तीज भगवान् शिवको पर्व हो। पार्वतीले शिवलाई पति पाउँ कि भनेर निराहार व्रत बसेको मिथकका आधारमा तीज मनाइने भएकाले यो शिव–पार्वतीकै पर्व हो। यो 'सत्य युग'को कुरा हो। तर, कलि युगमा पनि यो पर्व शिव र पार्वतीलाई नै फापेको छ। यो वर्ष तीजको गीतमा दुई शिव र एक पार्वती शीर्ष स्थानमा रहेका छन्। गायन र गीत लेखनका हिसाबले शिवकै अर्काे नामधारी 'पशुपति' शर्मा, भिडियो निर्देशन र मोडलिङमा 'शंकर' बिसी र महिलातर्फ मोडलिङमा 'पार्वती' राई शीर्ष स्थानमा रहे।केही वर्षदेखि तीजका गीतमा जमेका गायक तथा शब्द/लय संकलक पशुपति शर्माले यो वर्ष १३ वटा गीत लेख्नुका साथै गाए। उनले लेखेका/गायका प्रायः गीत यतिबेला चर्चामा छन्। स्टेज कार्यक्रममा व्यस्तताका हिसाबले पनि उनी अग्रपंक्तिमै छन्। तीज आउनु दुई हप्ताअघिदेखि तीजको कार्यक्रममा व्यस्त भएका उनी २६ गतेमात्रै काठमाडौँ फर्किने गरी उपत्यका बाहिर गएका छन्।
अर्का 'शिव' शंकर बिसीले यो वर्ष ५० वटा गीतको भिडियो निर्देशन गरेका छन्। त्यत्तिकै संख्यामा अभिनय पनि गरेका छन्। यस वर्षको तीजका भिडियोमा उनले महानायक राजेश हमालदेखि चल्तीका प्रायः हिरोइनलाई नचाएका छन्। कुनै समय महानायकका पछि कोरस नाचेका उनले हमालको अघि उभिएर नृत्य निर्देशन गर्नुलाई सफलताका रूपमा लिएका छन्। उनले निर्देशन र नृत्य गरेका अधिकांश गीत हिट छन्।
पार्वतीले यो वर्ष २७ वटा तीजका गीतमा कम्मर मर्काइन्। यो वर्ष सबैभन्दा बढी तीजका गीतमा मोडलिङ गर्ने महिला कलाकार पनि उनी नै हुन्। गाईजात्रा कार्यक्रममा नृत्य देखाएर यो शनिवारमात्रै फुर्सद पाएकी उनलाई तीजका कार्यक्रमको निम्तो मान्न भ्याई–नभ्याई छ। पछिल्ला वर्षमा लोकदोहोरी गीतमा जमेकी यी कलियुगकी पार्वतीलाई यो तीजमा पनि 'शिव'को आशीर्वाद लागेको छ।