निर्वाचन 'थ्रेसहोल्ड'बारे दुईथरी मत
०१ कार्तिक २०७३
•
९ मिनेट पाठ
निर्वाचन 'थ्रेसहोल्ड'बारे दुईथरी मत
काठमाडौं- निर्वाचनसम्बन्धी कानुनमा 'थ्रेसहोल्ड' राख्ने विषयमा साना र ठूला दलबीच दुई थरी रायसहितको संशोधन प्रस्ताव संसद् सचिवालामा दर्ता भएको छ। नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदले तीन प्रतिशतसम्म ''थ्रेसहोल्ड'' राख्नुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् भने साना दलले विधेयकमै रहेको प्रस्ताव ठिक रहेको जिकिर गरेका छन्।




निर्वाचन कानुनमा 'थ्रेसहोल्ड' सीमा कम हँुदा दलहरु धेरै भएको, त्यसको असर सरकार निर्माणमा केन्द्रित भएको र राज्यसंयन्त्र कमजोर पारेको दाबी गर्दै ठूला दलका सांसदले कडा व्यवस्था माग गरेका छन्।

साना दलले भने 'थ्रेसहोल्ड' नै आवश्यक नरहेको तर्क गर्दै मस्यौदा विधेयकमा हटाइनु उचित भनेका छन्  निर्वाचन कानुनसम्बन्धी विधेयकमा नेपाली कांग्रेसका राधेश्याम अधिकारी, आनन्द ढुंगाना, रामहरि खतिवडा, एमालेका  अग्निप्रसाद खरेल, भरतमोहन अधिकारी, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, शान्ता मानवी, भानुभक्त ढकाल, रविन्द्र अधिकारी, गुरुप्रसाद बुर्लाकोटी  र रामेश्वर फुँयालले संशोधन प्रस्ताव दर्ता गराएका छन्। त्यस्तै, माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठले मस्यौदा विधेयक संशोधन हुनुपर्ने प्रस्ताव सचिवालयमा दर्ता  गराएका छन्। उनीहरुले कुनै न कुनै रुपमा दल नियन्त्रण गर्न आवश्यक भएका निश्चित 'थ्रेसहोल्ड' व्यवस्था हुनुपर्ने आफ्नो संशोधन प्रस्तावमा उल्लेख गरेका छन्।

'थ्रेसहोल्ड' लगायत अन्य व्यवस्थाका विपक्षमा अधिकांश  साना दलले पनि प्रस्ताव दर्ता गराएका छन्। जनमोर्चाका  प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले, अनुराधा थापामगर, राप्रपा नेपालका दिलनाथ गिरी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, थरुहट मञ्चकी रुक्मिणी चौधरी, मधेश समता पार्टी नेपालका मेघराज निसाद नेपाली र जनता दल हरिचरण साहले थ्रोसहोल्डका विषयमा विधेयकमै रहेको व्यवस्था संशोधन आवश्यक नरहेको प्रस्ताव दर्ता गराएका छन्।

दोस्रो संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगका १ सय ८० दल दर्ता भएका थिए। तीमध्ये स्वतन्त्रसहित ३१ दलले प्रतिनिधित्व गर्ने अवसर पाएका थिए। संसद्मा १० सिटभन्दा कम हुने २३ दल छन्। तीमध्ये तीन सांसद हुने तीन, दुई सांसद हुने दुई र एक जना मात्र सांसद हुने स्वतन्त्रसहित १४ दल छन्। संविधानसभामा सद््भावना पार्टी थरुहट तराई पार्टी नेपाल, बहुजन शक्ति पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टी, नेपाली जनता दल, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), नेपाः राष्ट्रिय पार्टी संघीय सद्भावना पार्टी खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल अखण्ड नेपाल पार्टी जनजागरण पार्टी र नेपाल मधेस समता पार्टी नेपालले एक जना मात्र सांसद पाएका थिए।

आइतबार बसेको व्यवस्थापिका संसद् बैठकले राजनीतिक दल, मतदाता नामावली र निर्वाचन आयोग सम्बन्धी विधेयक संशोधन गरी एकीकृत रुपमा प्रतिवेदन पेस गर्न उपसमिति पठाएको छ।

साना दलले 'थ्रेसहोल्ड' को विरोध गरिरहँदा दुई ठूला दलबीच भने नयाँ निर्वाचन कानुनमा न्यूनतम तीन प्रतिशत 'थ्रेसहोल्ड' राख्ने सहमति केही दिनपहिले भएको थियो । राजनीतिक दललाई व्यवस्थित गर्न बन्ने कानुनमा न्यूनतम तीन प्रतिशत 'थ्रेसहोल्ड' प्रावधान राख्ने विषयमा सहमति बनेको थियो। यसरी दुई प्रमुख दलबीचको सहमतिमै 'थ्रेसहोल्ड' सहितको विधेयक पारित भयो भने राष्ट्रिय दलको मान्यता लिन दलले न्यूनतम तीन प्रतिशत मत प्राप्त गर्नुपर्नेछ। यसअघिको व्यवस्थाले एक प्रतिशत मत नल्याउने पनि सांसद बन्न पाएका थिए।

गत असोज १८ मा सरकारले संसद्मा पेस गरेको राजनीतिक दलसम्बन्धीे विधेयकसहित थप दुई विधेयक निर्वाचन आयोग काम, कर्तव्य र अधिकार तथा मतदाता नामावलीसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेका विधेयक दर्ता गरेको थियो जसमा सांसदले असोज २१ गतेसम्म  संशोधन प्रस्ताव दर्ता गराएका थिए। ३५ वटा संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ। विधेयकमाथि संशोधनका लागि नेपाली कांग्रेसले संसदीय कार्यसमिति बैठक राखेरै दसैंअघि छलफल गर्ने निर्णय गरेको थियो। कांग्रेस संसदीय दल कार्यसमिति बैठकमा नेताहरूबीच 'थ्रेसहोल्ड' व्यवस्था राख्ने सहमति भएको थियो।

पूर्ववर्ती सरकारले विधेयक मस्यौदा तयारी क्रममा निर्वाचन आयोगस“ग भएको छलफलमा आयोगले न्यूनतम १.५ प्रतिशत 'थ्रेसहोल्ड' राख्ने प्रस्ताव राखेको थियो। दाहाल सरकारले भने 'थ्रेसहोल्ड' लाई तीन प्रतिशत पुर्‍याएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलले पेस गर्ने उम्मेदवार सूची क्रमसंख्याका आधारमा निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्ने अथवा पुरानै व्यवस्थाअनुसार दलले प्राप्त गरेको सिटसंख्यामा पार्टीले नै खुला रूपमा निर्वाचित भएको नाम विवरण आयोगमार्फत सार्वजनिक गर्ने भन्ने विषयमा कांग्रेसभित्र छलफल जारी छ।

त्यस्तै, राजनीतिक दलले उठाउँदै आएको चन्दा र निर्वाचनको समयमा दल र राजनीतिक पार्टीका उम्मेदवारबाट हुँदै आएको आर्थिक अनियमितता नियन्त्रण र नियमन गर्दै दलहरूको आर्थिक कारोबार पारदर्शी र उत्तरदायी बनाउन एमालेले दलहरूलाई राज्यले नै 'फन्डिङ' गर्ने व्यवस्था हुनुपर्ने अडान लिएको छ।

विदेशमा राजनीतिक दलका लागि उनीहरूले प्राप्त गरेको मतका आधारमा राज्यले नै आर्थिक सहयोग उपलब्ध गराउने भए पनि नेपालमा त्यस्तो व्यवस्था नहु“दा दलहरूले अरु संघसंस्था र व्यक्तिबाट चन्दा लिने चलन छ।

निर्वाचन स्वच्छ र स्वस्थ बनाउँदै दलहरूलाई पारदर्शी र उत्तरदायी बनाउन उनीहरूले पाएको मतका आधारमा राज्यले नै रकम उपलब्ध गराउनुपर्ने संशोधन प्रस्तावमा छ।

दललाई राज्यले नै कोष उपलब्ध गराएपछि त्यो दलको आयव्यय र आर्थिक कारोबार सरकारी निकायबाटै लेखा परीक्षण गराउने व्यवस्था हुनुपर्ने माग पनि संशोधन प्रस्तावमा छ।  यसलाई व्यवस्थित गर्ने मात्र नभई निर्वाचनमा देखिएको सार्वजनिक संघसंस्था र व्यक्तिबाट उठाउने चन्दा र अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्ने कडा व्यवस्था हुनुपर्ने प्रस्ताव संशोधनमा आएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस