लेखा राख्नुपर्ने व्यवस्था र समानुपातिकतर्फको सिट प्राप्त गर्नका लागि खसेको मतको तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रस्ताव पनि संशोधनमा रहेको छ।

"ती विषयवस्तु समावेश गरी हामीले ऐन संशोधन गर्न सरकारलाई बुझाएका छौँ,"- सहसचिव रेग्मीले भने।

आयोगको सो प्रस्तावप्रति राजनीतिक दलहरुले आफ्ना भनाइ सार्वजानिक गरेका छैनन्। आयोगले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई हालै आयोगमा बोलाई निर्वाचन आयोग ऐन, २०६३, मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ लगायत संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ संशोधन गर्न लागेको र त्यसका प्रावधानका बारेमा जानकारी गराइसकेको छ।

एकीकृत नेकपा (माओवादी)का नेता नवराज सुवेदी एक उम्मेदवारलाई एक निर्वाचन क्षेत्रमा मात्र सीमित राख्न नहुने बताउँछन्। उनी भन्छन,- "राजनीतिक दल र तिनका शीर्ष नेताहरुले आफ्नो लोकप्रियताको कसी जाँच्ने माध्यम एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनु हो।"

नेकपा (एमाले)का केन्द्रीय सदस्य योगेश भट्टराई प्रधानमन्त्री बाबुराम भट्टराईले पदबाट राजीनामा नदिएसम्म सहमतिको राजनीति सुरु हुन नसक्ने बताउँछन्।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्द ढुङ्गाना निर्वाचन हुने कि नहुने अन्योलको अवस्था छ, यस्तो अवस्थामा आयोगले राखेका प्रस्तावमा राजनीतिक सहमति जुट्नु आवश्यक छ भन्छन्।

सरकारले गत जेठ १४ गते मध्यराति अगामी मङ्सिर ७ गते नयाँ संविधानसभाको निर्वाचनको घोषणा गरेको थियो। दलहरुबीच सहमति जुट्न नसक्दा निर्धारित समयमा निर्वाचन हुने हो कि होइन अन्योल कायमै रहेको छ। -रासस

 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस