समानान्तर
१६ जेष्ठ २०६६
•
८ मिनेट पाठ
समानान्तर
सामन्ती शैलीमा गणतन्त्र दिवस




नेपाल विधिवत् गणतन्त्र घोषित भएको वर्ष दिन पुग्यो । राजतन्त्र अर्थात् राजाको शासन अन्त्य भएको भने ३ वर्ष बढी भइसक्यो । तर राजाकै शासनजस्तो जनताको मर्का नहेर्ने बानी भने अझै उस्तैछ । टुाडिखेलमा भव्य समारोह आयोजना गरियो तर सिंगो काठमाडौंको यातायात व्यवस्था खलबल्याएर । सामान्य जनताले पाउनु सास्ती पाए । जोरपाटीतिरबाट आउने मोटरहरू लाई पासांग लामु चोकमा नै रोकियो । काम विशेषले बिहानै बोडे गएको थिएा । फर्कँदा गणतन्त्र दिवसको चपेटामा परेा । यातायात किन रोकियो भन्ने थाहा पाउनै चोकसम्म हिाड्नुपर्‍यो । चोक नजिकै भेटिएका ट्राफिक सब इन्स्पेक्टरले गाह्रो मानेर भने - सबारी छ । एक छिनमा खुल्छ । चोकसम्म हिाड्नेहरूको लामै लर्को थियो । सबारी आवागमन रोकिएको कारण थाहा पाउने सबैले 'नयाँ राजा' लाई सराप्दै थिए । एक जनाले त भनिहाले - पारस गोकर्ण आउादा जाादा निकै सास्ती हुन्थ्यो । अब त सुख पाइयो भनेको फेरि उस्तै । गौरीघाटतिर बसेका उपराष्ट्रपति परमानन्द झा समारोहमा जान मोटरको लस्कर लिएर त्यो बाटो आएकाले थुनिएको रहेछ जनतालाई पर्ने मर्कालाई महत्व दिएको भए त्यसरी करिब आधा घन्टाजति बाटो छेक्नुपर्ने थिएन । उपराष्ट्रपति झा सहरभित्रको बाटो टुाडिखेल पुग्न सक्थे । त्यो लावालस्कर लिएर हिाड्नु पनि जरुरी थिएन । चक्रपथकै बाटो जान खोजेको भए पनि 'एस्कर्टिङ' गरेर छिराएको भए हुन्थ्यो । हजारौं जनालाई बित्थामा सास्ती दिन पर्ने थिएन । उनलाई पनि के दोष राष्ट्रपति प्रधानमन्त्री सबैको आवागमन त्यसरी नै हुन्छ । चलन त्यस्तै छ ।

राजतन्त्रसागै सामन्ती संस्कार फाल्न नसक्नुको परिणाम हो यो । पहिलो त सरकारी ओहोदामा पुगेकालाई विशिष्ट र नागरिकलाई मामुली ठान्नु नै सामन्ती सोच हो । यसैले राष्ट्रपति, प्रधानमन्त्री वा अरू कसैको सुविधाका लागि सार्वजनिक यातायात वा अरू कुनै सेवा र सुविधाबाट वञ्चित गर्नु सामन्ती प्रवृत्ति नै हो । राजासरहका सान देखाउने सोचले यस्तो विडम्बना कायमै रहेको हो । सुरक्षा वा अरू कारणले विशेष सेवा आवश्यक भए जनतालाई दुःख नदिई राज्यले व्यवस्था मिलाउनुपर्छ । बल्ल राजतन्त्र सकियो भन्न मिल्छ ।

गिरिजाप्रसाद कोइराला जनआन्दोलनपछि राष्ट्रप्रमुखको भूमिकामा रहेकै बेला सामन्ती परम्परा अन्त्य गर्नुपथ्र्यो । उल्टै उनी त राजाका देवीदेवताको पूजामा समेत जान थाले । रामवरण यादवले पनि उनकै पाइला पछ्याए । सामन्ती व्यवस्थाको चर्को विरोध गर्ने पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि संस्कार बदलिने अपेक्षा पनि व्यर्थै भयो । सबै शाही सानमा रमाए ।

राज्यको चरित्र र चलन शाही शासनभन्दा जनमुखी र जनमैत्री भएको छैन । यसलाई नबदल्ने हो भने नेपाल गणतन्त्र भएको धाक नलगाए हुन्छ । ठूलाबडाको ँसबारी' चलिरहने र सामान्य जनताले रोकिएर 'दर्शन' गर्नुपर्ने भए राणाकालभन्दा के फरक भयो त ?

राज्य संयन्त्रमा रहेको सामन्ती संस्कार र चरित्र मेटाउन अहिले मौका मिलेको छ । यस्तो काममा वैयक्तिक रुचि र प्रवृत्ति पनि निणर्ायक हुन्छ । राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपाल सरल प्रकृतिका छन् । उनीहरूको लवाइ, खवाइ, बसउठ र व्यवहारमा 'राजसी' सोख र शैली देखिएको छैन । कामकाज छाडेर थकाइ मार्न लावालस्कर लिएर रिसोर्टमा गएको सुनिएको छैन । प्रधानमन्त्री नेपालले त महंगो पलंग पन्छाएर सामान्य खाट रोजे रे । यो ढोंग मात्र त अवश्य पनि हैन होला । यसैले यी सरल प्रकृतिका महानुभावले चाहे भने अहिले सामन्ती प्रचलन अन्त्य गर्नसक्छन् ।

पहिले त कतै जानआउन पर्दा सिंगो ट्राफिक रोकेर तमासा देखाउन बन्द गर्नुपर्छ । यसो भए जनताले आफू निरिह ठान्ने छैनन् । मोटरको ताँती 'उत्ताउलो' प्रदर्शनजस्तो लाग्छ । अत्यावश्यकमात्र सागै लिएर हिाडे भइहाल्छ । परिवारजनको प्रयोगका लागि मोटर राख्ने नगरुन् । राष्ट्रपति र प्रधानमन्त्रीले नै औपचारिकरूपमा प्राप्त साधनमात्र प्रयोग गरे भने अरूलाई पनि सीमा नाघ्ने आाट आउने छैन । बोलीचालीमा पनि सचिवालयका कर्मचारीलाई कथित अभिजात्य शब्दावलीको प्रयोग गर्न रोक्नुपर्छ । राजाको अवशेष संग्रहालयमा राखे पुग्छ ।

राज्यलाई धर्म निरपेक्ष घोषणा गरिसकेपछि राष्ट्रपति वा प्रधानमन्त्रीले राज्यका तर्फबाट कुनै धर्म विशेषका कर्मकाण्डमा भाग लिनु उचित हुादैन । गणतन्त्र स्मारकको शीलान्यास हिन्दु कर्मकाण्डको विधिअनुसार गरेको पटक्कै सुहाएन । राजाको सान देखाउन चलाइएका चलनअनुसार जात्रामा राज्यको प्रतिनिधिका रूपमा जानु राजतन्त्रको अवशेष कायम राख्नु हो । विशेषगरी फौजी प्रदर्शन र तोपको सलामी लोकतान्त्रिक शासन प्रणालीमा पटक्कै सुहाउादैन । अरू मुलुकमा यस्तो चलन छ, यसैले हामी कहाँ पनि त्यसै गर्नुपर्छ भन्नु कुतर्क मात्रै हो ।

राज्यको सम्पत्तिलाई निजी ठान्ने प्रवृत्ति पनि सामन्ती हो । यसैले सुविधा लिादा अत्यन्त सजग हुनुपर्छ । राजनीतिक नेतालाई अलि बढी दिन पाए आफूले पनि थप लिन पाइन्थ्यो भन्ने सोच कतिपय कर्मचारीमा हुन्छ । पूर्ववर्तीले लिएका थिए यसैले लिए हुन्छ भन्ने तर्क धेरैले दिने गरेका छन् । यो पनि कुतर्क मात्रै हो । अर्को गणतन्त्र दिवस मनाउनुभन्दा पहिले नै यादव र नेपालले राजाभन्दा फरक हुने लक्षण देखाए भने बल्ल राजाको शासन सकिएको अनुभव हुनेछ ।
अर्को समाचार
एमाले काठमाडौंमा समानान्तर अधिवेशन हुने
२३ पौष २०६६
•
५ मिनेट पाठ
एमाले काठमाडौंमा समानान्तर अधिवेशन हुने
काठमाडौं, पुष २३ (नागरिक)- सत्तारूढ दल एमालेको काठमाडौं जिल्ला संगठन कमिटीको समानान्तर अधिवेशन हुने भएको छ। गत साउनदेखी समानान्तर रूपमा संचालन हुँदै आएका कमिटीहरूले विवाद नमिलेपछि समानान्तर रूपमा नै अधिवेशन गर्न लागेका हुन्।गोविन्दकृष्ण अधिकारी संयोजक रहेको संस्थापन पक्षधर कमिटीले माघ १५ र १६ गते काठमाण्डौं जिल्ला संगठन कमिटीको अधिवेशन गर्ने भएको छ।




विहीवार पत्रकार सम्मेलन गरी संयोजक अधिकारीले यो जानकारी दिएका हुन्। पार्टी स्थायी कमिटी सदस्य केपी शर्मा ओली पक्षधर रामेश्वर फुँयाल संयोजक रहेको कमिटीले चाहिं माघ २२ र २३ गतेका लागि अधिवेशन तोकिसकेको छ।
अधिकारीले काठमाण्डौ जिल्ला कमिटीमा पार्टी निर्णयको अवज्ञा गर्नुका साथै नीति, निर्णय र नेतृत्वको वदख्वाई गर्ने, आत्मकेन्द्रीत भई अलग ढंगले भेला गर्ने, समानान्तर संगठन संचालन गर्ने जस्ता गम्भीर अराजकता देखापरेको बताए। उनले समानान्तर जिल्ला कमिटी निर्माणमा पार्टीका उच्च नेताहरू नै संलग्न रहेको पनि स्वीकार गरे।

'समानान्तर जिल्ला कमिटी संचालनमा पार्टीका उच्च नेताहरू देखा पर्न नहुने हो' उनले भने, 'समानान्तर कमिटी संचालन गर्नु पार्टीको निर्णय अवज्ञा गर्नु हो।' पत्रकार सम्मेलनमा उपत्यका समन्वय कमिटीका सहसंयोजक योगेश भट्टराईले चाहिं काठमाण्डौं जिल्लामा मात्र नभएर आठौं महाधिवेशनपछि एमालेमा नै समस्या रहेको बताए।

अधिकारीले समानान्तर जिल्ला कमिटी संचालन गरेका फुँयाललाई स्पष्टीकरण सोध्ने, आत्मालोचना गर्न लगाएको र नसिहत दिएको पनि दावी गरे। यता फुँयालले चाहिं अधिकारी नेतृत्वको कमिटी 'टिके' भएको बताउदै आफनो नेतृत्वको कमिटी नै निर्वाचित र आधिकारिक भएको दावी गरेका छन्।

संस्थापन पक्षले आठौ महाधिवेशनले पारित विधानले निर्देशित गरेअनुसार केन्द्रीय कमिटीको दोस्रो वैठकको निर्णयअनुसार आफुले अधिवेशन गर्न लागेको बताएको छ। केन्द्रीय कमिटीको दोस्रो वैठकले जिल्ला कमिटीहरूलाई जिल्ला संगठन कमिटीमा रूपान्तरण गरी ६ महिनाभित्र अधिवेशन गर्नुपर्ने निर्णय गरेको थियो।

उपत्यका समन्वय कमिटीले साउन २५ गते काठमाण्डौं जिल्ला कमिटीलाई भंग गरी अधिकारीको संयोजकत्वमा संगठन कमिटी बनाएको थियो। तर, तत्कालिन जिल्ला कमिटीका सचिव फुँयालले निर्वाचित जिल्ला कमिटी भंग गर्ने अधिकार उपत्यका समन्वय कमिटीलाई नभएको भन्दै चुनौती दिएका हुन्। त्यति मात्र होइन, संस्थापन पक्षको निर्णयलाई स्थायी कमिटी सदस्य ओलीले समेत चुनौती दिदै आएका कारण त्यतिखेरदेखी नै काठमाण्डौ जिल्लामा दुई समानान्तर कमिटी रहदै आएका छन्।

एमाले स्थायी कमिटीले भाद्र १९ गते उपत्यका समन्वय कमिटीले गरेको निर्णयलाई नै सही ठहर्‍याएको थियो। त्यसैअनुरूप सचिवालय सचिव युवराज ज्ञवालीले फुँयाललाई उपत्यका समन्वय कमिटीको निर्णय मान्न निर्देशन दिएका थिए। तर, त्यसपछि विवाद बढदै गएपछि स्थायी कमिटीमा दुवै संगठनका समानान्तर कार्यक्रम रोकी एउटै बनाउने सहमति भएको थियो। पार्टीभित्र देखापरेको जारी विवाद साम्य गर्न पोलिटब्युरो वैठक भइरहेको वेला अहिले फेरी एमाले काठमाडौं जिल्ला कमिटीको विवाद बल्झिएको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस