मुलुकबाहिर रहने नेपालीको यकिन तथ्यांक कसैसँग छैन। तर, गैरआवासीय नेपाली संघ (एनआरएन) का अनुसार, भारतबाहेक ५२ मुलुकमा झन्डै २५ लाख नेपाली छन्। विदेशमा व्यापार-व्यवसाय गरिरहेका र उतै जन्मेका नेपालीका लागि दोहोरो नागरिकताको मुद्दा एनआरएनले उठाइरहेको छ। तर, हाललाई नागरिकताको सट्टा परिचयपत्र लिन एनआरएन नेतृत्व सहमत भए पनि बेलायतमा बस्ने नेपालीहरू सहमत देखिँदैनन्। नयाँ संविधानमा आफूलाई पनि नागरिकताको हक हुने तिनको अपेक्षा अब कमजोर भएको छ। संविधानसभाको मौलिक हक समितिले यसअघिको भन्दा पनि कडा मस्यौदा तयार पारेका कारण उनीहरूमा चिन्ता थपिएको हो।
बेलायतमा मात्रै झन्डै दुई लाख नेपाली बस्ने अनुमान छ। एनआरएन र नेपाल अध्ययन केन्द्रले हालै गरेको गणनाअनुसार, बेलायतमा ७५ हजार नेपाली वैधरूपमा बसेका छन्। विद्यार्थी र अन्य प्रकारले बसेकाको संख्या यसभन्दा बढी छ। सुरुमा 'फेसन' जस्तो देखिए पनि अब बिस्तारै दोहोरो नागरिकता अनिवार्यजस्तै बन्दै गएको देखिन्छ। एनआरएनलाई अहिलेको अवस्थासम्म ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रा. सूर्य सुवेदी स्वयंलाई समस्या परिसकेको छ। उनकी छोरीले भर्खरै अक्सफोर्ड विश्वविद्यालयमा भर्ना पाएकी छन्। उनी बेलायतमै जन्मिन्, हुर्किन् र त्यहीँ पढि्न्। त्यहाँको कानुनअनुसार उनले त्यहीँकै नागरिकता पनि पाइन्। हाम्रो संविधान र कानुनअनुसार नेपालको नागरिक हुनका लागि विदेशी नागरिकता त्यागेको हुनुपर्छ। अब उनी नेपाल आउँदा विदेशी नागरिकका रूपमा पर्यटक प्रवेशाज्ञा लिएर आउनुपर्नेछ। नयाँ मस्यौदाअनुसार त नेपाली नागरिकता लिन चाहेमा बेलायती नागरिकता त्यागेर पाँच वर्ष नेपालमै बसोबास गर्नुपर्नेछ। त्यसपछि फेरि चाहेर पनि बेलायत जाने विकल्प उनको हातमा रहँदैन। यस्तो अवस्थालाई कसरी सम्बोधन गर्ने? यो समस्या प्रा. सुवेदीलाई मात्र होइन, बेलायतमा बस्ने धेरै नेपालीलाई परेको छ।
दोहोरो नागरिकताका विपक्षमा एउटा तर्क छ - कुनै मानिस एकै पटक दुई देशको नागरिक हुन सक्छ कि सत्तै्कन? लन्डनको मेयरको चुनाव हारेको व्यक्ति काठमाडौँको मेयरमा लड्न पाउने कि नपाउने? कसैलाई राजनीतिक अधिकार नदिने हो भने त्यसलाई 'नागरिकता' कसरी भन्न सकिएला? यही अनुत्तरित प्रश्नका कारण दोहोरो नागरिकतासम्बन्धी समस्याको समाधान निस्कन नसकेको हो।
विदेश पुगेर उतै बसोबास गर्ने नेपालीको संख्या बढिरहेको छ। सुरुमा विद्यार्थी प्रवेशाज्ञामा बेलायत छिर्नेमध्ये अहिले कतिपय नेपाली अरूलाई समेत रोजगारी दिएर बसिरहेका छन्। पशुपति भण्डारी, अशोक श्रेष्ठ, आङकल्जङ लामा, जीवी लामा, रवीन्द्र कँडेल, सूर्य गुरुङ, लक्ष्यबहादुर गुरुङजस्ता थुप्रै नेपाली जमेर लन्डनमा बसेका छन्। तिनका समस्या पनि यस्तै देखिन्छ। आफ्नो त नेपाली नागरिकता छ तर अब छोराछोरीलाई के गर्ने भन्ने समस्याले क्रमशः उनीहरूलाई पिरोलिरहेको छ।
जहाँ रहेबसे पनि नेपालीलाई नेपालको चिन्ताले छोड्दैन। नेपालबाट राजतन्त्र समाप्त भयो, संविधानसभाको निर्वाचन भयो तर, संविधान बनेको छैन। संवेदनशील भूराजनीति, अस्थिर राजनीतिक अवस्था, कमजोर अर्थतन्त्र, चरम गरिबी र परनिर्भरता रहेको मुलकमा कस्तो संघीय व्यवस्था हुन्छ होला? कुनै पनि जातिको बाहुल्य नभएको मुलुकमा संघीयताका आधार कस्ता होलान्? यस्ता प्रश्नले विदेशमा बस्ने नेपालीलाई पनि उत्तिकै लखेटिरहेका छन्। मुलुकको समृद्धि, अखण्डता र उन्नतिका लागि आफ्नो तर्फबाट सकेसम्म सहयोग गर्न इच्छुक छन् उनीहरू।
विदेश पुगेका नेपाली त्यहाँ काम र बस्ने अवसर पाएसम्म नेपाल फर्किन चाहँदैनन्। त्यहाँको अनुशासित, नियमित र भरपर्दो जीवनशैली अपनाइसकेका उनीहरुका लागि नेपाल फर्किनु निकै जटिल बन्दै गएको छ। बत्ती जाँदैन, पानीको समस्या हुँदैन, सडक बन्द हुँदैन। त्यति मात्र होइन, कुनै दिन हडताल हुँदैन, चन्दा आतंक हुँदैन। तर, नेपालमा एक महिनमा ७० वटा बन्द झेल्नुपर्दछ। यस्तो अवस्थामा सुधार नआएसम्म उनीहरुलाई नेपाल फर्किन गाह्रो छ।
बेलायतलाई संसदीय लोकतन्त्रको जननी मानिन्छ। अर्थात् लोकतन्त्रका लागि बेलायत आदर्श मुलुक हो। तर, लोकतन्त्र अनुशरण गर्ने हाम्रा जस्ता मुलुकले त्यहाँका अरू राम्रा पक्षलाई आत्मसात गर्न सकेनन्। त्यहाँ पनि विरोध प्रदर्शन हुन्छन्, विरोध गर्न पाइन्छ। तर, बाटो जाम गर्न पाइँदैन। विरोध प्रशर्दन गर्ने पूर्वजानकारी दिएर प्रशासनबाट अनुमति लिनुपर्छ। स्थान, समय र संख्या खुलाएर अनुमति लिएपछि मात्र विरोध गर्न पाइन्छ। त्यति मात्र होइन, जुलुस ठूलो हुने भयो र त्यसका लागि अतिरिक्त प्रहरी शक्ति परिचालन हुने भयो भने त्यसको खर्च पनि आयोजकले बेहोर्नुपर्दोरहेछ। वेस्टमिनिस्टरमा रहेको संसद् भवन अगाडि श्रीलंका सरकारको विरोधमा अनसन बसिरहनेले पनि यही नियम पालना गर्नुपर्छ।
लोकतन्त्रको अर्थ जे पनि गर्न पाउनु होइन भन्ने बेलायतमा हेर्दा छर्लंग हुन्छ। बेलायत पुँजीवादको उच्च विकास भएको मुलुक हो। परम्परागत बुझाइअनुसार पुँजीवादमा जे गर्न पनि छुट हुन्छ। तर, त्यस्तो होइन भन्ने बेलायतले देखाउँछ। सडकमा छेउछेउमा सीसी टीभी जोडिएको छ। निश्चित् गतिभन्दा बढीमा गाडी हाँक्न पाइँदैन। मदिरा खान छुट छ तर, एक पेगमात्रै पिएर पनि गाडी चलाउन पाइँदैन। सार्वजनिक ठाउँमा धुमपान गर्न सख्त मनाही छ। महिलामाथि हात उठाउन पाइँदैन। १८ वर्ष नपुगेसम्म सबैको जिम्मेवारी सरकारले लिन्छ। बुढेसकालमा सबैले पेन्सन पाउँछन्। प्रतिघन्टा ५ पाउन्ड ८३ सेन्टभन्दा कममा कसैले काममा लगाउन पाउँदैन। यस्ता प्रावधानले मानिसलाई बाँधेका कारण उसले कुनै विन्दुमा पनि कानुन उल्लंघन गर्न सक्तैन। गरिहालेमा त्यसको भागीदार बन्नुपर्दछ। बेलायतमा बस्ने नेपाली भन्छन्- खोइ हाम्रो देशमा यस्तो कहिले होला?