गिरिजाप्रसाद कोइरालाको निधनमा कांग्रेसका नेताभन्दा पनि बढी 'भावविह्वल' बनेका माओवादी नेताहरूले उनको निधनको १३ दिन पनि नबित्दै सरकारको नेतृत्वका लागि सार्वजनिकरूपमै दाबी गरेका छन्। यसअघि 'ठूलो पार्टी भएका कारण नेतृत्व गर्न पाउनुपर्छ' भने पनि माओवादीले त्यसलाई 'नागरिक सर्वोच्चता' र 'राष्ट्रिय स्वाधीनता' को खास्टोले छोप्दै आएको थियो। कोइरालापछिको रिक्तताका बारेमा चर्चा चलिरहेको बेला उनले सम्हालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व पनि आफै" गर्न पाउनुपर्ने अडान लि"दै माओवादीले सरकारमाथिको दाबी दोहोर्याएको छ। संविधान बनाउन पुगनपुग दुई महिनामात्र बा"की रह"दा माओवादीले लिएको यस 'अडान'बाट पनि स्पष्ट रूपमा बुझ्न सकिन्छ - माओवादीको लक्ष्य नया" संविधान होइन।
सरकारको नेतृत्व गर्न माओवादी नेताहरू अत्यन्त अधीर देखिएका छन्। त्यसका लागि साम, दाम, दण्ड र भेदको जुनसुकै उपाय उपयोग गर्न पनि ऊ तयार छ। उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा कोइरालाको आड लिएर सरकार परिवर्तन गर्ने माओवादीको योजना उनीस"गै बिलाए पनि उसले हरेस खाएको छैन। जसरी हुन्छ, सरकारलाई अप्ठेरोमा पार्ने र आफूलाई शक्तिशाली देखाउने प्रयासमा माओवादी लागिरहेको छ। त्यसका लागि कोइरालालाई श्रद्धाञ्जली दिन आएका पाहुनाहरूस"ग आर्यघाटमै 'बिन्ती बिसाउन' पुष्पकमल दाहालले बा"की राखेनन्। यसबाट सहजरूपमा एउटा प्रश्न उब्जिन्छ - सरकारमा जान यसरी हत्ते हाल्नुथियो भने नौ महिनाअघि राजीनामा दिएर किन बाहिरिएको त? कि दाहालले भन्न सक्नुपर्यो - मलाई सा"च्चै नया" सरकार बन्ला भन्ने लागेको थिएन र मैले ख्यालख्यालमै राजीनामा दिएको थिए"। होइन भने एकपटक परीक्षामा अनुत्तीर्ण भएपछि पनि अर्को जाँच पास नगरी कक्षा उक्लिन खोज्नु त जबर्जस्ती मात्र हुन्छ।
माओवादी मूलतः फौजी पार्टी हो। त्यसैले त्यसभित्रका विवाद बाहिर त्यति आउ"दैनन्। तर, अहिले माओवादी पार्टी संकटबाट गुजि्ररहेको देखिन्छ। प्रधानमन्त्रीबाट भावावेशमा आएर राजीनामा दिएर अहिले फुर्सतमा पछुताइरहेका पुष्पकमल दाहालले जसरी पनि फेरि प्रधानमन्त्री हुने योजनास्वरूप अघि सारेका तुरुप एकपछि अर्को विफल हु"दै गएका छन्। चाहे त्यो सुजाता कोइरालाका नाममा अघि सारिएको कार्ड होस् वा सत्तारुढ पार्टीकै अर्को कुनै नेताका नाममा अघि सारिएको होस्, ती सबै प्रयास खेर गइसकेका छन्। त्यति मात्र होइन, वैकल्पिक छवि भएका आफ्नै पार्टीका नेता बाबुराम भट्टराईको नाम चर्चामा आउन थालेपछि 'भारतले प्रधानमन्त्री बनाउन खोजेको छ' भन्दै उनको राजनीतिक भविष्यलाई नै धरापमा पार्न उनी पछि परेनन्। अहिले पनि दाहाललाई अरू कसैको नाम सुन्नासाथ ज्वरो आउने गरेको छ। अविश्वास प्रस्तावबाट पार लगाउन खोजिएको दाहालको डुंगाको बीचैमा प्वाल परिसकेको छ। यसबाट मुलुकको समस्या समाधान गर्नेभन्दा उनमा जसरी पनि प्रधानमन्त्री हुने भूत सवार भएको स्पष्ट देखिन्छ।
निःसन्देह संविधानसभामा माओवादी ठूलो दल हो। संविधान समयमै बन्यो भने श्रेयको ठूलो हकदार पनि माओवादी नै हुन्छ। तर, माओवादीले आजका मितिसम्म संविधान निर्माणका लागि कुनै प्रयत्न गरेको छैन। संविधान निर्माण संविधानसभाले गर्ने हो, सरकारको यसमा कुनै भूमिका छैन। किनभने, संविधानसभाभित्र सरकारको कही" कतै न प्रावधान छ न त उपस्थिति नै। त्यसैले संविधान निर्माण र सरकारबीच प्रत्यक्ष सम्बन्ध छैन। तर, माओवादीले आजसम्म संविधान निर्माणका बारेमा छलफल गर्न कुनै बैठक बोलाएको छैन। माओवादी अहिले आफै" कुनै क्रिया गर्दैन, प्रतिक्रिया मात्र जनाउ"छ। त्यसो होइन भने पुष्पकमल दाहालले संविधान निर्माणका बारेमा गम्भीरताका साथ छलफल गर्न कति पटक बैठक बोलाए? उनी आफै" संवैधानिक समितिको बैठकमा कति दिन उपस्थित भए? यसको जवाफ नागरिक समाजका नाममा धर्नाको नाटक मञ्चन गर्नेहरूले पनि खोज्नुपर्छ।
संविधानसभाको म्याद २०६७ जेठ १४ गते सकिन्छ भन्ने तआज होइन, दुई वर्षअघि नै सबैलाई थाहा थियो। तर पनि, माओवादी कानमा तेल हालेर सुतेका कारण उसका तर्फबाट कुनै पहल हुन सकेन। अहिले समयमै संविधान बन्न नसक्ने कुराको दोष सरकारमाथि थोपरेर माओवादी पानीमाथिको ओभानो हुन खोजिरहेको छ। यो तथ्य र राजनीतिक दुवै हिसावमा सर्वथा अनुचित र गरैजिम्मेवार छ।
हामीले २२ महिना त केही काम नगरी बिताइसकेका छौ" भने दुई महिना बित्न पनि कुनै बेर लाग्ने छैन। सायद माओवादी अहिले त्यसैको प्रतीक्षामा छ। राजनीतिक वैधताका अभावमा सिर्जना हुने शून्यमा अधिनायकवादको बीउ रोप्न सकिन्छ भन्ने विश्वासका साथ माओवादीले जेठ १४ गते पर्खिरहेको छ। शिविरमा सेना र हतियार अनि अर्धसैन्य वाईसीएल राखेर संविधान बन्न सक्दैन भन्ने थाहा नभएर माओवादीले यी सबै हर्कत गरिहेको होइन। थाहा भएरै र हाकाहाकी सत्ताकब्जाको रणनीतिलाई कार्यान्वयन गर्नकै लागि माओवादी योजनाबद्धरूपमा अघि बढिरहेको छ।
संकटका बेला माओवादीले फेरि खेल्न खोजेको छ। जसरी पनि प्रधानमन्त्री बन्ने चाहनालाई पूर्ति गर्न दाहालले अप्ठेरोमा परेको कांग्रेसभित्र खेल्ने नीति अख्तियार गरेका छन्। शेरबहादुर देउवा, सुशील कोइराला र रामचन्द्र पौडेललाई आपसमा भिडाएर केही झर्छ कि भन्ने उनको आशा हुन सक्छ। नेकपा (एमाले) मा केही सीप नलागेपछि अब उनको ध्यान त्यता मोडिएको हुन सक्छ। तर, माओवादीको सक्कली अनुहारस"ग परिचित यी तिनै नेता त्यस्तो कुनै भल्भुलैयामा लाग्लान् भन्ने विश्वास धेरैको छैन। वर्तमान गठबन्धनलाई बलियो बनाउन सकेमा मुलुकमा स्थायित्व कायम गर्ने होइन, माओवादीलाई सुधार र रूपान्तरण गर्ने दिशामा पनि ठूलो योगदान मिल्न सक्छ। किनभने, यो गठबन्धनमात्रै यस्तो घटना हो, जहा" माओवादीले नचाह"दा पनि केही हुन सक्छ भन्ने प्रमाणित भएको छ। विगतदेखि नै उसले जे भन्दै गयो, त्यही मान्दै गएका कारण माओवादीको मनोबल बढेको तथ्यप्रति विशेष ध्यान दिन अब पनि ढिला गर्ने हो भने भोलि फेरि ध्यान दिने समय बा"की रहने छैन। अवश्य पनि, माओवादी प्रमुख शक्ति मध्येको हो र उसलाई एक्ल्याउने कार्यनीति कसैले अख्तियार गर्नुहु"दैन। तर, माओवादी नै सबैथोक भने होइन र उसका सबै सर्त पूरा गर्नु नै शान्ति प्रक्रियाको पूर्णता पनि होइन। यसर्थ, संविधान बनाउने विषयमा माओवादीलाई राजनीतिक र संवैधानिक दुवै हिसाबले साथमै लैजानुपर्छ। तर, सरकारका मामिलामा उसको हठका सामु आत्मसमर्पण गर्न हुँदैन।