काठमाडौं– प्रधानमन्त्रीको निर्वाचन यही माघ २७ गते ११ बजे गर्ने प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसदको आजको बैठक सकिएको छ।
बैठकले संविधानसभा सदस्य निर्वाचन अध्यादेश, संविधानसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, निर्वाचनसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, संविधानसभा सदस्य निर्वाचन दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धीकरण निवारण दोस्रो संशोधन अध्यादेश, कसुरजन्य सम्पत्ती तथा साधन अध्यादेशसमेत पारित गरेको छ। व्यवस्थापिका संसदको अर्को बैठक माघ २४ गते बस्नेछ।