शिव के हो?
१० साउन २०७३
•
१३ मिनेट पाठ
शिव के हो?
आज साउन महिनाको सोमबार। नेपाललगायत संसारका हरेक स्थानमा बस्ने करोडौं सनातन धर्मावलम्बीहरु महादेवको उपासना गर्दै मन्दिर जाने, पूजा गर्ने र व्रत बस्ने गर्दैछन्। यो क्रम हजारौं वर्षदेखि चल्दै आएको छ र जबसम्म यो पृथ्वी रहन्छ तबसम्म चल्नेछ। वेलपत्रले शिवालयहरु ढाकिएका छन्। शिवको आराधनामा हजारौं भक्तहरु न्ाचगान गर्दैछन्। यो क्रम वर्षभर नै चल्ने भए पनि साउनमा धेरै बढी हुन्छ। किनकि साउन शिवलाई मन पर्ने महिना हो। साउनले मानिसलाई शिवतत्वमा जान प्रेरित गर्छ।




पशुपतिनाथ, डोलेश्वर महादेव, विभिन्न ज्योतिर्लिङ्गका रूपमा संसारभर पूजा गरिने र साउन महिनामा विशेष पूजा गरिने शिव भगवानहरुका पनि भगवानका रूपमा मानिन्छन्। तसर्थ अरु भगवानलाई देव भनिन्छ भने शिवलाई महादेव भनिन्छ। यतिमात्रै हैन, सनातन धर्मशास्त्रहरुले ब्रह्मा, विष्णु, इन्द्रलगायत सबै देवताको आयु तोकेको छ। यहाँसम्म कि यमराजको पनि आयु हुन्छ। तर शिवमात्रै एक यस्ता भगवान हुन् जसको आयु छैन। संसार भए पनि शिव छन् र संसार नभए पनि शिव छन्। यस्ता शिव को हुन् त? पार्वतीका पति, दिगम्बर, भोले जसको साकाररूपमा डमरु त्रिशूल लिएको मूर्तिको पूजा हुन्छ र निराकाररूपमा लिङ्गको पूजा हुन्छ, के यही नै शिवको परिचय हो?

शिवको परिचय उनी को हुन् भनेर दिने भुल कहिल्यै गर्नुहुन्न, शिवको परिचय उनी के हुन् भनेर दिनुपर्छ। जसले माथि भनिएको रूपमा शिवलाई चिन्छन् वा बुझ्छन् ती मूर्ख हुन्, अबुझ हुन्। भोलेको रूप हैन, तत्व बुझ्नेले मात्र शिवलाई बुझ्छन्। जसले शिव नबुझी शिवको उपासना गर्छ त्यसको कुनै अर्थ हुन्न। जसरी भक्ति नभई भोकै बसेर मात्र व्रत हुन्न, त्यसैगरी शिव नबुझी शिवलिंगको मात्र दर्शनले शिवत्व प्राप्त हुन्न।

सनातन पुराणमा केसम्म भनेको पाइन्छ भने संसारमा भएको सबै रुख बिरुवालाई कलम बनाएर, सातै समुद्रमा भएको पानीमा यहाँ भएका सबै माटो मिसाइ मसी बनाएर, देवी सरस्वतीले शिव महिमा भन्ने र गणेशले लेख्ने काम गरे पनि त्यो मसी सकिँदासम्म शिव महिमाको एक दशांस पनि सकिएको हुन्न। यस अर्थमा शिव बुझ्न र शिवबारे लेख्न सजिलो छैन। तैपनि सामान्य बुझाइमा शिव के हो भन्नेबारे छोटो चर्चा भने गर्न सकिन्छ। शिव शब्द संस्कृतको श इ व को मिश्रण हो। शको अर्थ नित्य सुख र आनन्द हो। इ को अर्थ मानव जाति हो जसलाई पुरुष शब्दले जनाउने गरिएको पाइन्छ। वको अर्थ  शक्ति हो। यस अर्थमा जुन पुरुषले नित्य आनन्द र जीवन बाँच्न ऊर्जा दिन्छन् त्यो नै शिव हो।

१.शक्ति :  शिव शक्ति हो। यसलाई आगोका रूपमा पनि व्याख्या गर्न सकिन्छ। ऊर्जाको उत्पत्ति शिवबाट हुन्छ। हरेक प्राणीको जन्म ऊर्जाबाट हुन्छ र मृत्युपछिको मोक्ष पनि ऊर्जाबाटै हुन्छ। तसर्थ जन्माउने र मोक्ष प्रदान गर्ने ऊर्जा शिव हो, भोले हो, पशुपति हो र हरेक महादेव मन्दिरका नामका पछाडि लागेका 'श्वर' हुन्। अबुझहरु चारखुट्टे जनावर र बुद्धि नभएकालाई पशु बुझ्छन् र त्यहीरूपमा व्यवहार गर्छन्। तर पशुको अर्थ त्यो हैन। पशु भनेको त जसले सुख र दुःख भोग गर्छ त्यो नै पशु हो। ब्रह्मादेखि मानवसम्म र चराचर जगतमा भएका सबै पशु हुन् शिवबाहेक। हामी पनि सबै पशु हौं। तर शिवमात्रै सुख दुःखबाट पर छन् र सबैको रक्षा गर्छन्। सुख दुःखमा परेकाको उचित रेखदेख गर्छन्। तसर्थ शिव सबैको पति हो, पशुपति हो। सनातन धर्मशास्त्रले शरीरको बल र विजयका लागि देवीको महिमा गर्छ भने आत्मबलका लागि शिवको। किनकि आत्मबल अरु सबै बलको जननी हो। तसर्थ शिव शक्तिको जननी पनि हो।

२.सुन्दरता :  सामान्यतया सुन्दरता नाप्ने यन्त्र भनेको रूप, शृंगार, राम्रा राम्रा लुगा र बहुमूल्य गहना हुन्। परापूर्व कालदेखि अहिलेसम्म यो प्रथा चलेको छ र चल्नेछ। अप्सराहरु, विष्णु, इन्द्र जस्ता देवतालाई यहीरूपमा सुन्दर बताइन्छ र वर्णन गरिन्छ। अझ श्रीकृष्णको सुन्दरताको बयान त उनको रूपबाटै सुरु हुन्छ र रूपबाटै अन्त्य हुन्छ। मानिस त्यस्तो सुन्दरताको अनुशरण गर्छन् र आफू समाजमा सुन्दर भएको भ्रममा बाँच्छन्। आधुनिक मानव जातिले बुझेको सुन्दरता यही नै हो।

तर जहाँ शिवको नाम हुन्छ, त्यहाँ सुन्दरताको अर्थ अलग हुन्छ। कुनै राम्रो बस्त्रबिना, कुनै शृंगारबिना र कुनै गहनाबिना केही संसारमै सबैभन्दा सुन्दर छ भने त्यो नै शिव हो। खरानी घसेर अर्धनग्नरूपमा जसले सुन्दरता देख्छ त्यो नै शिव हो। यही शिवको सुन्दरताको वर्णन हरेक देवताले गर्छन्। उपासना गर्छन् र मोहित हुन्छन्। सबैभन्दा सुन्दर भनिएको रूपमा बस्नेहरुको वर्णन देवता र मानवले मात्रै गर्छन् तर शिवको सुन्दरताको महिमा ती देवताका साथै दानवले समेत गर्छन् किनकि उनीहरुलाई थाहा छ शक्ति कहाँ छ र सुन्दरता के हो। त्यही मनको सुन्दरता बुझेका र पुजेका कारण देवताले दानवलाई सजिलै कहिल्यै पराजित गर्न सकेनन्। जहिले पनि झुट र छलको सहारामा देवताले दानवलाई पराजित गराए।

यसको अर्थ शिव तत्वले कहिल्यै बाहिरी रूपको सुन्दरतामा विश्वास गरेन। मनको सुन्दरताको बलले जसले संसार चलायो त्यो नै शिव हो। तसर्थ संसारका सबैभन्दा सुन्दर भनिने मुरलीमनोहर श्रीकृष्ण पनि सदाका लागि शिवको गौशालाका गोठाला बने। बुद्धिमान ऋषिहरुले कहिल्यै बाहिरी सुन्दरतामा ध्यान दिएनन् र शिवका उपासक बने। अहिले पनि जो भोले छ जो सत्यमा छ उसले कहिल्यै बाहिरीरूपमा ध्यान दिँंदैन र आत्मशुद्धिको बाटोमा आफूलाई लैजान्छ।

३. सत्य :  शिव सत्य हो। शिवमा छलकपट कहीँ छैन। शिवको अवतार छैन। शिवको कुनै अरु रूप छैन। शिवको कोही आफन्त छैन र कोही पराया छैन। यही कारण उनी भोले भनिन्छन् र भोलेकै रूपमा पुजिन्छन्। शिव कहिल्यै झुट बोल्दैनन्, शिव कहिल्यै धोका दिँदैनन्। अरु सबैको हजारौं जन्म भइसक्दा पनि शिव एक छन् र एकै रहनेछन्। शिव सत्य र सधँैं एकनासका रहने भएकाले उनलाई 'भोले' भनिन्छ। भोलेको अर्थ सत्य हो, सत्यबाहेक अरुको उपस्थिति भोलेमा छैन। जसको आँखामा छल छैन, मनमा कपट छैन र दिमागमा हिंसा छैन, त्यो नै भोले हो, त्यो नै शिव हो, त्यो नै शंकर हो र त्यो नै देवादिदेव महादेव हो।

४. आकार :  जसको कुनै आकार छैन, त्यो शिव हो। तसर्थ शिवलाई निरञ्जन निराकार भनिन्छ। डमरु बोकेका त्रिशूल हातमा लिएका महादेव त शिव वा भोले बुझ्न नसक्नेहरुका लागिमात्रै हो। जसले भोले बुझ्छ उसले शिवको निराकार रूपको मात्र उपासना गर्छ। अझ साकार र निराकारको बीचमा रुमलिएकाहरुका लागि लिंगका रूपमा निराकार शिव भेटिन्छन् तर जसले शिव बुझ्छ, त्यहाँ कुनै प्रकारको आकार हुन्न। जहाँ आकार हुन्न, त्यहाँ रूप हुन्न र जहाँ रूप हुन्न त्यहाँ मायामोह आदि केही हुन्न। हुन्छ त केबल भक्ति। तसर्थ जो सच्चाभक्त छ, ऊ भोलेको भक्त छ शिवको भक्त छ। यसै कारण शिवका परम अनुयायीहरु शिवलाई प्रकाशविन्दुका रूपमा पुज्छन्। प्रकाश विन्दुले ऊर्जा, शक्ति, उज्यालो, सत्यता, सुन्दरता र भोलेपन सबैको प्रतिनिधित्व गर्छ।

५. वैराग्य :  वैराग्य शब्दको अर्थ आफ्नो नभएको वस्तुप्रतिको अनाशक्ति हो। आधुनिक जमानामा यसलाई नकारात्मकरूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ। अझ कहीँ कतै त घर व्यवहार छाड्नुलाई वैराग्य भन्ने गरेको पाइन्छ, जुन शतप्रतिशत गलत हो। शास्त्रका अनुसार वैराग्य अत्यन्त सकारात्मक शब्द हो। शिव वैराग्यको प्रतीक हो। उनमा कुनै आशक्ति छैन। आशक्तिवालाहरु स्वर्गमा बस्छन् विलासिता भोग गर्छन्। शिव हिमालमा आफ्नो बास बनाउँछन् र मानव कल्याण गर्छन्। प्रतिकूल परिस्थितिमा बसेर जसले अरुप्रति आशक्त नभई मानव कल्याण गर्छ, त्यो नै शिव हो।

६. निरन्तरता :  शिव निरन्तरता हो। शिवको मृत्यु छैन। शिवको जन्म छैन। छ त केवल निरन्तरता। जसले संसार बुझ्छ र आफू शिवको निरन्तरताको एउटा पात्र हुँ भन्ने बुझ्छ, उसले शिव बुझ्छ। जहाँ क्रम भंग हुन्छ, जहाँ टुट आउँछ, जहाँ फुट आउँछ त्यहाँ भोले हुँदैनन्। भोले अविचलितताको प्रतीक हो। तसर्थ भोलेका शिवलिंगहरु पत्थरका हुन्छन्। जो भोलेका भक्त छन् ती पनि आफ्नो भक्तिमा आफ्नो प्रेममा र आफ्नो विश्वासमा अविचलित हुन्छन्। जो बिचौलिया हुन्छन् ती शिवभक्त हैनन् र हुनै सक्दैनन्।

शिव तत्व हो, शिव जीवनदर्शन हो, शिव विज्ञान हो, शिव पूरै परमात्मा हो र मानव जगत मरमात्माको अंश हो। यसरी शिवलाई बुझ्यो भने मानिसले आफूलाई बुझ्छ र आफ्नो पूरा जीवन मानव कल्याणमा लगाएर मोक्ष प्राप्त गर्छ। नत्र सदा दुःखी भई आफ्नो जीवन र सन्ततिको जीवनसमेत बर्बाद पार्छ। यसमा कुनै द्विविधा छैन।
अर्को समाचार
शिव सेनाको रिस बलिउडमाथि परेपछि...
नागरिक
१० वैशाख २०७२
•
३ मिनेट पाठ
शिव सेनाको रिस बलिउडमाथि परेपछि...
मुम्बई–गत शनिबार पुणेमा पाकिस्तानी गायक आतिफ असलमको संागीतिक कार्यक्रम शिव सेनाको विरोधका कारण रद्द गरियो। त्यसो त शिव सेनाको काम नै विरोध गर्ने भएको आलोचकले बताउने गरेका छन्। शिव सेना महाराष्ट्रमा काम गर्न आएका 'बाहिर'का मानिसको मुद्दा होस, वा बलिउडमा काम गर्न आउने पाकिस्तानी कलाकार हुन, उनीहरुको विरोध गर्नु शिव सेनाको काम जस्तै भएको छ।शिव सेनाले निकै पटक आफ्नो विरोधको तारो बलिउडलाई समेत बनाउने गरेको छ।मराठी फिल्मलाई पिक आवरमा देखाउने प्रस्तावको विरोध गर्दा ९ अप्रिलमा शिव सेनाले लेखिका शोभाको घर बाहिर मसाल जुलुस नै निकाल्यो। शोभाले आफ्नो टि्वटरमा लेखेकी थिइन,'मलाई चेतावन दिँदै मेरो घर बाहिर मार्च पास गरियो। प्रहरी आयो र म अहिले सुरक्षित महशुस गरिरहेकी छु।'




शिव सेनाको भनाइ थियो, शोभा डे मराठी संस्कृतिको विरोधमा छिन्।' गत वर्ष रिलिज भएको फिल्म 'पिके' ले त हिन्दु संगठनको निकै ठुलो विरोधको सामना गर्नुपरयो। तर शिव सेनाले त फिल्म हलमा नै गएर फिल्मको प्रिन्ट जलाउने कोशिस गरेको थियो। एक सिनेमा हलको बाहिर तोडफोडपछि 'पिके' को पोष्टर जनाइएको थियो। शिव सेनाको माग थियो, 'पिके' लाई प्रतिबन्ध लगाउनु पर्छ । किनभने सो फिल्म हिन्दु सभ्यताको विरोधमा छ र हिन्दु समुदायको भावनामा चोट पुर्याउँछ।'

२०१० मा शाहरुख खान र काजोल अभिनित फिल्म 'माई नेम इज खान' रिलिज पछि मुम्बईमा शिव सेनाले सो फिल्मको जर्बजस्ती विरोध गरेको थियो। सिनेमा हल बाहिर शाहरुख खानको पुत्ला नै जलाइएको थियो भने उनको घर बाहिर प्रदर्शन भएको थियो। तर फिल्मको कारणले भने होइन। शिव सेनाको माग थियो,'शाहरुख खानले आइपिएलमा पाकिस्तानी खेडाली आफ्नो टिममा लिने बताएका थिए।' त्यसपछि शाहरुख खानले आफ्नो बयानमाथि पत्रकार सम्मेलन मार्फत सफाइ दिनु परेको थियो।

फिल्म निर्देशक दीपा मेहता र शिव सेनाबीच कहिले पनि सुमधुर सम्बन्ध भएन। शिव सेनाले १९९६ मा रिलिज भएको फिल्म 'फायर' को निकै विरोध गरेको थियो। त्यही कारणले मुम्बइका कतिपय सिनेमा हलमा सो फिल्म रिलिज नै हुन पाएको थिएन। सो फिल्मपछि २००५ मा रिलिज भएको फिल्म 'वाटर' को पोष्टर पनि शिव सेनाले जलाएको थियो। 'वाटर' को विरोध गर्दै शिव सेनाले भनेको थियो,'हामी त्यस यो फिल्मलाई रिलिज हुन दिन्नौं किन भने फिल्ममा हिन्दु सभ्यताको गलत रुपमा देखाइएको छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस