संविधान र जेठ १४
२१ चैत्र २०६६
•
११ मिनेट पाठ
संविधान र जेठ १४
फरक विचार, फरक लक्ष्य र फरक चिन्तनको गठजोड त २०६४ जेष्ठ १५ मै अन्त्य भएको थियो। विदेशी शक्ति केन्द्रको आड भरोसाको विचारविहीन सम्बन्ध एउटा सीमामा पुगेर अन्त्य हुनु स्वाभाविकै थियो र त्यही भयो। संविधान विधि व्यवस्थित गर्ने माध्यम हो। अर्थात्, साधन हो साध्य होइन। त्यसकारण कुनैपनि संविधान समझदारीमा चल्छ। संसारकै अत्यन्त समृद्ध, व्यवस्थित र उत्कृष्ट मानिएको २०४७ सालको संविधान निर्माणपछि मलाई विदेशी मित्रले नेपाली प्रजातान्त्रिक नेतृत्वको क्षमताको प्रशंसा गर्दै घरमै आएर बधाई दिएका थिए। संविधान समझदारीमा चल्दछ र त्यसको विधिलाई कुल्चदा अराजकता निम्तिन्छ।
विडम्बना, जसले २०४७ को संविधानलाई उत्कृष्ट भनेर दिपावली गरे उनीहरूबाटै संविधानको प्रयोग गलत तवरबाट हुन गयो। २०४८ सालमै पहिलो निर्वाचित सरकारले संविधानका मर्मविपरीत टनकपुर सन्धि गर्‍यो। संसद्को दुईतिहाइ बहुमतबिना सन्धि गर्नु संविधानविपरीत थियो। क्रमशः संविधानलाई दुरुपयोग गर्दै प्रजातन्त्रको आवरणमा जन्मिएको अप्रजातान्त्रिक अराजकताको परिणाम संविधान नै ध्वंश भयो। अब जबर्जस्ती बन्ने संविधान समस्याको समाधान हुन सत्तै्कन। संविधानसभामा रहेका २५ राजनीतिक दल र संवैधानिक समितिका पदाधिकारीले समयमै होस पुर्‍याउन अनिवार्य छ। अन्यथा त्यसबाट निस्कने परिणामको जिम्मेवारीबाट उनी पनि मुक्त हुनसक्ने छैनन्।
जर्मनमा हिटलर प्रजातान्त्रिक प्रक्रियाबाटै चुनाव जितेर शक्तिमा आएका थिए। सत्तामा पुगेपछि उनलाई रोक्न कसैले सकेनन्। भेनेजुयलाका राष्ट्रपति ह्युगो चावेज, इरानी राष्ट्रपति अहमदिनेजाद निर्वाचनबाटै आएका हुन्। सन् १९७२ मा भारतमा निर्वाचित प्रधानमन्त्री इन्दिरा गान्धीले शासनको दुरुपयोग गरिन्। जयप्रकाश नारायणजस्ता नेतासहित लाखौंँले यातना पाए। यसरी प्रजातन्त्र वा लोकतन्त्रकै नाममा निर्वाचित प्रधानमन्त्री, राष्ट्रपतिले संविधानलाई माध्यम बनाएर ध्वस्त गरेको विश्व इतिहास छ।
माओवादी युद्धको सुरुवातदेखि राजतन्त्रको विस्थापनसम्ममा कसैलाई फाइदा भयो भनेे विदेशी तत्वलाई भयो। राजतन्त्र विस्थापनको दुई वर्षमा त्यो छरपष्ट देखियो। मूलतः राजतन्त्रको चर्को विरोध गर्ने वामपंथी आवरणको विदेशी खुफिया एजेन्सी पूर्णरूपमा परास्त बनेको छ। उसले कसरी जरा गाडेको थियो भने राष्ट्रिय शक्तिको बीचमा समझदारी खोज्ने कुरा गर्ने वित्तिकै राजापरस्त, सीआइडी भनिहाल्ने र बडो क्रान्तिकारी देखिने यो तत्वले बीपी कोइरालालाई पनि त्यत्तिकै लखेटेको थियो। यति बेला यही तत्वले दक्षिणपंथी खतराको कुरा गर्दैछ। यद्यपि, ती दक्षिणपंथी तत्व र उग्र वाम आवरणको तत्व एउटै केन्द्र विदेशी जासुसी संस्थाद्वारा परिचालित छन्।
संविधानसभालाई जति चर्कोरूपमा उठाएपनि यसबाट समस्या समाधान हुनेछ्रैन। त्यो १४ जेठमा संविधान जारी भए पनि नभए पनि समस्यासँग त्यसको सरोकार छैन। सत्यभन्दा तीतो हुन्छ तर त्यो इतिहासमा देखिन्छ। यसोभन्दा रायमाझीको राजावादी भनाइ भनिएला तर सत्य यही हो। सन् १९७४ मा सिक्किम संविधानसभाले विलय गरायो। यो नारा बोक्नेहरू लेन्डुपकै उत्तराधिकारी थिए तर वामपंथी आवरणमा अत्यन्त उग्रक्रान्तिकारी मोडलमा। यतिबेला जनता धेरै सचेत छन् र शीतयुद्धकालीन विश्व राजनीतिमा धेरै परिवर्तन भइसकेको छ। सोभियत संघको विघटन, सन् २००८ को ओलम्पिक समापनपछि चीनको विश्व राजनीतिमा उदयले संविधानसभाको लेण्डुप मोडल पुरानो बनिसकेको छ। यस्तो अवस्थामा यसबाट जुन तत्वले स्वार्थ पुरा गर्न खोजेको छ र जोमार्फत् यो एजेन्डा ल्याइयो उनीहरूनै आज त्यो तत्वको टाउको दुखाइ भएको छ।
संविधानसभा त्यतिबेला भारतमा इन्दिरा गान्धी बलिायो रहेको अवस्थामा कार्यान्वयन गराउन खोजिएको थियो। बीपी कोइरालाले यसलाई अस्वीकार गरेपछि गोरखपुरपंथी कम्युनिष्टले यसलाई पक्रिरहे। यसलाई अस्वीकार गरेबापत बीपीलाई अपमानित गरियो। राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केको अवस्थामा धनकुटामा भएको पंचभेलामा एकजना पूर्वप्रधानमन्त्रीले वीपीलाई मृत्युदण्ड दिने प्रस्ताव ल्याए। यतिबेला त्यही दक्षिणपंथी तत्व प्रजातन्त्र खतरामा छ भन्दैछ। अर्काथरी जेष्ठ १४ मा संविधान जारी गर राजतन्त्र र हिन्दुराष्ट्रको जनमत संग्रह गर भन्दैछन्। एकथरी फेरि संविधान नबने दक्षिणपंथी खतरा छ भन्दैछन्। यसका पछाडि एउटै तत्व छ त्यो हो, विदेशी जासुसी जालो।
वीपी स्वदेश फर्कँदा अन्तर्राष्ट्रिय राजनीति अस्थिर थियो। पाकिस्तानमा जुल्पि्ककार अलिभुट्टो सत्तामा थिए। अफगानिस्तानमा राजतन्त्रको विस्थापनसंँगै दाउद खाँ राष्ट्रपति भएका थिए। सोभियत संघले उनलाई बलियो मानेका थियो । सहायताको ठूलो रकम परिचालन गरेको थियो। श्रीलंकामा श्रीमती बन्दरानायक सत्तामा थिइन्। त्यतिबेलाको शीतयुद्धकालीन अवस्थामा संविधानसभा कुनै तत्वको लागि उपयोगी थियो होला। त्यसलाई उसले प्रयोगको रूपमा ल्यायो तर त्यो शक्तिको अपेक्षा यसबाट अब पूरा हुन सक्दैन।
यस अवस्थामा मुलुकमा एउटा संवैधानिक संकटको अवस्था सिर्जना हुन्छ। त्यतिबेला अस्थिरता सिर्जना गराउन विभिन्न एजेन्डा उठाएर जनमत संग्रह भनिदै छ - यो अर्को विदेशी षडयन्त्र हो। यसभन्दा पूर्व २०६३ वैशाख ११ को सम्झौता के हो? त्यसको जानकारी नेपाली जनतालाई हुनु जरुरी छ। यसभन्दा बाहिर संविधान जारी होस् या नहोस् मुलुकले निकास पाउन सक्नेछैन। त्यसकारण पटकपटकको वैदेशिक षडयन्त्रमा राजनीतिक दल फस्दै जानु उनीहरूकोमात्र होइन, मुलुकको हितमा पनि हुने छैन।

जनमत संग्रहको प्रचारमा जाँदा २०३६ सालमा दक्षिणपंथीहरूद्वारा मलाई गोरखामा आक्रमण गरियो। त्यो आक्रमण गर्ने राजा समर्थक आवरणका विदेशी थिए, जसको चाहना राजा र प्रजातान्त्रिक शक्तिमा मेल नहोस् भन्ने थियो। त्यो तत्व अहिले पनि छ। वीपी कोइरालाले राजासँंग मेलमिलापको कुरा गर्दा त्यतिबेलाका कुनै अखवारले समर्थन गरेनन्। राष्ट्रवादको नारा दिनेहरू राष्ट्रिय भावनाबाट प्रेरित थिएनन्। त्यो तत्व नै यतिबेला लोकतन्त्रको आवरणमा बदलिएको छ। आज प्रजातन्त्रको रक्षाको ठूलो कुरा गर्नेहरू राजतन्त्रको विषयमा अर्थात् २०६३ वैशाख ११ को सम्झौता के थियो भन्ने विषयमा टिप्पणीसमेत उठाउँदैनन्। २०४७ सालपछि यति ठूलो पत्रकारिता, टेलिभिजन, रेडियोको विकास भएको छ तर रिमोट कन्ट्रोल कहाँ छ?

त्यो सहमतिको प्रसंग उठ्दा राष्ट्रिय शक्तिबीचको सम्झौताबाट निकास निस्कने जुन सहज वातावरण बन्छ यसबाट सबै दलभित्र घुसपैठ गरेको वैदेशिक तत्वलाई समाप्त होइन्छ भन्ने लागेको हुनुपर्छ। जति भद्रगोल भयो त्यसबाट फाइदा हुन्छ भनेर खुलेआम भन्नेहरू को हुन् भन्ने त यहाँ दोहोर्‍याइरहनु आवश्यक नहोला।
जातीयता, क्षेत्रीयता र साम्प्रदायिक भड्कावका पछाडि कसले लगानी गरिरहेको छ भन्नेमा सबैले थाहा पाएकै छन्। यो तत्व अहिले पनि मुलुकमा अराजकता सिर्जना गरेर आफ्नो स्वार्थ पूरा गर्न चाहन्छ। त्यसकारण वैशाख ११, २०६३ को सम्झौताको कुरा नउठाइएको हो। जेठ १४ भन्दा पूर्व सबैभन्दा पहिला त्यो सम्झौता सार्वजनिक हुनु जरुरी छ। त्यो सम्झौता सार्वजनिक नगरी जनतलाई अन्योलमा राख्दा त्यसको परिणाम सुखद हुनेछैन।
अर्को समाचार
संविधान सभाबाटै संविधान बन्दैन : शेखर कोइराला
२८ जेष्ठ २०६९
•
२ मिनेट पाठ
संविधान सभाबाटै संविधान बन्दैन : शेखर कोइराला
अजित तिवारी, विराटनगर, जेठ २८- नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संविधान सभाबाटै अब संविधान बन्न नसक्ने बताएका छन्। संविधान सभाबाटै संविधान बनाउन खोजिए मुलुक जातीय द्वन्द्वमा फस्ने उनको भनाई थियो।
 

‘संविधान सभाबाटै अब संविधान बन्दैन,' नयाँ नेपाल रिसर्च सेन्टरले आइतबार विराटनगरमा आयोजना गरेको अन्तर्क्रियामा कङ्ग्रेस नेता कोइरालाले भने- संविधान सभाबाट संविधान बनाउन खोजिए मुलुक जातीय द्वन्द्वमा नराम्रोसँग फस्छ।

कोइरालाले संविधान सभाको निर्वाचन गरे ब्राह्मण, क्षेत्री, जनजाति सबैले पार्टी खोल्ने र उनीहरुले २५ प्रतिशत सिट कब्जा गर्ने र अन्य दलहरु कमजोर हुने आङ्कलन गर्दै त्यसपछि मुलुक जातीय द्वन्द्वमा फस्ने टिप्पणी गरे। उनले संविधान सभाको पुनर्स्थापनाले पनि ‘जातीय द्वन्द्व' लाई बढावा दिने दाबी गरे। ‘संविधान सभाको पुनर्स्थापना वा निर्वाचनले मुलुकमा जातीय द्वन्द्व बढ्नेछ,' कोइरालाले भने- त्यसपछि मुलुक अफगानिस्तानजस्तो हुँदै युगोस्लाभियाकै हालतमा पुग्नेछ।

कोइरालाले अहिले संसदको चुनाव गराउने, आयोग गठन गरेर संविधान निर्माण गरी संसदको दुई तिहाईले अनुमोदन गर्नु उपयुक्त हुने सुझाए। उनले एकल पहिचान वा बहुपहिचान, सङ्घीयता कतिवटा, शासन प्रणाली कस्तो हुने र धर्मनिरपेक्ष कि हिन्दू राष्ट्र जस्ता विवादित विषयको जनमत सङ्ग्रह गराउनुपर्ने विचार पनि राखे।

आदिवासी जनजातिलाई विदेशीहरुले सहयोग गरिरहेको भनिरहेका र माओवादी र मधेसी मोर्चाले मधेसमा दुई प्रदेश र एकल पहिचानको कुरा उठाउनुले उनीहरु कुन शक्तिबाट परिचालित छन् भन्ने छुट्याउनु आवश्यक रहेको नेता कोइरालाको भनाई थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस