बुटवल, वैशाख ८, (नागरिक) - शिव इन्टरनेसनल स्कुल सप्तरी र सूर्योदय बोर्डिङ झापा अन्तर विद्यालय यु-१६ ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका छन्। दुवै बुधबार फाइनल पुग्नलाई भिड्नेछन्।
भैरहवाको सिद्धार्थ रंगशालामा मंगलबार शिव स्कुलले एडभान्स सेकेन्डरी बोर्डिङ महोत्तरीलाई २८ रनले पराजित गर्यो। विनय कार्कीको अलराउन्ड प्रदर्शनमा सूर्योदयले चितवनको सनराइज स्कुलमाथि१ सय २२ रनको विजय पायो।
शिवले टस जितेर २० ओभरमा सबै विकेट गुमाई १ सय ३५ रन बनयो। गुनानन्द रायले ३३ र रोहित सिंहले २२ रन बनाए। एडभान्सका जाभेद साफिले ३, राहुलप्रताप सिंहले २, अमित झा र चन्दन झाले १/१ विकेट लिएका थिए।
एडभान्सले १७.५ ओभरमा सबै विकेट गुमाई १ सय ७ रनमात्र बनाउन सक्यो। एडभान्सलाई सस्तैमा समेट्ने क्रममा रोहित सिंह, विजय दास र मायानन्द चौधरीले २/२, गुनानन्द राय र जुगलकिशोर चौधरीले १/१ विकेट। गुनानन्द म्यान अफ द म्याच भए।
अर्को खेलमा सूर्योदयले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन खडा गर्यो। विनयले ५२ बलमा ११ चौका र ४ छक्काबाट ९१ रन बनाए। त्यस्तै अर्जुन दाहालले ३६ रन जोडे। यी दुईबीच तेस्रो विकेटमा १ सय १० रनको साझेदारी भयो। सनराइजका सन्तोष उपाध्याय र चन्दन शाहले २/२ विकेट लिए।
विशाल लक्ष्य पछ्याउने क्रममा सनराइजले १३.२ ओभरमा ६८ रनमा समेटियो। सनराइजका रुपक सापकोटा र चन्दन शाहले ११/११ रनबाहेक कसैले दोहोरो स्कोरम रन जोड्न सकेनन्। सनराइजका ब्याटसम्यानहरु सुर्योदयका बलर सामु निरिह बने। सूर्योदयका अमित दाहाल र अर्जुन दाहालले ३/३, म्यान अफ द म्याच विनय कार्कीले २ विकेट लिए।