नेपाल अझै बेलायतको रेड लिस्टमा
०५ असोज २०७८
•
३ मिनेट पाठ
नेपाल अझै बेलायतको रेड लिस्टमा
दक्षिण एसियाका अन्य मुलुकलाई कोरोना महामारीको प्रकोपका हिसाबले रेड लिस्टबाट हटाए पनि बेलायतले नेपाललाई अझै सोही सूचीमा राखेको छ। 




सो सूचीमा नेपाल रहँदा बेलायत यात्रा गर्दा नेपालीले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने र त्यसक्रममा लाग्ने चर्काे खर्चका कारण यात्रुले सकस बेहोर्नुपर्ने स्थिति छ। गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगर नेपालको कूटनीतिक पहल र पैरवी अत्यन्त कमजोर रहँदा नेपालीले यस्तो सकस बेहोर्नुपरेको बताउँछन् ।

बुधबारदेखि लागु हुनेगरी दक्षिण एसियाका बंगलादेश, पाकिस्तान, मालदिभ्स तथा श्रीलंकासहित विश्वका आठ मुलुकलाई बेलायतले रेड लिस्टबाट हटाएको छ। भारत अगस्त ८ देखि नै यो सूचीबाट बाहिरिएको थियो। 

गत साताको निर्णयमार्फत रेड लिस्टबाट बाहिरिएका अन्य राष्ट्रमा इजिप्ट, केन्या, ओमान र टर्की छन्। ‘अन्य छिमकी मुलुक गत साता यो सूचीबाट बाहिरिएका छन् तर हामी अझै छौं। यो अत्यन्त दुःखद कुरा हो,’ अध्यक्ष गाहामगरले बेलायतबाट टेलिफोनमा भने ।

बेलायतले यसअघि कोभिडका खतरनाक भेरियन्टको प्रसारण नहोस् भन्ने ध्येयले गत फेब्रुअरीदेखि विश्वका विभिन्न मुलुकलाई रेड, एम्बर र ग्रिन गरी तीन तहमा सूचीकृत गरेको थियो। तर गत साताको एक निर्णयअनुसार एम्बर र ग्रिन लिस्ट हटाइएको छ र रेड लिस्ट मात्र कायम गरिएको छ। 

नेपालसहित विश्वका ५४ मुलुक यो लिस्टमा छन्। रेड लिस्टमा रहेका मुलुकबाट बेलायत जाँदा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने, उडानअघि एवं बेलायत प्रवेश गरेको दोस्रो दिन अथवा त्यसअघि र आठौं दिन अथवा त्यसपछि पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।

यस्ता नियमका कारण बेलायत आउनुअघि नेपालीहरू १० दिनसम्म भारत बसेर त्यहाँबाट उड्ने गरेको र युरोपका अन्य देशमा १० दिन बसेपछि मात्र बेलायत आउने गरेको अध्यक्ष गाहामगर बताउँछन्। उनका अनुसार क्वारेन्टिनमा तोकिएको होटलमा रहँदा एक यात्रुले झन्डै साढे २ हजार पाउन्ड तिर्नुपर्छ। यात्रुसँग परिवारका अन्य सदस्यसमेत रहँदा यो शुल्क झन् चर्काे पर्छ। क्वारेन्टिनको व्यवस्था अवज्ञा गर्नेले १० हजार पाउन्ड जरिवाना तिर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।

गैरआवासीय संघ युकेले गत बुधबार बेलायतका यातायातमन्त्री ग्रान्ट स्याप्स र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई एक ज्ञापनपत्र बुझाएको छ। पत्रमा दुवै देशका सरकारलाई यात्रामा राखिएका अव्यावहारिक मापदण्ड पुनरावलोकन गर्न अनुरोध गरिएको छ। 

नेपालमा पछिल्ला दिनमा निरन्तर कोरोना संक्रमण घटिरहेको अवस्थामा नेपालाई रेड जोनमा राख्नु तर्कसंगत नरहेको पत्रमा उल्लेख छ। युरोपेली युनियनका अधिकांश राष्ट्रले नेपाललाई सो सूचीबाट हटाएका छन्। ‘बेलायतको यो प्रावधानले परिवारसँग चाडपर्व मनाउन नपाइने भएको छ,’ अध्यक्ष मगरले भने। उनका अनुसार आयरल्यान्ड, स्कटल्यान्ड र इङ्लान्डमा झन्डै ३ लाख नेपाली छन् ।

यसैगरी आगामी नोभेम्बरमा बेलायतका ग्लास्गोमा आयोजना हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २६) मा सहभागी हुन चाहनेलाई पनि यो नियमले समस्या ल्याएको छ। विश्वको तापमान वृद्धि भएर जलवायुजन्य प्रकोप बढेको पृष्ठभूमिमा यो सम्मेलनमा विश्वका नेता तथा अन्य सरोकारवालाले यो विषयमा गहन छलफल गर्ने तयारी गरेका छन्। 

वातावरण संरक्षण तथा दिगो विकासमा कार्यरत गैरसरकारी संस्था प्रकृति रिसोर्स सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्री बेलायतको यो प्रावधानले नोभेम्बरमा बेलायतमा आयोजना हुन लागेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन चाहनेलाई निरुत्साहित पारेको बताउँछन्। ‘यो प्रावधानका कारण समय र खर्च दुवै बढ्दा सम्मेलनले चाहेको समावेशी सहभागिता नहुन सक्छ,’ उनी भन्छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल यो विषयलाई नेपालले नजिकबाट अध्ययन गरिरहेको र उक्त सूचीबाट हटाउनेतर्फ बेलायतस्थित नेपाली राजदूतावासलाई सशक्त प्रयास गर्न निर्देशन दिइएको बताउँछिन्। ‘हरेक तीन सातामा पुनरावलोन हुने यो सूचीबाट अर्काे रिभ्युमा नेपाल हट्नेमा हामी आशावादी छौं,’ उनले भनिन् ।
अर्को समाचार
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
१६ घण्टा अघि
•
२ मिनेट पाठ
‘सहयात्रा–२०२६’ लाई भव्य बनाउने तयारी, रोड सो ग्रुपसहित विभिन्न संस्था साझेदार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।




सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।

सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।

आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस